बैंक छाडेर स्कूल

धेरैजसोको जागिर आकर्षणभित्र विद्यालय हैन, बैंक र गैरसरकारी संघ–संस्था पर्छन् । तर, नेपालगञ्जकी नूतन पौडेल भिन्न देखिएकी छन् । उनी बैंक र गैरसरकारी संस्थाको आकर्षक जागिर छाडेर शिक्षक बनेकी छन् । किन त ? “तलब र सुविधा अरूमा धेरै भएपनि शिक्षक हुनुमा जस्तो सन्तुष्टि मैले पाएकी छैन” ४४ वर्षीया नूतनले भनिन् । ग्रामीण विकास बैंकको स्थायी जागिर छाडेर उनले चक र डस्टर बोक्न लागेको भर्खर पाँच वर्ष पुगेको छ । तर, विद्यार्थी र अभिभावकबाट उनी जति रुचाइएकी अरू शिक्षक जिल्लाभरि छैनन् । जिल्ला शिक्षा कार्यालयका अधिकृत डबल बीसी भन्छन्, “उहाँ जिल्लाकै उदाहरणीय शिक्षक हुनुहुन्छ ।

उनी खजुरास्थित ज्ञानोदय उच्चमाविमा नेपाली विषय पढाउँछिन् । संस्कृत पृष्ठभूमि भएका शिक्षकले पठाइरहेको विषय एकजना महिलाको जिम्मा लगाउँदा एसएलसीमा नेपालीको रिजल्ट बिग्रन्छ कि भन्ने चिन्ता स्कूलका अन्य शिक्षक र अभिभावकले समेत प्रकट गरेका थिए । तर, छोटो समयभित्रै नूतन विद्यार्थीसँग घुलमिल गर्न मात्र सफल भइनन्, एसएलसीमा विद्यार्थीहरुले नेपाली विषयमा थप राम्रो अङ्क ल्याए । कैयौँ विद्यार्थीसँगै उनी पनि सफल भइन् । उनको शिक्षण कला प्रभावकारी र उत्कृष्ट रहेको प्रमाणित भयो

नूतनको पढाउने शैली अरूको भन्दा फरक छ । उनी सधैँ नियमित हुन्छिन् र शिक्षण–तयारी गरेर विद्यालय जान्छिन् । उनी हरेक विद्यार्थीको सबल र कमजोर पक्ष तथा रुचि पहिल्याउने प्रयास गर्छिन् र त्यही अनुसार घुलमिल भएर पढाउँछिन् । कमजोर विद्यार्थीले नबुझदासम्म उनी दोहो¥याउँछिन्–तेहे¥याउँछिन् । “विद्यार्थीलाई तनावमा पारेर सिकाउन सकिन्न” नूतन भन्छिन्, “शिक्षकले आवश्यकता अनुसार विद्यार्थीको अभिभावक र साथी दुवैको भूमिका निभाउनु पर्छ ।” ‘नूतन मिस’ सधैँ हँसिलो अनुहारमा कक्षाकोठामा प्रवेश गर्ने गरेको विद्यार्थीहरुको अनुभव छ । “मेडम रिसाएको कहिल्यै देखेनौँ”– प्लस टु पढ्दै गरेकी पुष्पा आचार्य भन्छिन्, “उहाँलाई सबैले मन पराउँछन् ।”

ज्ञानोदय उच्चमाविमा नेपालीभाषी बाहेक अवधी, थारू र मगर मातृभाषाका विद्यार्थी उल्लेख्य छन् । उनीहरूलाई नेपाली बुझउन सजिलो हुँदैन । विगतमा नेपाली विषयमा अनुत्तीर्ण हुनेहरूमध्ये धेरैजसो गैर नेपाली मातृभाषी विद्यार्थी नै हुन्थे । तर, चारवर्षयता एसएलसीमा त्यो विषयमा कोही अनुत्तीर्ण भएका छैनन् । “एसएलसीमै सबै पास हुन्छन् । त्यसलाई मैले सफलता ठानेकी छु” नूतन आफ्नो सफलताप्रति सन्तोष व्यक्त गर्छिन् । नूतनले नेपालीमा ८० भन्दा धेरै नम्बर ल्याउने विद्यार्थीलाई पाँच सय रुपैयाँ व्यक्तिगत पुरस्कृत घोषणा गरेकी छन् । गत वर्ष अवधी मातृभाषाका भेषराज बर्माले ८० नम्बर ल्याएर सो पुरस्कार हात पारेका थिए । अघिल्लो वर्ष कमला सापकोटाले ८१ नम्बर ल्याएकी थिइन् । सानो पुरस्कारले विद्यार्थीमा उत्साह थपेको नूतनको अनुभव छ ।

उनले विभिन्न भाषा–भाषीका बालबालिकालाई एकअर्काको रीतिरिवाज, संस्कृति बुझन–बुझउन र लेखन सीप विकास गर्न सिर्जनात्मक तरिकाहरु अपनाउने गरेकी छिन् । विद्यालयमा हिन्दू, मुस्लिम, बौद्ध सबै धर्म मान्नेहरू हुन्छन् । त्यसैले उनले दशैँ वा तिहार हैन, सबै चाडबाडबारे निबन्ध लेख्न लगाउँछिन् । एक समुदायकाले
धे
उनको दैनिकी बिहान ६ बजेतिर शुरु हुन्छ, जब उनी स्कुटर लिएर नौ किलोमिटर टाढाको उच्चमावितर्फ प्रस्थान गर्छिन् । त्यहाँबाट होटेलमै खाना खाएर विद्यालयमा पढाएर घर फर्किंदा साँझ् परिसकेको हुन्छ ।अर्काको बारे कति बुझ्ेको छ भनेर हिन्दूलाई इद र मुस्लिमलाई दशैँबारे लेख्न लगाउँछिन् । त्यसले सबै विद्यार्थीमा सद्भाव र निकटताको भावना अभिवृद्धि भएको उनको अनुभव छ ।

समुदायसँग काम गरेको अनुभवले पनि उनलाई सजिलो भएको छ । नारी विकास केन्द्रमार्फत् कानूनी प्रशिक्षणलगायतका कार्यक्रमको संयोजन गर्न उनी गाउँ– गाउँ घुमेकी छन् । जनजाति, दलित र मधेशी समुदायका महिलासँग घुलमिल गरेर काम गरेको अनुभवले तिनै समुदायबाट आएका किशोर–किशोरीको मनोविज्ञान बुझन सजिलो भएको उनको कथन छ ।

उक्त उच्च माविमा माध्यमिक तहमा पढाउने नूतन पहिलो महिला शिक्षक हुन् । नौ र दश कक्षामा नेपाली पढाउने नूतन अर्थशास्त्रमा स्नातकोत्तरसमेत रहेकीले १२ कक्षालाई जनसङ्ख्या शिक्षा पढाउँछिन् । ०५२ सालमा दिएको शिक्षकको परीक्षाको नतिजा सार्वजनिक भएपछि उनले सात वर्षदेखि गर्दै आएको ग्रामीण विकास बैंकको स्थायी जागिर छाडेर शिक्षण पेशा अपनाएकी हुन्

 नूतनले पढाउन थालेपछि छात्राहरू उत्साहित र नियमित भएको विद्यालयको भनाइ छ । त्यसो भए छात्रालाई आकर्षित गर्न कन्या विद्यालयहरू खोल्नु राम्रो होला त ? ‘म त्यो मान्दिनँ’ नेपालगन्जको सरस्वती कन्या माविबाट एसएलसी उत्तीर्ण गरेकी नूतनले भनिन्, “छुट्याएर राख्नोस् वा पढाउनोस् । त्यसले महिलालाई अघि बढाउन सघाउँदैन । पछाडि पार्छ ।” लैङ्गिक समानताका लागि विभेद हैन, सहज वातावरण बनाउनुपर्ने उनको धारणा छ । कन्या माविमा पढेर पछि सह–शिक्षा भएको क्याम्पस जाँदा आफूलाई केटाहरूसँग बोल्न र एउटै बेञ्चमा बस्न असजिलो लागेको उनको आफ्नै अनुभव छ ।

स्तरीय शिक्षाका लागि राम्रो शिक्षक र शिक्षण बाहेक पाठ्यक्रम पनि व्यावहारिक र सबै वर्ग–समुदायलाई समेटिएका उदाहरण राखेर तयार गर्नुपर्ने उनको सुझव छ । भौतिक संरचना र व्यवस्थापन पनि राम्रो हुनुपर्नेमा नूतनको जोड छ । एउटा कोठामा ६० भन्दा धेरै विद्यार्थी कोचेर पढाउनु पर्दा शिक्षकहरुले गुणस्तरमा सम्झैता गर्नुपर्ने स्थिति आउने उनको आकलन छ । ‘विद्यार्थी बेञ्चमा कोचिएर बस्छन् । शिक्षकले घुमेर पढाउन समेत मिल्दैन’– उनी भन्छिन्– ‘यो स्थितिमा मात्रै सुधार ल्याउन सकियो भने पनि शैक्षिक स्तरमा फरक आउँछ ।’

सडकमा टायर बाल्ने होस् वा ढुङ्गामुढा गर्ने भीड; त्यहाँ विद्यार्थी अनुहार नै धेरै हुन्छन् । राजनीतिक दलका बन्द, सभा र जुलुसमा झ्न् ड्रेस लगाएरै पुगेका भेटिन्छन् । राजनीति नबुझ्ेरै कलिला बालबालिका कसैको हतियार भइदिन्छन् । विद्यालय र शिक्षक निरीह भएर विद्यालय बन्द गर्छन् । यस्ता गतिविधि शिक्षक नूतनलाई कस्तो लाग्छ ? ‘पटक्कै मन पर्दैन’– शैक्षिक क्षेत्रमा राजनीतिक हस्तक्षेप बढेको दाबी गर्दै उनले भनिन्–‘राजनीति भन्दै विद्यार्थी र विद्यालय प्रयोग गर्नु ठीक होइन । त्यसले शैक्षिक वातावरणमा नकारात्मक प्रभाव पारिरहेको छ ।’ माध्यमिकस्तरसम्म राजनीतिक दलका भ्रातृ सङ्गठन गठन गर्न नहुने उनको विचार छ ।

विद्यार्थीमा अनुशासनहीनता बढ्दै गएकोमा उनी चिन्तित छिन् । तर, विद्यालयमा अनुशासित नै उत्कृष्ट हुने गरेको छ । शिक्षकलाई नटेर्नेले घरमा बुबाआमालाई पनि टेर्दैनन् । ‘अनुशासनको दायरा नाँघ्दै विद्यार्थी बिग्रिने गरेका छन् । ढुङ्गामुढा र तोडफोड तिनैले गर्छन्’– उनी भन्छिन्– ‘त्यसैले शिक्षा दिएर मात्र पुग्दैन । आफ्नो छोराछोरी कता जाँदैछ भनेर अभिभावकले पनि चासो दिनुपर्छ ।’

उनलाई शिक्षण पेशामा लागेपछि चित्त नै काटिने गरी दुःख अनुभव भएको छैन । बरु, आफूले पढाएको विद्यार्थी सुनिल बिकले इन्जिनियरिङ क्याम्पसमा नाम निकालेर आफूलाई खबर पठाएकोमा निक्कै खुशी लागेको उनी बताउँछिन् । ‘मलाई त्यो क्षण निक्कै खुशी लाग्यो,’ एकछिन रोकिएर उनले भनिन्, “अभिभावक र विद्यार्थीको एउटै पनि गुनासो नआउँदा सन्तुष्टि मिल्छ ।”


शिक्षणबाहेक उनी समाजसेवाप्रति आकर्षित छिन् । आर्थिक कारणले पढ्न नपाएका बालबालिकालाई सघाउने योजना बनाएकी छन् उनले । केही त्यस्ता विद्यार्थीलाई आउँदो शैक्षिक सत्रमा भर्ना गराउँदै छिन् । यी उत्कृष्ट शिक्षकले एउटा सपना देखेकी छन्– प्रधानाध्यापक भएर विद्यालयको नेतृत्व गर्ने । ‘विद्यालय व्यवस्थापनको नेतृत्व हाँक्न सक्छु भन्ने आँट छ’– उनले भनिन् ।

नूतन नेपालगञ्जमा आमासित बस्छिन् । उनका पति राजाराम पोखरेल बर्दियास्थित कोष तथा लेखा नियन्त्रण कार्यालयमा प्रमुख छन् । छोरा प्रणक अमेरिकामा कम्प्युटर इन्जिनियर पढ्दैछन् । त्यसैले उनले उत्तिसारो घरधन्दामा अल्झ्निुपर्दैन । तैपनि, हरेक दिन व्यस्त । ‘फुर्सद भेट्न शनिबार पर्खिनुपर्छ’– उनी आफ्नो दिनचर्या सुनाउँछिन् ।

उनको दैनिकी हरेक बिहान ५ बजे शुरु हुन्छ । साढे ६ बजेतिर उनी स्कुटर लिएर घरबाट निस्किन्छन् । नौ किलोमिटर परको ज्ञानोदय उच्चमावि पुगेर प्लस टु कक्षा पढाउँछिन् । घर फर्केर खानपिन गर्न भ्याउँदिनन् । त्यसैले खजुराकै होटेलमा खाना खान्छिन् । दिनभर माविस्तरमा पढाएर घर फर्किंदा साँझ् परिसकेको हुन्छ

कुमार श्रेष्ठ-नेपालगञ्ज

commercial commercial commercial commercial