विद्यालयको सिकाइ उपलव्धि वृद्धिमा स्रोतव्यक्तिको भूमिका

शिक्षकहरूको नजरमा जिशिकाको कर्मचारी र जिशिकाको नजरमा शिक्षकको रूपमा हेर्ने दृष्टिकोणले गर्दा स्रोतव्यक्तिहरूलाई स्रोतकेन्द्रगत समूह विद्यालयहरूको अपेक्षित सिकाइ उपलब्धि वृद्धि गर्ने एक गम्भीर चुनौती बनेको छ ।

नेपालका एक हजार ५३ स्रोतकेन्द्रमा कार्यरत स्रोतव्यक्तिहरूको सन्दर्भमा वर्तमान शिक्षा ऐन, नियमावलीमा केही उल्लेख छैन । गत साल शिक्षा विभागले स्रोतव्यक्ति समाज, नेपाल र शिक्षासँग सम्बन्धित विनि, उपसचिव, जिशिअ एवं बुद्धिजीवी तथा सरोकारवाला सबैको राय सुझवका आधारमा स्रोतव्यक्ति कार्यविवरण (टीओआर) तयार गरी त्यसका आधारमा करार सम्झैता भयो । सोको प्रभाव मूल्याङ्कन एवं समीक्षा नगर्दै यस आर्थिक वर्षको प्रारम्भ (साउन महीना) मा स्रोतव्यक्ति व्यवस्थापन निर्देशिका संशोधन गर्ने र पाँच वर्ष सेवा अवधि पुगेका सबै स्रोतव्यक्तिलाई अनिवार्य जिल्लान्तर सरुवा क्षेत्रीय शिक्षा निर्देशनालयले गर्ने परिपत्र शिक्षा विभागले जारी ग¥यो । त्यसैको पृष्ठभूमिमा स्रोतव्यक्ति समाज, नेपालले क्षेशिनि, शिक्षा विभाग, शिक्षा मन्त्रालय र संविधानसभा व्यवस्थापिका संसद्लाई समेत ध्यानाकर्षण गरिसकेको छ । सरुवाका लागि आवश्यक थप तथ्याङ्क विवरणहरू क्षेशिनिले संकलन गरिसकेको छ । हाल कार्यविधि तयार गरी सरुवालाई व्यवस्थित र मर्यादित बनाउन सम्बन्धित निकाय क्रियाशील रहेको छ ।

प्रत्येक आर्थिक वर्षको अन्त्यसँगै स्रोतव्यक्तिको म्याद समाप्त हुने र म्याद थप नहुने वा फिर्ता हुने जस्ता सालिन्दाको चर्चा परिचर्चाले स्रोतकेन्द्रमा कार्यरत स्रोतव्यक्तिको मनोबल गिर्दो देखिन्छ । तथापि स्रोतव्यक्तिले स्रोतकेन्द्र समूह विद्यालयहरूको सिकाइ उपलब्धि वृद्धि गर्नु÷गराउनुपर्ने हुन्छ । उसको परम कर्तव्य र जिम्मेवारी नै समूह विद्यालयहरूको शैक्षिक गुणस्तर वृद्धि गर्नु÷गराउनु हो । शिक्षकहरूको नजरमा जिशिकाको कर्मचारी र जिशिकाको नजरमा शिक्षकको रूपमा हेर्ने दृष्टिकोणले गर्दा स्रोतव्यक्तिहरूलाई स्रोतकेन्द्रगत समूह विद्यालयहरूको अपेक्षित सिकाइ उपलब्धि वृद्धि गर्ने एक गम्भीर चुनौती बनेको छ । तर प्रत्येक चुनौती र समस्यालाई स्रोतव्यक्तिले अवसर र सम्भावनाको रूपमा प्रतिकूलता भित्रैबाट अनुकूलता खोज्नुपर्ने हुन्छ ।

स्रोतकेन्द्र समूह विद्यालयहरूको सिकाइ उपलब्धि वृद्धिमा स्रोतव्यक्तिको नेतृत्वदायी भूमिका रहन्छ । स्रोतव्यक्तिले सबै समूह विद्यालयका प्रअहरूसँग विश्वास लिन र दिन सक्नुपर्दछ । यसका साथसाथै स्रोतव्यक्तिले समूह विद्यालयका प्रअहरूलाई हरपल हरदम पे्ररित र प्रोत्साहित गर्न सक्नुपर्दछ । जसले विद्यालयको सिकाइ उपलब्धि वृद्धिमा महŒवपूर्ण भूमिका खेल्दछ । यसका अतिरिक्त स्रोतकेन्द्र समूह विद्यालयहरूको सिकाइ उपलब्धि वृद्धि गर्न स्रोतव्यक्तिले तपसिल अनुसारको २७ वटा भूमिका निर्वाह गर्नु जरूरी देखिन्छ ।
१.    प्रअ र शिक्षकहरूलाई प्रेरित र प्रोत्साहित गर्ने ।
२.    उत्कृष्ट प्रअ र शिक्षकहरूलाई वर्षेनि पुरस्कृत गर्ने ।
३.    उत्कृष्ट विद्यालयलाई वर्षेनि पुरस्कृत गर्ने ।
४.    विद्यालयलाई वार्षिक कार्ययोजना निर्माणमा सहजीकरण गर्ने ।
५.    शिक्षकहरूलाई वार्षिक शैक्षणिक योजना निर्माणमा सहजीकरण गर्ने ।
६.    शिक्षण सुधार योजना र सिकाइ सुधार योजना ९त्क्ष्ए र ीक्ष्ए० निर्माण र कार्यान्वयनमा सहजीकरण गर्ने ।
७.    विद्यालय अभिलेख (सिउ÷प्रगति विवरण) व्यवस्थापनमा सहजीकरण गर्ने ।
८.    स्रोतकेन्द्रगत पञ्चवर्षीय सिउ वृद्धि योजनाका आधारमा वार्षिक योजना र कार्यक्रम तर्जुमा र कार्यान्वयनमा सहजीकरण गर्ने ।
९.    विद्यालय निरीक्षण एवं कक्षा अवलोकन फारम निर्माण, वितरण र प्रयोग गर्ने ।
१०.    विद्यालयले वर्षेनि गर्ने कार्यहरूको विवरण फारम निर्माण र वितरण गर्ने ।
११.    स्रोतकेन्द्र व्यवस्थापन समितिलाई चलायमान र जिम्मेवार बनाउने ।
१२.    पाठनोट सहितको शिक्षणमा सहजीकरण गर्ने ।
१३.    प्रअ, शिक्षक, विव्यस र विनिको संयुक्त बैठकको प्रबन्ध मिलाउने ।
१४.    पाठ्यक्रम अनुरुप विषय, पाठ्यभार, घण्टीको सुनिश्चितता गर्ने ।
१५.    घुम्ती प्रअ बैठक र प्रअहरूद्वारा समूहगत कक्षा अवलोकन र विद्यालय निरीक्षणको व्यवस्था गर्ने ।
१६.    स्रोतव्यक्ति, प्रअ, विव्यसको संयुक्त टोलीद्वारा समूहगत कक्षा अवलोकन गर्ने ।
१७.    स्रोतव्यक्ति, रोस्टर शिक्षक तथा उदाहरणीय शिक्षकद्वारा नमूना कक्षा प्रदर्शन गर्ने÷गराउने ।
१८.    स्रोतकेन्द्रभित्र रहेका नमूना विद्यालयहरूको प्रअ र शिक्षकहरूद्वारा अवलोकन निरीक्षणको प्रबन्ध मिलाउने ।
१९.    प्रअ, शिक्षक, विद्यार्थी र विव्यस एवं शिअ संघ बीच संयुक्त अन्तरक्रिया गर्ने÷गराउने ।
२०.    प्रअहरूलाई साप्ताहिक एवं पाक्षिक फोन मार्फत पे्ररित एवं प्रोत्साहित गर्ने ।
२१.    शैक्षिक सामग्री संकलन, निर्माण र प्रयोगमा सहजीकरण गर्ने ।
२२.    विषय शिक्षकहरूको अर्धवार्षिक बैठक, अन्तरक्रिया गर्ने ।
२३.    शिक्षण सुधार योजना र सिकाइ सुधार योजना ९त्क्ष्ए र ीक्ष्ए० को अर्धवार्षिक समीक्षा गर्ने÷गराउने ।
२४.    शिक्षक विद्यार्थीका लागि स्थानीय खाजा अनिवार्य गर्ने÷गराउने ।
२५.    स्रोतकेन्द्र स्तरीय कक्षा ३ र ५ को सिकाइ उपलब्धि मापन परीक्षा सञ्चालन, नतीजा प्रकाशन र विश्लेषण गर्ने ।
२६.    विद्यालयगत, तहगत, कक्षागत, विषयगत र शिक्षकगत सिकाइ उपलब्धि प्रदर्शन र प्रकाशन गर्ने ।
२७.    विद्यालयले गरेका राम्रा अभ्यासहरूको प्रअ बैठकमा प्रस्तुत, छलफल एवं प्रकाशन गर्ने ।

लेखकः जिशिका धनकुटा (आव २०७०÷७१) का उत्कृृष्ट स्रोतव्यक्ति हुन्

commercial commercial commercial commercial