सफल सिकाइमा प्रभाव पार्ने तत्व

हरेक अभिभावकको सपना हुन्छ— आफ्नो छोराछोरी राम्रो पढोस्, ज्ञानी बनोस् आफूले चाहेको जस्तो बनोस् र सफल बनोस् । कतिपय अभिभावकका यस्ता सपना पूरा पनि हुन्छन् र कतिपय सपनाहरू अधुरै रहन्छन् । एउटा बालक सफल वा असफल हुनमा कसैको चाहना वा इच्छाले मात्र पुग्दैन, यसमा थुप्रै तत्वको भूमिका हुन्छ । त्यसकारण यस्ता तत्वहरूको पहिचान गरी नकारात्मक तत्वको निराकरण र सकारात्मक वातावरणको निर्माण गर्नु सफलता र सिकाइ उपलब्धिप्रति चासो राख्ने हरेक अभिभावक, शिक्षक तथा अन्य सरोकारवालाको दायित्व हुन आउँछ ।

मानिसले जन्मेदेखि मृत्युपर्यन्त केही न केही सिकिरहेको हुन्छ । जीवन निर्वाहकै लागि पनि सिकाइ अनिवार्य हुन्छ । सिकाइका रूप र प्रक्रिया भने फरक फरक हुन सक्छन् ।

शिक्षा र सिकाइको क्षेत्रमा थुप्रै अध्ययन, अनुसन्धान र प्रयोगहरू भएका छन् । यहाँ प्रभावकारी सिकाइ र सफलताका केही आधारभूत तत्वका बारेमा छोटकरीमा उल्लेख गरिन्छः

१. जन्म पूर्वः हरेक बालक जन्मनु अगाडि आमाको गर्भमा नौ महीना रहन्छ । बालक शारीरिक र मानसिक दुवै रूपबाट स्वस्थ हुनु पहिलो शर्त हो । तर यस्ता कुरा जन्मने बालकको नियन्त्रण भन्दा बिल्कुलै बाहिर पर्छन् । वंशाणुगत गुणले पनि मानिसको स्वभाव, गुण र रुचिमा महŒवपूर्ण भूमिका खेल्दछ । त्यसबाहेक बालक गर्भमा छँदा आमाले देखेका, हेरेका सुनेका खाएका विचार र अनुभवहरूले पनि गर्भको शिशुलाई प्रभाव पार्दछन् । अझ्; भोजन, रोग र तनाव, चिन्ता औषधि वा कुलतको त गर्भको भु्रणमा सोझ्ै असर पर्दछ । यसर्थ स्वस्थ बच्चा चाहने हरेक पति पत्नी या आमाबाबुले यस्ता कुरामा ध्यान पु¥याउनु पर्दछ— किनकि स्वस्थ शरीर र स्वस्थ मस्तिष्क सफल सिकाइको लागि पहिलो र अनिवार्य शर्त हो ।

२. पोषण र सिकाइः सामान्यतः मानिसको जीवनमा सबैभन्दा पहिलो आवश्यकता भोजन नै हो । मानिसको सबैभन्दा बढी श्रम शक्ति र समय पनि भोजन प्राप्ति र प्रयोगमा नै बित्ने गर्दछ । शरीर र मस्तिष्कले ठीक ठीक ढंगबाट काम गर्न उमेर, लिंग पेशा र शारीरिक अवस्था अनुसारको भोजन जरूरी पर्दछ । कतिपय पौष्टिक पदार्थ न्यून या आवश्यकता भन्दा बढी हुँदा बालकको सिकाइमा ध्यान केन्द्रित गर्ने, सम्झ्ने र निर्णय गर्ने क्षमता कमजोर बन्दछ । ‘विद्यार्थी कमजोर भयो, पढाइमा ध्यान नै छैन, पढेको केही आउँदैन’ भनेर कुटपीट र गाली गर्नु समस्याको समाधान होइन । बरु यसको कारण सूक्ष्म तहमा खोजी गरी निराकरण गर्नु नै बुद्घिमानी हो । विद्यार्थीलाई ‘गोबर गणेश’ भनेर गाली गर्दैमा समस्या समाधान हुने होइन ।

३. निद्राः सिकाइ एउटा जटिल र सूक्ष्म मनोवैज्ञानिक प्रक्रिया हो । सिकाइको लागि शरीर र मन दुवैको संलग्नता जरूरी पर्दछ । शारीरिक काम जस्तै मानसिक कामबाट पनि थकाइ लाग्ने गर्दछ । मानसिक काम मात्र गर्ने व्यक्तिले नियमित शारीरिक व्यायाम गर्नु जरूरी पर्दछ । आफ्नो लक्ष्यमा सफल बन्न चाहने हरेक विद्यार्थीले आफ्नो आहार विहारलाई नियमित र सन्तुलित राख्नुपर्दछ । कडा परिश्रमपछिको आराम र गहिरो निद्राले शरीर र मन दुवैलाई ताजा गराउँछ । गहिरो र स्वस्थ निद्राले मस्तिष्कलाई ब्याट्री जस्तै चार्ज गर्दछ र ताजा र स्पूmर्तिलो बनाउँछ । निद्रा नै यस्तो प्रक्रिया हो जुन अवस्थामा मस्तिष्कले दिउँसो सिकेका र अनुभव गरिएका कुराहरूलाई स्थानान्तरण र भण्डारण गर्दछ । त्यसकारण परीक्षा आएको वेलामा मात्र नसुती नसुती पढ्नुको सट्टा विद्यार्थीले नियमित पढ्ने र नियमित सुत्ने बानी बसाल्नुपर्दछ । विद्यार्थीले ६ देखि ८ घण्टासम्म नियमित सुत्ने गर्नुपर्दछ ।

४. सकारात्मकताः समाजमा नकारात्मक कुराहरूको बढी चर्चा हुने गर्दछ । ‘यो बच्चा त कस्तो गोबर गणेश’ छ, ‘लद्दु छ’, ‘पटक्कै आउँदैन’, ‘केही जान्दैन’, ‘पढ्दै पढ्दैन’, ‘फटाहा छ’, ‘मूर्ख छ’, ‘पढेर खाँदैन’, ‘कामै लाग्दैन’ आदि आदि लबजहरूको प्रयोग गरेर विद्यार्थीलाई सामुन्नेमा नै गाली गर्ने हाम्रो आम प्रवृत्ति हो । यसरी निरन्तर एकपछि अर्को गाली गर्दै जाँदा बालबालिकाको मस्तिष्कमा एकपछि अर्को नकारात्मक छाप थुप्रिंदै गई सोच र विचार पनि त्यस्तै हुँदै जान्छ । अन्ततः परिणाम पनि त्यस्तै निस्कन्छ । त्यसकारण बालबालिकालाई सफल बनाउन चाहने शिक्षक, अभिभावक र आमाबाबुले उनीहरूको अगाडि कहिल्यै पनि त्यस्ता नकारात्मक शब्दको प्रयोग÷गाली गर्नु हुन्न । बरु; सकारात्मक र सफलताका कुराहरू सुनाउनुपर्दछ । व्यवहारमा भने वास्तविकताको धरातलमा रहनुपर्दछ ।

५. बोली र व्यवहारमा एकरूपताः जे कुरा हामी बालबालिकाबाट नहोस् भन्ने चाहन्छौं । त्यो कुरा हामीले व्यवहारबाट नै सिकाउनुपर्दछ । शिक्षकले हजार पटक धुम्रपान, मद्यपान गर्नु हुन्न भने पनि उसले एक पटक सेवन गर्दै गरेको बालबालिकाले जानकारी पाएमा त्यो सबै शिक्षा मिथ्या र निष्प्रभावी बन्न जान्छ । बालकसँग बोली र व्यवहारमा एकरूपता प्रदर्शन गरिएन भने हामीप्रतिको विश्वसनीयता कम हुन जान्छ र सिकाइमा प्रभावकारिता रहँदैन । त्यसैकारण शिक्षकले चरित्र वा आफ्नो आचरणलाई शुद्ध राख्नुपर्नाको कारण उसको पेशालाई प्रभावकारी बनाउनु पनि हो । हामी जे भन्छौं त्यो बच्चाले सुन्छ तर हामी जे गर्छौं त्यो बच्चाले गर्छ ।

६. विद्यालयको वातावरणः वातावरण शिक्षण सिकाइमा प्रभाव पार्ने एउटा महŒवपूर्ण पक्ष हो । विद्यालयमा भौतिक र मनोवैज्ञानिक दुवै प्रकारका वातावरणको स्थान रहन्छ । भौतिक पक्षमा विद्यालयमा आउने जाने बाटो सुरक्षित विद्यालय परिसर, कक्षाकोठाको आकार, झयाल ढोका रंगरोगन, डेस्क बेन्चको आकार र प्रकृति, भ¥याङ्ग वा सिंढीको साइज वा उचाइ, विद्यालय चमेनागृह चर्पीको व्यवस्था पिउनेपानी आदि पर्दछन् भने शैक्षिक तथा मनोवैज्ञानिक वातावरण अन्तर्गत विद्यार्थी, शिक्षक र अभिभावकको आपसी सम्बन्ध र व्यवहार, भयमुक्त वातावरण; उचित शैक्षिक सामग्री र वैज्ञानिक शिक्षण विधि आदि पर्दछन् ।

प्रभावकारी सिकाइका लागि उचित विद्यालय व्यवस्थापनको महŒवपूर्ण स्थान रहन्छ । बालकले त्रास र डरको वातावरणमा सिक्न सक्दैन । त्यस्तो वातावरणमा जबरजस्ती सिकाउन खोजिएमा बालकको सिकाइप्रति नै नकारात्मक धारणाको विकास हुन जान्छ, सफलता त धेरै परको कुरा हो । नर्सरी कक्षामा भर्ना हुन आएको एउटा बालक कक्षा १० मा पुगेर फेल हुन पुग्दछ या पढाइमा कमजोर बन्दछ भने त्यसमा बालकको भन्दा पनि सिस्टमको दोष मान्नुपर्दछ जसमा परिवार, समाज र विद्यालय जिम्मेवार रहन्छन् किनकि उसलाई परिवार, समाज र विद्यालयले निर्माण गरेको हो ।

७. घरको वातावरणः एउटा बालकले सामान्यतया २४ घण्टामा ६ घण्टा विद्यालयमा र १८ घण्टा घरमा बिताउँछ । त्यसैले आमाबाबुको झ्ै–झ्गडा; असमझ्दारी वा तनावको वातावरणले बालबालिकाको मानसिकतामा धेरै ठूलो नकारात्मक असर गर्दछ ।

आजभोलिका आमाबाबुले व्यस्त जीवनका कारण बालबालिकालाई कम समय दिने गर्दछन् । बच्चाको स्वास्थ्य, खाना, पढाइ, साथीसंगत र व्यक्तिगत समस्याबारे समयमा ध्यान नदिंदा कहिलेकाहीं भयावह समस्या आउन सक्दछ । छोराछोरीमाथि ठूला ठूला सपना थोपरेर या पैसा दिएर मात्र हुन्न; समय दिनु पनि उत्तिकै जरूरी हुन्छ जुन सफल सिकाइको एउटा महŒवपूर्ण आधार हो । तसर्थ हरेक सचेत अभिभावक तथा शिक्षकले समयमा नै ध्यान पु¥याउनुपर्दछ ।

८. शिक्षण विधि र सिकाइ प्रक्रियाः विषयवस्तुको प्रकृति, शिक्षकको ज्ञान र सीप, बालकको उमेर, रुचि र क्षमता तथा साधन र स्रोतको उपलब्धताको आधारमा शिक्षण विधिको प्रयोग गर्ने गरिन्छ । हरेक बालकको रुचि, स्वभाव र सिकाइ क्षमता अलग अलग र विशिष्ट प्रकृतिका हुन्छन् । त्यस अनुरूप बालकको विशिष्टता र लगावको पहिचान गरी त्यस अनुरुप सिकाउन सके सिकाइ प्रभावकारी र सफल बन्दछ । अन्यथा बढी समय, शक्ति र श्रम खर्च हुन जान्छ ।

शिक्षाशास्त्र, एमफिल, त्रिवि

commercial commercial commercial commercial