पहिलो शिक्षक हड्ताल

२०३६ चैत २६ गते शिक्षकहरूको सुन्धाराबाट निस्केको जुलूसलेः “(१) शिक्षकहरूको माग पूरा गर, (२) राष्ट्रिय शिक्षक संगठन खोल्न दिइयोस्, (३) शिक्षक दमन बन्द गर, (४) गिरफ्तार शिक्षकहरूलाई छाडियोस्” भन्ने आदि नारा लगाउँदै शहर परिक्रमा गरेर त्रिचन्द्र क्याम्पसमा पुगेपछि आमसभामा परिणत भयो।

सभामा शिक्षक प्रतिनिधि सर्वश्री शिव अधिकारी, भीम न्यौपाने, कृष्णप्रसाद थापाले “शिक्षकहरूको माग पूरा गर्नुको सट्टा तिनलाई दमन गरी संघर्ष लम्ब्याउने स्थिति खडा गरे” आदि भने।

चैत २६ गते डा. केशरजंग रायमाझीको भनाइ: “मजदूर, शिक्षक तथा विद्यार्थीले पनि यसै समयमा जुलूस हड्तालको स्थिति खडा गरिरहनुको साटो जनमत संग्रहपछिको सरकार समक्ष आफ्ना समस्या र माग प्रस्तुत गर्नु राम्रो हुनेछ” भन्ने थियो।

चैत २८ गते राजविराजमा प्र.म. श्री सूर्यबहादुर थापाको भनाइः “नेपालमा हाल सबभन्दा महत्वको विषय नै जनमत संग्रह भएको अवस्थामा यस विषयलाई लघु बनाएर शिक्षकहरूले हड्ताल गरेका छन्। हड्ताल गर्ने शिक्षकहरू जनताका विरोधी हुन्। हड्तालप्रति श्री ५ को सरकार चुप लागेर बस्न सक्दैन।

पढाउने काम नहुन्ज्याल शिक्षकहरूलाई तलब दिन नहुने र विद्यार्थीबाट पढाइ शुल्क लिइनुहुन्न। शिक्षाको क्षेत्रमा विगत १९ वर्षको प्रयासबाट खडा भएको पूर्वाधारले विकास कार्यलाई अनवरत अघि बढाउन पाउनुपर्छ” भन्ने थियो।

जेठ ३१ गते त्रिभुवन विश्वविद्यालयका शिक्षकहरूको प्रतिनिधिमण्डलले शिक्षा राज्यमन्त्री डम्बरनारायण यादवलाई भेटी शिक्षकहरूको समस्या अवगत गराउँदै लिखित रूपमा ३० वटा मागहरू प्रस्तुत गर्‍यो।
जेठ ३० गतेदेखि शुरू भएको शिक्षकहरूको हड्ताल सम्बन्धमा श्री ५ को सरकार र शिक्षकहरू बीच असार ३ गते भएको सम्झैता अनुरूप शिक्षक संघर्ष समितिले असार ४ गतेदेखि सम्पूर्ण विद्यालय सञ्चालन गर्ने सूचना प्रकाशित गर्‍यो। 

(नेपालको राजनीतिक दर्पण, दोस्रो भागबाट साभार)

शिक्षक माकिस, २०८० मंसीर अंकमा प्रकाशित। 

 

commercial commercial commercial commercial