किताब बोक्ने हातमा बच्चा !

१७ वर्षकी शर्मिला दनुवारको अनुहारमा उमेर सुहाउँदो कान्ति छैन । साँवलो वर्णकी शर्मिला राम्री छन् तर कलेंटी परेका ओठ, काखको दुई वर्षकी छोरी र नीलो फूलबुट्टे कुर्ता सुरुवालभित्रबाट देखिएको महीना पुग्न लागेको पेटले उनलाई टिठलाग्दो देखाएको छ ।

दोस्रो बच्चा जन्मिने मिति नजिकिंदै छ, उनी शिर झुकाउँदै भन्छिन्, “पछुतो लाग्छ नि ! पछुतो लागेर के गर्नु र पढाइ छुटिहाल्यो । अब त कसरी पढ्नु र ?” सिन्धुपाञ्चोक, मेलम्ची स्वारा गाउँकी शर्मिला सानैदेखि घर र घर बाहिरका सबै काम गरेर हुर्केकी थिइन् । अरू काम गरे पनि शर्मिलालाई स्कूल जान भने साह्रै अल्छी लाग्थ्यो । आफैं नपढेका आमाबाबुले उनलाई स्कूल पठाउने कोशिश कहिल्यै गरेनन् । गाउँका उनकै उमेरका साथीहरू स्कूल जान्थे । उनको चाहिं बाल्यकाल स्कूलको अनुहारै नहेरी बित्यो । उनले तीन वर्षअघि आफ्नै उमेरको गाउँकै केटासँग भागेर विवाह गरिन् ।

अध्ययनहरूले देखाएका छन्; परिवार नियोजनका बारेमा स्कूल नगएका व्यक्तिहरूका तुलनामा गएकालाई बढी थाहा हुन्छ । परिवार नियोजनका अस्थायी साधनहरूको प्रयोगका बारेमा पनि अलिकति पढेकैलाई बढी थाहा हुन्छ । अध्ययनहरूको यो निष्कर्ष शर्मिलाको जीवनमा चरितार्थ भयो । बिहे गरिन् तर इच्छा र आवश्यकता अनुसार मात्र गर्भवती हुन सकिन्छ भत्रे ज्ञान न उनलाई भयो; न परिवारका कसैले त्यसबारेमा केही बताए । उनी १८ वर्षकी नहुँदै दुई सन्तानकी आमा बत्रे भइन् । नपढ्नुका दुष्परिणाम धेरै छन् ।

शर्मिलाका श्रीमान् श्रीमती दुवैले पढेका छैनन् त्यसैले दुवै बेरोजगार छन् । उनका श्रीमान् इन्द्रावती नदीमा माछा मारेर दिन बिताउँछन् । शर्मिलालाई बिहे गर्ने वैधानिक उमेरै नपुगी दुई­ बच्चाकी आमा बत्रुको जति पछुतो छ त्योभन्दा ठूलो पछुतो स्कूल जान नपाएकोमा लाग्छ । शिर निहुर्‍याउँदै उनी भन्दै थिइन्, “उहिले पढ्न गा’को भए अहिले बिहे हुँदैनथ्यो होला बच्चा पनि हुँदैनथ्यो होला । म पनि जागीरे हुन्थें होला, ऐले त्यही सम्झेर धेरै दुःख लाग्छ ।” मेलम्ची माझगाउँका दनुवार वस्तीका अधिकांश छोरीहरू स्कूल जान पाउँदैनन् ।

माझगाउँकै १८ वर्षीया सम्झना दनुवारले पनि १५ वर्षमै भागेर विवाह गरिन् । अहिले उनको काखमा दुई वर्षकी छोरी छ । ४ कक्षासम्म पढेर स्कूल छोड्नुपरेको उनको कथा अलि फरक छ । उनी माइती गाउँ पाँचखालको आँपघारी स्कूलमा पढ्थिन् । परिवारको आर्थिक अवस्था कमजोर थियो । बल्लतल्ल बुबाले स्कूल भर्ना गराइदिएका थिए । खान–लाउन धौ–धौ हुने दनुवार परिवारमा जन्मेकै कारण हरेक साल सम्झना ६ महीना भक्तपुरको सल्लाघारी र जगातीको इँटा भट्टामा काम गर्न जानुुपथ्र्यो । सम्झ्नाका ९ देखि १५ वर्षसम्मका हरेक बाल्यकाल इँटा भट्टा र घर धाउँदै बिते । घर फर्केका बेला उनी स्कूल जान्थिन् । स्कूलमा सरहरूले अब भर्ना गर्न मिल्दैन भनेर गाली गर्थे, तर उनीसित त्यसो गर्नु बाहेक अर्को उपाय थिएन ।

त्यस्तैमा सम्झनाले फ्याट्टै स्कूल छोडिन् । दशैंताका उनी घर फर्किन् । चिनेकै केटा साथीले बिहेको प्रस्ताव गरे । इँटा भट्टामा काम गर्नुभन्दा बिहे गर्‍यो भने आनन्द हुन्छ भनेर भोलिपल्टै बिहे गरिन् । अहिले उनका श्रीमान् घर बनाउने ज्यामी काम गर्छन् । उनी खेतीपाती गर्छिन् । बिहे गरेपछि इँटाभट्टामा काम त गर्नुपरेको छैन तर पढ्न नपाएकोमा भने उनलाई अझै पनि दुःख लाग्छ । पढेर सानै भए पनि जागीर खान सकेको भए आफैं कमाउन सक्थें भत्रे लाग्छ । सम्झ्नाको खासै ठूलो सपना छैन । भन्छिन्, “म ज्यामी काम गरेरै भए नि मेरी छोरीलाई पढाउँछु । छोरीलाई पाइलट बनाउँछु । इँटाभट्टामा प्लेन उडेको देख्थें । रमाइलो लाग्थ्यो । अब मेरी छोरीले पढ्न पाए प्लेन पनि उडाउँछे कि जस्तो लाग्छ । अब जसरी भए नि छोरीलाई पढाउने हो ।”  

यस भेकमा यस्ता कथा धेरै छन् । १९ वर्षीया सरस्वती दनुवारको बिहे १५ वर्षकै उमेरमा भयो । त्यतिबेला उनी मेलम्चीकै पञ्चकन्या स्कूलको ७ कक्षामा राम्रैसित पढ्दै थिइन् । तर घरको व्यवहार पनि उनले हेर्नुपथ्र्यो । सरस्वती सम्झ्न्छिन्, “हामी दनुवार वस्तीका गरीब छोरीहरू इँटा भट्टामा काम गर्नका लागि महीनौं घर छोडेर कुद्नुपथ्र्यो । महीना दिनपछि घर फर्केर स्कूल जान्थें । स्कूलमा हुने खानेका छोराछोरीहरू ‘खान नपाका दनुवारेहरू’ भनेर गिज्याउँथे । तिनीहरूको हेपाइले चित्त दुख्थ्यो । मैले स्कूल छोडें । स्कूल छोडेर बिहे गरे । तर सुख भएन । खान–लाउनकै समस्या छ ।”

उनका श्रीमान् अहिले मलेशियामा छन् तर नपढेका कारण त्यहाँ पनि अप्ठ्यारै छ । पढ्नेले काम पाउँछन् नपढ्नेले दुःख मात्रै पाउँछन् । सम्झ्नाले जीवनबाट सिकेको पाठ यही हो । सम्झनाका तीन दिदीबहिनी छन् । ऐले कान्छी बहिनीलाई आफैंले पढाउँदै छिन् ।

सम्झनाको काखमा पनि चार वर्षको छोरो छ । उनी छोरोलाई डाक्टर बनाउन चाहन्छिन् । ७ कक्षासम्म पढेर छोड्नु परेकोमा उनलाई पछुतो छ । तर उनको आत्मविश्वास बलियो छ । भन्छिन्, “तीन वर्ष थप पढेको भए एसएलसी मात्रै भए नि पास हुन्थें होला । अब श्रीमान् फर्केपछि फेरि पढ्छु अनि एसएलसी पास गर्छु ।”

१८ वर्षीया सुनिता दनुवारको पनि दुई वर्षअघि बिहे भयो । काखमा दुई वर्षको बच्चा छ । सानैमा दाइले उनलाई काठमाडौं ल्याए । महाराजगंजको सनमुन बोर्डिङ इङ्गलिस स्कूलमा भर्ना गराइदिएका थिए । घरेलु श्रमिक भएर काम गरिन् । काम गर्दै पढ्न मन लागेन । दशैंमा घर गएपछि उनी काठमाडौं फर्किनन्; बरु बिहे गरिन् । उनका श्रीमान् मेलम्ची भएर काठमाडौं चल्ने ट्रकमा खलासी छन् । काखको छोरो तारन्तार बिरामी परिरहन्छ । औषधि कित्र खर्च जुटाउन समस्या हुन्छ ।

अरूको घरमा काम गरेर पढ्न गाह्रो हुन्थ्यो; त्यसैले उनले नपढ्ने निर्णय लिइन् । बुबाआमा फेरि अर्कै घरमा काम लगाइदिने विचार गर्दै थिए । त्यसैले उनी ट्रकको खलासीसँग भागिन् । ऐले उनले बल्ल भेउ पाइन् । भन्छिन्, “मेरै बिहे गर्ने उमेर भा’रैन रै’छ भत्रे लाग्छ । दुःखजिलो गरेर पढ्या भए ठूलै मान्छे बन्थें होला ! सनमुनमै पढ्ने साथीहरू कहाँ कहाँ पुुगे होला जस्तो लाग्छ । अब मेरो बच्चा पनि पछि डाक्टर बनोस् ।” सुनिताको त्यति एउटा सपना छ ।

१९ वर्षीया मुना दनुवारको पनि चार वर्षअघि बिहे भयो । काखमा दुई वर्षको बच्चा छ । गाउँकै तिपेनी इन्द्रेश्वर स्कूलमा ७ कक्षामा पढ्दापढ्दै भागेर बिहे गरिन् । श्रीमान् बजारमा भारी बोक्ने काम गर्छन् । घरमा खान–लाउन त गाह्रो छैन । तर नपढेकोले दुःख लाग्छ उनलाई । श्रीमान्लाई तिपेनी गाउँमै भेटेकी थिइन् । माइतीमा खेती काम धेरै गर्नुपथ्र्यो । असार–साउनमा धेरै काम हुन्थ्यो । चाँडै बिहे गरे सुख पाइन्छ भनेर सानैमा बिहे गरिन् । पढिरहेको भए अहिले कलेज पढिरहेकी हुन्थें होला । गाउँको स्वास्थ्य स्वयंसेविका दिदीलाई देखेपछि उनलाई आफूले पढेको भए त्यस्तै समाजसेवाको काम गरिरा’को हुन्थे होला भत्रे लाग्छ ।

१७ वर्षीया संगति दनुवारको बिहे उनले नमान्दा नमान्दै नै १४ वर्षकै उमेरमा बाबाआमाले नै गरिदिएका हुन् । अहिले उनको काखमा ६ महीनाको बच्चा छ । माइतीमा धेरै दाजुुभाइ, दिदिबहिनी थिए । घरमा खान–लाउन समस्या थियो । त्यसैले छिट्टै बिहे गरेर पठाउँथे । उनका श्रीमान् ज्यामी काम गरेर दिनको रु.५०० कमाउँछन् । अहिले उनी गाउँकै प्रौढ शिक्षामा अक्षर सिक्न थालेकी छन् ।

मेलम्ची माझगाउँका दनुवार वस्तीका अधिकांश छोरीहरूको अवस्था यस्तै छ । स्थानीय समाजसेवी गंगाबहादुर दनुवारका अनुसार यहाँका ५१ घरधुुरीमध्ये दुुई घरधुरीमा मात्र साक्षर छन् । बाँकी सबै निरक्षर र अनपढ छन् । गंगाबहादुरले भारत गएर पढे । कम्तीमा उनी शिक्षित छन् । २०४० सालमा भारतबाट फर्केपछि उनले गाउँमा प्रौढ शिक्षा चलाए । तर कोही पनि पढ्न आएनन् । उनी अझै गाउँमा पढ्नु पढ्छ भनेर सम्झाउँछन् । उनी भन्छन्, “पहिले भन्दा शिक्षामा दनुुवार समाजको पहुँच बढेको छ तर यो पर्याप्त छैन ।” जहाँ जहाँ उनी छोरीलाई पढाउनुपर्छ है भत्र पुुग्छन् दनुवारहरू भन्छन्, ‘पढी–लेखी के काम, हलो जोती खायो माम !’ गंगाबहादुर भन्छन्, “दनुवार वस्तीमा अझै पनि पढाइ भन्दा ज्याला प्रथामा काम गरेर खानु गर्व ठान्छन्, त्यसैले शिक्षाको प्रकाश माझ्गाउँमा ओझेलमा परेको छ ।”

मेलम्ची माझगाउँ दनुवार वस्तीका अधिकांश बालबालिका नजिकैको इन्द्रेश्वरी उच्च माविमा पढ्न जान्छन् । इन्द्रेश्वरीका प्रधानाध्यापक राधाकृष्ण श्रेष्ठ भन्छन्, “मेलम्चीमै दनुवार बालबालिकाको स्कूल जाने संख्या न्यून छ । गएको शैक्षिक वर्ष २०७०/७१ को रेकर्ड हेर्ने हो भने इन्द्रेश्वर उच्च माविमा कक्षा १ देखि १० सम्म दनुवार विद्यार्थीको संख्या ७४ मात्र छ । त्यसमध्ये झ्ण्डै आधा छात्राहरू छन् । जति कक्षा बढ्दै गयो उति छात्राहरूको संख्या घट्छ । विगतमा दनुवार समुदायबाट मुश्किलले एक जना छात्रा एसएलसी परीक्षामा सामेल हुन्थे भने तीन वर्षयता वर्षेनि कम्तीमा तीन जना छात्राले एसएलसी दिन थालेका छन् ।” सीमान्तकृत दनुवार विद्यार्थीहरूका लागि सरकारले छात्रवृत्तिको पनि व्यवस्था गरेको छ । तर पनि उल्लेखनीय रूपमा दनुवार केटीहरू स्कूल आउन सकिरहेका छैनन् ।

commercial commercial commercial commercial