किशोरीहरू स्कूल फर्किंदै !

धनगढी उपमहानगरपालिका–२०, फूलबारीकी १५ वर्षीया शोभा गुरुङले पटकपटक विद्यालय छोडिन् । सँगैका साथीसँगी उठबस गर्दा उनलाई स्कूलमै रमाइलो लाग्दथ्यो, तर पनि उनी पढाइको कल्पना गर्दै घाँसदाउरा गर्न विवश थिइन् ।
शोभामा सानै उमेरदेखि पढाइप्रति लगाव थियो । तर, उनको पढ्ने इच्छामा घरको कमजोर आर्थिक अवस्था सधैं बाधक बनिरह्यो । उनको परिवार सुकुम्बासी हो । त्यसमाथि ६ वर्षअघि बुवाको निधन भएपछि परिवारमा बिहान÷बेलुकाको छाक टार्न पनि धौ–धौ हुनथाल्यो । पाँच जनाको परिवार धानिन कठिन भएपछि बाध्य भएर एक वर्षअघि उनले स्कूल छोडेकी हुन् ।

भारतमा मजदूरी गर्ने उनको बुवाको काम गर्ने क्रममा उतै मृत्यु भएको थियो । आर्थिक अवस्था कमजोर भएकै कारण उनकी दिदी लक्ष्मीले ६ कक्षामै पढाइ छोडेर बिहे गर्नुप¥यो । उनका दाइ ललितको मानसिक अवस्था कमजोर छ, आर्थिक अभावमा उपचार हुनसकेको छैन ।

प्रायः बिरामी भइरहने आमालाई परिवारको लालनपालनमा सहयोग पु¥याउनुपर्ने भएबाट उनले पढाइ छोडेको बताइन् । त्यसैमा, पढ्न जाँदा पोशाक, कापीकलम आदि सामग्रीको जोहो गर्न नसक्ने भएकोले पढाइ त्याग्नु परेको थियो ।
भनिन्छ, अठोट गर्नेहरूलाई ईश्वरले पनि मद्दत गर्छन् । शोभाको पढ्ने रहर अहिले पूरा भएको छ । उनी एक वर्षपछि पुनः स्कूल फर्किएकी छिन् । घरबाट करीब २०० मिटरको दूरीमा रहेको जनजागृति उच्च माध्यमिक विद्यालयमा उनी कक्षा ७ मा पढ्न थालेकी छिन् ।

शोभालाई अहिले पुनः स्कूल पु¥याउन जनजागृति उच्च माविले नै पहल गरेको थियो । स्कूलको सिफारिशमा फेरि भर्ना भएपछि उनलाई पोशाक, कापीकलम, झेला, पढाइ शुल्क आदिको व्यवस्था गरिएको छ । विद्यालयका प्रधानाध्यापक टेकबहादुर क्षेत्रीले भने– बीचैमा पढाइ त्यागेका बालिकालाई पुनः भर्नाका लागि परामर्श दिनुका साथै कापीकलम, शुल्क आदिमा सहयोग गरेका कारण यस्ता छात्राको संख्या बढेको छ । गत शैक्षिक सत्रमा सात जना बालिकालाई फेरि विद्यालय फर्काइएको उनले बताए ।

“मैले पनि पढ्न सकिनँ । म र मेरो श्रीमान् भारतमा काम गर्दछौं । कसैले सहयोग नगरे पनि बहिनीलाई पढाउन मैले पैसा पठाउँछु”, शोभासँगै भेटिएकी उनकी दिदी लक्ष्मीले बताइन् ।

विशेषतः आमाबुवा गुमाएका, आर्थिक हिसाबले विपन्न तथा यौन दुव्र्यवहारमा परेका बालिकाहरूले बीचैमा स्कूल छोड्ने गरेको पाइएको छ । सरकारले मावि तहसम्म निःशुल्क शिक्षा भने पनि विद्यालयहरूले विभिन्न बहानामा शुल्क लिइनै रहेका छन् । विद्यालयले शुल्क नलिएकै अवस्थामा पनि कापी, कलम, डे«स, परीक्षा, खाजा, स्थानीय यातायात भाडा आदिका निम्ति विद्यार्थी या अभिभावकले मासिक खर्च जुटाउनै पर्ने हुन्छ । यस्तो खर्च जुटाउन नसक्ने कमजोर परिवारका बालबालिकाले बीचैमा स्कूल त्याग्ने गरेका छन् ।

तर जनजागृतिलगायत यस क्षेत्रका विद्यालयले सरकारी र गैरसरकारी क्षेत्रबाट आउने सहयोग स्कूल छोड्ने सम्भावना भएका बालबालिकालाई मात्र प्रदान गर्ने नीति लिएका कारण अबका दिनमा विद्यालय छोड्नेको दरमा कमी आउने अपेक्षा गरिएको छ ।

शोभा जस्तै, घोडाघोडी नगरपालिका, सुख्खडकी निशा सापकोटा, फूलबारीकी लक्ष्मी तिवारी र सुख्खडकै राधिका चन्द पनि बीचमा पढाइ छोडेर घरव्यवहारमा फसेका थिए । उनीहरू पनि अहिले सम्बन्धित स्कूलको पहलमा फेरि स्कूल फर्किएका छन् । उनीहरूमध्ये लक्ष्मीले यसैपालि एसएलसी पनि दिइसकेकी छन् ।

कञ्चनपुरको दुर्गा उच्च माविमा ७ कक्षासम्म पढेकी निशाले परिवार बसाइँसराइ गरी बर्दिया गएपछि त्यहाँ कक्षा ८ उत्तीर्ण गरिन् । रोजगारीका लागि बुवा भारत गएका वेला आमा अर्र्कैसित हिंडिन् । “बा–आमा नभएपछि म पढाइ त्याग्न बाध्य भएँ” उनले भनिन्, “स्टिम नामको संस्थाले भर्नामा सहयोग गरेपछि फेरि विद्यालय फर्कें ।”

गत वर्ष निशा बर्दियाबाट मामाघर सुख्खड आएकी थिइन् । उनको पढ्ने इच्छा देखेर माइजूले पनि पढ्न जोड दिइन् । “संयोगले राष्ट्रिय उच्च माविले पनि स्कूल छोडेकालाई विद्यालय फर्काउने अभियान चलाएको रहेछ त्यसकारण म फेरि स्कूल फर्किन सकें” उनले भनिन् । निशाले यसपटक नौ कक्षाको परीक्षा दिएकी छन् ।

विभिन्न विद्यालयले सञ्चालन गरेका छात्रालाई स्कूल फर्काउने अभियान अन्तर्गत गत शैक्षिक सत्रमा कैलालीमा कक्षा ६ देखि ९ सम्मका ३६ जना बालिका फेरि विद्यालय भर्ना भएका छन् । यसक्रममा स्कूल त्यागेका छात्रालाई मात्रै नभएर २०६६ सालदेखि एसएलसी परीक्षा उत्तीर्ण हुन नसकेका छात्रालाई पनि निःशुल्क तीनमहीने ट्यूसन पढाएर शैक्षिक उपलब्धि बढाउने प्रयास भएका छन् । खासगरी आमाबुवा छुट्टिएका वा गुमेकाका कारण विद्यालय छोडेका धेरै छात्राले एसएलसीको ट्यूसन पढेर परीक्षा दिएका छन् ।

फूलबारीकी लक्ष्मी तिवारीका बुवा उनी गर्भमै हुँदा बिते । उनकी आमाले अर्को बिहे गरिन् । त्यतिवेला लक्ष्मीको उमेर पाँच वर्षको थियो । बाजेबजैको संरक्षणमा नौ कक्षा पढ्दै गर्दा १६ वर्षको उमेरमा उनको बिहे भयो । श्रीमान्को घरमा आएर जसोतसो पढाइ जारी राखेर २०६९ सालमा एसएलसी दिएकी लक्ष्मी त्यतिवेला सफल भइनन् । उनले मौका परीक्षाको अवसर पनि पाइन्, तर सफलता मिलेन । यसपटक निःशुल्क ट्यूसन पढ्ने अवसर पाएपछि उनी फेरि एसएलसी परीक्षामा सहभागी भएकी छिन् । “आमाबा भएको भए म पनि अहिले क्याम्पस पढ्थें होला” उनले भनिन्, “अब फेरि पढ्ने सोच बनाएकी छु ।”
आर्थिक अवस्था ठीकठीकै भए पनि उमेर धेरै भएको भन्दै स्कूल आउन तथा एसएलसी दिन गाह्रो मान्ने छात्राहरूलाई लक्षित गरी विद्यालयहरूले चलाएको निःशुल्क ट्यूसनले धेरै चेलीबेटीलाई पढाइ सुचारू गर्न सजिलो पारिदिएको छ । लक्ष्मी भन्छिन्, “अहिले श्रीमान् वैदेशिक रोगजारीमा हुनुहुन्छ । स्कूलले ट्यूसन पढाउने भनेपछि मेरो उमेरका महिला साथीहरू पढ्न आयौं; सबैलाई सजिलो भयो । स्कूलले नै नयाँ अभियान चलाएपछि लाज पनि हटेर गयो ।”

बसौटी गाविसको राष्ट्रिय उच्च माविले स्कूल छोडेका आफ्ना पुराना विद्यार्थी स्कूल ल्याउन थारू समुदायका भलमन्साको सहयोग लिनुपरेको थियो । प्राचार्य जीतबहादुर रावत भन्छन्, “पहिले भलमन्सालाई सम्झयांै । त्यसपछि उनीहरूले छात्राहरूलाई बोलाइदिए । त्यो विधिले गत वर्ष सात जना छात्रा स्कूल फर्किए भने ४९ जनाले एसएलसीको ट्यूसन पढेर परीक्षा दिएका छन् ।”

घोडाघोडी नगरपालिका–१, कौवापुरकी २२ वर्षीया राधिका चन्दको दुःख भने फरक खालको छ । बुवा २०६० सालमा बिते । त्यसको केही समयपछि आमा अर्कैसित बिहे गरेर गइन्– राधिका र उनका तीन बहिनी तथा एक भाइलाई अनाथ बनाएर । बाआमा गुमाएपछि १० वर्षकी बालिका राधिकामाथि तीन बहिनी र एक भाइको लालनपालनको जिम्मेवारी आइप¥यो । तर भाइबहिनी हुर्काउँदा हुर्काउँदै पनि उनले पढाइ जारी राखिन् । दुई पटक एसएलसी दिइन््, तर सफल भइनन् । निराश भएकी उनलाई यस वर्ष निःशुल्क ट्यूसन पढ्ने अवसर प्राप्त भयो । र, यस पटकको एसएलसीमा पुनः सरिक भएकी छन् । ट्यूसनमा दैनिक अङ्ग्रेजी, गणित, विज्ञानलगायतका कठिन विषय पाँच घण्टा पढाइने गरिएको थियो ।

शिक्षामा लैंगिक विभेद कायम रहेको तथा विद्यालय छोड्ने र एसएलसीमा फेल हुनेमा बालिकाको संख्या धेरै हुने गरेकोले शैक्षिक उपलव्धि बढाउन विशेष अभियान चलाइएको राष्ट्रिय उच्च मावि, सुख्खडका शिक्षक कर्ण भण्डारी बताउँछन् ।
विद्यालयहरूले ट्यूसन पढाउने शिक्षकलाई मासिक १२ हजार रुपैयाँ पारिश्रमिक उपलव्ध गराएका थिए । त्यस्तै, छात्रालाई किताब, कापी र राति पढ्नको लागि भने टर्च प्रदान गरिएको थियो । सो क्रममा २०६६ देखि २०७० सालसम्म स्कूल छोडेका ६३९ बालिकालाई साइकल पनि प्रदान गरिएको छ ।

छोरीले पढ्न पाए उच्च शिक्षा पढ्न सक्ने, एसएलसी पास गर्दा रोजगारी पाउन सक्ने, केही नभए स्वरोजगारका काम गरेर घरपरिवारको गरीबी हटाउन सहयोग पुग्ने उद्देश्यले ‘छोरी पढाऔं, गरीबी हटाऔं’ भन्ने नाराका साथ कैलालीमा कुनै पनि कारणले बीचैमा विद्यालय छोडेका छात्रालाई पुनः विद्यालय फर्काउने अभियान चलाइएको कर्णाली उच्च मावि सत्तीका प्रधानाध्यापक जगदीर शाहले बताए ।

निःशुल्क टयूसनको व्यवस्था गरेपछि छात्राको एसएलसी उत्तीर्ण दर पनि बढ्दै गएको तथ्यांकहरूले देखाएको छ । २०७० सालमा एसएलसीको मौका परीक्षाको अवसर पाएका २१० जनालाई ट्यूसन कक्षामा सहभागी गराइएकोमा १८० जना (८० प्रतिशत) सफल भएका थिए । यस्तै, २०७१ सालमा ट्यूसन कक्षाको अवसर पाएर एसएलसी दिएका २१२ छात्रामध्ये १८८ जना (८८ प्रतिशत) उत्तीर्ण भएका थिए ।

यस वर्ष २०६६ देखि २०७० सालसम्मका २६५ र २०७१ सालमा फेल भएका ३१८ सहित ५८३ जना छात्राले ट्यूसन कक्षा लिएर एसएलसी दिएका छन् ।

अतिरिक्त कक्षाले सिकाइ उपलब्धि बढ्दै
कैलालीको नारायणपुर गाउँ विकास समिति, सत्तीस्थित कर्णाली उच्च माध्यमिक विद्यालयमा कक्षा ६ को परीक्षा दिएकी बविता ओड पहिलेभन्दा आफ्नो पढाइको स्तर सुध्रिएको ठान्छिन् । पहिले कक्षाका दौंतरीहरूसँग खुलेर बोल्न पनि हिच्किचाउने बविता भन्छिन्, “अहिले म जोसँग पनि कुरा गर्न सक्छु ।” अरूसँग बोल्न लजाउने बानीमा सुधार भएकाले नै अहिले ११ वर्षीया बविताको पढाइको स्तर पनि राम्रो हुँदै गएको छ ।

उनी कक्षा पाँचसम्म आफूलाई कमजोर विद्यार्थी ठान्थिन् । अरूसँग बोल्न अप्ठेरो मान्ने उनको कमजोरीले पढाइमा पनि असर परेको थियो । कक्षा ६ मा पुगेपछि उनको लजाउने बानीमा सुधार आयो । उनी आफूमा पहिलेभन्दा सिकाइ उपलब्धि पनि बढेको ठान्छिन् । त्रैमासिक परीक्षामा राम्रो नम्बर आएको उनले बताइन् ।

“अहिले मेरो बोल्न सक्ने क्षमता बढेको छ” उनले भनिन्, “अतिरिक्त कक्षामा पढ्न थालेपछि मेरो पढाइ र छलफलमा भाग लिनसक्ने क्षमतामा विकास भएको महसूस भएको छ ।” बविताले अतिरिक्त कक्षामा प्रोजेक्टरबाट पढाइ हुने भएकोले पनि सिक्न सजिलो भएको बताइन् ।

विद्यालयहरूले फेरि स्कूल आएका र नियमित पढिरेहका ६ देखि १० कक्षासम्मका बालिकाका लागि प्रत्येक साता शुक्रबार र शनिबार दुई दिन अतिरिक्त कक्षा सञ्चालन गर्ने गरेको छन् ।

कर्णाली उमाविमा बविता झ्ैं पढाइमा उपलब्धि हासिल गरेका थुपै्र बालबालिका छन् । उनीहरूमा पढाइका अतिरिक्त जीवनोपयोगी विषयमा एकअर्कासँग खुलेर कुराकानी, छलफल गर्ने क्षमताको विकास हुँदै गएको छ । बविता र उनका साथीहरूबीच प्रजनन् स्वास्थ्यबारे पनि छलफल हुने गरेको छ । “हामीहरू उमेर बढ्दै जाँदा शरीरमा आउने परिवर्तन र महीनावारी हुँदा अपनाउनुपर्ने सावधानी र सरसफाइलगायतका विषयमा अनुभवीहरूसँग सिक्नुपर्छ भनेर छलफल गर्छौं” बविताले भनिन्, “अहिले हामीले पनि धेरै कुरा जानेका छौं ।”

शुरूमा घरपरिवारमा अभिभावकले प्रजनन् स्वास्थ्यबारे कुरा गर्दा हप्काउने गरेको स्मरण गर्दै बविताले भनिन्, “अहिले हामीले सम्झउँदै जाँदा ‘सबैले जान्नै पर्ने आवश्यक कुरा रहेछ’ भन्न थालेका छन् ।”

उनले कलिलो उमेरमा बिहे गर्दा तथा बच्चा पाउँदा आमा तथा बच्चाको स्वास्थ्यमा पर्ने नकारात्मक असरबारे आफूहरूबीच र अभिभावक तथा गाउँका अरूहरूसँग पनि कुराकानी गर्ने गरेको बताइन् ।

अघिल्लो वर्ष कक्षा ६ देखि १० सम्मका विद्यार्थीलाई निर्धारित पाठ्यक्रमसँगै जीवनोपयोगी शिक्षा र प्रजनन् स्वास्थ्यबारे पढाइएको थियो । यसपालि कक्षा ६ का बालिकालाई निर्धारित पाठ्यक्रमसँगै जीवनोपयोगी शिक्षा र प्रजनन् स्वास्थ्यबारे पढाइएको थियो । कक्षा ७ देखि १० सम्मकालाई भने धेरै जस्तो निर्धारित पाठ्यक्रम मात्रै पढाइने गरिएको छ ।

कक्षा ७ को परीक्षा दिएकी राष्ट्रिय मावि बेलुवाकी १४ वर्षीया आरती चौधरीले पनि आफ्नो सिकाइ उपलब्धि बढेको बताइन् ।

“अघिल्लो वर्षको अतिरिक्त कक्षाले ६ कक्षामा पहिलो भएँ” कक्षा ५ सम्म औसत विद्यार्थी रहेकी आरतीले गर्वका साथ सुनाइन् । अतिरिक्त कक्षाका कारण उनको गणित र अङ्ग्रेजी विषयमा सुधार आएको छ । कक्षा ७ कै परीक्षा दिएकी अर्की छात्रा १५ वर्षीया सिर्जना चौधरीले भनिन्, “अतिरिक्त कक्षामा नयाँनयाँ विषयमा पनि छलफल हुने गरेकोले पढाइ झ्न् राम्रो भइरहेको छ ।”

आरती र सिर्जनाले अघिल्लो वर्ष सिकेका यौन स्वास्थ्यसम्बन्धी विषयमा अरू साथीहरूसँग छलफल गरेको बताए । “पहिले महीनावारी हुँदा स्कूल नआउने बालिका अब आउन थालेका छन्” सिर्जनाले भनिन्, “यस्ता छलफलले राम्रो उपलब्धि भएको छ ।”

यूकेएडको आर्थिक सहयोगमा मर्सिकोर र फाया नेपाल, कैलालीको साझ्ेदारीमा सञ्चालित सीमान्तकृत समुदायका बालिकाहरूको शिक्षामा सहयोग परियोजना (स्टेम) ले विद्यालयमा फर्केका छात्रालाई अतिरिक्त कक्षा सञ्चालन गर्न र एसएलसीको ट्यूसन पढाउन विद्यालयलाई सहयोग गरिरहेको छ ।

यस वर्ष कैलालीका ३० वटा विद्यालयका ६ हजार ६५२ बालिकाका लागि शुक्रबार र शनिबार दुई÷दुई घण्टाका अतिरिक्त कक्षा सञ्चालन गरिएको छ । कैलालीका जिल्ला शिक्षा अधिकारी गणेशबहादुर सिंहले अतिरिक्त कक्षाले बालिकाको सिकाइ उपलब्धि बढेको मात्र नभई पढाइप्रतिको रुचि पनि वृद्धि भएको आफूले अनुभव गरेको बताए ।

commercial commercial commercial commercial