‘सफलताको सहयात्री’

पहिले पहिले हाम्रो स्कूलमा सर–मिसहरू बिनालट्ठी कक्षामा जानु हुन्नथ्यो । जब यो पत्रिका हाम्रो स्कूलमा पु¥याएँ, त्यसपछि लट्टीको सट्टा शैक्षिक सामग्रीहरू प्रयोग गर्न थाल्नुभयो । जुन कुरा शिक्षक मासिकको कमाल हो ।

“साहुजी, एउटा शिक्षक पत्रिका दिनुस् न... साहुजी मलाई पनि... मलाई पनि... ।
हैन... ? शिक्षक पत्रिका नै किन ?
पढ्ने, पढाउने, पढ्न पठाउने, सिक्ने, सिकाउने सबैलाई उपयोगी शिक्षक पत्रिका ।”

म पनि शिक्षण पेशा अँगाली अघि बढ्दै थिएँ । माथिको विज्ञापनले मेरो मन आकर्षित ग¥यो । काठमाडौँ गएका बखत सबैभन्दा अगाडि शिक्षक पत्रिका किनेर पढेँ ।

असल शिक्षक एवं जिम्मेवारी बोध गराउने तौरतरीका, पूर्व–पश्चिममा छरिएर रहेका शिक्षक साथीहरू तथा विज्ञहरूको अनुभव, समस्या प्रयोग जस्ता खुराकबाट शिक्षण पेशालाई अझ् वैज्ञानिक बनाउने कला समेटिएकाले म निकै खुशी भएँ, शिक्षक पत्रिका परिवारलाई धन्यवाद !

साँच्चिकै, शिक्षकलाई मात्र नभई विद्यार्थीहरूलाई समेत उपयोगी पत्रिका शिक्षक नै हो । विद्यालयमा अरू शिक्षक सहकर्मीहरूसँग छलफल गरी शिक्षण क्रियाकलापले विद्यार्थीहरूमा वास्तविक सिकाइ गर्न धेरै साथ दिएको छ, शिक्षक पत्रिकाले ।

गत सालको शिक्षक सेवा आयोगमा म पनि प्रतिस्पर्धाका लागि उभिन सक्षम बनाउने कडी शिक्षक ले अन्ततोगत्व मलाई लिखितको नतिजामा सही साबित तुल्यायो । झ्न् मौखिक प्रतिस्पर्धाका लागि १ गते कुरेर अरू अभ्यास गर्न थालेँ । पत्रिका निस्केको दिन बिहान ७ बजे नै किनेर ३ गतेको मौखिक परीक्षामा प्रतिस्पर्धा गरी हाल स्थायी शिक्षक भएर देशको सेवक ठानी आफ्नो पाइला अघि बढाउँदै छु । अब त शिक्षक पत्रिकाबिना जीवन अधुरो हुन्छ जस्तो लाग्छ ।

तर विडम्बना, १२ वैशाख २०७२ को विनाशकारी भूकम्पले मैले संकलन गरी राखेका सबै अंकहरू क्षतविक्षत बनाएर घरसँगै ती संग्रह पुरिएकाले पीडा भएको छ । ‘शिक्षक सेवा आयोगको प्रतिस्पर्धामा सफल हुन कुन सूत्र छ’ भनेर सोध्ने साथीहरूलाई म ‘शिक्षक नै सफलताको सूत्र भएको’ जानकारी दिन्छु र शिक्षा संकायमा पढ्ने विद्यार्थीहरू तथा चिनेसम्मका शैक्षिक क्षेत्रका व्यक्तिहरूलाई एउटा शिक्षक पढ्दा घाटा कहिल्यै नहुने सल्लाह दिन्छु ।

शिक्षक मा प्रकाशित स्तम्भहरू उपयोगी त छन् नै, अझ् यसलाई व्यापक र शैक्षिक इतिहासमा एउटा कोसेढुंगो साबित गराउन तथा गुणस्तरीय शिक्षाको नारा चलिरहँदा मेरो विचारमा थप निम्न बुँदाहरूमा सम्पादक टोलीलाई ध्यानाकर्षण गराउन चाहन्छु :
१.    विश्वसनीयता : मैले पढे, बुझ्ेसम्मका अंकका आधारमा जिज्ञासा र जवाफ स्तम्भमा इसीडीका सहजकर्ताको पारिश्रमिक बढेको जवाफ २०७१ भदौ÷असोज अंकमा नयाँ स्थायी नियुक्ति पाएको शिक्षकले बिरामी बिदा १२ दिन नै पाउने जवाफ प्रकाशित थियो तर यो व्यवहारमा लागू भएन, यसमा कमजोरी कसको ?
२.    व्यापकता : मेचीदेखि महाकालीसम्मका एक विद्यालयले मासिक रु. ६०÷— खर्चिन के गाह्रो, यो खर्च होइन लगानी हो । हुलाक खर्चसहित थप पैसा लिएर ‘एक विद्यालय एक शिक्षक पत्रिका’ अनिवार्य बनाउनुपर्ने देखिन्छ ।
३.    साहित्य सिर्जना : साहित्य सिर्जनालाई स्थान दिएर उत्कृष्ट रचनाहरूलाई प्रकाशन गर्नुपर्ने अवस्था छ ।
४.    पहुँच : मुख्य शहरका स्टेशनरीमा मात्र उपलब्धता रहेको परिपे्रक्ष्यमा स्थानीय (तीन÷चारवटा गाविसको चहलपहल तथा संगम स्थानमा पु¥याउनुप¥यो ।
५.    ज्ञान भण्डार    : सामान्य ज्ञानमा प्रश्न संख्यामा वृद्धि गरी शैक्षिक क्षेत्रका व्यापक विषयवस्तुसँग सम्बन्धित प्रश्नोत्तर प्रभावकारी हुने देखिन्छ ।
६.    सफलताका कथा : देशका शैक्षिक क्षेत्रमा संघर्ष गरी सफल भएका व्यक्तिहरूका सफलताका कथाहरू त्यस्तै सफल विद्यार्थीहरूको कथालाई समेट्ता सुनमा सुगन्ध हुन्थ्यो कि ?

श्री बाघ भैरव प्रावि, इपा–५, महभीर, मकवानपुर

commercial commercial commercial commercial