नेपालीले बिर्सिनु नहुने एउटा नाम ऋद्धिबहादुर मल्ल

“सुब्बा ऋद्धिबहादुर मल्ल नेपाली भाषा र साहित्य क्षेत्रमा जति ओझ्ेलमा पार्न खोजे पनि झ्न् झ्न् चहकिलो हुने तारा हुन्...” इत्यादि भनेर इन्द्र मालीले २०५४ सालमा (‘उत्रयन’­ २५) सह्राए पनि अहिले धेरै जना त्यस्तै साहित्यिक महारथी जस्तै उनी पनि ओझ्ेलैमा छन् । दुःख लाग्छ ती ‘सुब्बासाहेब’ समेत यसरी गुमनाम भएकामा । बिर्सिनु नहुने नाम हो ऋद्धिबहादुर नेपालीहरूले । वि.सं. १९५५ सालमा जन्मेदेखि २०२५ सालमा देहत्याग गरुञ्जेल उनले नेपाली भाषा र साहित्यको सेवा गरिरहे ।

उनको नेपाली भाषाप्रेम बेजोड थियो । उनको परिवारै त्यस्तै थियो । उनका बाबु पनि कवि थिए । वीरबहादुर (वि.सं. १९०४—­६०) ले १९४० सालतिरै श्रीमद्भागवत्को एकादश स्कन्धको श्लोकबद्ध अनुवाद गरेर प्रकाशित गरेका थिए । अरू निर्गुण भजनहरूका किताप पनि छापिएका छन् । मल्लका पिता मात्र होइन, पुत्रहरू पनि एक से एक कवि र लेखक बने—

गोविन्दबहादुर मल्ल ‘गोठाले’ र विजय मल्ल । त्यसबाहेक ऋद्धिबहादुरको परिवार नै नेपाली भाषाको सेवामा संलग्न थियो ।

उनका तीन पुस्ताले चलायो उनीहरूको पारिवारिक व्यवसायको जोरगणेश प्रेस करीब ६० वर्ष । त्यसबीच त्यो छापाखनाले नेपाली भाषाका झ्ण्डै एक हजारजति किताप छाप्यो होला । ‘शारदा’ मासिक पत्रिकाका सयौं अंकहरू पनि सबै जोरगणेश प्रेसमै छापिएर निस्किएका हुन् । ऋद्धिबहादुर मल्ल तथा उनका सन्तान सबैले भाषासेवालाई महŒव दिए, पैसालाई होइन ।

तर, व्यापार भनेको भित्रै कुरा हो । भाषासेवा गर्दै व्यापार गर्छु भनेर हुँदो रहेनछ । ठूलो भएर बालाजु औद्योगिक क्षेत्रतिर सरेको जोरगणेश प्रेसले पनि ती दुवैलाई सँगै थेग्न सकेन र धराशायी भयो । धन्न, ‘सुब्बासाहेब’ ले आफ्नो सबभन्दा मनपरेको वस्तुको अवसान हेर्नु परेन ! त्यो अर्कै कुरा हो ।

सुब्बा ऋद्धिबहादुरले कविता लेखे कि लेखेनन् थाहा भएन, किनभने उनका नाममा काव्य, कविताका कुनै किताप देखिएका छैनन् । तर गद्याख्यानका ६ ओटा मोटा मोटा ग्रन्थ प्रकाशित छन् उनका— एउटा मौलिक, ५ ओटा अनूदित । हुन त कुनै पनि लेखकको विद्वत्ताको मापन लेखोटको पृष्ठ गनेर गरिँदैन तर खुलदुली नै लागेर मपुपु­मा रहेका उनका उपन्यासका पृष्ठसंख्या गनिहेर्दा २५०० पृष्ठ पुगे ! कति लेख्न सकेको जस्तो लाग्छ ! धेरै लेखेको मात्र होइन, राम्रो पनि लेख्थे ऋद्धिबहादुर । अनुवाद पनि रसिलो पारेर गर्थे । अंग्रेजी, हिन्दी र बङ्गालीबाट सोझ्ै अनुवाद गर्थे उनी । र तिनका चलेका आख्यानका पुस्तकहरू अनुवाद गरेका छन् उनले । त्यसैले लोकप्रिय थिए उनका पुस्तक । ‘शारदा’ पत्रिकाका प्रकाशक भएका नाताले उनी नेपालीहरूका श्रद्धाका पात्र र पितातुल्य, प्यारा पनि थिए ।

‘शारदा’ को प्रकाशनको कथा पनि रोचक छ । उनैका शब्दमा पढौं :

“त्यस बखतमा मेरा सहपाठी मित्र सरदार रुद्रराज पाण्डे त्रिचन्द्र कालेजका प्रिन्सिपल थिए । एक दिन कुरै कुरामा मैले कलकत्ताको हेयर स्कूल जस्तोमा पनि मासिकपत्र निस्कन्छ भने तपाईंको कालेजबाट पनि एउटा मासिक पत्रिका निस्कन सके त असलै हुनेछ । मेरो प्रेस छ, त्यसैमा छापी प्रकाशित गर्ने काम हुनेछ । लेखहरू शिक्षक छात्रहरूबाट लिएर संकलन गरुंला भत्रे कुरा चलाएं । त्यस बखत समितिको उपसमिति बैठकमा उहाँले प्रस्ताव राख्नुभएछ । पुस्तक लेखिन त अपराध जत्तिकै ठहरिने ठाउँमा मासिक पत्रिका प्रकाशित गर्ने साहस दुःसाहस नै थियो । २÷३ ओटा उपसमिति गैसक्यो कुनै पनि मेम्बरले पास गरेनन् । आखिर एक दिन सरदारलाई मृगेन्द्र शम्शेरसित टुँडिखेलबाट चोबाहारसम्म पैदलै जाने मौका परेछ । त्यसै हिंडाइमा एउटा मासिक पत्र चाहिन्छ, यो जमानामा ज्यादा मुट्ठी कसेर बस्नु ठीक परोइन भत्रे राणाहरूकै असलको निमित्त कुरा चलाउनु भएछ र बल्ल हुन्छ त समितिको मिटिङमा राख्नू भत्रे यचमभच दिएछन् । उहाँले मलाई भत्रुभयो मैले दर्खास्त दिएँ र मे.ज. मृगेन्द्रको चाकरीमा जान्थें; भेट गरें र मासिक पत्रिका निकाल्ने कुरा चलाएँ । उनले त्रैमासिक निकाल्नु कसो होला भन्ने कुरा गरे, मैले मासिकै भए मात्रै निकाल्ने इच्छा छ भनें । समितिको मिटिङको श्री ३ जुद्धकाहाँ जाहेर हुँदा दैनिक निकाल्छ भने पनि निकाल्न दिनू भत्रे हुकुम भएछ र मैले ‘शारदउ’ नाउ राखी मासिक पत्र निकाल्ने निश्चय गरें । १९९१ सालको माघे संक्रान्तिदेखि ‘शारदा’ मासिक पत्र निस्कन थाल्यो ।”

सुब्बा ऋद्धिबहादुलाई आफ्नो आत्मकथा लेख्ने इच्छा थियो कि थिएन कुत्रि तर डायरीका रूपमा उनले अलि अलि लेखिराखेका रहेछन् । त्यो अच्युतरमण अधिकारीले पाएर ल्याई ‘उत्रयन’ को ‘ऋद्धिबहादुर मल्ल विशेषाङ्क’ मा छापेका छन् । त्यसैबाट माथिको उद्धरण यहाँ साभार गरिएको हो । हुन पनि, ‘उत्रयन’ पत्रिकाले २०५४ सालमा त्यो विशेषाङ्क ननिकालिदिएको भए ती महान् व्यक्तिका बारेमा धेरै कुरा विलुप्त भएर जाने थिए । ५१९ पेजी त्यो विशेषाङ्क विशेष नै छ ! मपुपु­मा त त्यसलाई पुस्तकै मानेर दर्ता गरी १५६५७ नंबर चढाई राखिएको छ । त्यस पुस्तकमा ७० जना नेपाली विद्वान्हरूले ‘सुब्बासाहेब’ बारे लेखेका छन् । धेरै महŒवपूर्ण कुरा प्रकाशमा आएका छन् ती लेख÷रचना र संस्मरणहरूमा । नेपालको शिक्षा र नेपाली साहित्यका बारेमा जात्रबुझन खोज्नेहरूका लागि त त्यहाँ खजाना नै छ ।

commercial commercial commercial commercial