स्वस्थानी फूल, स्वस्थानीय फूल र स्थानीय फूल

बाल्यावस्थाका सम्झनाहरूमध्ये माघ महीनामा मकलभरि आगो तापेर स्वस्थानी ब्रतकथा सुनेपछि प्रसादीको रूपमा पाइने झुरमुरे बदाम रगुलियो ‘गुलिमरी’ हलवाई रोटी मीठोसँग बल्झेर आउँछ । स्वस्थानी ब्रतकथाको किताबलाई अक्षता, टीका र फूलले पूजा गर्दा भीमसेनपाती नै मुख्य रूपमा चढाइन्थ्यो । त्यसबेला, काठमाडौंको जाडोमा अरू फूल विरलै पाइने हुनाले भीमसेनपातीमा नै चित्त बुझाउने अवस्था थियो ।

आजभोलि काठमाडौंका धेरैजसो बगैंचामा माघ महीनामा पनि एउटा नौलो फूल शोभायमान देखिन्छ ।गाढा पहेंलोमा राता पनि र रराम्रो पनि । सजिलै जताततै पाइने हुनाले सोही फूल स्वस्थानी पूजाको सामग्रीमा पर्न थालेको छ । र, उक्त फूल काठमाडौंमा ‘स्वस्थानी फूल’ को नामले स्थापित हुँदै गएको छ । तर यथार्थमा त्यो फूल नेपालको स्थानीय या स्व–स्थानीय फूल नभई सात समुद्रपारिका देश— ब्राजिल, अर्जेन्टिना र पाराग्वे आदिको रैथाने फूल हो ।

२०३० सालभन्दा पहिले त्यो फूल राणा–दरबार र केही उच्च ओहोदाका घर–बगैंचामा मात्र सीमित थियो । आजभोलि प्रायः सबै बगैंचामा लहलहाउँदो छ । यसको लहराले बार्दली, पर्खाल, प्रवेशद्वार, घरका भित्ता सबैतिर छोप्न थालेको छ । पुस, माघको जाडोमा पनि पहेंलो आगोको लप्का जस्तै चहकिलो रंगमा यसका फूल ढकमक्क देखिन्छन् । यस लहराको उत्कृष्ट छटा फागुन चैततिर छरपस्ट हुने गरेको छ । अंग्रेजीमा यो लहरालाई ‘फ्लेम भाइन’ ९ँबिmभ खष्लभ० अर्थात् ‘लहरे ज्वाला’ भनिन्छ भने वैज्ञानिक जगतले यसको नाम ‘पाइरोस्टेजिया भेनुस्टा’ ९एथचयकतभनष्ब खभलगकतब० कायम गरेको छ । काठमाडौंका काँठतिर यो फूलले ‘खुर्सानी फूल’ नाम पाएको छ । पूरा नफक्रिएको अवस्थामा यसका फूल दुई– तीन इञ्च लामो, सानो रातो खुर्सानी जस्ता देखिन्छन् ।

यो फूलको पातमा स्प्रिङ्ग जस्तो घुमाउरो, धागो जस्ता त्यान्द्रा विकसित हुन्छन् । तिनले लहरालाई पर्खाल वा अन्य बोटबिरुवा माथि चढ्न मद्दत गर्द छन् । ती त्यान्द्राकै कारण यो फूलले चढ्न नसक्ने कुनै वस्तु हुँदैन । पर्खाल, बार्दली, भित्ता, बिजुली र केवलका तारलगायत अरू बोटबिरुवालाई पनि यसले ढपक्कै छोपिदिन्छ ।

त्यसै भएर यसले, ‘अतिक्रमणकारी’ बिरुवाको नाम पनि कमाएको छ । वैशाख लागेपछि यो फूल प्रायः झ्रिसक्छ तर लहरा हरियो नै भएर घर–बगैंचाको हरियालीलाई बढावा दिइरहेको हुन्छ । स्वस्थानी (आफ्नै ठाउँको) फूल भन्ने नाम कमाए तापनि यो हराम्रो अतिथि वा आयातित, ‘एक्जोटिक’ ९भ्हयतष्अ० वनस्पति हो, यहाँको होइन । यसको फैलावटले साँच्चैका स्थानीय या रैथाने बोट–वनस्पतिको अस्तित्व संकटमा पार्छ । तसर्थ, यसको फैलावटप्रति सतर्क र सावधान हुनु जरूरी छ ।

पुष्पधनमा नेपाल आफैं सम्पन्न छ । जैविक विविधताको दृष्टिले ५,५०० भन्दा बढी प्रजातिका फूल फूल्ने वनस्पति हराम्रो वैभवमा विद्यमान छन् । तीमध्ये ३२४ प्रजातिका वनस्पति नेपाली भूगोलको सीमा बाहिर पाइँदैनन् भनेर दाबी गर्न सक्ने अवस्था छ । यस्ता वनस्पतिलाई ‘इण्डेमिक प्लान्ट’ ९भ्लमझष्अ उबिलत० भनिन्छ । साँचो अर्थमा ती चाहिं स्वस्थानीय फूल ठहर्छन् ।


नेपालका ३२४ प्रजातिका स्वस्थानीय फूल फुल्ने बिरुवाको सँगालोमा वर्तमान नेपालको ३ नम्बर प्रदेश भित्र मात्र सीमित बिरुवा पनि छन् । तीमध्ये घोडेजात्राको समयमा काठमाडौंका नेवार समुदायको ‘पाँहाँचरे’ चाड मनाउँदा देवदेवीका खट सिंगार्न प्रयोग हुने पाँहाँचरे स्वाँको प्रसंग रोचक हुन्छ । २०२०–२५ सालतिर काठमाडौंको बजारमा बेच्न ल्याउने दाउराको भारीसँगै स्याउलाको ढडेस ९ऋगकजष्यल० का रूपमा आउने सो फूलको महत्व अझ्सम्म पनि ओझाेलमा परेको छ । काठमाडौंको काँठमा विशेष गरेर शिवपुरी, नागार्जुन, फुल्चोकी डाँडातिर चैतभरि फुल्ने यो सुनौलो फूललाई चैतेफूल भन्ने चलन छ । स्थानीय तामाङहरू यसलाई ‘अरेली’ भन्दछन् । वैज्ञानिक नामकरण अनुसार ‘हाइपेरिकम कोर्डिफोलियम’ ९ज्थउभचष्अगm अयचमषयष्गिm० संज्ञा प्राप्त यो वनस्पति, अंग्रेजीको प्रचलित नाम अनुसार ‘सेन्ट जोन्स् वर्ट’ ९क्त। व्यजलुक धयचत० को समूहमा पर्न आउँछ ।

अमेरिका तथा यूरोपतिर सेन्ट जोन्स् वर्ट एउटा प्रख्यात जडीबुटी पनि हो । मान सिक रोग; विशेष गरेर नैरास्य (डिप्रेसन) पीडित बिरामीलाई यसको सेवन गराउने चलन छ । हराम्रो चैतेफूलकोगुण–दोषबारे अध्ययन–अनुसन्धानको ढोका अझै खुलेको छैन । यस फूललाई बगैंचामा फुलाउनुपर्छ भन्ने कुरा भने फ्लोरिकल्चर एसोसिएसन नेपालले आफ्नो प्रकाशन (२०७४ साल) मा उल्लेख गरेको पाइएको छ । उसो त हराम्रो यो स्वस्थानीय फूलले दार्जीलिङ तथा दक्षिण भारतका केही बगैंचामा यसअघि नै
प्रवेश पाइसकेको छ । चैतेफूल हराम्रो बगैंचामा पनि छिट्टै फुल्न थालोस् र पाँहाँचरे चाडमा सबैले आफ्नै बगैंचाको फूल भद्रकाली देवीमा चढाउन पाऊन् भन्ने कामना गर्द छु ।

नेपालका स्थानीय अर्थात् ‘इन्डिजिनस’ ९क्ष्लमष्नभलयगक० वनस्पतिका प्रजातिहरू पश्चिममा मध्यपूर्वको भूमध्यसागर देखि पूर्वमा चीन, जापान, म्यानमार, कोरिया, मलेशिया अनि दक्षिणमा भारत र श्रीलंकासम्म फैलिएका छन् । उहाहरण दिनु पर्दा हराम्रो राष्ट्रिय फूल लालीगुराँस अफगानिस्तान, भारत, भुटान र श्रीलंकाको पनि स्थानीय फूल हो ।

त्यसलाई राष्ट्रिय फूलको प गरी हामीलेगुतायौं । यस्तै गरेर नेपाल, भारत, भुटान, म्यानमार र श्रीलंका मात्र हैन अष्ट्रेलियासम्म पनि घरबास जमाएको सुनाखरीको एउटा प्रजातिलाई नेपालीहरूले सिरहा जिल्लाको सलहेश वनमा नयाँ वर्षको दिन स्वागत गर्छन् । स्थानीय जनविश्वासले स्थापना गरेका कथा र कथनलाई आधार मान्दा यो सुनाखरीले परापूर्वका एक राजा सलहेश तथा उनकी प्रेमिका मालिनको प्रेमगाथालाई उजागर गर्द छ । हारम वृक्षको काँधमा बुईं चढेर हजारौं फूल एकै पल्ट लटरम्म फक्रिएर झुलेको दृश्यको वर्णन साक्षात देख्नेले मात्र गर्न सक्लान् । म स्वयंले त्यो सौभाग्य पाएको छैन । तर, प्रत्येक वर्ष लाखौं मानिस त्यस फूलका दर्शनार्थी बनेर सहलेश वनमा ओइरिने गरेका समाचार सुन्न–पढ्न पाइन्छ ।

उक्त फूल १ वैशाखमा मात्रै फुल्छ भन्ने भ्रम पालेर बस्ने केही व्यक्ति पनि नहोलान् भन्न सकिंदैन । हाम्रा संस्कार र संस्कृतिले स्थापित गरेका यस्ता कथा,गाथा वा व्यथालाई वैज्ञानिक जगतसँग आत्मसात् गर्ने र गराउने सिलसिला बसाउन सक्यौं भने विद्यार्थी भाइबहिनीको चेतनामा विश्वास र अन्धविश्वासको खाडल पुर्न सकिन्छ । सुनाखरीको यो प्रजाति अरू प्रजातिका सुनाखरी झै हप्तौं र महीनौंसम्म फुलेर बस्दैन । मात्र एक–दुई हप्तामा सबै फूल झ्रिसक्छ । तसर्थ, १ वैशाखको शुभ मुहूर्त छोप्न मानिसहरू व्याकुल हुनु स्वाभाविक वास्तविकता हो ।

सलहेश वनमा फुल्ने सुनाखरीलाई वैज्ञानिक शब्दावलीमा ‘डेन्ड्रोवियम एफाइलम’ ९म्भलमचयदष्गm बउजथििगm० भनिन्छ । यो अरू सुनाखरी जस्तो पहेंलो फुल्दैन । यसका फूल हल्का वैजनी वा प्याजी रंगमा शोभायमान हुन्छन् । कुनै कुनै बिरुवा फिकागुलाबी रंगका फूलमा पनि अवतरित हुन्छन् । यस बिरुवाको एउटा विशेषता— फूल फुल्दा बिरुवामा कुनै पात नपलाउनु हो । सम्पूर्ण बिरुवा फूलै फूलले ढाकिएको हुन्छ । पछि पात पलाइसक्दा फूल सबै झ्रिसकेको हुन्छ । यो सुनाखरीको फूल मगमग वासनाले भरिएको हुन्छ । यही सुगन्ध र सौन्दर्यका कारण वनस्पति उद्यानहरूमा यसले प्राथमिकता पाएको हुन्छ । अरू सुनाखरी भन्दा हुर्काउन सजिलो भएको ले पनि यसले आफ्नै बजार सुनिश्चित गरेको छ । नेपालमा यो वनस्पति सलहेश वनकै शोभाको रूपमा प्रख्यात छ । यो बिरुवा पूर्वी र मध्य तराई क्षेत्रमा १०० देखि १६०० मिटरको औले भागमा पाइन्छ । पश्चिमी नेपालमा यसलाई भेट्टाइएको छैन । तसर्थ नेपालको वर्तमान प्रदेश–२ को प्रान्तीय पुष्पको रूपमा यो सुनाखरीलाई अगाडि सार्न सकिन्छ ।

हाम्रा वन, पाखा र चौरमा मात्र हैन बारी, बगैंचा र घरमा पनि थुपै्र प्रकारका थरी–थरी फूलहरू फुल्छन् र फुलाउँछौं । हराम्रो भौगोलिक परिवेश भन्दा बाहिरबाट आएका वा ल्याइएका आयातित अतिथि ९भ्हयतष्अ० वनस्पति पनि हामी वरिपरि फुल्दछन् । हराम्रो आफ्नै देश वा प्रदेश भन्दा बाहिर नपाइने स्वस्थानीय ९भ्लमझष्अ० वनस्पति पनि हाम्रै छेउमा होलान् । नेपालको प्रकृतिमा हुर्केका स्थानीय ९क्ष्लमष्नभलयगक० वनस्पति त हुने नै भए । यस अवस्थामा हाम्रा विद्यार्थी भाइबहिनीलाई स्थानीय सरोकारका फूल, वनस्पतिबारे ज्ञान प्रदान गर्नाले आफ्नो पैतालाको संसार बुझन सजिलो हुन्छ ।

चैत जाँदो वैशाख लाग्दो अवस्थामा हामी स्वस्थानी फूललाई बिदा दिन्छौं । चैतेफूललाई पनि अर्को वर्ष फुल्न आऊ भन्छौं । सलहेश वनको सुनाखरीमा फुल्ने प्रेमभाव सबै पाठकमा बाँड्न सकौं !

नयाँ वर्ष २०७५ को शुभकामना

commercial commercial commercial commercial