हामी फूटबल !
“वास्तवमा नेपालका शिक्षक केही पनि होइनन्, केवल फूटबल हुन् । खेल्न आउनेले हान्दा पनि हुने, नआउनेले हान्दा पनि हुने । जता मन लाग्यो उतै हान्दा हुने; जसरी मन लाग्यो त्यसरी नै हान्दा पनि हुने ।”
“शिक्षकगुुरु हो, शिक्षक पथप्रदर्शक हो, शिक्षक अभिभावक हो, शिक्षक विद्वान् हो, शिक्षक ज्ञाता हो, शिक्षक दाता हो ...” जस्ता विशेषणयुक्त भनाइ सुन्दा पनि अचेल शिक्षकको सम्मान होइन, उपहासै पो गरिएको हो कि भन्ने लाग्न थालेको छ । कहिलेकाहीँ मनमनै भन्छु, “वास्तवमा नेपालका शिक्षक केही पनि होइनन्, केवल फूटबल हुन् । खेल्न आउनेले हान्दा पनि हुने, नआउनेले हान्दा पनि हुने । इच्छा अनुसार जता मन लाग्यो उतै हान्दा हुने; जसरी मन लाग्यो त्यसरी नै हान्दा पनि हुने । अझ्गोलपोस्टमा निशाना लगाएर हान्दा त आफ्नो अभीष्ट नै पूरा हुने ।”
खै किन हो, मलाई त शिक्षक र फूटबल, फूटबल र शिक्षक एकअर्काका पर्याय झै लाग्न थालेका छन् । उ.मा.शि.प. +२ का शिक्षकहरूलाई फूटबल बनाएर निरुद्देश्य खेलाइरहेछ । शिक्षकहरू युनियनगठन गरी विभिन्न ठाउँमागोष्ठी गर्छन्, समस्या पर्गेल्छन्, विरोध जनाउँछन् र बल झ्ंै उफ्रेर कहिले राजधानी त कहिले यथास्थानमा आएर मिल्किन्छन्, थोत्रो प्वाल परेको बल झै कामै नलाग्ने भएर । थन्किनु, मिल्किनु र विरोध गर्नु दुर्बलताको प्रतीक हो । +२ का शिक्षकहरूको न टेक्ने ठाउँ छ, न त समाउने हाँगो नै । विरोध न गर्दा थन्किनुपर्छ, विरोध गर्दा मिल्किनुपर्छ । अझ् विरोधीको पीडा सुन्ने/सुनाउने सबै पीडितहरू, पीडकको उपस्थिति हुँदैन । सबै माग्ने, माग्नेको भीडमा दिने कसले ?
साँढेको जुधाइ, बाच्छाको मिचाइ झै प्रशासककोगोटीचलाइमा किचिएका छन् शिक्षकहरू । कसैलाई स्थायित्वको चिन्ता छ, कसैलाई अनुभवको घमण्ड । कसैलाई ठूला नेताको साथ छ, कसैको शिरमा तथास्तुको हात । हात र साथको अगाडि नतमस्तक भएर शिर झुकाइ बुद्धिमानीको प्रमाणपत्र देखाउँदै हीनताबोधलेग्रसित जीवन बाँचिरहेका छन् +२ का शिक्षकहरू । कति सस्तो जीवन ? कति सस्तो इज्जत ? कति शून्य अस्तित्व ? कति सम्मानित पेशा ? जसलाई जतिबेला मन लाग्यो जागिरमा लगाउन सकिने, आफूले भनेको नमाने तलब घटाउन, नचाहिँदा लाञ्छना लगाउन र यतिबाट पनि नभए बाटो देखाउन सकिने ! एउटा शिक्षकले बाटो तताए के भो र ! बजारमा छ्यासछ्यास्ती छँदैछन् प्रमाणपत्रधारीहरू ! विश्वबजारले विभिन्न दामका बल उत्पादन गरे कै छ, अझ् त्यसमा बम्पर उपहार पनि । त्यसैले त शिक्षक पेशा बाठाका लागि मालामाल, सोझ र इमान दारका लागि फूटबलकै हाल ।
जसका लागि शिक्षक दिनरात चक झ्ंै घोटिइरहेका छन्, कालोपाटी झै पोतिइरहेका छन्, तिनै विद्यार्थी र अभिभावक पनि शिक्षकलाई फूटबल बनाएर खेलिरहेका छन् । कसैको ‘फि’ तिर्नुे पैसा छैन, शिक्षकको जिम्मेवारी । कसैको किताब छैन, शिक्षककै जिम्मेवारी । परीक्षा आयो; उनीहरूको भविष्यकै जिम्मेवारी । अरूको भविष्यको पहरेदार बनेर खटेको शिक्षक आफ्नै अन्धकार भविष्यसँग पौँठेजोरी खेलिरहेको वास्ता न गरी विद्यार्थीले शङ्खघोष गर्छन्, “फलानो शिक्षक परीक्षामा आउनु भएन ।”
त्यसपछि प्रशासकको फोन, व्यवस्थापकको फोन, अभिभावकको फोन । ओहो ! कस्तो व्यस्त जीवन ! कति सम्मानित पेशा ! मानौं, सबैले शिक्षकलाई ‘सम्मान गरेरै’ फोन गरिरहेका छन् ! शायद त्यतिबेला आफ्नो खिइएको शरीरलाई पनि शिक्षकले हात्ती भएको महसुस गर्छ । क्लान्त शरीरमा पनि स्फुर्ती अनुभव गर्छ । एक वर्ष पढाएका कुरा लाई तीन घण्टामा टुङ्ग्याएर विद्यार्थीलाई ९० प्रतिशतको हकदार बनाउँछ, भविष्यप्रति निश्चिन्त भएर सुखको उच्छवास छोड्छ ।
तर जब शिक्षकका अगाडि जीवन र जगतका वास्तविक समस्याका कङ्कालहरू जिङरिङ्ग भएर उभिन्छन्, त्यसपछि लाचार भएर प्रा.वि. भन्दा तलगिरेर आफ्नो अस्तित्व जोगाइरहेका हुन्छन् । त्यतिबेला तिनका ‘पुरुषत्व’, ‘स्थायित्व’ र ‘अनुभवी’का अहम् लर्बराइरहेका हुन्छन्– फूटबल झै । यदि उनीहरू उड्न खोजे भने उम्रन लागेका पखेटा काटिन्छन्, बोल्न मुख खोले भने हजारौं ‘क्याकटस’ले घाँटी अठ्याउँछन् । उनीहरूको इमान दारी र श्रम अकालमै मारिन्छ । यही डरले बल झै कुनै कुनामा मिल्किरहन बाध्य छन् +२ का शिक्षकहरू । यद्यपि सुनिरहेका छन्, “दुई/तीन घण्टा पढाएर यत्रो तलब खाने शिक्षक ! क्याबात् !”
अलिकति भए पनि दुः ख पोख्न पाएकोमा शिक्षक मासिकलाई धन्यवाद ! ७
श्री मसीलाल जनता उमाावि, कुशाहा, सप्तरी
अनुरोधः मनका कुरा स्तम्भका निम्ति देशभरबाट धेरै शिक्षक मित्रहरूले आफ्ना लेख, रचना पठाइ रहनु भएको छ । प्राप्त सबै रचना तत्काल प्रकाशित गर्न हामी सक्षम छैनौं । तथापि शिक्षकका भावना र विचार लाई अत्यधिक सम्मान र महत्व दिने हराम्रो घोषित नीति भने कायमै छ । यसर्थ, यो स्तम्भका निम्ति लेख, रचना पठाउनु हुने शिक्षक मित्रहरूलाई धैर्यपूर्वक केही महिना प्रतीक्षा गरिदिनु हुन सादर अनुरोध गर्द छौं । किनभने कतिपय रचना ३/४ महिना पछि पनि सान्दर्भिक र प्रकाशनयोग्य ठहर्न सक्छन् । – सं.