ईसीडी : स्कूल होइनन् 'प्रभावकारी बनाउने केही उपाय'

सबै बालबालिकाले स्वस्थ र सुरक्षित भएर हुर्कन पाउनुपर्छ । उनीहरूले सानैदेखि आफ्नो पहिचान र आत्मसम्मानको वातावरण पनि पाउनुपर्छ । नयाँ कुरा सिक्न र आफ्नो अधिकार सुनिश्चित गर्ने अवसरहरू पाउनुपर्दछ । यिनै लक्ष्य प्राप्त गर्नका लागि प्रारम्भिक बाल विकास केन्द्रहरूको स्थापना भएको हो ।

तीनदेखि पाँच वर्ष उमेर समूहका बालबालिकाको समग्र विकास गर्ने उद्देश्यले यस्ता केन्द्र सञ्चालन गरिन्छ । यी केन्द्रमा बालबालिकाको अवस्था र उमेरका आधारमा विद्यालय भर्ना हुनुअघि शारीरिक, सामाजिक, संवेगात्मक तथा बौद्धिक विकास गर्ने उपयुक्त अवसर तथा वातावरण उपलब्ध गराइन्छ ।

बाल विकास केन्द्र अक्षर चिन्नुअघिको सीप विकास गर्ने ठाउँ हो । त्यसैले बाल विकास केन्द्रको वातावरण विद्यालय जस्तो औपचारिक नभई अनौपचारिक तथा बालबालिका सुहाउँदो र मित्रतापूर्ण हुनुपर्छ । त्यहाँ तालीमप्राप्त शिक्षक (सहयोगी कार्यकर्ता) ले सिकाइका मनोरञ्जनात्मक विधिहरू जस्तै ः खेल, कथा, गीत, नृत्य तथा छलफल अन्तरक्रियाको प्रयोग गरी कक्षा सञ्चालन गर्छन् । शिक्षकले बालबालिकाकोे अनुभवलाई पनि कक्षा छलफलको विधि बनाई उनीहरूको चौतर्फी विकासमा टेवा दिन्छन् ।

सबै बालबालिकाको वृद्धि र विकास समानरूपले भएको हुँदैन । बाल विकास केन्द्रमा आउने बालबालिकामध्ये केही खास समस्या वा कठिनाइ भएका समेत हुनसक्छन् । यस्ता बालबालिकालाई पनि विशेष ध्यान दिई विकासको अवसर दिने वातावरण बाल विकास केन्द्रमा हुनुपर्दछ । यहाँ बालबालिकाले विना भेदभाव बालबचाउ, संरक्षण, सहभागिता तथा विकासको उचित अवसर उपभोग गर्न पाउँछन् ।

बाल विकास केन्द्र समुदायको अनुकूलता हेरी सार्वजनिक बिदाको दिनबाहेक सामान्यतया हप्ताको पाँच दिन कम्तीमा ४.३० घण्टा सञ्चालन गर्नुपर्ने र केन्द्रको प्रति कक्षामा बालबालिका संख्याः १५ देखि २५ जना राख्न सकिने प्रावधान रहेको छ ।

बाल विकास केन्द्रमा बालबालिकाले खेल्दाखेल्दै सिकिरहेका हुन्छन् । उनीहरूको सिकाइलाई प्रभावकारी र व्यवस्थित गर्न विभिन्न ठोस वस्तु तथा विभिन्न विषयगत सामग्रीहरू, खेलौना तथा खेलकूद र सिकाइ सामग्रीको आवश्यकता पर्दछ । त्यस्ता सामग्री व्यवस्थित गरी राखिएमा कक्षाकोठाको आकर्षण बढ्नुको साथै बालबालिकाको सहभागिता वृद्धि गराउन सकिन्छ । यसका लागि बालबालिकालाई सजिलो हुने ठाउँमा सिकाइ क्षेत्रको व्यवस्था गरिएको हुन्छ । सिकाइ क्षेत्र कक्षाकोठाको आकार, सामग्रीको पर्याप्तता र बालबालिकाको आवश्यकताअनुसार बनाउन सकिन्छ । बालविकास केन्द्रमा रहेका सबै खेल सामग्रीमा बालबालिकाको पहुँच हुनुपर्दछ ।

बाल विकास केन्द्रमा शिक्षकले मुख्यतया निम्न तीनवटा जिम्मेवारीलाई पूरा गर्नुपर्ने हुन्छ ः क) बालबालिकासित मैत्रीपूर्ण व्यवहार ख) कक्षाभित्र बालकेन्द्रित क्रियाकलाप र, ग) कक्षाबाहिर अभिभावक तथा अन्य सरोकारवालासँगको सम्बन्ध, समन्वय ।

बाल विकास केन्द्रका शिक्षकले हरेक दिन निम्न तयारी गर्नुपर्दछः
–    विषयवस्तु अनुुसार पाठयोजना
–    विषयवस्तुसँग सम्बन्धित शैक्षिक सामग्री (जस्तैः चित्र, शब्द कार्ड, अक्षर कार्ड आदि) को तयारी
–    विषयवस्तुमा आधारित गीत, कथा, कविता
–    सृजनात्मक क्रियाकलापहरू
–    बालबालिकाको सिकाइ र विकासको निरन्तर मूल्याङ्कन

बालबालिकाको विकास र सिकाइमा सहयोग पु¥याउन शिक्षकले गर्नुपर्ने कार्यहरू
–    सबै बालबालिकालाई मायालु वातावरणमा समान व्यवहार गरेर सिकाउने व्यवस्था गर्ने ।
–    बालबालिकाको सिकाइ, खेलकुद तथा कक्षा व्यवस्थापनका लागि आवश्यक सम्पूर्ण सामग्री व्यवस्थापन गर्ने ।
–    प्रत्येक बालबालिकाको व्यक्तिगत प्रगति अभिलेख राख्ने तथा अभिभावकसमक्ष पेश गरी छलफल गर्ने ।
–    प्रत्येक बालबालिकाको निरन्तर मूल्याङ्कन फारम भरेर सिकाइ उपलब्धिको विषयमा अभिभावकसँग छलफल गर्ने ।
–    बाल विकासका (स्वास्थ्य, पोषण, सरसफाइ) विषयमा अभिभावकसँग छलफल चलाउने ।
–    हरेक बालबालिकाको आफ्नो आफ्नो गुण र क्षमता हुन्छ, त्यसैले सबै बालबालिकाले एकै प्रकारले सिक्न सक्दैनन् भन्ने कुरा मनन् गरी सोही अनुसार सिकाइका विभिन्न विधिको प्रयोग गर्ने ।
–    बालबालिकासँग मीठो बोलिवचन, राम्रो व्यवहार र आदरार्थी शब्द बोल्ने जसले गर्दा बालबालिकाले पनि राम्रो व्यवहार सिकुन् ।
–    बालबालिकाले सोधेका प्रश्नको सही जवाफ दिने, गाली गर्ने, कराउने, कठोर व्यवहार नगर्ने ।
–    केन्द्रको भित्री तथा बाहिरी वातावरण सुरक्षित राख्ने जसले गर्दा बालबालिकालाई शारीरिक दुर्घटनाबाट जोगाउन सकियोस् ।
–    बालबालिकाको रेखदेख, खानपान तथा सरसफाइमा सहयोग पु¥याउने ।
–    बालबालिकालाई शारीरिक तथा मानसिक यातना नदिने, कक्षामा शिक्षकले लठ्ठी लिएर नजाने ।
–    बालबालिकालाई दुव्र्यवहार नगर्ने, हुन नदिने र जोगाउन पहल गर्ने÷गराउने ।
यस्ता केही आधारभूत कुराहरूलाई मात्र पनि ध्यान दिन सकेमा बाल विकास केन्द्रको गुणस्तर अभिवृद्धि भई यसको प्रभावकारिता बढाउन सकिनेछ ।

commercial commercial commercial commercial