कथा हेडसरको कोठा

उनलाई बालककालदेखि हेडसर हुन मन लाग्नुका धेरै कारणमध्ये एउटा थियो, घनश्याम सर जस्तो नहुने। घनश्याम सर रिस उठेको विद्यार्थीलाई आफ्नै कोठामा बोलाएर चुट््थे।

भक्त राई सबैको नमस्कार फर्काउँदै ‘प्रधानाध्यापक’ लेखेको टेबल पछाडिको कुर्सीमा गएर बसे । शिक्षण पेशामा १७ वर्ष बिताइसकेपछि उनी चन्द्र माविको प्रधानाध्यापक नियुक्त भएका थिए । यो उनका लागि खुशीको कुरा मात्र थिएन, एउटा जिम्मेवारीको अवसर पनि थियो । उनी केटाकेटी छँदैदेखि सोच्थे, “म कुनै दिन हेडसर भएँ भने यसो गर्छु, उसो गर्छु ।” पछि शिक्षक भएपछि उनको चाहनाको लामो सूचीबाट कति कुरा आफैं उडेर गए, कति कुरा थामिए ।

आज भक्त सरलाई लाग्यो, त्यो सूची उनको टेबलमा आएर खुलेको छ र त्यसैले उनलार्ई चुनौती दिंदैछ ।

घन्टी बज्यो । सबै जना प्रार्थनाका लागि प्रांगणमा भेला भए । कमल सरले विद्यार्थीलाई नयाँ प्रअको परिचय दिनुभयो । भक्त सरले पनि छोटो मन्तव्य राखे । प्रार्थना पछि सबै आ–आफ्ना कक्षाकोेठा र कार्यकक्षतिर लागे । भक्त सर फेरि प्रअकै कुर्सीमा आएर बसे ।

“छोरा भक्ते, हेर् तेरो मामा वकिल भयो अरे । तंैले पनि धेरै पढनुपर्छ है । तैंले पढिस् भने तेरो पनि नाम, इजेत होेला, हामीलाई पनि अलिक सुख होला कि !”

पढ्न बस्ता होस् वा अरू केही गर्दा, भक्त राईका मनमा आमाका यिनै शब्द घुमिरहन्थे । आमाका यस्तै शब्द, बाबुको निःशब्द प्रेरणा र मनमा गडेको ‘मामाहरूकै बाटो हिंड्नुपर्छ’ भन्ने अन्तप्रेरणाले नै भक्त, उसबेलाका भक्तेलाई कक्षा ६ पछि घरबाट निकै टाढा, सदरमुकाममा बसेर पढ्ने आँट दियो !

उनी सातौं कक्षामा भर्ना भएको चन्द्र मावि त्यसबेला नामी थियो । राम्रो रीतिथिति बसेको भनेर भारतको विहारबाट पनि त्यहाँ विद्यार्थी आउँथे ।

भक्त स्कूलको छात्रावासमा बसेका थिए । उनका मामा लक्ष्मण सिरहामा वकिल थिए । मामा बेला–बेलामा स्कूल आउँथे र उनलाई चाहिएका कुरा जुटाइदिन्थे । त्यसमाथि सधैं भन्थे, “भन भान्जा ! कुनै साह्रो–गाह्रो केही मनमा छ भने भन है !”
उसो त भक्तका मनमा पनि धेरै रहर थिए । उनलाई पनि होटलमा पसेर के के कुरा खान मन लाग्थ्यो । उनलाई पनि साथीहरूका जस्तै हिलवाला जुत्ताको रहर लागेको थियो । तर उनी आमाले “पढुन्जेल दुःख गर्नुपर्छ । फुर्मासी गर्नुहुँदैन” भनेको सम्झ्न्थिे र ती सबै रहरलाई दबाउँथे । अनि मामालाई भन्थे, “सबै ठीक छ मामा !”

एक दिन भक्तले सडकमा केही पैसा भेटे । राम्ररी बेरेर राखेको सानो मुठोमा दशका तीन वटा पाँचको एउटा र एक रुपैयाँका सात वटा नोट गरेर बयालीस रुपैयाँ रहेछ । उनलाई झ्लक्क आफ्नी आमाको याद आयो र उनी जस्तै कुनै गरीब महिलाले खसाएको होला भनेर खर्च गर्न मन लागेन ।

तर केही दिन पछि उनी बिस्तारै त्यो पैसा खर्च गर्न थाले । उनले पसलमा गएर समोसा खाए । मोमो खाए । त्यसरी खाइसकेपछि उनको मनमा सधैं एउटा प्रश्न भने उठिरहन्थ्यो, “अरूले थाहा पाए त मामाले दिएको पैसाले खाएको भनुँला, तर मामाले नै थाहा पाएर सोधे भने के भनुँला ?” तर पनि उनले निकै रहर पु¥याए ।

दिउँसो कक्षामा पढ्नु, बिहान–बेलुका चौरमा फूटबल र भलिबल खेल्नु, साँझ् परेपछि छात्रावासमा छिरिहाल्नु उनको दिनचर्या थियो । उनी साथीहरूको साथ लागेर पढेका कुरा उत्ति साह्रो बुझदैनथे, त्यसैले बेलुका ८ बज्दा नबज्दै सुतिसक्थे । उनी निदाउँदा साथीहरू पढिरहेकै हुन्थे । तर, राती दुई–तीन बजे नै उनका आँखा खुल्थे र पढ्न बस्थे । बिहान साथीहरू उठ्दा उनलाई पढिरहेको पाउँथे र छक्क पर्थे ।

खासमा उनी बिहान उठेर भोलिपल्ट कक्षामा पढाइ हुने पाठ राम्रोसित पढ्थे । शिक्षकले पढाउनुपूर्व नै सिक्नुपर्ने कुरा सिक्ने जमर्को गर्थे । नबुझ्ेका कुराको लिष्ट बनाउँथे र कक्षामा शिक्षकलाई सोध्थे । यसरी, शिक्षकहरूबीच उनको बेग्लै छवि बनेको थियो ।

प्रधानाध्यापक घनश्याम दास अनुशासनका मामलामा साह्रै कडा मानिन्थे । आज, त्यसको धेरै वर्षपछि प्रअ भएर पहिलो दिन कुर्सीमा बस्दा आफ्ना हेडसर घनश्याम दासले विद्यार्थीलाई कुटेका केही दृश्य आए । यतिका वर्षपछि पनि उनको मुख घृणाले खुम्चियो । उनलाई बालककालदेखि हेडसर हुन मन लाग्नुका धेरै कारणमध्ये एउटा थियो, घनश्याम सर जस्तो नहुने । घनश्याम सर रिस उठेको विद्यार्थीलाई आफ्नै कोठामा बोलाएर चुट््थे ।

एक दिन कक्षामा तिलक सर पढाउँदै हुनुहुन्थ्यो । कार्यालय सहयोगी गोविन्दले कक्षा कोठामा आएर भने, “भक्त, हेडसरले तिमीलाई लिएर आउनु भन्नुभएको छ ।

त्यो सुनेर भक्त डराए । आफूबाट छात्रावासमा कुनै गल्ती भयो कि भनी सोचिरहे । उनले केही सम्झ्न सकेनन् । नबिराउनु, नडराउनु भनेर मन बलियो बनाउने कोशिश गरे । अन्त्यमा उनले त्यही भेटेको पैसाका बारेमा हेडसरले थाहा पाएको अनुमान गरिहाले ।

तिलक सरले पनि “जाऊ” भनेपछि उनी गोविन्दको साथ लागेर हेडसरको कोठामा पुगे । कार्यालयमा पस्नका लागि अनुमति माग्न उनले आवाज निकाल्न सकेनन् । बोल्न मुख खुल्थ्यो तर आवाज निस्किंदैनथ्यो ।

उनको मनमा एउटै कुरा नाचिरहन्थ्यो— ‘अब कति भनाइ र कति छडी खानुपर्ने हो, मामाले थाहा पाउनुभयो भने के भन्नुहोला ? त्यो पैसाको मालिक फेला परेछ भने पैसा कहाँबाट ल्याएर तिर्नु ?’ उनलाई रिंगटा लागे जस्तो भयो ।

उनले मनलाई मनले थामथाम थुमथुम पार्ने चेष्टा गरे– नखाएको विष लाग्छ नै भने के गर्नु त ! जे भन्छन् सुन्छु, जे गर्छन् सहन्छु । आफ्ना कुरा राख्न भने पछि पर्दिनँ । मन बलियो हुँदा नहुँदै प्रअले उनलाई आफ्नो नजिक बोलाएर सोधे, “भक्त, तिम्रो घरमा को–को हुनुहुन्छ ?”

भक्तलाई लाग्यो– हेडसरको नम्र बोलीबाट नै सजायको थालनी भएको छ । स्कूलमा कसैलाई अलि ठूलो सजाय दिनु अघि उनको बोली विशेष नम्र हुन्छ भन्ने चलन थियो ।

भक्तका मुखबाट बोली नफुटेपछि हेडसरले भने, “ए भक्त, बोल न । तिमीलाई केको खाँचो छ, मलाई भन ।”

“तिमीलाई केको खाँचो छ” भनेको सुन्नासाथ भक्तको मन झ्न् आत्तियो । कापेको हात जोड्दै भने, “सर ! मैले कुनै गल्ती गरेको छैन ।” उनी “सर, त्यो पैसा मैले बाटामा भेटेको हो” भन्न लागेका थिए, हेडसर बीचैमा बोले, “हैन, हैन । गल्ती होइन ! सबै सर–मिसहरू तिमीसित खुशी हुनुहुन्छ । म पनि धेरै खुशी छु ।”

भक्त चुपचाप खडा भइरहे । उनलाई अलि ढुक्क भयो तर पनि अझ्ै उनी बोल्न सकेनन् ।

केहीबेरपछि प्रअले मुण्टो उठाएर भने, “एक रात ३ बजेतिर म छात्रावास निरीक्षण गर्न पुगेको थिएँ । डिबियाको पिलपिले उज्यालोमा तिमीलाई एकचित्तले पढिरहेकोे देखें पछि बुझदा तिमी सधैं त्यसरी नै पढ्छौ र कक्षामा पनि जिज्ञासु भई बुझने कोशिश गर्छौ भन्ने थाहा पाएँ । तिमी बाहिरबाट पढ्न आएका छौ । तिमीलाई अनेक थरीको दुःख होला । तिमी जस्तो जेहेन्दार विद्यार्थीले पुरस्कार पाउनुपर्छ, प्रोत्साहन भेट्नुपर्छ । यसरी नै अघि बढ भनेर एउटा पुरस्कार दिलाइदिऊँ भनेको ! तिम्रो पढाइ–लेखाइप्रतिको लगावको फल दिऊँ भनेको !”

बल्ल भक्तले कुरा बुझ्े । मन अलिक शान्त भयो । सहज भावमा भने, “म पनि अरू जस्तै मिहिनेत त गर्छु सर ! मलाई यहाँ खर्च धान्न धौ–धौ छ । घरको अवस्था कमजोर नै छ । मामा कहिलेकाहीं मात्र आउनुहुन्छ । यो महीनाको छात्रावासको शुल्क पनि विज्ञान सरले तिरिदिनुभएको हो ।”

“मलाई ती सबै कुरा थाहा छ भक्त । त्यसैले हामीले यो शैक्षिक सत्रभरि तिमीलाई छात्रावासको समेत सबै शुल्क मिनाहा दिने निर्णय गरेका छौं । यो कुरा बाहिर नभनेको कारण के भने हामीसित धेरै पैसा भएर यसो गरेको होइन । एक जना दाताले दिएको अलिकति चन्दाबाट हामीले तिमीलाई यो छूट दिएका हौं । तिमीले पनि अरूलाई नभन्नु ।”

हेडसरले थपे, “अँ, अनि यो सत्रभरि तिम्रो पढाइ यस्तै राम्रो रह्यो भने तिमीले अर्को कक्षामा पनि छुट पाउन सक्छौ ।”
सजाय पाउन तयार परेर हेडसरको कोठामा गएका भक्त दंग परेर फर्किए ।

कक्षामा छिर्ने बित्तिकै सबैले भक्तलाई हेरे । हेडसरको कोठाबाट सजाय नपाई कोही फर्किन सक्छ भन्ने कसैले सोच्दैनथ्यो ।
भक्त भने तिलक सर कक्षाबाट गएपछि साथीहरूबाट ओइरिने प्रश्नको के जवाफ दिने होला भन्ने सोचिरहे ।

भक्त सर आज पनि हेडसरको त्यो उदारताका कारण आफ्नो पढाइ नरोकिई अघि बढ्न पाएको हो भन्ने ठान्छन् । पढाइमा कुनै कमजोरी नआएकाले त्यसपछि उनले चन्द्र माविमा पढुन्जेल सधैं नै त्यो सुविधा पाइ नै रहे । दास हेडसरप्रति उनी आज पनि कृतज्ञ छन् । तर उनी हेडसरका रूपमा घनश्याम दासलाई आफ्ना हेडसरलाई हुनुपर्ने जस्तो हेडसर भने अहिले पनि ठान्दैनन् । उनले आफ्नो एउटा पुरानो रहर सम्झ्े— हेडसरको कोठालाई सबै प्रकारका डरत्रासबाट मुक्त गर्ने । र, उनले आफ्नो ढोका बाहिर लेख्ने कुरा एउटा कागजमा लेखे— ‘सजायमुक्त विद्यालय ।’

श्री जनता मावि, गोलबजार–४, सिरहा

commercial commercial commercial commercial