शिक्षकः सिकाइ र गराइ
व्यक्तिलाई सफल जीवनयापन र देश एवं समाजको कल्याण गर्न सक्षम तुल्याउने व्यक्ति भनेको शिक्षक हो । बाल मनमस्तिष्कमा ‘शिक्षक’ सबै ज्ञान भएको मानव हो, न्याय दिलाउने भरोसाको व्यक्ति हो, सही बाटोमा डो¥याउने नेता र घर बाहिरको परिवेशमा विद्यार्थीको लागि सशक्त अभिभावक ।
यस्तो आदर्श बोकेका शिक्षकहरू आजभोलि नेपालको सन्दर्भमा विरलै भेटिन्छन् । गैर जिम्मेवारीपना प्रमुख रूपमा दोषी छ ।
निजी क्षेत्रको स्वामित्वमा रहेका विद्यालय तथा कलेजमा पढाउनेहरू आफ्नो लगानीकर्ताप्रति नतमस्तक हुनुपर्ने अवस्था छ भने सामुदायिक तथा सरकारी क्षेत्रका शिक्षकहरू कुनै झ्ण्डा विशेषप्रति नतमस्तक हुने गरेका छन् । कक्षाकोठामा शिक्षण सिकाइ क्रियाकलाप गर्दा लोकतन्त्रको परिभाषा गर्न विभिन्न प्रयोगात्मक क्रियाकलाप गरी यसका विशेषताहरू केस्रा–केस्रा हुने गरी केलाएको पाइन्छ । तर शिक्षक आफैंले चाहिं आफ्नो जीवनमा लोकतन्त्र शब्दको मर्मलाई कत्तिको साकार पारिरहेका छन् त ? यो सोचनीय प्रश्न रहेको छ । लोकतन्त्रमा अल्पमतको सम्मान हुने, गलत दृष्टिकोण भएमा त्यसको विरोध गर्न पाइने अधिकार हुँदाहुँदै पनि आफू आस्थावान रहेको संगठन वा दलका अंगले गलत कार्य गर्दा पनि ठीकै हो भनी स्वीकारोक्ति जनाउनु कत्तिको अनुकरणीय व्यक्ति हुन सक्छ ? शिक्षक जस्ता अनुकरणीय व्यक्तिहरूको विश्वास एकपटक गुमेपछि समाजले उनीहरूबाट के आशा गर्न सक्ला ?
समाजलाई अगुवाई गर्ने शिक्षण पेशामा आवद्ध व्यक्तिहरूको सिकाइ सिद्धान्त एकातिर र गराइ अर्कोतिर हुँदा तिनले आफ्नो साख आफैं गुमाइरहेको पाइन्छ । तसर्थ तिनले या त पेशा त्यागेर झ्ण्डामुनि बसी कुनै दरबार पसे भो कि त सिकाइ र गराइलाई व्यावहारिक परिवर्तन गरी निडर भई पेशामा बसे भो ।
शारदा मावि, पुवामझ्ुवा–६, इलाम