हेराइ र बुझाइ

बच्चा

त्यता नजाऊ !
बच्चा त्यतै जान्छ
त्यो फूल नचुँड !
बच्चा फूल चुँडेरै छोड्छ
त्यो किताब नछोऊ !
बच्चा त्यो किताब जसरी पनि छुन्छ
त्यता नहेर !
बच्चा बारम्बार त्यतै हेर्छ

बच्चा, आफ्नो सहज खुल्दुली मेट्न
प्रत्येक पटक आदेश र नियम तोड्छ
र, जोखिम मोलेर
आफ्ना लागि केही सन्तुष्टि आर्जन गर्छ,
अलिकति खुशी थप्छ ।

– बलदेव वंशी

commercial commercial commercial commercial