पढाउँदा पढाउँदै हत्या

रौतहटको प्रेमपुरगोनाही निमाविमा पढाउँदै गर्दाकै अवस्थामा शिक्षक सुनिलप्रसाद यादवको निर्मम हत्या गरि एको छ । ७ कात्तिकको दिन ३.४५ बजे तीन जनाको हतियारधारी समूहले कक्षाकोठामा प्रवेश गरी यादव माथि अन्धाधुन्दगोली प्रहार गरी हत्या गरेका थिए । घाँटी र छातीमागाली लागेका यादवको घटनास्थलमै मृत्यु भएको थियो । रौतहटकै ढरहरि–३ का स्थायी बासिन्दा यादव २०५१ साल देखि शिक्षण पेशामा संलग्न थिए ।

यादवको हत्यामा संलग्न रहेको अभियोगमा पाँच जना विरुद्ध यादवका बाबु मिश्रीलाल यादवले १३ कात्तिकमा इलाका प्रहरी कार्यालयगरुडामा किटानी जाहेरी दिएका छन् । जाहेरीमा प्रेमपुरगोनाही–८ का रामजी महतो कोइरी, राजीनन महतो र उनका छोरा दिनकर महतो,गोनाही–७ का रामान न्द राउत र औरयाका वैकुण्ठ ठाकुरलाई कारबाहीको माग गरिएको छ । प्रहरीका अनुसार अभियुक्तमध्ये अहिलेसम्म राजिनन महतो र दिनकर महतो फरार रहेका छन् भने बाँकी पक्राउ परेका छन् । फरार राजिनन महतो माओवादी भ्रातृ सङ्गठन वाईसीएलको कार्यकर्ता हुन् । उनी चितवन जुटपानीस्थित माओवादी छापामारको शिविरबाट केही समयअघि भागेका थिए । शिक्षक युनियन रौतहटले हत्यामा संलग्नलाई कारबाही, पीडित परिवारलाई उचित क्षतिपूर्ति र शिक्षकहरूको सुरक्षाको माग गर्दै ७ कात्तिक २०६५ देखि जिल्लाका सबै सरकारी स्कूल बन्द गराए को छ ।

स्व. यादवका श्रीमती, एक छोरी र दुई छोरा छन् ।


प्रभात झा, रौतहट

commercial commercial commercial commercial