बाघ र यसलाई जोगाउने चुनौती

बाघ स्तनधारी प्रजातिहरूको शीर्ष स्थानमा रही शिकार गरेर खाने एक मांशाहारी जंगली जनावर हो । बाघलाई जंगली बिरालाका प्रजातिहरूमा सबैभन्दा ठूलो मानिएको छ । यसको वैज्ञानिक नाम Panthera tigris हो । बाघले सदैव एकान्त मन पराउँछ र प्रायः यो एक्लै नै बस्ने गर्दछ ।

बाघको शरीरमा हिमालको ठण्डीदेखि तराईको गर्मीसम्म सहन सक्ने क्षमता हुन्छ । त्यसैले हिमाली भेगका वनदेखि तराईका घना जंगलहरूमा बाघ पाइन्छ । यो प्रायः वनजंगल र जंगलभित्रका घाँसे मैदान तथा सिमसार क्षेत्रमा बस्न रूचाउँछ ।

आजभन्दा लगभग १०० वर्ष अगाडि नेपाल, भारत, बंगलादेश लगायत विभिन्न देशमा गरी विश्वमा करीब एक लाखको संख्यामा बाघ रहेको अनुमान थियो । तर त्यसयता बाघको संख्या घट्दै गयो र हाल विश्वमा करीब ३,९०० को संख्यामा रहेको पाइन्छ । विगत २०० वर्षको अवधिमा विश्वमा बाघको वासस्थान ९३ प्रतिशतले घटेर करीब ७ प्रतिशतमा सीमित भएसँगै बाघको संख्या पनि कैयौं गुणाले घटेको देखिन्छ । आईयूसीएनका अनुसार बाघको वासस्थान सन् २००६ देखि २०१४ सम्ममा मात्रै पनि लगभग ४२ प्रतिशत घटेर गयो । यसरी आएको नयाँ तथ्याङ्क बाघको वासस्थान साँच्चिकै यसरी खुम्चिएको हुन सक्ने भएता पनि केही चाहिं सर्वेक्षण क्षेत्र बढ्नुका साथै बाघको वासस्थानबारे नयाँ सूचनाको प्रवाह हुनु पनि हो ।


बाघले धेरैजसो उमेरले पाका र रोगले कमजोर भइसकेका वन्यजन्तु मारेर खान्छ किनकि बलिष्ठ एवं दह्रा हरिण, मृगहरूलाई यसले हत्तपत्त आक्रमण गरेर समाउन सक्दैन । त्यसले गर्दा बलिया वन्यजन्तुहरू मात्र जंगलमा रहन जान्छन् र तिनले स्वस्थ बच्चाहरू जन्माउँछन् अनि तिनीहरूको संख्याले समेत निरन्तरता पाउँछ । यसले गर्दा जंगलमा प्राकृतिक रूपमा स्वस्थ वन्यजन्तुहरूको छनोट गर्ने काममा बाघले निरन्तर सघाइरहेको स्पष्ट हुन्छ ।

हाल बाघ पाइने विश्वका विभिन्न १३ देशमा नेपाल, भारत, चीन, बंगलादेश, भुटान, म्यानमार, मलेसिया, इण्डोनेसिया, रुस, थाइल्याण्ड, भियतनाम, लाओस् र कम्बोडिया रहेका छन् । यीमध्ये भियतनाम, लाओस् र कम्बोडियाबाट बाघ प्रायः लोप भएको अनुमान गरिएको छ भने प्राकृतिक रूपमा प्रजनन भइहेका बाघ मात्र विभिन्न ८ देशमा सीमित रहेको मानिन्छ ।

प्राकृतिक सन्तुलनमा बाघको योगदान

पारिस्थितिकीय प्रणालीलाई प्राकृतिक सन्तुलनमा राख्न बाघको महत्वपूर्ण योगदान रहेको हुन्छ । आहारा चक्रको शीर्षस्थानमा रहेको बाघको संख्या घट्यो भने बाघका आहारा प्रजातिहरू जरायो, बाह्रसिंगा, चित्तल, लगुना, बँदेल र गौरीगाई जस्ता शाकाहारी जंगली जनावरहरूको संख्या अनियन्त्रित रूपमा वृद्धि हुन जान्छ, जुन पछि गएर मानव जातिका लागि नै समस्याका रूपमा देखा पर्न सक्छन् ।

बाघले धेरैजसो उमेरले पाका र रोगले कमजोर भइसकेका वन्यजन्तुहरू मारेर खान्छ  किनकि बलिष्ठ एवं दह्रा हरिण, मृगहरूलाई यसले हत्तपत्त आक्रमण गरेर समाउन सक्दैन । त्यसले गर्दा बलिया वन्यजन्तुहरू मात्र जंगलमा रहन जान्छन् र तिनले स्वस्थ बच्चाहरू जन्माउँछन् अनि तिनीहरूको संख्याले समेत निरन्तरता पाउँछ । यसले गर्दा जंगलमा प्राकृतिक रूपमा स्वस्थ वन्यजन्तुको छनोट गर्ने काममा बाघले निरन्तर सघाइरहेको स्पष्ट हुन्छ ।

शिकारको खोजीमा रहेको बाघ । तस्वीर सौजन्य: प्रद्योत राना

जंगलमा स्याल, ब्वाँसा र वनकुकुर जस्ता अन्य मांशाहारी वन्यजन्तुहरूको संख्यालाई समेत बाघले नियन्त्रणमा राखी पारिस्थितिकीय प्रणालीमा सन्तुलन कायम गरिरहेको हुन्छ । बाघको कारणले पनि वन–जंगल विनाश हुनबाट जोगिन्छ किनकि बाघको डरले मानिस हत्तपत्त वनमा गएर काठपात काट्ने आँट गर्दैनन् । यसबाट एकातिर बाघको वासस्थान भएका जंगलका रूख, काठपात र जडिबुटीहरू अनियन्त्रित कटान एवं संकलन हुनबाट जोगिन्छन् भने अर्कोतर्फ भू–क्षय समेत हुन पाउँदैन । यसबाट अन्ततोगत्वा मानव र वन्यजन्तु दुवैलाई मद्दत नै पुगेको देखिन्छ ।

बाघको सांस्कृतिक एवं धार्मिक महत्व

धेरैजसो परम्परागत, सांस्कृतिक तथा धार्मिक परिवेशमा बाघलाई राजकीय हाउभाउ तथा विजयको प्रतीकका रूपमा लिने गरिन्छ । साथै, शक्ति र साहसको पर्यायका रूपमा समेत यसलाई पूजा गर्ने गरेको पाइन्छ ।

बाघमाथि विराजमान भगवती दुर्गा । स्रोत: हिमाली प्रकृति

बाघलाई लिएर थुप्रै कथा, कविता र निबन्धहरू लेखिएका छन् । धर्मग्रन्थहरूमा पनि बाघलाई राम्रो स्थान दिएको पाइन्छ । हिन्दू धर्ममा बाघलाई शक्तिकी देवी भगवती दुर्गाको वाहनका रूपमा लिइएको छ । भगवती दुर्गाले बाघमाथि विराजमान भएर लडाइँमा राक्षसहरूलाई मारेको धार्मिक मान्यता छ । भगवान शिवले पनि बाघको छालाको कछाड धारण गर्नुका साथै बाघको छालामाथि विराजमान भएर ध्यानमा लिन हुने गर्नुभएको हिन्दू धर्मग्रन्थहरूमा उल्लेख छ । यजुर्वेदमा समेत बाघका बारेमा उल्लेख गरिएको छ । देवी दुर्गाका मन्दिरहरूको मूलद्वार अगाडि दुवैतिर बाघको मूर्ति राखेको पाइन्छ । शक्तिकी देवी दुर्गालाई पुज्ने कतिपय हिन्दू धर्मावलम्बीहरूले बाघको पनि पूजा गर्ने गरेका गर्छन् ।

बाघ पर्यटन

विश्वमा बाघ पाइने मुलुकहरूमा पछिल्लो समयमा बाघ पर्यटन निकै नै फस्टाएको पाइन्छ । नेपालको चितवन राष्ट्रिय निकुञ्जमा पनि एकसिंगे गैंडा तथा बाघ लगायतका वन्यजन्तु र चरा अवलोकन गर्न वर्षेनी हजारौं पर्यटकहरू जाने गरेको पाइन्छ । भारतमा जस्तो नेपालमा बाघ पर्यटन त्यति फस्टाएको छैन । नेपालका चितवन राष्ट्रिय निकुञ्जका साथै पर्सा, बर्दिया, बाँके तथा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जहरू बाघ पर्यटनका लागि आकर्षक संरक्षित क्षेत्र बन्न सक्छन् ।

बाघ संरक्षणका प्रयास

विश्वमा प्राकृतिक सन्तुलनका लागि बाघ संरक्षण गर्नुपर्छ भन्ने आवाज १९७० को दशकदेखि उठे पनि त्यतिवेला बाघ संरक्षणका लागि संगठित प्रयास भने भएन । त्यसको झण्डै ४० वर्षपछि अर्थात् सन् २०१० को नोभेम्बरमा रूसको सेन्ट–पिटर्स वर्गमा प्रथम अन्तर्राष्ट्रिय बाघ सम्मेलन भयो । यस सम्मेलनमा बाघ पाइने देशहरू नेपाल, भारत, चीन, बंगलादेश, भुटान, भियतनाम, म्यान्मार, मलेसिया, इण्डोनेसिया, रूस, थाइल्याण्ड, लाओस् र कम्बोडिया गरी १३ देशबाट उच्च नेतृत्वस्तरको सहभागिता रहेको थियो ।


सन् २०१० को नोभेम्बरमा रूसको सेन्ट–पिटर्स वर्गमा प्रथम अन्तर्राष्ट्रिय बाघ सम्मेलन भयो । उक्त सम्मेलनमार्फत नेपाल लगायत अन्य केही मुलुकले सन् २०२२ सम्ममा विश्वमा बाघको संख्या बढाएर दोब्बर पुर्‍याउने प्रतिबद्धतामा समर्थन जनाएका थिए । नेपालले पनि सन् २०२२ सम्म बाघको संख्या त्यसबखतको संख्याको (१२१) को दोब्बर पार्ने प्रतिबद्धता जाहेर गरेको थियो ।

उक्त सम्मेलनमार्फत नेपाल लगायत अन्य केही मुलुकले सन् २०२२ सम्ममा विश्वमा बाघको संख्या बढाएर दोब्बर पुर्‍याउने प्रतिबद्धतामा समर्थन जनाएका थिए । नेपालबाट तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले सम्मेलनमा भाग लिनुभएको थियो र नेपालले पनि सन् २०२२ सम्म बाघको संख्या त्यसबखतको संख्याको (१२१) को दोब्बर पार्ने प्रतिबद्धता जाहेर गरेको थियो । त्यसका लागि बाँके राष्ट्रिय निकुञ्जको स्थापना साथै पर्सा राष्ट्रिय निकुञ्जको क्षेत्र विस्तार गरिएको छ । बाघ लगायत संकटमा परेका वन्यजन्तुहरूको वासस्थानका रूपमा रहेको तराई भू–परिधिमा पर्ने नेपालका संरक्षित क्षेत्रहरूमा पर्सा राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज, कृष्णसार संरक्षण क्षेत्र र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज रहेका छन् । तराई भू–परिधिमा पर्ने राष्ट्रिय निकुञ्ज, आरक्ष र वनक्षेत्रलाई जैविक मार्गका माध्यमबाट एक अर्कामा आबद्ध गरी बाघ, गैंडा र जंगली हात्ती लगायतका वन्यजन्तुहरूको आवागमनलाई सहज तुल्याउने उद्देश्यका साथ तराई भू–परिधि (TAL) कार्यक्रम संचालनमा ल्याइएको हो ।

चितवन–अन्नपूर्ण लिंकेज कार्यक्रम

बाघ संरक्षणका दृष्टिले मुलुकका पूर्व–पश्चिमका जैविक मार्गका साथै उत्तर–दक्षिणका जैविक मार्गहरू पनि उत्तिकै महत्वपूर्ण रहेका छन् । यसैलाई ध्यानमा राखी चितवन–अन्नपूर्ण लिंकेज कार्यक्रम आरम्भ गरिएको थियो । चितवन–अन्नपूर्ण लिंकेज कार्यक्रम नेपाल सरकार र राष्ट्रिय प्रकृति संरक्षण कोषबाट भएको बरण्डाभार जैविक मार्गको प्राकृतिक र प्राथमिक संरक्षणको प्रयासलाई व्यापकता दिन तथा सरकारी स्वामित्व दिलाउन एक कोसे ढुंगो साबित भयो । नेपाल सरकार र सहयोगी संस्था राष्ट्रिय प्रकृति संरक्षण कोषबाट वर्षौंअघि चितवनका समथर भूमिमा पाइने वन्यजन्तुहरूलाई महाभारत पहाडसम्म र पहाडका वन्यजन्तुहरूलाई तराईका जंगलसम्म आवागमन गर्न सहज हुने गरी बरण्डाभार जैविक मार्गको प्राकृतिक तथा प्राथमिक संरक्षणको प्रयासलाई अगाडि बढाइएको थियो ।

बाघ र मानिसबीचको सम्बन्ध

बाघ पृथ्वीको सबैभन्दा शक्तिशाली जनावर हो । बाघ र निहत्था मानिसबीच लडाइँ परे बाघले जित्छ । तर मानिस विवेकी र चलाख प्रजाति हो, जसले आविष्कार गरेका सामग्रीहरूको प्रयोग गर्दै बाघभन्दा शक्तिशाली भई प्रस्तुत भएको छ । मानव सिर्जित कारणहरूले गर्दा नै बाघ लोपोन्मुख भएको छ । मानिसहरूले बाघको चोरी–शिकारी गर्नु, यसका आहारा प्रजातिहरूको शिकार गरेर खाने गर्नु र वासस्थानका रूपमा रहेका वन–जंगलहरू फडानी एवं अतिक्रमण गर्नु जस्ता कारणले बाघ र मानिसबीचको सम्बन्ध चिसिएको छ ।


बाघले स्वस्थ्य मानिसलाई हत्तपत्त मार्दैन । बाघ र मानिसको एक्कासी जम्काभेट हुँदा समेत बाघले मानिसलाई आक्रमण नगरी बाटो फेरेर गएको पाइएको छ । भोकाएको वेला पनि यसले मानिसलाई सितिमिति आक्रमण गर्दैन,  किनकि बाघको नियमित आहारा मानिस होइन ।

बाघ बुढो, कमजोर र बिरामी भएपछि नरभक्षी हुन सक्छ । बुढो, कमजोर र बिरामी बाघ जब आफ्ना प्राकृतिक शिकारलाई मार्न सक्दैन अनि बस्ती छेउका वनहरूमा गएर बस्न थाल्छ । त्यस्तो अवस्थामा बाघले मानिसलाई भेटे मारेर खाने सम्भावना हुन्छ । त्यस्तै बाघ–बाघको लडाइँ पर्दा वा उसको आहारामाथि आक्रमण गर्दा घाइते भएको बाघ वा शिकारीले मार्न खोज्दा घाइते भएर भागेको बाघ पनि नरभक्षी हुन सक्छ ।

तर बाघले हत्तपत्त स्वस्थ्य मानिसलाई मार्दैन । बाघ र मानिसको एक्कासी जम्काभेट हुँदा समेत बाघले मानिसलाई आक्रमण नगरी बाटो फेरेर गएको पाइएको छ । भोकाएको वेला पनि यसले मानिसलाई सितिमिति आक्रमण गर्दैन, किनकि बाघको नियमित आहारा मानिस होइन ।

मानिससँग एकदमै नजिक भएको अवस्थामा बाघले मानिसलाई एक/दुई झापड हानेर छोडेको खबर सुन्न पाएका छौं । बघिनीले भने आफ्नो बच्चाको सुरक्षालाई ध्यानमा राखेर मानिसलाई आक्रमण गर्न सक्छे । जंगली हात्ती, गैंडा र चितुवा जस्ता जनावरको दाँजोमा बाघले मानिसलाई कमै मात्र आक्रमण गरेको पाइन्छ ।

हालसालै बर्दियाको घटनाले धेरैलाई अचम्मित बनाएको छ । सुन्नमा आएअनुसार चलिरहेको मोटरसाइकलको पछाडि सवार महिलालाई बाघले झम्टेर शिकार गरेको थियो । यो कुरा साह्रै अपत्यारिलो भएको छ । यसको गहिरो अध्ययन जरूरी छ ।

बाघ संरक्षणमा देखिएका चुनौती

बाघ संरक्षणमा विशेषगरी चोरी–शिकारी नै प्रमुख समस्याको रूपमा देखिन्छ । बाघका अंगहरू परम्परागत औषधिमा प्रयोग गरिने पुरातन चिनियाँ प्रचलन नरोकिनु र चोरी–शिकारीको विश्वव्यापी सञ्जाल तोड्न नसक्नु जस्ता कारणले बाघको चोरी–शिकारी पूर्णरूपमा नियन्त्रणमा आउन सकेको छैन ।

बाघका अंगहरूको अवैध व्यापार निकै नै ठूलो भएको ट्राफिक इन्टरनेशनलले हालसालै सार्वजनिक गरेको प्रतिवेदनमा समेत उल्लेख गरिएको छ । उक्त प्रतिवेदनका अनुसार, विगत १५ वर्षको अवधिमा भएको बाघका अंगहरूको अवैध व्यापार हेर्दा एशियामा मात्र प्रत्येक वर्ष ११६ वटा बाघ मारिएको देखिन्छ (स्टोनर र अरू, २०१६) । वन्यजन्तुमा आधारित अवैध व्यापार विश्वको अवैध व्यापारमध्येकै चौथो ठूलो व्यापारको रूपमा रहेको इन्टरपोलले जनाएको छ ।

यसैगरी, बाघको वासस्थानको विनाश, आहारा प्रजातिको चोरी–शिकारी, संरक्षणसम्बन्धी जनचेतनामा कमी जस्ता कारणहरू बाघ संरक्षणका लागि थप चुनौतीका रूपमा देखिएका छन् ।

बाघको वासस्थानको विनाश

बाघको वासस्थानका रूपमा रहेका वनजंगल फँडानी गरिनु, वनजंगलमा मानव अतिक्रमण बढ्नु र वनजंगलको हैसियत बिग्रनु तथा खण्डीकरण हुनु बाघको संख्या घट्नुको मुख्य कारण हो । वनजंगल फँडानी हुँदा बाघका आहारा प्रजाति नासिने गर्दछन् । जसका कारण बाघ आहाराको खोजीका लागि वनजंगल बाहिर निस्कन बाध्य हुन्छन् र चोरी–शिकारीबाट मारिन्छन् । वन–जंगल विनासका कारण मानिससँग द्वन्द्व हुन गई बाघ लोपोन्मुख भएका थुप्रै उदाहरणहरू विगतमा पाइएका छन् ।

अर्कोतर्फ वन–जंगलको खण्डीकरणका कारण बाघको वासस्थानको क्षेत्रफल खुम्चिनु र एक जंगलबाट अर्को जंगलमा जान जैविक मार्ग नहुनुले पनि यसको संख्या घट्नबाट जोगाउन नसकिएको हो । हालसालै गरिएको एक अध्ययनमा सन् १९९९ देखि २००९ सम्म मात्र हेर्दा बाघका लागि कहलिएको चितवन राष्ट्रिय निकुञ्जभित्र बाघको वासस्थान खस्कँदै गएको तर मध्यवर्ती र निकुञ्ज बाहिरका वनहरू बाघको लागि बढी उपयुक्त भएको पाइएको थियो (कार्टर र अरू २०१३) । यो अध्ययनले संरक्षित क्षेत्रभित्रको वासस्थान व्यवस्थापनमा थप सोच्नुपर्ने औंल्याएको छ ।

बाघको आहारा प्रजातिको चोरी–शिकारी

आहारा प्रजातिको चोरी–शिकारी पनि बाघ संरक्षणमा अर्को ठूलो चुनौतीका रूपमा रहेको छ । विगतमा बाघको संख्या घट्नुमा यसको चोरी–शिकारीका साथसाथै आहारा प्रजातिको चोरी–शिकारी समेत कारकका रूपमा रहेको थियो । जतिसुकै भोकाए पनि घाँस नखाने बाघले धेरै दिनसम्म भोकै बसेर भए पनि शिकार खोजेर मासु खान्छ ।

मान्छेले बाघको आहारा प्रजाति हरिण, मृग र बँदेल जस्ता जंगली जनावरहरूको चोरी–शिकारी गर्नाले बाघले पर्याप्त मात्रामा आहारा प्राप्त गर्न सक्दैनन् । बाघले जब जंगलभित्र सजिलैसँग आहारा प्राप्त गर्न सक्दैनन् अनि जंगल बाहिर निस्केर घरपालुवा जनावरहरूलाई मारेर खाने गर्दछन् । बाघ आहाराका लागि जंगल बाहिर निस्केपछि चोरी–शिकारी गर्नेहरूलाई झनै राम्रो मौका मिल्दछ र उनीहरूबाट बाघ मारिन्छन् ।

बाघलाई आहाराका रूपमा एक हप्तामा सामान्यतया एउटा वयस्क चित्तल भए पुग्छ । खासगरी मृग, हरिण र बँदेल जस्ता जंगली जनावरहरूको मासु जतिसुकै मूल्य तिरेर पनि खान असाध्यै मन पराउने मान्छेको विकृत मानसिकताका कारण चोरी–शिकारीहरूले पैसा कमाउनका लागि बाघका आहारा प्रजातिलाई निसाना बनाउने गरेका हुन् । तसर्थ बाघको संरक्षणका लागि यसका आहारा प्रजातिहरूको चोरी–शिकारी नियन्त्रणको कार्यलाई पनि प्रभावकारी रूपमा अगाडि बढाउनु उत्ति नै आवश्यक छ ।

बाघका आहारा प्रजातिहरू हरिण, मृग र बँदेल जस्ता जंगली जनावरहरूले घाँसपात खाने भएकाले त्यस्ता जनावरहरूको संख्या बढाउन घाँसेमैदान, पानीका मुहान र वनजंगलको संरक्षण गर्नु आवश्यक हुन्छ । तसर्थ, संरक्षणकर्मीहरूले बाघ संरक्षणको कार्यक्रमसँगै यसका आहारा प्रजातिहरूको संरक्षणका कार्यक्रमहरू समेत संचालनमा जोड दिनु उपयुक्त हुन्छ ।

बाघकै चोरी–शिकारी

विश्वमा बाघको संख्या घट्नुको प्रमुख कारण बाघको चोरी–शिकारी हुनु हो । ऐतिहासिक कालमा जनतालाई आफ्नो सानसौकत देखाउन त्यतिवेलाका शासकहरू बाघको शिकार गर्ने गर्दथे भने आधुनिक कालमा बाघका अंगहरूको अवैध व्यापार गरेर पैसा कमाउन चोरी–शिकारी गर्ने गरेको पाइन्छ । विशेष गरेर बाघका छाला, हड्डी, पेट, अण्डकोष, लिङ्ग, आँखा, नाक र दाँतको अवैध व्यापार हुने गरेको छ ।

चीनमा मानिसमा यौनोत्तेजना बढाउने लगायतका विभिन्न किसिमका रोगहरू निको पार्ने कथित औषधिहरू बनाउनका लागि बाघका अंगहरूको माग हुने गरेको छ । तर हालसम्मको वैज्ञानिक अध्ययनबाट यौनोत्तेजना बढाउने लगायत कुनै पनि रोग निको पार्ने औषधि बनाउन बाघका कुनै पनि अंग काम नलाग्ने स्पष्ट भएको छ ।

अझै पनि अन्धविश्वासका कारणले नै बाघका अंगहरूको अवैध ओसार–पसार हुने गरेको पाइन्छ । अन्धविश्वासमा लागेकाहरू शारीरिक शक्ति बढाउन बाघको मासु, यौन उत्तेजना बढाउन बाघको लिंग, अल्सर निको पार्न बाघको पेट, पूजा गर्ने बेलाको आसनका लागि बाघको छाला र राम्रो रक्सी बनाउनका लागि बाघको हड्डी प्रयोगमा आउने बताउँछन् । यसले गर्दा बाघको चोरी–शिकारी नियन्त्रणमा चुनौती थपिएको छ ।

बाघको चोरी–शिकारी गर्नेहरूको अवैध सञ्जाल

बाघ र हात्ती जस्ता संकटापन्न वन्यजन्तुका अंगहरूको अवैध कारोबार गर्नेहरूको सञ्जाल लागू औषधिको अवैध कारोबार गर्ने सञ्जाल जत्तिकै ठूलो रहेको छ । ठूला माफियाहरू वन्यजन्तुका अंगहरूको तस्करीमा संलग्न रहेका छन् । कतिपय देशमा शक्तिशाली नेताहरूसमेत बाघ, गैंडा, सालक र हात्ती लगायतका संकटापन्न वन्यजन्तुका अंगहरूको अवैध कारोबारमा लागेको पाइएको छ । खासगरी तस्करहरूले स्थानीय बासिन्दालाई पैसाको लोभ देखाएर बाघ, हात्ती, गैंडा र सालक जस्ता वन्यजन्तुहरू मार्न लगाउँछन् र तिनका अंगहरूको अवैध कारोबार तिनै तस्करहरूले गर्छन् ।

कतिपय अन्तर्राष्ट्रिय गिरोहहरूले भारत लगायतका विभिन्न मुलुकबाट बाघका अंगहरूको तस्करी गरी नेपालमा ल्याउने र नेपालबाट चीन, भियतनाम, कम्बोडिया र जापान लगायतका मुलुकका कालोबजारमा लगेर बेच्ने गरेको समेत पाइन्छ । बाघका अंगहरूको तस्करीबाट ठूलो रकम पाइने भएकोले अन्तर्राष्ट्रिय रूपमा संगठित गिरोहहरूले बाघका अंगहरूको तस्कारीमा नै जोड दिने गरेका हुन् । ती देशका कालोबजारमा बाघका छाला, मासु, बोसो, लिंग, आँखा, बंगारा, जुंगा, पित्त र हड्डी लगायत प्रायः सबै अंगहरू उच्च मूल्यमा बिक्री हुने गरेको अनुसन्धानबाट देखिएको छ ।

वार्षिक रूपमा झण्डै २० अर्ब अमेरिकी डलर मूल्य बराबरका बाघ लगायतका वन्यजन्तुहरूका अंगहरूको तस्करी हुने गरेको अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय गिरोहहरूले तस्करीबाट प्राप्त हुने ठूलो रकम हातहतियार खरिद र वित्तीय अपराधका क्रियाकलापमा लगाउने गरेको समेत पाइएको छ ।

बाघको चोरी–शिकारीमा बञ्जारा जाति

बाघको चोरी–शिकारी गरी त्यसको अंगहरूको अवैध कारोबारमा भारतका बञ्जारा जातिका मानिसहरूको संलग्नता अत्यधिक हुने गरेको एउटा अध्ययनले देखाएको छ । भारतमा तत्कालीन राजाहरूले गर्ने शिकारमा संलग्न रहेर सहयोग गर्ने गरेका बञ्जारा जातिको हालको पुस्ता पनि बाघको चोरी–शिकारीमा संलग्न रहेको पछिल्लो घटनाबाट पुष्टि भएको हो । नेपाल र भारतमा बाघको चोरी–शिकारी गरेर बाघका अंगहरूको अवैध कारोबार गरेको अभियोगमा सन् २०१५ मा नेपाल प्रहरीले बञ्जारा समुदायका एक नाइकेलाई पक्राउ गरेको थियो । भारतका हरियाणा, पञ्जाब, पानीपत र आन्ध्र प्रदेशमा बसोबास गर्ने बञ्जाराहरूले भारतमै हरेक वर्ष ५० वटाभन्दा बढी बाघको चोरी–शिकारी गरेर तिनका अंगहरूको अवैध कारोबार गर्ने गरेको अनुसन्धानबाट पत्ता लागेको छ ।

कतिपय बञ्जाराहरू नेपालमा आएर सडक किनार र नदीका छेउछाउमा पाल टाँगेर बस्ने गरेको पाइन्छ । यस्ता बञ्जाराहरू मकवानपुर, नवलपरासी र रूपन्देही जिल्लामा उल्लेखनीय संख्यामा रहेको पाइन्छ । यिनै मध्येका कतिपयले मौका मिल्नासाथ जंगलमा गएर बाघको अवैध शिकार गर्ने गरेको नेपाल प्रहरीको दाबी छ । प्रहरीले एउटा सिंगो समुदायलाई नै दोषारोपण गर्नुभन्दा त्यस्तो अपराधमा संलग्नहरूलाई पहिचान गरी दण्ड दिलाउन सक्नुपर्छ ।

बाघका अंगहरूको प्रयोगमा अन्धविश्वास

हजारौं वर्ष अगाडिदेखि चिनियाँ औषधिहरूमा बाघका अंगहरूको प्रयोग गर्ने चलन चल्दै आएको पाइन्छ । यस किसिमको प्रचलन परम्परागत मान्यता र अन्धविश्वासका कारणले मात्र हुने गरेको छ । यसमा कुनै वैज्ञानिक आधार छैन । त्यस्ता चिनियाँ औषधिहरूमा बाघका हड्डी, आँखा, जुंगा, नंग्रा, दाँत, मासु, छाला, लिंग लगायत प्रायः सबै अंगहरूको प्रयोग हुने गरेको पाइएको छ । मानिसलाई लाग्ने हरेक किसिमका रोगको उपचारमा बाघका अंगहरू प्रयोग गरिएका चिनियाँ औषधिहरू प्रभावकारी हुने अन्धविश्वासका कारण बाघका अंगहरूको अवैध कारोबार नियन्त्रण गर्न कठिन भएको हो ।


चीनमा मानिसमा यौनोत्तेजना बढाउने लगायतका विभिन्न किसिमका रोगहरू निको पार्ने कथित औषधिहरू बनाउनका लागि बाघका अंगहरूको माग हुने गरेको छ । तर हालसम्मको वैज्ञानिक अध्ययनबाट यौनोत्तेजना बढाउने लगायत कुनै पनि रोग निको पार्ने औषधि बनाउन बाघका कुनै पनि अंग काम नलाग्ने स्पष्ट भएको छ ।

यसैगरी, अन्धविश्वासका कारणले गर्दा; शरीरमा हुने जलन, दुखाइ, कमजोरी, टाउको दुखाइ र पक्षघातको औषधिमा बाघका हड्डी, औलो र छारे रोगको औषधिमा बाघका आँखा, छालासम्बन्धी रोगको औषधिमा बाघको पुच्छर, बालबालिकामा हुने मेनेन्जाइटिसको औषधिमा बाघको पित्त, अल्छीपन र डन्डीफोरको औषधिमा बाघको मस्तिष्क, यौनबद्र्धक औषधिमा बाघको लिंग र रक्सीको लत छुटाउने औषधिमा बाघको दिसा प्रयोग हुने गरेको पाइएको छ । तर बाघका अंगहरू प्रयोग गरिएका यी कुनै पनि औषधिहरू रोगहरूको उपचारमा प्रभावकारी देखिएको वैज्ञानिक प्रमाण फेलापरेको छैन । यी केवल परम्परागत मान्यता र अन्धविश्वास मात्र हुन् ।

कतिपय देशहरूमा बाघको हड्डी प्रयोग गरिएको रक्सीको समेत बिक्री हुने गरेको पाइएको छ । बाघको छालालाई आकर्षक सजावटका रूपमा कतिपय धनाढ्यहरूले आफ्ना बैठक कक्षमा राख्ने गरेको समेत पाइन्छ । नेपालमा पनि त्यस्ता घरहरू अझै देख्न सकिन्छ ।

बाघका अंगहरूको सर्वाधिक अवैध कारोबार हुने चीनमा त्यहाँको सरकारले बाघका अंगहरूको अवैध ओसार–पसारलाई प्रतिबन्ध लगाएको छ । चीन सरकारले सन् १९९३ मा एक छुट्टै ऐन नै बनाएर बाघलाई संरक्षित वन्यजन्तुमा सूचीकृत गरी बाघ संरक्षणमा जोड दिन थालेको हो । यति हुँदाहुँदै पनि त्यहाँ औषधि बनाउनका लागि बाघका अंगहरूको अवैध कारोबार गर्ने क्रम भने रोकिएको छैन ।

बाघ र मानिसबीचको द्वन्द्व

बाघ र मानिसबीचको द्वन्द्व परापूर्वकालदेखि नै चलिआएको हो । हालको भुटान अधिराज्यसँगै लगभग ५०० वर्षअघि नेपालका पनि हिमाली भागसम्म बाघ नै पाइन्थे होलान् भनेर नकार्न सकिंदैन । मध्य पहाडमा बढ्दै गएको जनसंख्याको चापले आहारा प्रजाति सखाप र वासस्थानको विनाश अनि खण्डीकरणसँगै कति बाघ मारिए त केही हराएर गए । त्यतिवेला बाघ मार्नुसँग बहादुरी गाँसिएको थियो भने अहिले पनि हाम्रो समाजमा त्यो सोच व्याप्त नै छ ।

आकार र शक्तिको अनुपम संगम र पाटैपाटाको आकर्षक एवं बिर्सनै नसकिने वदनले सुसज्जित बाघलाई द्वन्द्वका निम्ति बढी नै दोषारोपण गर्ने गरिएको छ । बाघ भन्ने बित्तिकै त्रासदीको संज्ञामा जोडियो । यसको छाप यस्तो छ कि, पहाडमा पाटेबाघ नभएपछि चितुवालाई बाघ भन्न थालियो । आज पनि आम नेपालीले चितुवालाई चितुवा नभनेर बाघ वा थोप्लेबाघ भनेको पाइन्छ । यसरी बढाइचढाइ दोषारोपण र चित्रण गरिंदाको अनपेक्षित फल बाघका लागि लगभग वंशनाशको कारण बन्न पुगेको छ । अंग्रेजीमा एउटा उखान छ— ‘Beauty is the enemy’ । आफ्नो सौन्दर्यता नै आफ्नो मृत्युको कारक बन्न सक्छ, बाघ पनि आफ्नै सुन्दरताका कारण शिकार भएको देखिन्छ ।

प्रतीकात्मक चित्र: भविष्यको बारेमा चिन्तित बाघको ‘जोखना’ हेर्दै ज्योतिषी । स्रोत: हिमाली प्रकृति

सामान्य अवस्थाका बाघले मानिसलाई आदर गरेका हुन्छन् भन्ने कुरा अहिले मानवको जनसंख्या अत्यधिक वृद्धि भएका समयमा गरिएका नेपाल र भारतका अध्ययन तथा अनुभवले प्रमाणित गरिसकेका छन् । भारतमा रेडियोकलर झुण्ड्याएर छोडिएको पोथी बाघले मानिसको बस्ती नजिकै भए पनि मानिस र गाईवस्तुलाई आक्रमण नगरी प्रायःजसो बँदेलको शिकार गरेर खाएको पाइयो (आत्रेय र अरू, २०१४) । चितवनमा गरिएको अर्को एक अध्ययनमा सन् १९७९ देखि २००६ सम्मको २७ वर्षसम्मको अवधिमा ३३ वटा बाघले ८८ जना मानिसको ज्यान लिएको पाइयो (गुरूङ र अरू, २००८) । यी ३३ बाघमध्ये आधाभन्दा बढी बाघ असामान्य अवस्थाका (दाँत फुक्लिएका, घाइते भएका र रोग लागेका) थिए । त्यस अवधिमा बाघबाट मारिएका ८८ जनामध्ये ४३ जनाको मृत्यु निकुञ्जभित्र भएको थियो भने बाँकी ४५ जनाको मृत्यु निकुञ्ज आसपासका मध्यवर्ती क्षेत्रमा भएको थियो । यस अध्ययनले पछिल्ला वर्षमा मानव र बाघबीचको द्वन्द्व बढेको देखाए पनि प्रतिवर्ष औसतमा क्षति कम भएको पुष्टि गरेको छ । यसको दाँजोमा गैंडा र हात्तीले गर्ने जनधनको क्षति धेरै ठूलो मानिन्छ ।

चौपायाको क्षति विवरणमा कहिलेकाहीं अरू जनावरको नाममा समेत बाघको नाम चढेको पाइन्छ । यसो हुनाले पनि बाघबाट चौपायामा भएको क्षति यकिन गर्न गाह्रो परिरहेको छ । त्यसकारण बाघ र मानवबीचको द्वन्द्व अस्तित्वमा रहे पनि अरू जनावरका लागि (उदाहरणका लागि चितुवा) पनि बाघलाई नै दोषी ठहर्‍याइन्छ ।

रिसइबीले बाघ मार्ने घटनाहरू

बाघले कहिलेकाहीं जंगल बाहिर निस्केर घरपालुवा जनावरहरू समेत मारेर खाने गर्दछ । कतिपय समयमा बाघले जंगलमा घाँस दाउरा गर्न, निगुरो वा सागसब्जी टिप्न र अवलोकन गर्न गएका तथा जंगलको बाटो भएर आवत–जावत गर्ने मानिसलाई आक्रमण गर्ने गरेको पाइन्छ । यसबाट बाघप्रति मानिसको धारणा नकारात्मक हुन जान्छ र मानिसहरू मौका मिलेमा बाघलाई मारेर रिस फेर्न समेत तयार हुन्छन् ।

वनक्षेत्र आसपासका बस्तीका कतिपय बासिन्दाले जंगलमा चराउन लगिएका गाईवस्तु बाघले मार्‍यो भने मारिएको गाईवस्तुको शरीरमा विष राखी बाघ मारेर आफ्ना गाईवस्तु मारेको रिस फेर्ने गरेको पनि यदाकदा पाइन्छ । बाघले मान्छे मारेको अवस्थामा भने स्थानीय बासिन्दाहरू गौंडा ढुकेर, पासो थापेर वा हातहतियारले हानेर वा जसरी हुन्छ मान्छे खाने बाघलाई मारेरै छाड्न हरतरहले लाग्ने गर्दछन् । यसरी रिसइबीले बाघ मार्ने घटनाहरू बाघ संरक्षणका लागि चुनौतीका रूपमा रहेका छन् ।

बाघ संरक्षणमा जनचेतनाको कमी

विश्वभरि संकटमा परेको बाघको संरक्षणका लागि जनचेतना अभिवृद्धि हुनु आवश्यक छ । बाघलाई मानिसले शत्रुका रूपमा नभई मित्रका रूपमा हेर्नु पर्दछ ।

कतिपय बाघ पाइने जंगल आसपासका बासिन्दाहरू आफ्नो जीविकोपार्जनका लागि जंगलका रूख काटी काठ–दाउरा बजारमा लगेर बिक्री गरेर आएको रकमले आफ्नो परिवार पाल्ने गर्दछन् । कतिपय परिवारले जंगल अतिक्रमण गरेर खेती गर्ने त कतिले जंगल अतिक्रमण गरेर बस्ने गरेको पाइन्छ । त्यसरी जंगल अतिक्रमण गरेर बस्नेहरूले पैसा कमाउने लोभमा बाघ र यसका आहारा प्रजाति मारेर तस्करी गर्ने गरेको पनि पाइन्छ ।


चितवनमा गरिएको अर्को एक अध्ययनमा सन् १९७९ देखि २००६ सम्मको २७ वर्षसम्मको अवधिमा ३३ वटा बाघले ८८ जना मानिसको ज्यान लिएको पाइयो (गुरूङ र अरू, २००८) । यी ३३ बाघमध्ये आधाभन्दा बढी बाघ असामान्य अवस्थाका (दाँत फुक्लिएका, घाइते भएका र रोग लागेका) थिए । 

अर्कोतर्फ बाघ पनि आफ्नो वासस्थान साँघुरिंदै गएपछि र आफ्ना आहारा प्रजाति मानिसले मार्ने गरेपछि जंगल बाहिर निस्केर मानिसले पालेका गाईवस्तु मारेर खान थाल्छन् । अनि मानिस र बाघबीचको द्वन्द्व शुरू हुन थाल्छ । यसबाट बाघको अस्तित्वमा नै संकट पर्न जान्छ भने मानिसले प्राकृतिक असन्तुलन एवं मानवीय संकटको सामना गर्नु पर्ने हुन्छ ।

मानिसमा आफू, आफ्नो परिवार र भावी सन्ततिका लागि पनि बाघ र बाघको वासस्थानको संरक्षण गर्नु अपरिहार्य छ भन्ने चेतना अभिवृद्धि हुनु आवश्यक छ । यसो भयो भने मात्र प्राकृतिक सन्तुलनका साथै बाघ र यिनको वासस्थानका रूपमा रहेका वनजंगल मानिसको दिगो आयस्रोत बन्न सक्छन् । किनकि वनजंगल जोगियो भने समयमै पानी पर्ने र भू–क्षय हुन नपाउने, बाघ संरक्षण हुँदा बाघका आहारा प्रजातिहरू सन्तुलित अवस्थामा रहने र बाघ, बाघका आहारा तथा बाघको वासस्थानको संरक्षणका लागि सञ्चालन गरिने कार्यक्रमहरूबाट स्थानीय बासिन्दाको आयस्तर बढ्ने निश्चित छ ।

बाघको अस्तित्व रक्षाको चुनौती र उपाय

बाघ र यसका आहारा प्रजातिको चोरी–शिकारी तथा वासस्थानको क्षयीकरण लगायतका कारणले विश्वमा बाघको भविष्य संकटमा परेको छ । सन् २०१६ को नोभेम्बर १६ मा भियतनामको राजधानी हनोईमा वन्यजन्तु विज्ञहरूको सम्मेलनको पूर्वसन्ध्यामा सार्वजनिक गरिएको एक प्रतिवेदनले विश्वमा हरेक हप्ता कम्तीमा पनि दुईवटा बाघ मारिने वा बाघका अंगहरूको तस्करी हुने गरेको देखाएको छ । यो अत्यासलाग्दो तर भरपर्दो प्रतिवेदनले एक वर्षमा कम्तीमा १०४ वटा बाघ मारिएकै हुन्छन् भनिएको छ । यो त भयो चोरी शिकारी र तस्करहरू समातेपछिको तथ्याङ्क, तर कानूनले समात्न नसकेका कति छुटेका होलान् यसको कुने अत्तोपत्तो छैन ।

वन्यजन्तु संरक्षणमा क्रियाशील अन्तर्राष्ट्रिय संस्था ट्राफिक (TRAFFIC) ले सन् २००० देखि सन् २०१६ सम्म विश्वमा बाघ पाइने देशहरूमा बाघको अध्ययन/विश्लेषण गरी तयार पारेको प्रतिवेदनले पनि बाघको अस्तित्व नै खतरामा पर्न लागेको डरलाग्दो अवस्था देखाएको छ । सो प्रतिवेदनका अनुसार, सन् २००० देखि हालसम्ममा विश्वमा करीब ११० वटा बाघ चोरी–शिकारीबाट मारिएका छन् । ट्राफिकको प्रतिवेदनले सन् २००० देखि २००३ सम्मको अवधिमा विश्वमा बाघको वासस्थान झण्डै दुई प्रतिशतले खुम्चिएको औंल्याएको छ । यस प्रतिवेदनका आधारमा पनि विश्वमा बाघको भविष्य निकै संकटमा रहेको स्पष्ट हुन्छ ।

बाघ र यसका अंगहरूको चोरी–शिकारी पूर्ण रूपमा नियन्त्रणमा नआउनु, बाघका अंगहरूको चोरी–शिकारीमा सक्रिय अन्तर्राष्ट्रिय गिरोहको सञ्जाल नतोडिनु, चिनियाँ परम्परागत औषधिहरूमा बाघका अंगहरूको प्रयोग नरोकिनु र धनाढ्यहरू अझै पनि बाघका छाला तथा यसका अंग मिसिएका भनिएका कथित बलवद्र्धक पेयलाई उच्च मूल्य तिरेर प्राप्त गर्न तल्लीन रहनुजस्ता कारणले समेत बाघको भविष्य अन्योलमा परेको छ ।


वार्षिक रूपमा झण्डै २० अर्ब अमेरिकी डलर मूल्य बराबरका बाघ लगायतका वन्यजन्तुहरूका अंगहरूको तस्करी हुने गरेको अनुमान गरिएको छ । अन्तर्राष्ट्रिय गिरोहहरूले तस्करीबाट प्राप्त हुने ठूलो रकम हातहतियार खरिद र वित्तीय अपराधका क्रियाकलापमा लगाउने गरेको समेत पाइएको छ ।

कतिपय समयमा बाघमा सरूवा रोग लाग्नु, हाडनाताका बाघ र बघिनीको संसर्गबाट जन्मिने डमरूको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनु, वन–जंगलमा मानिसको अतिक्रमण नरोकिनु र घरपालुवा खसी, बोका र बंगुरभन्दा बाघका आहारा प्रजातिका रूपमा रहेका मृग, हरिण र बँदेल जस्ता जंगली जनावरको मासु खान मोटो रकम खर्च गर्न र जोखिम मोल्न चाहने धनाढ्य र सोखिन वर्गको तीव्र चाहना कायमै रहनु जस्ता कारणले पनि बाघको भविष्य संकटमा परेको छ ।

बाघको संख्या बढाउने एउटा छिटो–छरितो उपाय भनेको यसको उचित वासस्थान भएको वन–जंगललाई नयाँ संरक्षित क्षेत्र बनाउनु र हालका संरक्षित क्षेत्रको क्षेत्रफल बढाउँदै बढीभन्दा बढी बाघ अटाउने क्षेत्रको व्यवस्था गर्नु हो । नेपालमा बाघको संख्या दोब्बर पार्ने अन्तर्राष्ट्रिय प्रतिबद्धता अनुरूप दुवै काम भएको उदाहरण छ । अब अझै यस्तै कार्य गर्ने ठाउँ रहेता पनि यसका लागि राजनीतिक नेतृत्व कर्मठ र दूरदृष्टि राख्नसक्ने हुनुपर्दो रहेछ, जुन नेपालमा खडेरी नै परिरहेको आभास हुन्छ । यो अवस्था हुँदाहुँदै पनि विभिन्न खाले अध्ययन–अनुसन्धानले हाल स्थापित संरक्षित क्षेत्रहरूलाई राम्रोसँग व्यवस्थापन गर्न सकेको अवस्थामा बाघको संख्या निकै ठूलो परिमाणमा वृद्धि गर्न सकिने देखाएका छन् । एक अध्ययनले भारतीय प्रायद्वीप, जहाँ विश्वका ८० प्रतिशत बाघ बस्दछन्, यहाँका १३५ संरक्षित क्षेत्रहरूमा ३ हजार ५०० देखि ६ हजार ५०० सम्म बाघ पुर्‍याउन सकिन्छ भनेर औंल्याएको छ (रंगनाथ र अरू, २००८)

जलवायु परिवर्तन र यसले बाघमा पर्नसक्ने सम्भावित असर

जलवायुमा आएको विश्वव्यापी परिवर्तनबाट नेपालमा पनि विभिन्न असरहरू परिरहेको छ । वनस्पतिमा यसको प्रभावले शाकाहारी वन्यजन्तुको आनीबानी र संख्यामा बदलावट आउन सक्ने सम्भावना पाइएको छ ।

हालका तराईमा अवस्थित संरक्षित क्षेत्रहरूबाट बाघका आहारा प्रजातिहरूको सम्भावित उत्तरतर्फको यात्रालाई मध्यनजर गरी उत्तर–दक्षिणको जैविकमार्ग संरक्षणको खाँचो निकै टड्कारो छ । यसका लागि तराईका बाघ पाइने संरक्षित क्षेत्रहरूको पूर्व–पश्चिम संयोजनका साथै नेपाल सरकारबाट हालसालै चितवन अन्नपूर्ण जैविकमार्ग सम्बन्धी रणनीति तयार गरिएको छ । यसलाई व्यवहारमा उतार्नु संघीय सरकार र प्रान्तीय सरकार दुवैको दायित्व हो । यसका लागि नेतृत्वकारी भूमिका आवश्यक छ ।

त्यसैगरी थप केही उत्तर–दक्षिण जैविकमार्गहरू पूर्व र पश्चिम नेपालमा पनि पहिचान गरी छुट्याएमा वन्यजन्तु, वनस्पति तथा पारिस्थितिकीय प्रणालीमाथि जलवायु परिवर्तनबाट भविष्यमा पर्नसक्ने जोखिमलाई न्यूनीकरण गर्न सकिन्छ । जैविकमार्गका माध्यमबाट बाघका आहारा प्रजातिहरूलाई पहाडका वनहरूमा जान सजिलो हुन्छ । बाघहरू पनि आहारालाई पछ्याउँदै पहाड र हिमालतिर गएका भेटिएको दृष्टान्त छिमेकी मुलुक भारत र भुटानबाट हामीलाई ज्ञान भइसकेको छ ।

यसबाहेक हालका वर्षहरूमा बाघलाई लाग्न सक्ने संभावित सरुवा रोगहरूको चर्चा–परिचर्चा चलेको छ । एक अध्ययनले बाघ लगायत मांसाहारी जनावरलाई लाग्ने Canine Distemper Virus भारतका केही बाघहरूमा देखिएको जनाएको छ । यदि कुरा साँचो हो भने नेपालका बाघमा पनि यो रोग देखिन सक्दैन भनेर नकार्न सकिंदैन । यो समस्याले विकराल रूप लिनुअघि नै यसको निरुपण गरिनुपर्छ ।

बाघ संरक्षण कार्ययोजना (Tiger Conservation Action Plan)

नेपाल सरकारले सन् २०२२ सम्ममा दोब्बरले बढाएर बाघको संख्या २५० पुर्‍याउने लक्ष्यका साथ सन् २०१६ देखि २०२० सम्मको पाँच वर्षे बाघ संरक्षण कार्ययोजना (Tiger Conservation Action Plan) कार्यान्वयनमा ल्याएको छ । यसअघिको बाघ संरक्षण कार्ययोजना (सन् २००८ देखि २०१२)लाई परिमार्जन तथा बदलिंदो परिवेशमा बाघ संरक्षणमा देखिएका चुनौतीहरूलाई सम्बोधन गर्नेगरी सरकारले नयाँ बाघ संरक्षण कार्ययोजना कार्यान्वयनमा ल्याएको हो । नेपालमा पहिलो बाघ संरक्षण कार्ययोजना सन् १९९९ मा तयार गरिएको थियो भने त्यसलाई सन् २००७ मा पुनरावलोकन गरी थप पाँच वर्षे कार्ययोजना बनाइएको थियो ।

बाघ संरक्षण कार्ययोजना (सन् २०१६–२०२०) को प्रमुख उद्देश्य जैविक मार्गहरूको संरक्षण मार्फत् बाघको वासस्थानको सुधार एवं पुनःस्र्थापना गर्ने तथा बाघका आहारा प्रजातिका लागि महत्वपूर्ण मानिएका सीमसार तथा घाँसे मैदानहरूको व्यवस्थापन गर्ने रहेको छ ।


अध्ययन–अनुसन्धानले हाल स्थापित संरक्षित क्षेत्रहरूलाई राम्रोसँग व्यवस्थापन गर्न सकेको अवस्थामा बाघको संख्या निकै ठूलो परिमाणमा वृद्धि गर्न सकिने देखाएका छन् । एक अध्ययनले भारतीय प्रायद्वीप, जहाँ विश्वका ८० प्रतिशत बाघ बस्दछन्, यहाँका १३५ संरक्षित क्षेत्रहरूमा ३ हजार ५०० देखि ६ हजार ५०० सम्म बाघ पुर्‍याउन सकिन्छ भनेर औंल्याएको छ (रंगनाथ र अरू, २००८) । 

यसैगरी, वन्यजन्तुसम्बन्धी कानूनहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिई बाघको चोरी–शिकारी र यसका अंगहरूको अवैध ओसार–पसारलाई नियन्त्रण गर्ने, संरक्षण क्षेत्र आसपासका बासिन्दाहरूमा संरक्षणसम्बन्धी चेतना अभिवृद्धिका साथै आय–आर्जनको वैकल्पिक व्यवस्था गरी बाघ र मानवबीचको द्वन्द्व न्यूनीकरण गर्ने, बाघ र बाघका आहारा प्रजातिको अनुगमन तथा अनुसन्धानलाई सुदृढ तुल्याउने तथा राष्ट्रिय, अन्तरसीमा, क्षेत्रीय र अन्तर्राष्ट्रिय स्तरको सहयोगलाई अझ सृदृढ बनाउनु कार्ययोजनाको उद्देश्य रहेको छ ।

बाघ संरक्षण कार्ययोजना अन्तर्गत जैविकमार्गको संरक्षण तथा सुधार, आहारा प्रजातिको वासस्थान व्यवस्थापन, बाघको चोरी–शिकारी र यसका अंगहरूको अवैध व्यापारको नियन्त्रण, बाघ र मानवबीचको द्वन्द्व न्यूनीकरण, संरक्षणको कार्यमा समुदाय परिचालन र बाघको अनुसन्धान तथा अनुगमन लगायतका कार्यक्रमहरू रहेका छन् ।

बाघको शिकार गर्नेलाई दण्ड सजायको कानूनी व्यवस्था

अन्तर्राष्ट्रिय गैरसरकारी संस्था IUCN को रातो किताबमा बाघलाई संकटापन्न (Endangered) वन्यजन्तुको सूचीमा राख्नुका साथै CITES ले बाघलाई पहिलो अनुसूचीमा उच्च प्राथमिकताका साथ राखेको छ । यसका कुनै पनि अङ्गको अवैध कारोबारलाई पूर्णरूपमा प्रतिबन्ध लगाइएको छ ।

नेपाल बाघ लगायतका दुर्लभ वन्यजन्तुहरूको अवैध व्यापार नियन्त्रण गर्नेसम्बन्धी महासन्धि CITES को पक्ष राष्ट्र रहेको छ । नेपाल विश्व बाघ सम्मेलनको संस्थापक सदस्य समेत रहेको छ ।

नेपालमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले बाघलाई संरक्षित वन्यजन्तुको विशेष सूचीमा राखेको छ । यस ऐनअनुसार, बाघको शिकार गर्ने, बाघलाई घाइते बनाउने, बाघका अंगहरूको खरिद–बिक्री गर्ने वा हस्तान्तरण गरी लिने–दिने तथा यसको आखेटोपहार राख्ने वा खरिद–बिक्री गर्ने व्यक्तिलाई ५ देखि १० लाख रूपैयाँसम्म जरिवाना वा ५ देखि १५ वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको छ ।

commercial commercial commercial commercial