रूपमती ले पछ्याएका रुद्रराज

रुद्रराज पाण्डेय (१९५७­–२०४३) भत्रे नाम कुनै बेला नेपाली साहित्यिक तथा शैक्षिक जगतमा छाएको थियो भत्रे कुरो ऐले धेरैले बिर्सिसके । तर बिर्सन नहुने व्यक्तित्व हुन् रुद्रराज पाण्डेय साहित्यिक हिसाबले र शैक्षिक नाताले पनि । शिक्षा क्षेत्रमा दरबार हाईस्कूलका पहिलो नेपाली हेडमास्टर भएका व्यक्ति हुन् रुद्रराज । त्यहाँबाट उठ्दै गई त्रिचन्द्र कलेजका प्रिन्सिपल, शिक्षा सचिव, शिक्षा आयोगका अध्यक्ष अनि पछि त्रिभुवन विश्वविद्यालयका उपकुलपतिसम्म भएर अवकाश लिने महापुरुष हुन् उनी ।

तर आज यस स्तम्भमा उनी शिक्षाविद् भएर होइन नेपालीका पहिला आधुनिक उपन्यासकार भएर झुल्किंदै छन् । उपन्यास मात्र होइन रुद्रराजले अनेक विधा पस्केका छन् नेपाली भाषामा । त्यसैको सानो लेखाजोखा गर्नेछौं आज हामी ।

१९९१ सालमा ‘रूपमती’ उपन्यास प्रकाशित भएपछि त्यसले करीब तीन दशक जति नेपाली बुद्धिजीवीहरूका मानसपटमा एकछत्र राज गर्‍यो । त्यसकी नायिका रूपमती बालकृष्ण शमशेरकी इन्दिराभन्दा पनि बढ्ता आदर्श नारी हुनपुगेकी थिइन् नेपालीहरूका लागि । हुन त रुद्रराजले ‘रूपमती’ पछि अरू ६ ओटा उपन्यास लेखे तर लोकप्रियतामा रूपमती लाई कुनैले उछित्र सकेनन् । सबै गरेर रुद्रराज पाण्डेयका १७ ओटा पुस्तक छन् मपुपु–मा । सात उपन्यासका, चार कथाका, तीन नाटकका, दुई इतिहासका र एउटा धार्मिक । तर साहित्यिक वृत्तमा रुद्रराज भनेपछि पर्यायवाची जस्तो भएर ‘रूपमती’ नै अगाडि सर्छ ! यो रुद्रराजमाथि अन्याय हो नेपाली साहित्यप्रेमीहरूले गरेको । किनभने, उनका पछिपछिका उपन्यासहरू अझ् राम्रा, अझ् परिपक्व छन् । आफ्नो ‘प्रायश्चित्त’ का बारेमा त त्यसको भूमिकामा स्वयम् रुद्रराजले भनेका छन्, “लेखकले पाठकको अगाडि पहिले पनि दुइटा उपन्यास उपस्थित गरेको हो । तीमध्ये ‘रूपमती’ ले गार्हस्थ्य जीवनको फोटो खिचेको हो, त्यसलाई सुहाउँदो भाषा र शैलीमा पनि विशेष ध्यान दिइएको हो । दोस्रो उपन्यास ‘चप्पाकाजी’ गुण्डा समाजको दिग्दर्शन गराएको हो । यसमा सकभर उनीहरूको बोलचालको समावेश पनि भएको जस्तो लाग्छ । यी दुइटाले साहित्यप्रेमीहरूलाई घचघच्याउन र कुत्कुत्याउन कोशिश गर्नु पनि लेखकको एउटा मुख्य अभिप्राय हो । यस पुस्तक (‘प्रायश्चित्त’) मा वास्तविकतामा ज्यादा ध्यान दिइएको छ । त्यसैले शैलीमा पनि केही अदलबदल गर्न करै लाग्यो । आजको गद्यशैलीमा देखिएको परिवर्तनले लेखकलाई जरूर अलिकता सन्तोष भएको छ । शैली सरल र सुगम हुनैपर्छ । भाव गहिर्‍याउनमा शब्दले बाधा दिंदैन । आशा छ अघिका उपन्यासमा परेको दयादृष्टि यसमा पनि पर्ला ।”

तर ‘रूपमती’ ले पाए जस्तो प्रेम न ‘प्रायश्चित्त’ले पायो न ‘प्रेम’ (२००५) ले नै पाउन सक्यो । अझ्, पछि अझ् पाको भैसकेका ‘सरदारबाजे’ ले राणाकालको अन्त्य र प्रजातन्त्रोदयको तानाबाना बुनेर लेखेको ‘हेरफेर’ (२०४९) झ्नै आधुनिक छ, राम्रो छ सबै परिबन्द पुगेको । तर त्यो पनि गुमनामै बस्यो, चर्चामै चढेन ! रुद्रराजका उपन्यासलाई छाडेर उनका अरू विधाको चर्चा गर्दा उनका कथाका कितापलाई पहिले अघि सार्नुपर्छ । यसै पनि, ‘सुन्दरी’ मा युवक रुद्रराजले लेखेका श्रृङ्गारी कवितालाई नगत्रे हो भने उनको पहिलो प्रकाशित पुस्तक सन् १९३३ मा बनारसमा छापिएको कथा विधाकै थियो ‘नीतिकथा समुच्चय’ । ‘इसप्स फेबल्स’ का कथाहरूलाई आफ्नै पाराले नेपालीकरण गरी त्यसमा सानासाना केही नेपाली दन्त्यकथा समेत जडेर तयार पारिएको थियो यो किताप । अर्को, भारतीय इतिहासका विभित्र ९ ओटा घटनालाई कथाको रूप दिई तयार पारिएको ‘नवरत्न’ कथासंग्रह रुद्रराजले १९९३ सालमा प्रकाशित गराएका हुन् । इलाहावादबाट इतिहास विषयमा एमए पास गरेका थिए उनले ।

अतः दुई भाग भएको ‘भारतवर्षको इतिहास’ उनले त्यतैबाट प्रकाशित गराएका थिए १९९३ र १९९४ सालमा । दुई वर्षपछि उनको ‘इङ्गल्याण्डको इतिहास’ ने.भा.प्र. समितिले नै प्रकाशित गरिदिएको थियो ।

रुद्रराजका पुस्तक प्रकाशनको क्रम २०२२ सालसम्म चलेको देखिन्छ तर उनको कलम भने त्यसभन्दा अघि नै थन्किसकेको थियो कि भत्रे भान हुन्छ । किनभने सात सालको क्रान्तिका अगुवा (नेता) हरूमा त्यसपछि आएको विकृतिले देश अधोगतितिर गैरहेको देख्यो उनको (इतिहासविद्का) आँखाले । देशमा चलेको भ्रष्टाचार, अनाचार, धनलोलुपता, पदलोलुपताहरू सबै देखेर उनी भग्नहृदय भएको बुझ्न्छि । उनको मृत्युपरान्त प्रकाशित उपन्यास ‘हेरफेर’ को अन्तिम, सत्ताइसौं परिच्छेदमा एउटा वाक्य छ— “देश सेवाभन्दा स्वार्थपूर्तितिर धेरैको झुकाव भयो । गुटबन्दी हुन थाल्यो । त्यस बखतमा ती नवयुवकहरू, जसले सुवर्ण–प्रभात देखेका थिए, त्यसै अलमलिए र रल्लिए ।” त्यसरी ‘रल्लिएका’ रुद्रराजले पनि साहित्य संस्कृति र राजनीतिबाट मुख घुमाएर आध्यात्मिक बाटो समातेको बुझ्न्छि । त्यसपछि त उनको घर भजनकीर्तन–गृह जस्तो पो भएको थियो भन्छन् जात्रेहरू । किनभने साधु–सन्त र स्वामीजीहरूका सात्रिध्यमै रस लिनथाले रुद्रराज । उनलाई सांसारिक साहित्यमा रस लाग्नै छाड्यो ।

रुद्रराजको अवसानपछि खडा भएको रुद्रराज–साहित्य सेवा समितिले २०५०/१ सालमा प्रकाशित उनको ‘साधु–सन्त परिचय’ ले यस कुराको पुष्टि गर्दछ । २०३० सालतिर रुद्रराजले आफूले सङ्गत गरेका र श्रद्धा गरेका ५४ जना साधु र सन्तहरूका बारेमा अन्तरङ्ग कुराहरू लेखेर राखेका रहेछन् । उनको मृत्युपछि ती कागजपत्र जम्मा गरेर उनका परिवारले त्यसको प्रकाशन गराए दुई भागमा । त्यसबाट शुरूको सानो उद्धरण गरेर यो चर्चा टुङ्ग्याऊँः

“यस परमपावन श्री पशुपतिनाथको दिव्यधाम काठमाडौं महानगरीमा भगवत्नामको अमोघ धुन जगाई रोमरोममा गोपाल गोपालको ध्वनि गुञ्जायमान गरी नाम निष्ठामा सबल प्रेरणा प्रदान गर्ने प्रातःस्मरणीय १००८ पूज्य गोपालबाबाको पूर्व जीवनी उल्लेख गरी सन्तस्मरणको श्रीगणेशायनमः गरी सन्त दर्शनको यस सन्तस्मरणलाई शुभारम्भ गर्दछु ।”

commercial commercial commercial commercial