नानीहरूलाई ‘तँ’ होइन ‘तपाइँ’ !

‘सानालाई माया र ठूलालाई आदर गर्नुपर्छ’ भत्रे हाम्रो सहज बुझाइ त हो नै, सामाजिक कानून पनि हो। हाम्रा भाषा-संस्कृति यसै अनुसार चलेका छन्। भत्रे बेलामा सबै मान्छे बराबर हुन् भने पनि सामाजिक तहहरूलाई ठूलो महत्व दिइन्छ। हामीकहाँ तँ, तिमी, तपाईं र हजुर चार तहका सम्बोधन छन् र हामी कससित बोल्दैछौं भत्रे कुरामा तिनको प्रयोग भर पर्छ। कसैलाई हामीले उमेरले, पदले वा प्रतिष्ठाले ठूला मान्छे ठान्यौं भने नचिने पनि तपाईं वा हजुर भन्छौं । कसैलाई साना ठान्यौं भने तिमी वा तँतिर ओर्लेर व्यवहार गर्छौं।

नेपाली समाजमा यो चलन कहिलेदखि चल्दै आएको होला भत्रे कुराको खोजी समाज र भाषा विज्ञानका अध्येताहरूले गर्लान्। यहाँ भने हामी बालबालिकाका लागि प्रयोग हुने भाषा र आदरको कुरा गर्छौं।

आदरको स्थापित परम्परा वा सामाजिक कानूनले हाम्रो विभित्र धार्मिक, सामाजिक, आर्थिक व्यवहारहरूलाई निर्देशित गरेको हुन्छ। हाम्रो शिष्टाचारको त यो अभित्र अङ्ग नै हो। आफ्ना छोराछोरीलाई माया र बाबुआमालाई आदर गर्नका लागि पनि हामी यिनै सम्बोधनहरूको भर पर्दै आएका छौं।

तर के हामीले यसमा पुनर्विचार गर्नु आवश्यक छैन त ? मलाई त हामीले माया र आदरको सम्बन्धमा पुनर्विचार गर्ने र यसलाई उल्ट्याउने बेला भइसक्यो भत्रे लाग्छ। म आफूले त यस कुरालाई व्यवहारमा प्रतिबिम्बित गर्ने काम पनि शुरू गरिसकेको छु; त्यो पनि धेरै अघि; २५ वर्ष अघिदेखि।

म लामो समयदेखि बालकोसेली नामक एउटा बाल पत्रिकाको सम्पादन र प्रकाशन गर्दै आएको छु। आफू शिक्षक हुँदा अनुभव गरेको बाल साहित्यको अभावलाई अलिकति मात्र भए पनि पूर्ति गर्ने उद्देश्यले यो पत्रिका निकाल्ने काममा अघि सरेको हुँ। बालकोसेली मा बालबालिकालाई कसरी सम्बोधन गर्ने भत्रे प्रश्नले हामीलाई २०४४ सालदेखि नै सताएको थियो। हामी बालबालिकालाई ‘तपाईं’ भत्र चाहन्थ्यौं तर त्यो कुरा खुलेर भत्र सकेका थिएनौं । पछि बालकोसेली बालबालिकाको प्रतिनिधि पत्रिका हुनुपर्छ भत्रे निधोमा पुगेपछि हामी हाम्रो कुरामा दह्रो भयौं । त्यसपछि हामीले यसलाई लागू गर्दै र यसकै पक्षमा वकालत गर्दै हिंड्यौं।

समाजमा चलिरहेको चलनलाई फेर्नु साह्रै गाह्रो काम हो। समाज सुधारको काममा तर्कले जितेर मात्र काम चल्दैन, हृदयलाई समेत जित्नुपर्छ। अरूलाई परिवर्तन गर्न खोज्ने व्यक्ति सर्वप्रथम आफैं फेरिन तयार हुनुपर्छ। आफूले हिजोसम्म ‘तँ’ भन्दै आएकालाई आजदेखि ‘तपाईं’ भनेर सम्बोधन गर्नु सजिलो कुरा होइन। तर हामीले आफू फेरिने आँट गर्‍यौं।

हामीले आफ्नो पत्रिकामा बालबालिकालाई ‘तपाईं’ भनेर सम्बोधन गर्न थाल्यौं। शुरूमा त्यसको प्रभाव सीमित थियो। यस्तैमा मैले ‘रेडियो सगरमाथा’ मा बाल कार्यक्रम चलाउने निम्तो पाएँ। नेपालमा सरकार बाहिरबाट चलेको पहिलो सामुदायिक एफएम रेडियो सगरमाथा काठमाडौं उपत्यकामा मात्र बज्ने भए पनि त्यसको प्रभाव राम्रो थियो। त्यसैले म पनि कार्यक्रम चलाउन गएँ।

कार्यक्रम रेकर्ड गरिसकेर त्यहाँका तत्कालीन प्रमुख हेमबहादुर बिष्टलाई भेट्न जाँदा उहाँले मसित, “शान्तदासजी, तपाईंले बालबालिकालाई ‘तपाईं’ भनेर सम्बोधन गर्नुभयो । यो अलि कस्तो कस्तो लाग्छ नि, हैन र ?” भनेर सोध्नुभयो । मैले उहाँलाई आफूले बालबालिकालाई अनेक किसिमका सांसारिक फोहोरहरूबाट मुक्त र शुद्ध ठात्रे अनि त्यही शुद्धताको सम्मानमा र सधैंभरि शुद्ध रहन प्रोत्साहित गर्न तपाईं भनेर सम्बोधन गरेको कुरा बताएँ । उहाँले अरू तर्क गर्नु भएन। अनि रेडियोमा भाइबहिनीहरूलाई ‘तपाईं’ भनेर सम्बोधन गर्ने चलन नै चल्यो। अहिले धेरै अरू एफएमहरूमा यो चलन चलिसकेको छ।

रेडियो सगरमाथाका माध्यमबाट मैले बालबालिकासित बेग्लै किसिमले सङ्गत गर्ने मौका पाएँ । कार्यक्रम रेकर्ड गर्ने दिन म उनीहरूभन्दा अगावै रेडियो स्टेशनमा पुग्थें र उनीहरूलाई ढोकैमा स्वागत गरेर रेडियो घर घुमाउँदै र अनेक कुरा चिनाउँदै स्टुडियो कोठामा लान्थें।

हाम्रा प्रत्येक कार्यक्रममा बेग्लै इलाकाका सहभागीहरू हुने गर्थे। त्यसैले प्रत्येक पटक उनीहरूका लागि रेडियो स्टेशन नौलो हुन्थ्यो । कार्यक्रम शुरू गर्नुभन्दा पहिले म उनीहरूलाई स्टुडियोमा पालना गर्नुपर्ने नियम सुनाउँथें। उनीहरूको गाह्रो सजिलो सोध्थें अनि उनीहरूको सहमतिपछि कार्यक्रम शुरू गर्थें। ‘तपाईं’ भनेर सम्बोधन गरेको र उनीहरूलाई समेत सोधेर नियम बनाएकाले हुनुपर्छ उनीहरूले कहिल्यै कुनै नियम तोडेनन् । कार्यक्रममा कहिल्यै पनि अशिष्ट, उत्ताउलो, अभद्र जस्तो लाग्ने एक शब्द पनि उच्चारण भएन, नराम्रो व्यवहार त फिटिक्कै भएन।

एक पटक कार्यक्रम सकिएपछि काठमाडौंको एउटा स्कूलका विद्यार्थीलाई विदा गर्न म तल ढोकासम्म पुगेको थिएँ। विदा हुने बेलामा विद्यार्थी भाइबहिनीलाई ल्याउने शिक्षकले मलाई धन्यवाद दिंदै भत्रुभयो, “मैले यस कार्यक्रमबाट एउटा कुरा सिकें। भाइबहिनीसित नम्र भएर कुरा गर्नुपर्दोरहेछ अनि सब कुरा राम्रो हुँदोरहेछ।”

मैले केही भत्रै नपरी, मेरो व्यवहार देखेर कसैले त्यो कुरा सिकेको सुन्न पाउँदा मलाई साँच्चै नै गर्व लाग्यो।

केटाकेटीलाई आदर गर्न गाह्रो छैन, उनीहरूको भावना बुझेर राम्रोसित बोल्दा पुग्छ । तर समाजमा यस्तो चलन चलाउन सजिलो पनि छैन। पढेलेखेकै मानिस समेत सानालाई आदरपूर्वक सम्बोधन गर्दा सामाजिक मर्यादा नै भत्किन्छ कि जस्तो गर्छन्। “मान्छे बोकाजत्रो, कुरा डोका जत्रो”, “ठूलालाई नचिढाउनू, सानालाई नचढाउनू”, “सानालाई माया, ठूलालाई आदर” जस्ता हाम्रा कैयन् उखान टुक्का र कहावत मार्फत सानालाई होच्याउने काम निरन्तर भइरहेको छ। सानाप्रतिको यो अनादर घरमा, विद्यालयमा, भोजभतेरमा, खेल मैदानमा, चोकमा, कतिपय सञ्चारमाध्यममा र सिङ्गो मुलुकमै चलिरहेको छ। सानालाई आदरपूर्वक सम्बोधन गर्नका लागि प्रेरित गर्न एउटा पत्रिका र केही रेडियोहरूको प्रयास मात्र पर्याप्त हुँदैन।

एकपल्ट एकजना मित्र र म भक्तपुरको गाउँमा डुल्दै पुगेका थियौं। त्यो गाउँमा मेरो एकजना पुरानो साथीको घर भएको सम्झेर सोध्दै सोध्दै उनको घरतिर लाग्यौं। ढोका बन्द थियो । मैले ढोका विस्तारै ढकढक्याएँ । एकछिनपछि आठ–नौ वर्षका बालकले ढोका खोले। मैले उनलाई नमस्ते गरें र मेरा साथीको नाउँ लिएर सोधें, “यो उहाँको घर हो?” बालकले भने, “उहाँ त मेरो हजुरबुबा हुनुहुन्छ।” त्यसपछि मैले, “हामीलाई तपाईंका हजुरबुबा भए ठाउँमा लगिदिनुहोस् न” भनें । आफूलाई ‘तपाईं’ भनेर सम्बोधन गरेको सुनेर उनी छक्क परेजस्ता देखिए। तर अरू केही नभनी बडो शिष्टताका साथ हामीलाई आफ्नो हजुरबुबाको कोठासम्म पुर्‍याइदिए ।

कोठामा मेरा साथी पुस्तक पढिरहेका थिए। हामीलाई देखेर उनी खुशी भए, हार्दिक स्वागत गरे। हामी कुरा गर्न थाल्यौं । ती साना नानी हामीलाई हेरेर बसिरहेका थिए। एक छिनपछि उनले आफ्ना हजुरबुबालाई भने, ‘हजुरबुबा, उहाँहरूलाई हाम्रो माथि भान्सामा पकाइराखेको सेल ख्वाउने होइन ?’

हामीले नानीका हजुरबुबालाई हेर्‍यौं, उनी जिल्ल परेका देखिए तर केही बोलेनन्। अनि साना नानी सुस्केरा सहित गम्भीर भएर चूप लागे । केही छिनपछि हजुरबुबा माथि गए र उनीसितै सेल र चिया पनि तल आयो। हामीलाई सेल खान गाह्रो भयो तर साना नानीको मन राखिदिन एक–एक टुक्रा लियौं र अबेर भयो भन्दै विदा भयौं । मलाई त्यत्रो आतिथ्य दर्शाउने साना नानीसित उनको सद्व्यवहारको प्रशंसा गरेर दुई–चार शब्द बोल्न मन थियो, तर पाइनँ ।

बाटाभरि मेरा मनमा कुरा खेलिरह्यो- अहिले मेरा साथीले आफ्नो नातिको प्रशंसा गरिरहेका होलान् कि ‘बेकारमा बाठो भएको’ भनेर नातिलाई गाली गरिरहेका होलान् ? प्रशंसा नै गर्ने भए हाम्रै अगाडि गरेको भए के बिग्रन्थ्यो र ? तर बढी सम्भावना त ‘जात्रे पल्टेको’ भनेर उनले गाली खाने नै थियो ।

केही वर्षअघि मेरो टोलको विद्यालयको पुरानो भवनको ठाउँमा नयाँ बनिरहेको थियो। भवन भत्काएका कारण ठाउँ नमिलेर विद्यार्थीको पढाइमा बाधा पुगेको थियो। त्यसैले माथि निर्माणको काम भइरहेको भवनकै तल्लो तलामा कक्षा सञ्चालन गर्ने बारेमा छलफल भयो। तर त्यसो गर्दा चञ्चल स्वभावका केटाकेटी निर्माणाधीन ठाउँमा जाने, उपद्रो गर्ने र जोखिममा पर्ने डर हुन्छ भत्रे विचार आयो। छलफलमा आएको अर्को विचार चाहिं बालबालिका विवेकशील हुन्छन् र उनीहरूलाई यस्ता जिम्मेवारी दिएर नै अझ् जिम्मेवार बनाउन सकिन्छ भत्रे थियो ।

धेरै छलफलपछि यस्तो टुङ्गो लाग्यो, ‘केटाकेटीलाई निर्माण भइरहेको सबै ठाउँ देखाउने, कुन कुन ठाउँमा के कस्ता जोखिम छन् सोध्ने, सब कुरा टिप्ने, टिपाउने, अनि जोखिमबाट जोगिन के गर्नु पर्ला भनी उनीहरूसित समेत सोध्दै उनीहरूलाई सतर्क बनाएर चल्ने’। छलफलपछि सबै विद्यार्थीले जोखिमपूर्ण देखिने सबै ठाउँ हेरे, ठम्याए र काम भइरहेको ठाउँमा जाँदै नजाने बाचा गरे ।

त्यसको भोलिपल्टदेखि कक्षा सञ्चालन भयो। तर दुःखको कुरो एक जना ठूला मान्छेले कक्षा चलेको भोलिपल्टै आफूसमेत लागेर बनाएको नियम विपरीत एक जना विद्यार्थीलाई माथिल्लो तलामा कुनै कुरो लिन पठाएछन्। त्यसबेला जान बाध्य भएका बाहेक कुनै पनि छात्र वा छात्राले माथिल्लो तलामा पाइलासम्म पनि टेकेको भेटिएन। उनीहरुले आफू समेत भएर बनाएको नियमको पूर्ण पालना गरे।

बालबालिकासित सङ्गत गर्दा अनुभव गरेका यस्ता धेरै प्रसङ्गहरूका कारण मेरो मनमा हामीले ‘नानीहरूलाई माया गरिदिनुपर्ने’ कुराभन्दा हामीले ‘उनीहरूबाट आदरका साथ सिक्नुपर्ने’ कुरा वा ‘लिनुपर्ने सरसल्लाह’ धेरै छन् भत्रे भावना झ्न् बलियो भएर आएको छ। कैयन् कुरा त उनीहरू हामीले भन्दा छिटो र राम्रोसित सोच्न सक्छन् । हामीले माया ग¥यौं भने बालबालिकाले हामीलाई आदर गर्छन् तर हामीले उनीहरूलाई आदर गर्न थाल्यौं भने उनीहरूले हामीलाई साँच्चै हृदयदेखि नै माया गर्न थाल्छन्।


समाज सुधारको काममा तर्कले जितेर मात्र काम चल्दैन, हृदयलाई समेत जित्नुपर्छ। अरूलाई परिवर्तन गर्न खोज्ने व्यक्ति सर्वप्रथम आफैं फेरिन तयार हुनुपर्छ। आफूले हिजोसम्म ‘तँ’ भन्दै आएकालाई आजदेखि ‘तपाईं’ भनेर सम्बोधन गर्नु सजिलो कुरा होइन।

एकपल्ट मलाई काठमाडौंको एउटा स्कूलले आफ्नो अभिभावक दिवसमा प्रमुख अतिथिका रूपमा बोलाएको थियो । मैले त्यहाँ शिक्षक–अभिभावकले बालबालिकालाई निकै नियन्त्रणपूर्ण व्यवहार गरेको अनुभव गरें । आफ्नो बोल्ने पालोमा मलाई त्यही कुराका बारेमा चर्चा गर्न मन लाग्यो। मैले भनें, “म आज यहाँको प्रमुख अतिथि हुँ, तर म यहाँ आफूभन्दा पनि विशिष्ट अतिथिहरूलाई देखिरहेको छु। मेरो विचारमा हामी सबैका प्रमुख अतिथि हाम्रा नानीहरू हुन् । उनीहरू हामीले बोलाएकाले नै यस धरतीमा आएका हुन् । नौ महीनासम्म आमाको गर्भमा रहेर उनीहरू हाम्रो काखमा आइपुग्दा हामी खुशी हुन्छौं । धेरै अपनत्व र ममताका साथ उनीहरूको स्वागत गर्छौं । नयाँ अतिथि आइपुगेकोमा खुशी व्यक्त गर्छौं, मिठाई खान्छौं।

त्यसपछि पनि प्रत्येक दिन हामी हाम्रा अतिथिहरूको सुविधाका बारेमा चिन्ता लिन्छौं । भोकायो कि, कतै केहीले बिझयो कि । उनीहरू अलिकति मात्र रोए भने पनि के भयो कसो भयो हेर्छौं । कता के पुगेन ध्यान दिन्छौं । तर अलि पछि, जब उनीहरू रङ्गीचङ्गी विश्वका कुरा देखेर रमाउन थाल्छन्, हामी नियन्त्रण शुरू गर्छौं । उसले रमाइला कुरा देखेर ‘यो के ?’, ‘त्यो के ?’, ‘क्या राम्रो !’, ‘यो लिऊँ क्यारे !’, ‘यसलाई छुँ क्यारे !’ भत्र थालेपछि भने हामी ‘हुत्र’ भत्रे शब्दले उसलाई बाँध्न थाल्छौं । सबै कुरामा यसो गर्नु हुत्र र त्यसो गर्नु हुत्र भत्र थालेपछि अतिथिको मनमा कस्तो होला, के होला ? हाम्रा अतिथिका मनमा पक्कै पनि “कस्तो नराम्रो ठाउँ ! मैले हेर्न हुत्र, छुन हुत्र भने मलाई किन बोलाएको त ! कस्तो अनौठो !” भत्रे कुरा आइरहँदो होला, हैन त ? हामी अतिथिको त्यत्रो सम्मान गर्नेहरूबाट त्यस्तो व्यवहार कस्तो नमिल्दो ! यी कुरा हेर्दा वास्तवमा हामी अतिथिलाई सत्कार गर्ने रहेनछौं भत्रे लाग्दैन र ? 

यदि हामी हाम्रा घरघरका बाल अतिथिहरूलाई हप्काउँछौं भने म आज एकदिनको प्रमुख अतिथिलाई किन बाँकी राख्ने ? तपाईंहरू मेरो चित्त दुख्ने गरी मलाई गाली गर्नोस् । मैले कतै हेरें भने त्यता होइन यता हेर भनेर हप्काउनोस् ! आदरणीय शिक्षकहरू, तपाईंहरू पनि आफूसित लट्ठी छ भने लौ हात थापें, हिर्काउनोस् !”

मेरा कुरा सुन्दासुन्दै सबै शान्त भए । समारोह स्थलमा एकखालको चकमन्नता छायो। अघि आफ्ना छोराछोरीलाई हप्काइरहेका केही अभिभावकले आफ्नो अनुहार रातो पारेको पनि देखियो । केही शिक्षक पनि गम्भीर देखिए। वास्तवमा त्यस समारोहपछि नै मलाई नानीहरूलाई ‘तपाईं’ सम्बोधन गर्दा रत्तिभर संकोच हुन छाड्यो।

हामी भत्र त साना भाइबहिनीहरूलाई ‘तँ’ भनेर सम्बोधन गर्दा माया नै गरिरहेका हौं भन्छौं तर सामाजिक व्यवहारमा त्यो माया देखिंदैन । हाम्रो भोजभतेरमा ‘चुलै निम्तो’ भनेर छोराछोरी समेत घरका सबैलाई बोलाइएको हुन्छ । तर प्रायः भोजमा केटाकेटीहरू पनि हामीले बोलाएका अतिथि हुन् भत्रे सम्झ्ेर; उनीहरूलाई हिसाबमा राखेर उनीहरूलाई मिल्ने भित्रै खालको खाना तयार गर्ने चलन छैन। भोजमा मात्र होइन, घरमा पनि केटाकेटीहरूसित सोधेर तरकारी कित्रे वा पकाउने चलन एकदमै कममा मात्र छ। बालबालिकालाई सम्बोधन गर्दा मात्र होइन, उनीहरूप्रतिका विभित्र व्यवहारमा पनि ‘तँ’ कै झ्ल्को देखिन्छ।

मैले शिक्षकका रूपमा पनि केही वर्ष काम गरेको छु। विद्यालयमा विद्यार्थीलाई सद्व्यवहार र अनुशासनको कुरा त खूब सिकाइन्छ तर के, सिक्नुपर्ने विद्यार्थीले मात्र हो र ? अनौठो लाग्दैन ? कोही बेला त अभिभावक आफैं आफ्ना छोराछोरीलाई ‘यो बदमास छ, यल्लाई ठीक गरिदिनोस्!’ भन्दै शिक्षककहाँ ल्याउँछन् । छोराछोरीलाई साँच्चैको माया गर्ने बाबुआमाले उनीहरूका बारेमा अरूको अगाडि यस्तो टिप्पणी गर्नै नसक्नुपर्ने हो । त्यसो गर्नु भनेको आफ्नो नानीलाई आफैंले सार्वजनिक रूपमा अपराधी घोषित गर्नु हो, सार्वजनिक रूपमा दण्ड दिनु हो । बालबालिकालाई सबैका सामु बदमास, मूर्ख आदि भन्ने भनेको सानो नानीको मुटु चिथोर्नु सरह हो; त्यो गर्नै नहुने जघन्य अपराध हो । मैले यो बानीको विरोधमा ‘रमेश र उसकी आमा’ भत्रे कथा नै लेखेको छु । बालकोसेली पूर्णाङ्क १८ मा प्रकाशित त्यो कथा यहाँ पनि प्रकाशित छ । (हे. पृष्ठ ३८–३९)

बालबालिकाका लागि काम गर्ने हामी शिक्षक तथा अन्य व्यक्तिहरूको उनीहरूप्रतिको धारणा र दृष्टिकोण अनुसार नै हाम्रा क्रियाकलाप र व्यवहार तय हुन्छन् । त्यसैले पनि हामीले “ठूलालाई नचिढाउनू सानालाई नचढाउनू” को वास्तविक अर्थ पहिल्याएर अघि बढ्नुपर्छ । त्यसो भयो भने हामी आफ्नो क्षेत्रमा अवश्य पनि राम्रो उपलब्धि हासिल गर्न सक्छौं। सानालाई नचढाउनू भत्रुको अर्थ उनीहरूको बढ्ने ठाउँ सीमित पार्नु हो। उनीहरूलाई चढ्ने अवसर दिनु भनेको उत्तरदायित्व दिनु हो । एउटा कुरो के प्रष्ट छ भने तपाईंले एक पल्ट नयाँ पुस्तालाई आदर दिनुभयो भने तपाईंले नयाँ पुस्ताबाट अवश्य पनि माया पाउनुहुनेछ । साना नानीहरूबाट पाइने मायाको स्वाद ठूलाले दिने बक्सिस्को भन्दा धेरै धेरै मीठो हुन्छ, चाखेर हेर्नु होला मेरो विशेष अनुरोध छ।


रमेश र उसकी आमा

रमेश आफ्ना साथीभाइसँग खेल्न पाउँदा औधी रमाउँछ । खेलिरहँदा ऊ सबै कुरा बिर्सन्छ, स्कूलको घोक्नुपर्ने र लेख्नुपर्ने पाठ पनि बिर्सन्छ। अझ् कहिलेकाहीं त ऊ खाजा खान पनि बिर्सन्छ। खेल्दा-खेल्दै अबेर भएपछि ऊ फेरि साथीभाइहरूसँग यसरी सोध्न थाल्छ- “अहिले कति बज्यो होला हँ ?” अनि “आमाले फेरि मलाई...” भन्दै आफ्नो दाहिने गालामा आफ्नै दाहिने हात विस्तारै राखेर चड्कन दिएको सान गर्छ र दुवै कुम उठाएर गर्धन लचक्क लच्काउँदै आँखा झ्म्क्यिाउँछ । रमेश साँच्चै रमाइलो केटो छ। उसका साथीभाइहरू पनि उसलाई औधी मन पराउँछन्।

एक दिन, शुक्रबार, भर्खरै पानी रहेको थियो। स्कूलबाट फर्किसकेपछि ऊ साथीभाइहरूसँग खेल्न घरनजिकैको चउरमा गयो। चउर भने हिलाम्य थियो। तर रमेश र उसका साथीहरू पसिना-पसिना हुँदै फूटबल खेलिरहे। आफ्नो पक्षले जितेको प्रत्येक गोलमा रमेश एक हात उफ्रेर “गोल !” भनी चिच्याउँथ्यो। अनि हारेको गोलमा भने जिल्ल पर्दै अनुहार खिस्रिक्क पाथ्र्यो। खेल्दा-खेल्दा थकित भएपछि रमेश पानी खान भनी आफ्नो घरभित्र पस्यो र उसको पछि-पछि उसका साथीभाइहरू पनि लागे। पानी खाइसकेपछि तिनीहरू सबै फेरि चउरमा फर्केर फूटबलकै विषयमा कुरा गरिरहे । अँध्यारो हुन हुन लागेपछि मात्र तिनीहरू आ-आफ्ना घरतिर लागे।

थाकेको रमेश घरभित्र पस्नेबित्तिकै उसको शरीरको थकान गुँडबाट चरा उडे झैं एकैचोटि बेपत्ता भयो र ऊ चिच्यायो, “भान्दाइ ! म चउरमै थिएँ मैले त तपाईं आउनुभा’को देख्तै देखिनँ ।”
“ल, यत्ति बेला त तिमी घरभित्र नै हौला भनी मैले पनि अन्त कतै हेरिनँ ।”

“अँ...” भन्दै रमेश आफ्नो भान्दाइनेरै थुचुक्क बस्यो । अनि भान्दाइले रमेशलाई अँगालो हालेर आफूनजिकै ताने । त्यही बेला भान्सामा काम गरिरहेकी रमेशकी आमा रमेश र भान्जाबाबु भएको कोठामा आइपुगिन् र फत्फताइन्, “रमेश, तैंले बडो राम्रो काम गरिस् हैन आज ? काँ–काँका फोहोरी केटाहरू ल्याएर चउरभरिको हिलो ओसार्न लाइस् हैन ! बुद्धि विचार भनेको एकरत्ति छैन यसमा ! हेर भान्जाबाबु, तिमी यसको खूब तारिफ गर्छौ तर यो भने झन्-झन् बिग्रँदो छ । ल, यसरी फोहोर गर्नु ठीक छ त ? भान्जाबाबुले नै भन त ।”

कहिले झेक्रिएर बसेको रमेशतर्फ त कहिले कोठाको ढोकामा उभिइरहेकी माइजूतर्फ हेर्दै भान्जाबाबुले विस्तारै भने, “माइजू, म त केही बुझिदनँ ।” भान्जाबाबु चूप लागेकाले माइजू भान्साकोठातिर गइन् । भान्दाइको अघिल्तिर आमाले हपारेकीले रमेशले आफ्नो शरीरभित्रको कुनै अङ्ग अत्यन्त दुखेको जस्तो गरी मुख बिगा¥यो र विस्तारै उठेर कोठा बाहिर गयो ।
भान्जाबाबुको सोचाइमा रमेश खराब केटो हुँदै हैन । ऊसँग राम्रा कुराहरू थुप्रै छन् । नराम्रो कुरा फाल्न सघाउन त उसमा भएका राम्रा कुराको प्रशंसा गर्दै तिनलाई पो बढ्न दिनुपर्छ । तर माइजू भने आफ्नै किसिमले फत्फताउँछिन् । रमेशलाई एकान्तमा केही भन्न चाहेर भान्जाबाबुले घरको प्रत्येक कोठा चहारे तर रमेश कतै थिएन । भान्साकोठामा माइजू एक्लै थिइन् । रमेशको केही पत्तो नलागेपछि भान्जाबाबुले माइजूसँग विस्तारै सोधे, “माइजू, रमेश कहाँ गएछ हँ ?”
“अहँ, मैले उसलाई कतै पठाएकी छैन ।”
“त्यसो भए रमेश त कतै छैन ।”
“हँ, कहाँ गयो होला त ?”
“माइजू, अघि उसको चित्त निकै दुःखेजस्तो छ । तपाईंले मेरो अघिल्तिर त्यसो नभन्नुभएको भए राम्रो हुन्थ्यो ।”
“मैले जे भनें भान्जाबाबुकै अघिल्तिर भनेकी हुँ, मैले त्यति भनेर केही बिगारें कि ?”
“हैन माइजू, तपाईंले माया गरेरै भन्नुभएको हो । तर मेरो अघिल्तिर नभन्नुभएको भए राम्रो हुन्थ्यो ।”
“भान्जाबाबुको अघिल्तिर भनेर के बिग्रियो ? त्यसो गर्दा के उसको कुनै बेइज्जती हुन्छ र ?”

“हो माइजू, बेइज्जती नै हो । साना नानीहरू अलिकति पनि बेइज्जती खप्न सक्तैनन् । तिनीहरूको कलिलो मनमा त्यतिले नै पनि ठूलो चोट पर्न सक्छ ।”

कुरा गर्दा–गर्दै आधा घन्टा बित्यो तर रमेशको भने अझ्ै केही पत्तो लागेन । अब रमेशकी आमा भित्रभित्रै डराउन थालिन्, “कहाँ गयो होला त रमेश ! कतै... !” रमेशलाई खोज्न भान्जाबाबु बाहिर चउरतिर हिंडे । आमाचाहिं कोठैपिच्छे चहार्न थालिन् । जति–जति समय बित्दै गयो उति–उति नै उनको मुटुमा गाँठो पर्न थाल्यो । बाहिर अँध्यारो बाक्लिंदै थियो र उनको मनमा “मैले किन हपारें हुँला !” भन्ने लाग्न थाल्यो । आकुलव्याकुल हुँदै उनी चर्पीतिर लागिन् र ढोका खोल्न खोजिन् तर ढोका भित्रबाट बन्द थियो । “रमेश चर्पीभित्र रहेछ” भन्दै उनी ढुक्क भइन् र सुस्केरा हालिन् । उनले फेरि ढोका ढक्ढक्याइन् तर भित्रबाट कुनै आवाज आएन । “केही पो ग¥यो कि !” भनेर आत्तिंदै “रमेश ! ढोका खोल्, रमेश !” भन्दै उनी कराइन् । तैपनि भित्रबाट कुनै आवाज आएन । त्यसपछि आमाचाहिं कोकोहोलो मच्चाउँदै “रमेश ! ढोका खोल्, रमेश !” भनेर चिच्याइन् । ढोका खोलिएन तर भित्रबाट “मरे नि बाहिर आउन्न !” भन्दै रुँदै कराएको सुनियो ।

बाहिर रहेकी आमाले त्यसपछि रुँदै भनिन्, “बाबु रमेश, हेर म कति रोएँ, लौ, बाहिर आऊ, ढोका खोल, लौ न !”
त्यसपछि बल्ल ढोका उघारियो । त्यसबेला रमेशका दुवै आँखा रुँदा–रुँदा सुन्निएका थिए र कमिजको अघिल्लो सिङ्गै पातो सिंगानले भिजेको थियो । रोइरहेको रमेशलाई आमाले आफू पनि रुँदै अँगालो हालिन् ।

(शिक्षक मासिक, २०७१ असोज अंकमा प्रकाशित।)

commercial commercial commercial commercial