संगीत : जीवनको आधार

संगीत जीविकाको पथ, पेशा वा प्रसाधन पनि हो । नेपालमा संगीत व्यवसायबाट बाँच्ने कलाकारहरू धेरै भइसकेका छन् । दक्ष र क्षमतावान् कलाकारका लागि विश्वको कुनै पनि भागमा पुग्न र कला प्रस्तुत गर्न अहिले कुनै सारोगाह्रो देखिँदैन । त्यसैले हिजोआज संगीत मनोरञ्जन वा आमोद–प्रमोदको विषयवस्तु मात्र नभई जीवनको अपरिहार्य आधार भइसकेको छ ।

आम मानिसले साधारणत: ‘संगीत’ भन्नाले ‘बाजा बजाउनु’ मात्रै हो भन्ने बुझ्ेका हुन्छन् । कसैले ‘गीत गाउनु’ र ‘बाजा बजाउनु’ पनि संगीत नै हो भन्ने ठान्छन् । कसै कसैले गायन, वादन र गीत–रचना तीनै कुरालाई संगीतको समूल बुझ्ेका हुन्छन् । कुनै स्थानमा ‘नाचगान’ छ भने ‘सांस्कृतिक कार्यक्रम छ’ भन्ने गरिन्छ । त्यहाँ ‘संगीत’ शब्द लोप हुन्छ र ‘संस्कृति’ ले ठाउँ लिन्छ ।

पूर्वीय संगीत शास्त्रमा गीत, बाजा र नाच तीनै कुरालाई संगीत अन्तर्गत राखिएको छ । प्राचीन कालमा गायन, वादन र नाचको प्रयोग सँगसँगै गरिने गरिएकाले उक्त तीनै कलाको प्रयोगलाई संगीत भानिएको हो । पश्चिमी राष्ट्रहरूमा भने गायन र वादनलाई मात्रै संगीत भनी नाचलाई पृथक् राखिएको छ ।

ललितकलालाई पाँच प्रकारमा विभाजन गरिएको छ— संगीतकला, चित्रकला, मूर्तिकला, नृत्यकला र वास्तुकला । यी पाँच भेदमध्ये संगीतकलालाई सर्वश्रेष्ठ ललितकला मानिएको छ । भनिन्छ, यसबाट मानसिक र आध्यात्मिक दुवै किसिमको आनन्द मिल्छ । संगीतका स्वरहरूको मीठो धुनलाई सुनेर हामी आनन्द लिन्छौं ।

संगीतकलाको उत्पत्ति भावहरूको कलात्मक अभिव्यक्तिस्वरूप पैदा हुने स्वर, लय र तालको माध्यमद्वारा हुन्छ । यस भनाइबाट पनि के स्पष्ट हुन्छ भने संगीतमा तीन प्रकारका तŒव पाइन्छन््— गीत, वादन र गायन । यिनीहरूको प्रत्यक्ष सम्बन्ध श्रवण संवेदनासँग रहेको हुन्छ । कलाकारको भावनालाई संगीतको माध्यमबाट व्यक्त गर्नु नै संगीतको मुख्य पथ र गुण हो । गायन विहीन संगीतलाई ‘गत’ भनिन्छ भने गीत–रचना, वादन र स्वर सहितको गायनलाई संगीत भनिन्छ । उल्लिखित सबै कुराको धेय भने भाव–भावना अभिव्यक्ति नै हो ।

पूर्वीय संगीतविज्ञहरूले संगीतको उत्पत्ति नादबाट हुने मानेका छन् । नाद भनेको संगीत उपयोगी सुमधुर ध्वनि हो । कुनै बाजा बजाउँदा वा गायकको गलाबाट निस्कने स्थिर, मधुर तथा सुन्न लायक ध्वनिलाई नाद भनिन्छ । सबै ध्वनि वा आवाज नाद हुँदैनन् । नाद दुई प्रकारका हुन्छन्— आहत र अनाहत । कुनै दुई वा सोभन्दा बढी वस्तुको सम्पर्क वा घातद्वारा उत्पन्न भएको ध्वनिलाई आहत नाद भनिन्छ भने विनाप्रयोजन स्वयं उत्पन्न हुने ध्वनिहरूलाई अनाहत नाद भनिन्छ । ‘अनाहत नाद संगीतका निम्ति उपयोगी हुँदैन’ भनिन्थ्यो । तथापि, एक्काइसौँ शताब्दीमा आइपुग्दा सबै खाले ध्वनिहरू संगीतमा प्रयुक्त हुन थालेका छन् । बढी मात्रामा पश्चिमाहरूले यस किसिमका प्रयोग गरेका छन् । नेपालमा पनि यस्ता प्रयोगले प्रवेश पाइसकेको देखिन्छ ।

संगीतको उत्पत्ति कसरी भयो भन्नेबारे धेरै कथा–मिथकहरू पाइन्छन् । प्राचीन कालमा संगीतलाई मोक्ष प्राप्त गर्ने साधन मानिन्थ्यो । त्यसलाई ‘मार्गी संगीत’ अर्थात् ‘गन्धर्ब संगीत’ भनिन्थ्यो । भनिन्छ, सबैभन्दा पहिला ब्रह्माजीले भरतलाई मार्गी संगीत सिकाएका थिए । यसरी नै भरतले गन्धर्बहरूलाई उक्त संगीत सिकाए । अर्को मिथक अनुसार ब्रह्माले सरस्वतीलाई, सरस्वतीले नारदलाई र नारदले भरतलाई संगीतको शिक्षा दिएका थिए । त्यसपछि भरतले अप्सरा, किन्नर र गन्धर्बहरूलाई संगीत सिकाएको किंवदन्ती ‘नाट्यशास्त्र’ मा वर्णन गरिएको पाइन्छ ।

तर पाश्चात्य विद्वान् फ्रायडको मतानुसार जसरी बालकले रुनु, हाँस्नु र कराउनु आदि क्रिया आवश्यकता अनुसार स्वयं सिक्छ, त्यसरी नै संगीतको प्रारम्भ मनोवैज्ञानिक आधारमा स्वयं हुन्छ । संगीतको उत्पत्तिका स्रोतबारे पनि धेरै थरीका मतहरू पाइन्छन् । कुनै विद्वान्ले हावालाई संगीतको उत्पत्तिको स्रोत मानेका छन् भने कसैले प्रकृतिबाट संगीत उत्पन्न भएको स्वीकारेका छन् । संगीतको स्रोत जेसुकै भए पनि प्रकृतिमा रहेका अनेकौँ मीठा ध्वनिहरूलाई विवेकशील मानिसले पत्ता लगाई प्रयोगमा ल्याएका हुन् । साथै संगीत सर्वप्राचीन कला पनि हो ।

संगीतमा स्वर–श्रुतिको महŒवपूर्ण भूमिका रहन्छ । श्रुति भनेको एकअर्कादेखि अलग तथा प्रष्ट रूपमा छुट्टिने ध्वनि हो । पूर्वीय संगीत सिद्धान्त अनुसार बाइसवटा श्रुति छन् । यिनै श्रुतिमध्ये छानिएका सातवटा श्रुतिलाई स्वर भनिन्छ । यी सातवटा स्वरलाई ‘सा, रे, ग, म, प, ध, नि’ भनी उच्चारण गरिन्छ । संगीत–दर्पण भन्ने पुस्तकमा यी सातवटा स्वरहरूको उत्पत्ति विभिन्न सात पशुपक्षीबाट भएको मानिएको छ ।

यस सम्बन्धमा विभिन्न विद्वान्का विभिन्न मत पनि पाइन्छन् । यिनै स्वरहरूलाई पाश्चात्य संगीत सिद्धान्त अनुसार ऋ, म्, भ्, ँ, न्, ब्, द्य भनिएको पाइन्छ । पाश्चात्य शास्त्रकारहरूले स्वर–ध्वनि अर्थात् आवाजलाई विभिन्न किसिमले वर्गीकरण गरेका छन् । त्यो मानिसको गला–गायनमा होस् या फुकेर बजाइने जस्तै : ओकारिना, ओबो, सेक्सोफोन, क्लार्नेट, विजन, फ्लुट, पिकुलो आदि बाजागाजामा होस्, त्यही वर्गीकरण लागू हुन्छ ।

पूर्वीय शास्त्रकारहरूले सानो वा ठूलो या माथिको स्वर वा तलको स्वर अथवा नारी स्वर वा पुरुष स्वरका रूपमा गला–आवाजलाई स्वर वर्गीकरण गरेका छन् । उता पाश्चात्यहरूले चाहिँ मानिसका स्वर, गला–गायनलाई पनि विभिन्न स्वर वर्गमा छुट्याएका छन् । जस्तै : सप्रानो ९क्यउचबलय०, मेज्जो–सप्रानो ९:भशशय(कयउचबलय०, कन्ट्राल्टो ९ऋयलतचबतिय०, टेनर ९त्भलयच०, ब्यारिटोन ९द्यबचष्तयलभ०, बेस ९द्यबकक०, मेलअल्टो ९:बभि बतिय० वा काउन्टर टेनर ९ऋयगलतभच(तभलयच०  आदि । सप्रानो सबभन्दा माथिको स्वर हो । त्यसमा पनि तीनवटा विभाजन गरिएको पाइन्छ— १. म्चबmबतष्अ कयउचबलय, २. ीथचष्अ कयउचबलय, ३. ऋययिचबतगचब कयउचबलय । उल्लिखित स्वर विभाजनहरू वयस्क ९एगदभचतथ० स्वर वर्गमा पर्छन् भने बालकालिकामा दुवै खाले स्वरहरू एकै प्रकारका हुने गर्छन् ।

हिजोआज संगीतको स्वरलिपि विकसित भइसकेको छ । विश्वमा चार प्रकारका स्वरलिपि प्रतिपादन भएका छन्— १. स्टाफ नोटेसन, २. चिभ नोटेसन, ३. सोल्फा नोटेसन र ४. न्युमस नोटेसन पद्धति । यसले गर्दा कुनै पनि धुनको रचना गर्न, बजाउन र गीत गाउन सजिलो भएको छ । यसलाई पूर्वीय आधारमा ‘सा, रे, ग, म, प, ध, नि’ को माध्यमबाट लेखिन्छ भने पाश्चात्य स्वरलिपि चाहिँ स्टाफ नोटेसनको माध्यमबाट लेख्ने गरिन्छ । स्वरलिपिद्वारा ठीक लय वा गतिले कुनै पनि संगीत प्रस्तुत गर्न सकिन्छ । संगीत स्वरलिपिबिना कुनै पनि देशको क्रियात्मक संगीतको स्वरूप थाहा पाउन सकिँदैन ।

संसारमा अहिले लगभग तीन प्रकारका संगीत प्रचलित छन्— शास्त्रीय संगीत, आधुनिक संगीत र लोक संगीत । शास्त्रीय संगीत भनेको स्वरहरूको निश्चित विधि अनुसार राग–रागिनी गाउनु वा बजाउनु हो । आधुनिक संगीतलाई शास्त्रीय संगीतभन्दा सरल र सुगम मानिन्छ र यसलाई भाव संगीत पनि भनिन्छ । यसमा गीत, वादन र गायनको प्रमुखता हुन्छ । लोक संगीतचाहिँ लोकले निर्माण वा विकास गरेको संगीत हो । जो कुनै पनि भेग र भूगोल अनुसारको हुने गर्छ । नेपालमा शास्त्रीय संगीतभन्दा आधुनिक र लोक संगीततर्फ नै बढी आकर्षण देखिन्छ ।

संगीतमा ‘मूच्र्छना’ को विषय र प्रयोग सघन रूपमा आउने गर्छ । ‘मूच्र्छना’ शब्द ‘मूर्छ’ धातुबाट बनेको छ । जसको अर्थ चम्कनु, बढ्नु हुन्छ । तर साङ्गीतिक शब्दार्थमा मूच्र्छनालाई आरोह–अवरोहका रूपमा मात्रै लिइन्छ । प्राचीन संगीत शास्त्रकारहरूले स्वरलिपि वा नोटेसनको प्रतिपादन गरेपछि र स्वरको स्थान निश्चित गरेपछि मूच्र्छनाको रचना गरिएको हो । त्यसर्थ सांगीतिक भाषामा ‘सातै स्वर क्रमश: आरोह–अवरोह ९ब्कअभलमष्लन(म्भकअभलमष्लन० गर्ने प्रक्रियालाई नै मूच्र्छना भनिन्छ ।

संगीत अत्यन्त विविधतायुक्त  अन्तर्राष्ट्रिय कला हो । भाषा नबुझ्े पनि श्रोताले संगीत सुनेर आनन्द लिन सक्छन् । यसले गर्दा संगीत सबैको साझ सम्पत्ति पनि हो । साझ सम्पत्ति हुँदाहुँदै संगीतले राष्ट्रिय पहिचानको कार्य पनि नदेखिँदो ढंगले गर्छ । हरेक सभ्य राष्ट्रका आआफ्ना राष्ट्रिय गान हुन्छन् र त्यो धुन सुनेरै ‘देश कुन हो’ भनी छुट्याउन सकिन्छ । अझ् भन्ने हो भने लोक संगीतले त विश्वको कुनै पनि मुलुकको कुनै पनि जातिको प्रतिनिधित्व गरेको हुन्छ ।  

संगीत जीविकाको पथ, पेशा वा प्रसाधन पनि हो । नेपालमा मात्र नभएर संसारभरि नै अहिले संगीतले जीवन यापनका निम्ति महŒवपूर्ण भूमिका खेलेको पाइन्छ । हाल नेपालमा संगीत व्यवसायबाट बाँच्ने कलाकारहरू धेरै भइसकेका छन् । दक्ष र क्षमतावान कलाकारका लागि विश्वको कुनै पनि भागमा पुग्न र कला प्रस्तुत गर्न अहिले कुनै सारोगाह्रो देखिँदैन । त्यसैले हिजोआज संगीत मनोरञ्जन वा आमोद–प्रमोदको विषयवस्तु मात्र नभई जीवनको अपरिहार्य आधार भइसकेको छ ।

नेपाली गीत–संगीतको इतिहासका अन्वेषक र लेखक बुलु मुकारुङ गीतकार र संगीतकार पनि हुन् ।

commercial commercial commercial commercial