शिक्षा र संगीत

‘संगीत’ भन्नासाथ प्रायः हाम्रो मनमा नाचगान र बाजाका दृश्य र ध्वनिहरू घुम्न थाल्छन् । यस विधालाई गहिरो गरी लिने मस्तिष्कमा भने ‘संगीत’ शब्दको उच्चारणसितै भाकाका केही आवृत्ति, नृत्यका केही मुद्रा र सरगमको आरोह, अवरोह पनि तरंगित हुन थाल्लान् । तर जसका लागि पनि संगीत मनोरम विषय हो । त्यसैले यससित मन रमाउने विषयहरू निरन्तर जोडिएर आउँछन् । आउनु पनि पर्छ । तर संगीत खाली मनोरञ्जनको सामान्य विषय मात्र भने पटक्कै होइन । यो यस्तो अद्भुत कला हो, जसमा विचार र सोचका अनेकौं पत्रहरू खप्टिएका हुन्छन् ।

संगीतभित्र निहित विचार र सोचका तहहरू कविता, कथा या उपन्यास जस्ता साहित्यमा पढ्न सकिने सोच विचारजति सुस्पष्ट र शाब्दिक भने हुँदैनन् । संगीतभित्र खप्टिएका ती विचार र सोचका तहहरू कुनै चित्रकारले कोरेको क्यानभासमा समेटिएका रंगहरूभन्दा पनि गहिरा र रहस्यमय हुन्छन् । हाम्रो मनमस्तिष्क संगीतमा संलग्न भएपछि भने ती रहस्यमय पत्रहरू क्रमशः खुल्न थाल्छन् । त्यही भएर हुनुपर्छ— विश्वप्रसिद्ध संगीतकार लुडविग भान बिथोभेन (१७ डिसेम्बर १७७०—२६ मार्च १८२७) ले “संगीत दर्शनभन्दा उच्च प्रकारको रहस्योद्घाटन हो” भनेका छन् ।

के यो रहस्यमय विधाका भित्री तहहरू संगीतका हरेक श्रोता वा साधकका लागि स्वतः खुल्दै जान्छन् त ? अवश्य होइन । संगीत ध्वनि र सुरहरूको संयोजनबाट निर्मित एउटा अलग्गै भाषा हो । यसले छुट्टै विश्वभाषाको रूपमा आफूलाई स्थापित गरेको लामो समय भइसक्यो । फरक भाषा भइसकेपछि यसका आफ्नै खाले व्याकरण निर्माण भएर प्रचलनमा आएका छन् । शब्दरहित संगीतको त्यो व्याकरण पर्गेल्नका निम्ति विश्वभर यस विधाका अनेकौं विद्यालय र विश्वविद्यालय सञ्चालन भएका छन् । ती शैक्षिक संस्थाबाट अनेकौं व्यक्तिले विषयगत विज्ञता हासिल गरेका छन् । ती विज्ञहरूले संगीतबारे महŒवपूर्ण अनुसन्धान र अन्वेषण गरेका छन् । ती सबै अनुसन्धानहरू कुनै अलौकिक कुरामा टेकेर होइन, हाम्रै वरपर गुञ्जने ध्वनि र तिनबाट निर्मित सुरका आधारमा नै भएका हुन् ।

ध्वनि र सुर
ध्वनि चिन्नका निम्ति हाम्रा कानलाई कुनै गुरु, प्रशिक्षण वा विद्यालय–विश्वविद्यालयको आवश्यकता पर्दैन । स्वरको घनत्व, तीव्रता र आवृत्तिका आधारमा आफू वरपर के कराइरहेछ वा को बोलिरहेछ भनेर छुट्याउन सक्ने क्षमता प्रकृतिले अधिकांश प्राणीलाई दिएको छ । मान्छेले मात्र होइन, अनेक प्राणीका कानले आफू वरपरका ध्वनि सहजै चिन्न सक्छन् । प्रकृतिले मान्छेलाई त झ्न् विशेष प्रकारको मस्तिष्क समेत प्रदान गरेको छ ।

संगीतको सुरमा नसमेटिएका अनेकौं ध्वनिहरू हाम्रा वरपर अझ्ै पनि छरपष्ट भेटिन्छन् । वर्तमान युगलाई त झ्न् ध्वनिकै युग हो भन्दा पनि हुन्छ । हामीले प्रयोग गर्ने अत्याधुनिक ग्याजेटका आआफ्नै खाले आवाजहरू छन् । तिनको प्रयोगमा अभ्यस्त भइसकेपछि हामी तिनका ध्वनि सहजै चिन्न सक्छौं । पूर्वपरिचित कसैसित मोबाइलवार्ता भयो र कुराकानीका क्रममा वार्ताकारले आफ्नो नाम लिएन भने पनि कण्ठस्वरबाटै हामी त्यस आवाजलाई सजिलै चिन्न सक्छौं । यो हामी मानव जातिको श्रवणशक्ति र मस्तिष्कको चनाखोपनको उपलब्धि हो ।

प्रकृतिबाट प्राप्त त्यही विशेष श्रवणशक्ति भएको मस्तिष्कको सहायतामा मान्छेले अनेक ध्वनिलाई परिष्कृत गरी सुरको निर्माण गरेको हो ।

पूर्वीय धारणामा सात सुर (सा, रे, ग, म, प, ध, नि) को निर्माण पशु र पक्षीको ध्वनि अनुकरण गरेर भएको हो भन्ने छ । ईशापूर्व दोस्रो शताब्दीका विद्वान् महर्षि मण्डुकका अनुसार मयुरबाट षड्ज–सा, गाईबाट ऋषभ–रे, बोकोबाट गान्धार–ग, बकुल्लाबाट मध्यम–म, कोइलीबाट पञ्चम–प, घोडाबाट धैवत–ध र हात्तीबाट निषाद–नि उत्पन्न भएका हुन् । पश्चिमी जगत्मा पनि यो धारणासित मेल खाने खालको विचार पाइन्छ । पाश्चात्य संगीत शास्त्रमा प्रयोग हुने सात स्वर (डो, रे, मि, फा, सोल, ला, टि) पशुपक्षीको आवाज अनुकरण गरेर नै शुरू भएको विद्वान्हरूको मत छ ।

सुर सबै खाले संगीतको प्राथमिक आवश्यकता हो । शब्द रहित वाद्यवादन होस् या शब्द सहितको गायन, सुरबिना संगीतको अस्तित्व सम्भव छैन । लोक, शास्त्रीय, आधुनिक या उत्तरआधुनिक जुनकुनै संगीतका हाँगामा चढेर सुसेले पनि भाकाको गुञ्जन भने सुरमै हुनु अत्यन्त जरूरी छ । संगीतमा प्रयोग हुने सुरलाई चिन्न हाम्रो कान र मस्तिष्कको प्राकृतिक चनाखोपनलाई अलि धेरै शिक्षित गर्नुपर्ने हुन्छ । आफ्नो कानलाई शिक्षित बनाएपछि मात्र हामीमा संगीतको भित्री रस प्रवेश गर्छ । आफूमा विषयको भित्री रस प्रवेश नभएसम्म हामी कुनै पनि विधाको अन्तरवस्तुमा प्रवेश गर्न सक्तैनौं । विधाको अन्तरवस्तुमा प्रवेश नगरी हामी त्यस विषयको राम्रो शिक्षक वा प्रशिक्षक बन्ने त कुरै हुँदैन । त्यसैले संगीत पनि अरू विषयजत्तिकै महŒवपूर्ण अध्ययनको विषय हो भन्ने बुझनुपर्छ ।

संगीत गहन अध्ययनको विषय हो भन्ने कुरा हाम्रोमा सञ्चालन हुँदै आएका अनगन्ती परम्परागत गुरुकुल, निजी र सरकारी संगीत पाठशालाले पनि प्रमाणित गरिसकेका छन् । यसो भनेर बिनाप्रवीणता अरू विषयका शिक्षकहरूले संगीतको भाकालाई कहीँ कतै प्रयोग नै गर्नु हुँदैन र गर्नै सक्तैन भन्ने सोच्नु हुँदैन । संगीत प्राविधिक विषय हुँदाहुँदै भावनात्मक प्रचुरताले निर्देशित विधा पनि हो । त्यसैले यो विधामा औपचारिक रूपमा प्रशिक्षित नभई पनि प्रसिद्धि प्राप्त भएका अनगन्ती उदाहरणहरू पाउन सकिन्छ ।

अनौपचारिक रूपमा पनि हामी वरपरको वातावरणले हाम्रा कानहरूलाई प्रशिक्षित गरिरहेको थियो, छ र हुन्छ । संगीत श्रुतिपरम्पराबाट अघि बढ्ने विद्या हो । श्रुतिपरम्परालाई निरन्तरता दिन हाम्रो सामाजिक बनोटले अझ् धेरै सकारात्मक भूमिका खेलेको छ । हाम्रो समाजको जातिगत बहुलताले सांगीतिक विविधतालाई सँधै सँगै लिएर हिँडेको छ । हाम्रा कतिपय जातिले त संगीतलाई नै आफ्नो जीवनको मूल कर्म बनाएर बाँच्ने प्रयत्न गरेका छन् । हामी नेपाली हाम्रा हरेक उत्सव र पर्वहरूमा संगीतलाई कुनै न कुनै स्वरूपमा समावेश गरिरहेका हुन्छौं । तर हरक्षण हाम्रो सामुन्नेमा गुञ्जिरहने त्यही संगीतलाई हामीले हाम्रो शिक्षा प्रणालीमा कसरी समावेश गरेका छौं त ?

विद्यालयमा पनि छ संगीत ?
हाम्रो समाजमा संगीतप्रतिको दृष्टिकोण विगतभन्दा निकै सकारात्मक हुँदै आएको छ । त्यसैले अहिले देशका करीव ३३ हजार विद्यालयमध्ये धेरैमा कुनै न कुनै रूपमा संगीतको उपस्थिति गराइने गरेको छ । यस मामलामा सरकारी विद्यालयभन्दा निजी विद्यालयहरू अगाडि देखिन्छन् । तर अहिले विद्यालयमा संगीत जसरी पढाइने गरेको छ, त्यसमा ढुक्क हुने अवस्था भने छैन ।

सरकारी विद्यालयका निम्ति पाठ्यक्रम विकास केन्द्रले कक्षा १ देखि १० सम्मका लागि कक्षागत गीत निर्धारण गर्ने गरेको छ । तर तीमध्येका अधिकांश गीतका शब्द र संगीतहरूले बालशुलभ स्वाभाविकतालाई भन्दा कोरा राष्ट्रियता र नैतिकतालाई जोड दिने गरेका छन् । सरकारी स्तरबाट भएको त्यो प्रयत्नलाई निरुत्साहित नै गर्नु त हुँदैन तर कक्षागत गीतका नाममा हुने गरेका ती औपचारिक सिर्जनालाई स्तरीय बनाउनेतर्फ भने सचेत गराउनै पर्छ ।

निजी विद्यालयमा भने संगीत शिक्षक नै राखेर गीत, संगीत सिकाउने चलन निकै लामो समयदेखि हुँदै आएको छ । तर ती शैक्षिक संस्थाले पनि संगीतलाई दर्बिलो शिक्षण विधिको रूपमा सदुपयोग गरेको चाहिँ देखिँदैन । बरु संगीतलाई आफ्नो विज्ञापनको साधनका रूपमा बढी प्रयोग गर्ने गरेको पाइन्छ । संगीतको आकर्षणले आफ्ना शैक्षिक संस्थामा विद्यार्थी र अभिभावकको ध्यान तान्न सकियोस् भन्ने ध्येय तिनमा देखिन्छ । त्यसको ज्वलन्त उदाहरण निजी विद्यालयहरूले वर्षमा एक खेप आयोजना गर्ने अभिभावक दिवसलाई हेरे पुग्छ । अधिकांश विद्यालयका ती औपचारिक सांस्कृतिक कार्यक्रहरूमा ससाना नानीहरू आफ्नो उमेर समूहलाई पटक्कै नसुहाउने गीत संगीतमा नाचगान गरिरहेका देखिन्छन् । यसबाट हाम्रो समाजको प्रभावशाली तह र पुस्ताका व्यक्तिहरूले संगीतलाई अझ्ैसम्म पनि हलुका मनोरञ्जनको साधन मात्रै मानेको देखिन्छ ।

संगीतले बालमनोविज्ञानलाई सकारात्मक बाटोमा डो¥याउन ठूलो मद्दत गर्छ । त्यसैले सबै विद्यालयहरूमा हुने सांगीतिक क्रियाकलापलाई बालबालिका र तिनलाई दिइने शिक्षा पद्धतिसितै जोड्ने उपाय अपनाउनु उपयुक्त हुन्छ । यसका निम्ति शिक्षक र अभिभावक दुवैका चेतनामा समूहिक सांगीतिक दृष्टिकोण निर्माण हुनु जरूरी देखिन्छ । साथै सरकारी विद्यालयका विषयगत शिक्षकलाई संगीतको उपुयक्त तालीम दिएर शिक्षण पद्धतिमा नै संगीत प्रवेश गराउने बनाउने प्रयत्न पनि गर्नुपर्ने देखिन्छ ।

शिक्षाले सांगीतिक चेत कसरी बढाउने ?
संगीतका विषयगत शिक्षकलाई त सुर, ताल, भाका, लय, गति र गीतबारे जानकारी र ज्ञान हुने नै भयो । अरू विषय पढाइरहेका शिक्षकले समेत संगीतमा सक्तो ध्यान दिनु जरूरी हुन्छ । हामीले संगीत एक गहन चिन्तनको विषय पनि हो भनेर बुझनुपर्छ । संगीतबारे चिन्तन गर्नका निम्ति सुहाउँदो सुरिलो स्वर चाहिँदैन; चनाखो मस्तिष्क र संवेदनशील मन भए पुग्छ ।

फेरि संगीतको आनन्द लिनका निम्ति स्वर र वाद्यवादन क्षमता नै आर्जन गर्नुपर्छ भन्ने छैन । त्यसैले सबैभन्दा मुख्य काम त शिक्षकले आफ्नो परिवेशको लोक र परम्परागत संगीतबारे ध्यान दिनु आवश्यक हुन्छ । आफ्नो लोक र परम्परागत संगीत बुझनका निम्ति संगीतको शास्त्रीय ज्ञान हुनु पर्दैन । आफ्नो वा अरूको समाजमा प्रचलित गीत–संगीत सुन्ने, त्यसका शब्द केलाउने र लय गुनगुनाउने बानीले हामीभित्रको सांगीतिक र सांस्कृतिक चेतको ढोका बिस्तारै खुल्न शुरू हुन्छ ।

संगीत भनेको विशेषज्ञता प्राप्त गरेपछि मात्र अरूलाई बाँड्न सकिने विद्या पनि होइन । यो आफूले सिकेको पहिलो पाठबाटै अरूलाई पनि सिकाउन सकिने प्रयोगात्मक विद्या हो । त्यसैले भन्ने गरिन्छ— सिक्न र सिकाउनमा संकोच नगर्ने व्यक्तिले मात्र संगीतको अन्तरवस्तुमा छिटो प्रवेश गर्ने बाटो भेट्छ । संगीतको अन्तरवस्तुमा प्रवेश गर्न सिकेपछि यसले शिक्षण पद्धतिलाई पनि टेवा पु¥याउँछ । किनभने साधना गर्दै गएपछि त्यही संगीत एउटा आकर्षक साधनको रूपमा समेत उपस्थित हुन सक्छ । संगीतलाई साधन बनाउने क्षमता राख्ने शिक्षकको शिक्षण शैली सबैभन्दा प्रभावकारी र उपलब्धिमूलक हुन्छ ।

शिक्षणको साधनका रूपमा संगीत
संगीत कुनै कोरा प्राविधिक विषय मात्र होइन भन्ने मान्यता राख्नासाथ हामीलाई ठूलो मैदान प्राप्त हुन्छ । संगीतको त्यो ठूलो मैदानमा स्वर, ताल, भाकालाई मात्र होइन; भाषा, भाव, भूगोल, इतिहास, गणित, समाज शास्त्र, साहित्य आदि धेरै विषयलाई एकसाथ खेलाउन सकिन्छ । संगीतभित्र रहेको त्यही बहुआयामिक सम्भावनालाई अनुमान गरेर होला, ग्रिक गणितज्ञ तथा दार्शनिक पाइथागोरस (५७०–४९५ ई.पू.) ले “गुन्जिरहेको तारको गुञ्जन जहाँ हुन्छ, त्यहाँ ज्यामिति हुन्छ, त्यही परिधिको अन्तरालमा संगीत पनि हुन्छ” भनेका छन् । यो भनाइले संगीतको गणितीय पक्षलाई मात्र होइन, अरू विधासित पनि संगीतको आयामिक सम्बन्ध हुन्छ र गराउनुपर्छ भन्ने इशारा गर्छ । शिक्षण कला एउटा जटिल शिल्प हो । झ्न् संगीत शिक्षण त त्योभन्दा पनि जटिल शिल्पकला हो तर यो कला मान्छेबाटै निर्मित भएको हो । त्यसैले यो सिक्नै नसकिने सीप अवस्य होइन । प्रकृतिले हामीलाई बोल्ने स्वर दिएको छ भने रत्याएपछि जुनसुकै स्वर पनि संगीतका लागि योग्य बन्न सक्छ । त्यही स्वर हामीसित हरदम साथमा रहने एक मात्र जीवित वाद्ययन्त्र हो । हामीसित भएका दुई हातबाटै हामी तालको गतिमा थपडी मार्न सक्छौं । त्यसले हाम्रो तालबाजाको अभाव पूरा गर्न सक्छ ।

मेरा कतिपय शिक्षक साथीहरू छन् । तीमध्ये प्राथमिक तहमा अध्यापन गर्ने शिक्षक साथीहरूलाई म ‘कक्षामा आफ्नो विषय पढाउँदा संगीतको सक्तो सदुपयोग गर्नुस् न !’ भन्ने अनुरोध गर्छु । तर अधिकांश शिक्षक साथीहरू ‘आफूसित सांगीतिक क्षमता नै नभएको’ तर्क गर्दै पन्छिन खोज्छन् । मलाई तिनीहरूको यो तर्कने बानी त्यति सृजनात्मक लाग्दैन । कुनै पनि शिक्षक सबै विषयमा पूर्ण क्षमतावान् त हुनै सक्तैनन् । तर क्षमतावान् र सिपालु शिक्षक ती हुन्, जसले आफ्नो विधालाई सौन्दर्यले भरिपूर्ण पारेर सिकाउन सक्छन् । मेरा एक जना शिक्षक हुनुहुन्थ्यो— गिरिजाप्रसाद जोशी (नेवारी भाषाका महाकवि) । उहाँ जहिले पनि विद्यार्थीलाई आफ्नो विषयमा प्रवेश गराउनुभन्दा पहिले कि त गीत सुनाउनुहुन्थ्यो कि कविता वाचन गर्नुहुन्थ्यो । उहाँका ती सुरिला गीत र छन्दमय कविता तत्काल पढिने विषयसित सम्बन्धित नहुन पनि सक्थे । तर गिरिजा सरको त्यो शैलीले उहाँको कक्षामा हामी सतप्रतिशत विद्यार्थी उपस्थित हुने गथ्र्यौं । उपस्थित मात्र होइन, उहाँले पढाएको विषय ध्यानपूर्वक ग्रहण गर्ने प्रयत्न गथ्र्यौं र फेरि गिरिजा सरको कण्ठमा गुञ्जने सुरिला रचनाको प्रतीक्षा गर्यौं । कक्षामा गीत–संगीत प्रयोग गरेर आफ्ना विद्यार्थीलाई आफूतिर आकर्षित गरिरहने त्यो एउटा अद्भुत शैली थियो । त्यो अद्भुत शैलीकै कारण गिरिजा सर अहिले पनि मेरो सम्झ्नामा आउनुभएको हो भन्ठान्छु । सम्झ्ना मात्र होइन, गिरिजा सरको त्यही सांगीतिक र साहित्यिक शैलीले म यी विधातिर आकर्षित भएको हुँ । गीत, संगीतकै आधारमा विषय प्रवेश गर्ने शैलीको शिक्षण कला प्रभावकारी हुने रहेछ भन्ने मेरो आफ्नै भोगाइमा आधारित उदाहरण हो ।

यो शैली अपनाउँदा आफ्नो विषयलाई कुन गीतको छनोटले प्रभावकारी बनाउन सक्छ भन्नेमा चाहिँ ध्यान दिनुपर्छ । वर्तमान युगमा संगीतमा मेरो क्षमता नै छैन, स्वर नै छैन, ताल नै बुझिदनँ भनेर अलमलिनु पर्दैन । आफ्नो खल्तीमा भएको मोबाइल मात्रै पनि यो शैलीको अध्यापनका लागि पर्याप्त हुन सक्छ ।

यदि त्योभन्दा उम्दा कुनै ग्याजेट उपलब्ध हुने वातावरणको विद्यालयका शिक्षकहरूलाई त झ्न् सुनमा सुगन्ध भइहाल्यो । ग्याजेटको बटन थिच्यो । गीत, संगीत गुञ्जन्छ । आफू र विद्यार्थी पनि त्यही गुञ्जनमा सामेल भयो । ताली बजाउँदै गीत गायो । कक्षाको वातावरण र विषय प्रवेशको पृष्ठभूमि आकर्षक तरीकाले स्थापित हुन थाल्छ । यस प्रकारको कक्षाका निम्ति बालबालिकाबीच चलेका जुनकुनै गीत, संगीतलाई लिन सकिन्छ ।

यसरी गीतबाट कुनै कक्षा शुरू गर्दैमा त्यो कक्षा संगीतमै मात्र केन्द्रित भइरहनुपर्छ भन्ने होइन । गीतका केही हरफपछि नै शिक्षकले आफ्नै विषयमा प्रवेश गर्न सक्छन् । पढाउनुपर्ने विषयको प्रारम्भिक विन्दु गीतकै हरफमा उपस्थित भइसकेका हुन्छन् । ती शब्दसित जोडिएर आउने विषयका लहरा त अनगन्ती हुन्छन् । यस्तो बेला आफूले पढाइरहेको कक्षाको तह र स्तरमा भने ध्यान पु¥याहउनुपर्ने हुन्छ । त्यसो गरे विद्यार्थीहरूको तह अनुसार कुनै एउटै गीतलाई वा फरक गीतहरूलाई विभिन्न तरीकाले प्रयोग गर्न सकिन्छ । उदाहरणका निम्ति समूह विभाजन सहित केही चर्चित गीतहरू लिऊँ—
१)  म्याउँ म्याउँ बिरालो यतातिर आऊ
    मेरो नाना काटिदिने मुसा मारी खाऊ
    कराइको दुदू नखाऊ म भोकै हुन्छु
    धुरु धुरु रुन्छु लात्तले हान्छु

पहिलो समूह (खेलसमूह अथवा शिशुकक्षा)
यो समूहका बालबालिकामा ध्वनि सुनेर तुरुन्तै त्यसतर्फ आकर्षित हुने स्वभाव हुन्छ । गीत, संगीतले त झ्न् यिनीहरूको ध्यान तान्ने नै भयो । यो तहका बालबालिकालाई सीप सिकाउने शिक्षकले आवाजको नक्कल गर्न र स्वरको अभिनय गर्न संकोच मान्नु हुँदैन । यस समूह चलायमान दृश्यलाई पनि औधी रुचाउँछ । त्यसैले यो कक्षामा प्रवेश गर्ने शिक्षकको शारीरिक हाउभाउ पनि आकर्षक हुनु जरूरी हुन्छ । यो तहका अधिकांश बालबालिकाहरू ५ मिनेटभन्दा बढी एउटै विषयमा एकाग्र भइरहन चाँहदैनन् वा सक्तैनन् । केही अनुसन्धाताले गीत, संगीतको प्रयोग गर्दै पठनपाठन गर्ने तरीका अपनाउँदा बालबालिकाको एकाग्रतामा प्रगति हुने दाबी गरेका छन् । गीत गाउने क्रममा गरिने क्रियाकलापले बालबालिकाको मन कक्षाकोठाको चौघेरामै पनि खेल मैदानमा जत्तिकै रम्न सक्छ । कक्षामा गीत गाउन शुरू गर्नुभन्दा पहिले त्यस गीतको आकर्षक खण्ड कुन हो ? पत्ता लगाउनुपर्ने हुन्छ । सिधै सुगा रटाइको पारामा गीत मात्रै भट्याउने शैलीले कुनै पनि समूहका बालबालिकालाई एकाग्र राख्न सक्तैन ।

उदाहरणका लागि उल्लिखित गीतमा बिरालो र गीत गाउने ‘म’ दुइटा प्रत्यक्ष देखिने र नदेखिने (कुरा मात्र हुने) मुसा समेत तीनवटा पात्र छन् । यस्ता गीतलाई नाट्य रूपान्तरण गर्न सकिन्छ, जसले कक्षालाई रोचक बनाउँछ ।

बालबालिकामा चाख जागिसकेपछि गीतमा प्रयोग भएका शब्दमै आधारित हुँदै विषयगत ज्ञान जगाउने पाटोमा प्रवेश गर्न सकिन्छ । बिरालोबाट दूध, दूधबाट गाई हुँदै थप जानकारी बाँड्ने र मुसाबाट धान, धानबाट चामल, हुँदै शिशुहरूको शब्द भण्डार फराकिलो पार्न सकिन्छ । यो समूहका बालबालिकामा प्रश्नको महासागर नै उर्लेको हुन्छ । प्रश्नको भोक मेटाउनका लागि यो विधि निकै प्रभावकारी हुन्छ । यो शैलीमा थपडी बजाउने अभ्यासलाई खेलको रूपमा खेलाउँदै गीतलाई दोहो¥या भई तेहे¥याई प्रस्तुत गर्दा कक्षाको आकर्षणमा पनि निरन्तरता कायम रहन्छ ।
२) लेकका हामी केटाकेटी, कुहिरोभित्र स्कूल छ
    चौंरीलाई चराउँदै दिन बित्छ, पढ्नु र लेख्नु मुस्किल छ

दोस्रो समूह (कक्षा १ देखि ४ सम्म)
यस समूहका बालबालिकामा मनमा उठेका जिज्ञाशा आफ्नै पाराले समाधान गर्ने बानीको विकास हुँदै गरेको हुन्छ । गीत, संगीतमा पनि यिनीहरूको मौलिक रुचि मौलाउँदै गरेको हुन्छ । टिभीसामु यिनीहरूका चञ्चल आँखा र परिवारका सदस्यले चलाउने गरेका अत्याधुनिक ग्याजेटमा चुलबुले औंलाहरू चलिसकेका हुन्छन् । आफ्नो परिवेशमा रहेका हरेक खाले श्रव्यदृश्यबाट प्रत्यक्ष वा परोक्ष रूपमा प्रभावित हुने क्रमको तीव्रता यही उमेरमा हुन्छ । विषय छनोटको हिसाबले पनि यो समूह आफ्नो रुचिको प्राथमिक खुड्किलो उक्लँदै गरेको हुन्छ ।

त्यसैले यो समूहका बालबालिकालाई ठीक ढंगको दिशानिर्देशको आवश्यकता हुन्छ । संगीतको सुर आरम्भ गर्नका निम्ति पनि यो बेलालाई उपयुक्त ठानिन्छ । त्यसैले संगीतका आधारमा हुने कक्षालाई यस तहका विद्यार्थीले रमाइलो गरी स्वीकार्न सक्छन् । यो समूहको कक्षाका निम्ति गीत छान्दा उनीहरूको रुचिलाई समेट्ने र विषयलाई फैलाउने गीत छान्नुपर्ने हुन्छ । उल्लेखित गीतका शब्दमा भूगोल, विज्ञान, वातावरण र भाषा टड्कारै छुट्याउन सकिने गरी समावेश भएका छन् । यिनै शब्दका सहाराले अरू विषयमा पनि प्रवेश गर्ने बाटो भने पहिल्याउनुपर्ने हुन्छ ।
३) रातो र चन्द्र सूर्य जंगी निशान हाम्रो
    जिउँदो रगत सरी यो बल्दो यो शान हाम्रो

तेस्रो समूह (कक्षा ५ देखि ७ सम्म)
यो तहका विद्यार्थीहरूमा आफ्ना अघिल्ला कक्षाका अनुभव सँगाल्दै माथिल्लो तहसित निकट हुने स्वभाव विकास हुँदै गरेको हुन्छ । त्यसैले यिनीहरूले आफूभन्दा माथिल्लो कक्षामा हुने गरेका क्रियाकलापलाई अवलोकन गरिरहेका हुन्छन् । यिनको यो स्वभाव विद्यालयमा मात्र होइन, विद्यालयभन्दा बाहिर पनि देखिन थाल्छ । सञ्चार माध्यममा कसैले गितार बजाएको देखे त्यही बजाउन खोज्ने, गीत गाएको देखे गीतै गाउन खोज्ने स्वभाव यो उमेरबाटै आरम्भ भएको हुन्छ । शिक्षकले यिनीहरूको यो स्वभावलाई ठीक तरीकाले चिन्न सके यिनीहरू आफै आफूलाई मन पर्ने गीत संगीत गुनगुनाउन हिचकिचाउँदैनन् । यो अवस्थामा यिनीहरूसित गीत, संगीतका प्रकारका विषयमा पनि छलफल गर्न सकिन्छ । उल्लेखित गीतले राष्ट्रियतासित सम्बन्ध राख्ने हुनाले यो गीत गाउँदा विद्यार्थीसित मर्यादा र अनुशासनबारे कुराकानी चलाउन सकिन्छ ।
४)  फूलको आँखामा फूलै संसार
    काँडाको आँखामा काँडै संसार
    झ्ुल्किन्छ है छाया वस्तु अन्सार
    काँडाको आँखामा काँडै संसार

चौथो समूह (कक्षा ८ देखि १० सम्म)
यो समूहका बालबालिकामा बालजगत्का गीतले मात्र होइन, बाह्य जगत्मा प्रचलित गीत, संगीतले पनि प्रभाव जमाइसकेको हुन्छ । त्यसैले यो समूहका विद्यार्थीलाई गीत, संगीतका सार्थक र जीवनपरक विषयहरू खुलेर परिचित गराउनु उपयुक्त हुन्छ ।

जीवनमा जस्तै गीत, संगीतमा पनि असल र कमसल पक्ष हुन्छन् भन्ने कुराको चेतना मजबुत बनाउन यो उमेर उपयुक्त समय हो । यसो गर्दा शिक्षकलाई पनि गीतका शब्द र तिनको सार्थकतामा चिन्तनमनन र विश्लेषण गर्ने बानी पर्छ । विद्यार्थीले पनि राम्रा र असल गीतबारे सोच्न थाल्छन् । यसले उनीहरूमा आलोचनात्मक र विवेचनात्मक चिन्तनको विकास हुन्छ । यो उमेरका विद्यार्थीमा मनमा उठेका जिज्ञासाहरूको गहिराइ खोज्ने बानी पर्न थालेको हुन्छ । विद्यार्थीको त्यही खोज गर्ने बानीलाई संगीतका माध्यमबाट अगाडि बढाउन सकिन्छ । समकालीन अवस्थामा हाम्रो वरपर केकस्ता गीत प्रचलित भएका छन् ? रेडियो, टिभी र युट्युबमा कस्ता गीतले लोकप्रियता हासिल गरिरहेका छन् ? गीति साहित्यमा किन प्रेमले प्राथमिकता पाएको हुन्छ ? गीत, संगीतमा प्रयोग हुने प्रेम प्रसंग खासमा के हो ? अझ् प्रेम नै के हो ? प्रेम पनि किन स्वस्थ र अस्वस्थ हुन्छ ? यो उमेरको मनोविज्ञानले यस्ता विषयमा चासो राखिरहेको हुन्छ । त्यसैले ती विषयमा छलफल गर्दै कक्षा अगाडि बढाउँदा विद्यार्थी र शिक्षकको निकटा झ्न् प्रगाढ हुँदै जान्छ । शिक्षक र विद्यार्थीको प्रगाढताले विद्यार्थीहरूमा रहेको संकोच हटाउन मद्दत गर्छ ।

उल्लेखित गीतको विषयवस्तुमा जीवनपरक र दार्शनिक विषयलाई सरलतापूर्वक उठान गर्न सकिने सम्भावना छ । त्यसरी गायनमा प्रवेश गराउँदै कक्षा अघि बढाउँदा गहन विषयलाई पनि सरल तरीकाले बुझउन सकिन्छ ।

माथिका उदाहरणहरू वाद्यवादनका कुनै पनि साधन उपलब्ध नभएको अवस्थालाई सोचमा राखेर तयार गरिएका हुन् । यिनमा आधुनिक ग्याजेटहरू भने प्रयोग गर्न सकिन्छ । वाद्यवादनका साधन उपलब्ध भएका अवस्थामा यिनै उदाहरणका प्रस्तुति झ्नै प्रभावकारी बन्न सक्छन् ।

उल्लेखित समूहभन्दा माथिल्ला तहका कक्षामा पनि संगीतलाई सदुपयोग गर्दै विषय प्रवेश गर्न सकिन्छ । कतिपय विषयमा त संगीतलाई नै मुख्य आधार बनाएर अध्ययन अध्यापनलाई अगाडि बढाउन सकिन्छ । गीतका लोक र परम्परागत धुनमा प्रयोग भएका भाकामा मानव शास्त्र, समाज शास्त्र लगायतका धेरै विषयको अनुसन्धान गर्न सकिने गहिरा आधारहरू लुकेर रहेका हुन्छन् । यसरी माथिल्ला कक्षामा संगीतलाई चिन्तनको रूपमा प्रयोग गर्दै जाँदा कुनै कुनै अवस्थामा त शिक्षकसित भन्दा विद्यार्थीसित संगीतको धेरै व्यावहारिक र प्रयोगात्मक सीप भेटिन पनि सक्छ । त्यस्तो अवस्थामा विषयगत शिक्षकले आफ्नो शैक्षिक क्षमताको प्रदर्शन मात्र होइन, असल संयोजकको भूमिका समेत निर्वाह गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा सांगीतिक सीप भएका विद्यार्थीलाई प्रेरित गर्दै आफ्नो कक्षालाई झ्न् आकर्षक ढंगले अगाडि बढाउन सकिन्छ ।

गीत, संगीतमा प्रतिभा र प्रयत्न दुवैको बराबरी स्थान हुन्छ । प्रतिभा हुँदाहुँदै पनि सैद्धान्तिक ज्ञान र प्राविधिक सीपबिनाको संगीत खाली हलुका मनोरञ्जन र रमाइलोमा मात्र थन्कन पुग्छ । शिक्षण पेशा सम्मानित पेशा हो तर फेरि यो सधैं विद्यार्थी बनिरहने धैर्यमा टिकिरहनुपर्ने पेशा पनि हो । संगीतलाई आफ्नो अध्यापनसित जोड्न चाहने शिक्षकले विद्यार्थीले जस्तै दिनदिनै नयाँ ढंगका सांगीतिक गृहकार्यमा जुट्नुपर्ने पनि हुन सक्छ । त्यसका लागि उनले संगीतका विषयगत ज्ञाता र शिक्षक मित्रसित परामर्श गर्न सक्छन् । त्यस्तो जाँगर र ऊर्जा भएका शिक्षक नै शिक्षण कला र संगीत कलाको सेतु बन्न सक्छन् ।

नेपाली संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य–सचिव आभास बालबालिकाका लागि गीत–संगीत सृजनामा विशेष चासो राख्छन् । उनी नेपालयको पलेंटी सांगीतिक कार्यक्रमका संयोजक पनि हुन् ।

commercial commercial commercial commercial