नयाँ पाठ्यक्रम प्रारूप संस्कृत फेरि पनि ओझ्ेलमा
हामी जर्मनी र बेलायतका विद्यालय तथा विश्वविद्यालयमा संस्कृत पठनपाठन भइरहेको कुरा सुन्छौं, संस्कृत सबै भाषाको जननी हो भन्छौं, तर आफ्नै विद्यालयमा संस्कृतलाई प्रवेश दिन चाहँदैनौं । हामीमा अदृश्य शक्तिको त्रास छ, विदेशी डलरको आस छ ।
पाठ्यक्रम विकास केन्द्रले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रमको प्रारूप तयार पारेछ । कक्षा १ देखि १२ सम्मको नयाँ पाठ्यक्रममा पनि साधारण शिक्षातर्फ संस्कृत भाषालाई महŒव दिएको देखिंदैन । दशवर्षे हिंसात्मक द्वन्द्वको मारमा परेर बेहोस बनेको संस्कृतलाई फेरि पनि ब्यँुझउने प्रयत्न गरिएन ।
अहिलेको पाठ्यक्रम प्रारूपमा साधारण शिक्षा अन्तर्गत कक्षा ६ देखि ८ सम्मका लागि तीन पाठ्यघण्टाको मातृभाषा, स्थानीय विषय वा संस्कृतमध्ये एक छनोट गर्नुपर्ने व्यवस्था गरिएको छ । यी अनेक विकल्पमा विद्यालयले संस्कृत विषय पढाउने सम्भावना शून्य नै देखिन्छ । पछिल्ला कक्षाहरूमा त प्रवेश गराइएकै छैन । द्वन्द्वअघि साधारण विद्यालयको कक्षा ६, ७ र ८ सम्म अनिवार्य सरल संस्कृत पठनपाठन हुँदै आएको थियो । त्यो त्यसै विलायो । संस्कृतलाई बुर्जुवा शिक्षा ठानियो, सत्ता प्राप्तिको माध्यम बनाएर लखेटियो । संस्कृत पढाउने शिक्षकलाई शूली चढाइयो । द्वन्द्वमा मारिएकाहरूलाई शहीद घोषणा गरियो । घाइते र अंगभंग भएकाहरूलाई सरकारबाट सहयोग भयो । बेपत्ता भएकाहरूको खोजीका लागि विभिन्न आयोगहरू बने । तर संस्कृतलाई न शहीद घोषणा गरियो, न यसका लागि सत्य निरुपण आयोग बनाइयो, न त यस विषयमा कुनै सभासदले सभामा बोल्ने साहस नै गरे ।
देशमा बुँदाका बुँदा सम्झैताहरू भए । लोकतन्त्र आयोे । द्वन्द्वकालमा भत्काइएका चौकीहरू बने । ध्वस्त पारिएका भवनहरू ठड्याइए, सदरमुकामहरूले काँचुली फेरे । गाउँगाउँमा नेता उम्रिए, हुर्किए, फस्टाए, झङ्गिए तर विध्वंसात्मक बुद्धिले विलय पारिएको संस्कृतका लागि सञ्जीवनी बुटी खोज्ने काम कसैबाट भएन ।
साधारण विद्यालयबाट मात्र संस्कृत हटाइएन, संस्कृत विद्यालयमा समेत संस्कृत पढाउन निषेध गरियो । तत्कालीन अवस्थामा संस्कृत शब्द सुन्नै मानिएन । छिटपुट रूपमा रहेका संस्कृत विद्यालयहरू साधारण विद्यालयसमक्ष आत्मसमर्पण गर्न बाध्य भए । संस्कृत शिक्षाको सम्वद्र्धनको उद्देश्य राखेर दाताहरूले जग्गा दान गरेका थिए, भवन निर्माण गरिदिएका थिए । उनीहरूको इच्छामा कुठाराघात भयो । एउटा प्रयोजन राखेर दाताहरू मार्फत व्यक्तिगत तवरबाट निर्मित भौतिक संरचनाहरू उनीहरूको इच्छा विपरीत प्रयोग भए । संस्कृत उच्च शिक्षाका जगहरू भत्काइए । संस्कृत शास्त्र र सूत्रका कुरै छाडौं, एउटै श्लोक शुद्ध पढ्ने अवसर नपाएकाहरू गाउँ–गाउँमा सर्वज्ञ बनेर शास्त्रार्थ चलाउन बाध्य छन् । पढालेखा र निष्ठावान् कर्मकाण्डी पाउनु एकादेशको कथा बनिसक्यो । सानातिना धार्मिक कार्यहरू पनि विधिपूर्वक गरिदिने जनशक्तिको अभावमा मानिसहरू आफ्नो धर्म र संस्कृतिबाटै विचलित हुन थालेका देखिन्छन् । पश्चिमी संस्कार र संस्कृतिले देशभित्र जरो गाडिसकेको छ तर पनि हामी धर्म, संस्कृति, सदाचार एवं अथाह ज्ञानभण्डार रहेको संस्कृत भाषाप्रति उदासीन छौं, नजिकको तीर्थ हेला भनेझ्ैं भएको छ; हामी बत्तीमुनिको अँध्यारामा बस्न विवश छौं । अंग्रेजी मोहले हामी विदेशी भूमिमा गएर भौंतारिन बाध्य जनशक्ति तयार गरिरहेका छौं तर देशको माटो सुहाउँदो धर्म, संस्कृति र संस्कारमा पारङ्गत विद्वान तयार गर्न हिच्किचाइरहेका छौं, अन्कनाइरहेका छौं ।
हामी जर्मनी र बेलायतका विद्यालय तथा विश्वविद्यालयमा संस्कृत पठनपाठन भइरहेको कुरा सुन्छौं, बुझछौं, संस्कृत विश्वभरि बोलिने सबै भाषाहरूको जननी हो भन्छौं, यसबाटै आधुनिक विज्ञानको विकास भएको पनि मान्छौं तर हामी विद्यालय तहमा थोरै पनि संस्कृतलाई प्रवेश दिन चाहँदैनौं । हामीमा अदृश्य शक्तिको त्रास छ, हामीमा विदेशी डलरको आस छ । भारतीय बोर्डद्वारा सञ्चालित नेपालका थुप्रै विद्यालयले तेस्रो भाषाका रूपमा कक्षा ६ देखि १० सम्म संस्कृत पढाउँदै आएका छन् । ती विद्यालयमा हजारौंका संख्यामा नेपाली विद्यार्थी पढिरहेका छन् । हामी आफ्नै छोराछोरी पनि त्यहाँ पढाइरहेका छौं । त्यहाँ हामी उत्साही नै देखिन्छौं । तर नेपालका साधारण विद्यालयमा संस्कृत पढाउन चाहिं किन समस्या ? बरु नेपालका केही निजी विद्यालयहरूले भने संस्कृतको महŒव बुझ्ी सकारात्मक सोचका साथ पठनपाठन गराई प्रशंसनीय काम गरेका छन् ।
हामीमा निर्माण गर्ने भन्दा बिगार्ने सोच बढी छ, स्वीकार गर्ने भन्दा निषेध गर्ने संस्कार बढी छ । हामी आरोप प्रत्यारोपमा व्यस्त छौं । हामी विदेशीहरूबाट भएको देशको प्रशंसा सुन्छौं; नेपाल ऋषिमुनिहरूको तपोभूमि हो, वैदिक ऋचाहरूको उद्गमस्थल हो, पौरस्त्य ज्ञानभण्डारलाई उजागर गर्न अनुकूल पवित्र भूमि हो । हामी आत्मगौरवले फुल्छौं तर आफूसँग भएका प्रतिभालाई समेत प्रस्फुटित गराउने वातावरण तयार गर्न सक्दैनौं ।
अब विगतमा भएका कमी–कमजोरीलाई सच्याउँदै संस्कृत भाषाप्रति सकारात्मक सोच ल्याउनु जरूरी छ । देशमा शान्ति, सुव्यवस्था कायम भई संघीय गणतान्त्रिक नेपालको संविधान समेत बनिसकेको अवस्थामा र विद्यालयीय संरचनामा समेत व्यापक परिवर्तन भई नयाँ ढंगले व्यवस्थित पाठ्यक्रम बन्दै गरेको सन्दर्भमा पूर्वीय दर्शन, चिन्तन र ज्ञान विज्ञानको भण्डार रहेको संस्कृत शिक्षालाई उपेक्षा नगरी पाठ्यक्रममा समावेश गर्नु वाञ्छनीय देखिन्छ, यसबाटै नेतृत्व वर्गमा ऋषिमनको भावना विकसित भएको अनुभूत हुनेछ ।
उपप्राध्यापक, पिण्डेश्वर विद्यापीठ, धरान