शिक्षामा तोडिनुपर्ने यो भ्रम

बेथानी हिलको भनाइ छ– ‘तिम्रो कक्षामा प्रवेश गर्ने हरेक बालकसँग केही न केही कथा हुन्छ, जुन तिमीले सुन्नु आवश्यक छ ।’ विद्यालयतिर जाँदा होस् वा अन्यत्र कतै, बालबालिकासँग भेट हुँदा म बेथानी हिलको उक्त भनाइ सम्झ्रिहेको हुन्छु । त्यो भनाइले मलाई बालबालिकासँग भलाकुसारी गर्न प्रेरित गर्दछ । उनीहरूका जवाफ ध्यान दिएर सुन्दा विश्वविद्यालयका कक्षाकोठाबाट आर्जन गर्न नसकेको शिक्षा र सिकाइ प्राप्त भएको छ मलाई । तसर्थ, मेरा लागि बालबालिका मार्गदर्शक हुन् ।
कुनै समय दाङको कालाकाटेस्थित जनता माध्यमिक विद्यालयको कक्षा–८ का विद्यार्थीसँग छलफल गर्दा म भन्दैथिएँ, ‘पढाइ लगायत जिन्दगीका परीक्षाहरूमा पास हुन सक्दिनँ भनेर निराश हुने होइन है, पास हुनका लागि हिम्मत गर्नुपर्छ र त्यही अनुसारको योजना बनाउनुपर्छ ।’ यसैबीच दुईजना विद्यार्थीले हात उठाएर प्रश्न गरेका थिए– ‘तर सर ! हामीलाई पढाउने शिक्षकले तिमीहरू फेल हुन्छौ भनेर घोषणा गरिसक्नुभएको छ । सरहरूले त्यसो भन्दाभन्दै हामीले कसरी हिम्मत कस्ने ?’ ती विद्यार्थीका प्रश्नले मेरो मस्तिष्कमा एउटा ठूलो झ्ट्का दियो । त्यसपश्चात् बालबालिकाप्रतिको मेरो दृष्टिकोण बदलियो । त्यस्तै एक दिन सानी छोरीलाई ‘खुशी हुनुपर्छ, रुने अनि रिसाउने होइन’ भन्दै गर्दा उनीबाट जवाफ आएको थियो– ‘हाम्रो घर र हाम्रो विद्यालयमा को खुशी छन् ? को मुस्कुराउँछन् र ?’ छोरीको यो जवाफले पनि ठूलै झ्ट्का लाग्यो । अनि मैले मुस्कुराउन र खुशी हुन सिकें ।
शैक्षिक परीक्षण केन्द्रको तर्फबाट विद्यालय मूल्यांकन गर्ने सिलसिलामा गत वर्ष नेपालगञ्ज उपमहानगरपालिकामा रहेको मावि जोगागाउँमा पुग्दा विद्यार्थी नियमित रूपमा विद्यालयमा नआउने समस्याको बोध भयो । यो सम्बन्धमा विद्यार्थीसँगै बसेर छलफल गर्दा एउटा विद्यार्थीको जवाफ थियो– ‘विद्यालय नआए पनि पास भइहालिन्छ भने किन नियमित आउनु प¥यो र सर ?’ मैले उनलाई जवाफ त दिएँ तर मैले दिएको जवाफले म आफूलाई पनि खुशी बनाउन सकेन । हामीले, दुनियाँमा सफल भएको निरन्तर–विद्यार्थी मूल्यांकन पद्धति यही पाराले हाम्रो देशमा असफल बनायौं । उक्त पद्धतिले भन्दै नभनेको ‘फेल गराउन पाइन्न’ भन्ने कुरालाई सिकाउँदै नसिकाई पनि स्वतः पास गराउनेतिर व्याख्या ग¥यौं ।
नेपालगञ्ज उपमहानगरपालिका, वसुदेवपुरमा अवस्थित माध्यमिक विद्यालयको कक्षा–९ का विद्यार्थीलाई विद्यालयमा उनीहरूलाई ‘मन पर्ने र मन नपर्ने कुराहरू के–के हुन्, लेख’ भन्दा केही विद्यार्थीले यसरी लेखे– ‘हाम्रो कक्षामा केही दुव्र्यसनी विद्यार्थी छन् । यसको बारेमा विद्यालय प्रशासनसँग पनि गुनासो ग¥यौं । विद्यालयले हाम्रा कुरा नसुने झ्ैं गरिरहेको छ । उनीहरूको विरुद्धमा बोल्यो भने भौतिक आक्रमणको धम्की आउँछ ।’ विद्यालयमा अध्ययनका लागि गएको विद्यार्थीको समस्या यस्तो छ । विद्यालयले समयमै यसको निराकरण गरेन भने दुइटामध्ये एउटा अवश्य हुनेछ– गुनासो गर्नेे विद्यार्थीले कि त विद्यालय छोड्ने छन् कि त उनीहरू पनि दुव्र्यसनी हुनेछन् । यस्तै अवस्थामा त कति दिन बसिरहलान् र !
माथि उल्लिखित केही प्रतिनिधिमूलक दृष्टान्त हुन् । यसबाट अवगत हुन्छ– हाम्रा विद्यालयहरू विद्यार्थीका निम्ति रमणीय र आकर्षक हुन नसकिरहेको अवस्था छ । विद्यालयहरू एक प्रकारको भयबाट मुक्त हँुदै गए पनि पूरै भयरहित र सिकाइमैत्री अझ्ै हुनसकेका छैनन् । विद्यालयको प्राथमिक तत्व भनेको विद्यार्थी हो । कुनै विद्यालय राम्रो छ भने त्यो विद्यार्थीहरूकै उपलब्धिको आधारमा हो । शिक्षक, विव्यस र शिक्षाका सरोकारवालाहरू अब्बल दर्जाकै योग्य भए पनि त्यस विद्यालयका विद्यार्थीहरू अब्बल हुन सकेनन् भने विद्यालयलाई राम्रो मानिंदैन ।
विद्यालयलाई राम्रो बनाउनका लागि विद्यार्थीको पृष्ठभूमि र यथार्थ आत्मसात् गरेर शिक्षण सिकाइलाई गति दिने शिक्षकहरू जहिल्यै प्रशंसित हुन्छन् । यस्तै गरेछन् प्यूठानको एउटा आधारभूत विद्यालयका शिक्षकहरूले । छात्रा आशा विकलाई बारीमा पाकेको कोदो टिपेर घरमा थन्क्याउनका लागि कम्तीमा चार दिनको छुट्टी मागिछन् । उनको घरमा ९० वर्षकी बज्यै बाहेक कोही रहेनछ । यो समस्या छात्राले कक्षा शिक्षकलाई भनिन् । कक्षा शिक्षकले प्रधानाध्यापक शंकरबहादुर बस्नेतलाई भनिन् । प्रअ बस्नेतले त्यही दिन टिफिनपछि कक्षा–६ र ७ का विद्यार्थीलाई गाउँटोलबाट हँसिया मागेर कोदो टिप्न लगाएछन् । छात्रा आशा विक खुशी भइन् । अन्य विद्यार्थी र शिक्षकहरू पनि खुशी भए किनकि उनीहरूले आशाको अप्ठ्यारोमा सहयोग गर्ने अवसर पाए । यति मात्र नभई विद्यार्थीले कोदो टिप्ने र थन्क्याउने केही व्यावहारिक सीप पनि सिके ।
हरेक बालबालिका केही न केही सम्भावना लिएर आएका हुन्छन् । तथापि हाम्रा अधिकांश शिक्षक अहिले पनि विद्यार्थीका राम्रा कुरा देख्न सक्ने भएकै छैनन् । उनीहरूले राम्रो भनेर देख्ने भनेको अक्षर राम्रा र बान्की परेका, तोकिएको पाठ कण्ठस्थ पढेर सुनाउने र दिइएको गृहकार्य एवम् कक्षाकार्य भने अनुसारको ढाँचामा जे–जसरी हुन्छ गरेर बुझउने हो । योभन्दा फरक बाटोतिर लागेका विद्यार्थीहरू धेरै शिक्षकको आँखामा ‘नराम्रो’ श्रेणीमा दर्ज हुन्छन् । तर विद्यालय र शिक्षकले नराम्रा भनी दर्ज गरेका विद्यार्थीहरूमा पनि जीवनका लागि आवश्यक पर्ने सीप र क्षमताहरू बग्रेल्ती भेटिन्छन् । यो कुरामा शिक्षकहरूले विद्यार्थीलाई नै अनुसन्धानको नमूनामा छनोट गरेर अध्ययन र अनुसन्धान गर्न सक्नुपर्दछ । शिक्षकहरूमा त्यो किसिमको तिर्खा भयो भने मलाई त लाग्छ कुनै पनि विद्यार्थी कमजोर र असफल सावित हुन्छन् जस्तो लाग्दैन ।
विद्यार्थीको सबैभन्दा नजिकको आफन्त भनेको शिक्षक हो । तसर्थ शिक्षकले आफूले सहजीकरण गर्ने भनी जिम्मेवारी लिएका विद्यार्थीका सबलता र सम्भावनाहरू सबूत प्रमाण सहित अभिलेखन गरेको हुनुपर्दछ । शिक्षकको भूमिका भनेकै बालबालिकामा भएका सबलताहरूको पहिचान गरेर विस्तारका लागि वातावरण सिर्जना गर्नु हो ।
अहिले कर्णाली प्रदेश सरकार सार्वजनिक शिक्षामा सुधार गर्ने ध्येयले एउटा कार्यविधि निर्माण गरी कार्यान्वयन गर्ने तयारीमा छ । उक्त कार्यविधिमा एउटा विद्यालयले गर्नुपर्ने कार्य वा प्रतिबद्धताहरूलाई ३० वटा बँुदाहरूमा उल्लेख गरिएको छ । ती बुँदामा सामान्य कुराहरू नै छन्– जस्तै, विद्यार्थीलाई उनीहरूको पहिलो नामबाटै सम्बोधन गरेर भलाकुसारी गर्ने, हरेक विद्यार्थीका सक्षमताको सूची बनाएर ती सक्षमता विस्तारका लागि पहल गर्ने आदि रहेका छन् ।
यसका साथै, उक्त कार्यविधिले विद्यार्थीकै नेतृत्वमा विद्यालयमा भित्ते पत्रिका प्रकाशन र सह तथा अतिरिक्त क्रियाकलापहरू नियमित रूपमा सञ्चालन गर्ने र विद्यार्थी भन्दा पहिले शिक्षकहरू विद्यालयमा पुगी विद्यार्थीलाई गेटबाटै स्वागत गर्दै प्रवेश गराउने वातावरण बनाउने जस्ता सवालमा पनि विद्यालयलाई निर्देश गरेको छ । यी सवालहरू मामुली किसिमका देखिए पनि तिनको निरन्तर कार्यान्वयनले सार्वजनिक शिक्षाको गुणस्तरमा भने अवश्य पनि सकारात्मक योगदान पुग्न सक्छ ।
सार्वजनिक शिक्षाको स्तर उकास्नका लागि यतिबेला विद्यालयमा कार्यरत शिक्षकहरू मात्र नभई स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकारहरू पनि उत्तिकै उदासीन देखिएका छन् । विद्यालय तहको शिक्षाको जिम्मा स्थानीय तहलाई दिइएको छ तर कतिपय पालिकामा शिक्षा हेर्नका लागि एकजना पनि कर्मचारी नभएको अवस्था छ, कर्मचारी भएको पालिकामा पनि उसले न त आफंैले केही गर्न चाहेको छ न त पालिकामा उसलाई काम गर्नका लागि प्रोत्साहनमूलक वातावरण छ । प्रदेश सरकार र संघीय सरकारका कर्मचारीहरूको पनि पारा त्यस्तै छ । सबैले शिक्षाको विकास कसरी हुन्छ भन्नेमा भन्दा पनि आफ्नो विकास कसरी हुन्छ भन्नेमा जोरजुलूम गरिरहेकोे भान हुन्छ । जनप्रतिनिधिहरूलाई भौतिक पूर्वाधार मात्रै गुणस्तर हो भन्ने भ्रम छ । यस्तो भ्रम र उदासीनता तोडिनु पहिलो खाँचो भएको छ । ७
(सदस्य, कर्णाली प्रदेश योजना आयोग)