सिकाइमा श्रव्य दृश्य माध्यम

इतिहास सम्बन्धी एउटा वृत्तचित्र हेरेको अर्को दिन, नौ कक्षामा पढ्ने विद्यार्थीको प्रतिक्रिया थियो, “मल्टिमिडियाको प्रयोग हुँदा कक्षा रमाइलो हुँदोरहेछ । पढ्नुपर्ने कुराको वास्तविक दृश्य नै देख्न पाउँदा प्रष्टसँग बुझन पनि सजिलो हुँदो रहेछ ।”

त्योदिन हाम्रो विद्यालयका प्रिन्सिपलले साप्ताहिक एसेम्बलीमा विद्यार्थीलाई सम्बोधन गर्ने क्रममा एउटा भिडियो देखाए । त्यो भिडियोमा एउटी पाकिस्तानी किशोरी मलाला युसुफजाई संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै थिइन् । मलालालाई तालिवानीहरूले अघिल्लो वर्ष गोली हानेर मार्ने प्रयास गरेका थिए । मलालाको भाषण बालबालिकाले उत्सुकतापूर्वक सुने । आफूहरूकै उमेरकी बालिकाले त्यसरी विश्वलाई सम्बोधन गरेको देखेर उनीहरू आश्चर्यचकित भए । सो भिडियोले विद्यार्थीलाई विश्वको वर्तमान अवस्था, दक्षिण एशियाको द्वन्द्वग्रस्त क्षेत्रमा बालअधिकारको उल्लंघन र अन्य थुप्रै समसामयिक विषयहरूको ज्ञान दिएको थियो ।

अर्को हप्ता प्रधानाध्यापकले टेड डटकम ९तभम।अयm० नामक वेबसाइडबाट डाउनलोड गरिएको भिडियो देखाए । त्यसमा एक जना स्वास्थ्य विशेषज्ञ खानपान र पोषणको बारेमा बोलिरहेका थिए । बालबालिकाको आहार कस्तो हुनुपर्छ र खानपिनमा के कस्तो ध्यान दिनुपर्छ भन्ने सो भिडियोले स्वास्थ्य तथा शारीरिक शिक्षा पढाउने शिक्षकको कामलाई अत्यन्त सहज बनाइदियो ।  

अनि त्यसैगरी अर्को हप्ता पनि यस्तै नयाँ भिडियो देखाउने कामले निरन्तरता पायो । थुप्रै विद्यार्थीले भिडियोमा देखाइएका विषयवस्तुको बारेमा आफ्ना प्रतिक्रियाहरू लेखेर प्रधानाध्यापकलाई दिए । सिकाइ र अध्ययन प्रक्रियालाई मल्टिमिडियाको यो कार्यक्रमले सकारात्मक रूपमा प्रभाव पु¥याएको ठहर गरियो । प्रधानाध्यापकले त्यस्तै अन्य भिडियो हामी शिक्षकहरूलाई पनि देखाए । ती भिडियोमा कक्षाकोठा व्यवस्थापनका साथसाथै बाल मनोविज्ञान सम्बन्धी विषयवस्तु समावेश थिए ।

यसरी टेड डटकम वेबसाइटमा राखिएका ‘टेड टक’ नियमित शिक्षणका विषयवस्तु बन्न पुगे । गैर नाफामूलक एक अमेरिकी संस्थाद्वारा सञ्चालित यो वेबसाइटमा विभिन्न विषयमा विशेषज्ञ वा अनुभवी व्यक्तिहरूले दिएका मन्तव्यका भिडियो राखिएका छन् । यी भिडियो निःशुल्क हेर्न र डाउनलोड गर्न मिल्छ ।

हाम्रो विद्यालयका अन्य शिक्षक साथीहरूले पनि टेड टकलाई शिक्षण सामग्री बनाउन थाले ।

“भिडियोमा यस्ता कुराहरू हेर्न रमाइलो लाग्छ । प्रष्टसँग बुझ्न्छि पनि । सधैंभरि कक्षाकोठामा शिक्षकको लेक्चर सुन्न त्यति रमाइलो हुँदैन ।” कक्षा दशमा पढ्ने सुलवभक्त तिमलाले  ‘टेड टक’ बाट आफू अत्यन्त प्रभावित भएको जानकारी दिंदै भनेका कुरा म प्रष्टै सम्झ्न्छिु, । सोही कक्षाकी छात्रा कृपा प्रजापतिले एक दिन मसित भनिन्, “टेड टकमा आएका वक्ताहरू देख्दा मलाई पनि त्यसै गरी बोल्न रहर लाग्छ ।”

शिक्षकको सधैंको एकनासे प्रवचन विद्यार्थीहरूको लागि झ्र्कोलाग्दो हुनु स्वाभाविक नै हो । आजको संसारको गति अति द्रुत छ । टेलिभिजनको पर्दामा आउने सजिसजाउ र झ्किझ्काउ दृश्यसहितका कार्यक्रमहरूले त युवा, किशोर तथा बालबालिकाको ध्यानलाई धेरैबेर अड्याइरहन सक्दैन । मिनेट मिनेटमा मिलिक्क मिलिक्क च्यानलहरू परिवर्तन गरिरहन्छन् उनीहरू । अनि एउटा शिक्षकले हरेक दिन तिनै विद्यार्थीलाई चालीस पैतालीस मिनेटसम्म कसरी एकाग्र बनाएर राख्ने ? उनीहरूको दिमागमा दिगो, प्रभावकारी र रुचिपूर्ण तरीकाले ज्ञानको निर्माण कसरी गर्ने ? कक्षामा विद्यार्थीले ननिदाई उत्सुकतापूर्वक भाग लिने परिस्थितिको निर्माण कसरी गर्ने ?

यो समस्याबाट केही हदसम्म पार पाउन मैले मल्टिमिडियाको प्रयोग शुरू गरें । श्रव्य दृश्य माध्यमको सहायता लिएँ । केही हदसम्म म आफूलाई सफल भएको पनि मान्छु । मेरो विषयलाई मिल्दोजुल्दो श्रव्य दृश्य सामग्रीहरू इन्टरनेटका विभिन्न वेबसाइटमा धेरै पाइन्छन् । टेड टक होस् वा यूट्यूवमा पाइने सामाजिक विषयसँग सम्बन्धित सामग्री निकै उपयोगी हुन सक्दा रहेछन् ।

इतिहास सम्बन्धी एउटा वृत्तचित्र हेरेको अर्को दिन, नौ कक्षामा पढ्ने विद्यार्थीको प्रतिक्रिया थियो, “मल्टिमिडियाको प्रयोग हुँदा कक्षा रमाइलो हुँदोरहेछ । पढ्नुपर्ने कुराको वास्तविक दृश्य नै देख्न पाउँदा प्रष्टसँग बुझन पनि सजिलो हुँदो रहेछ ।”
सधैंभरि नै मल्टिमिडियाकै प्रयोग गर्नुपर्छ भन्ने पनि छैन । उपाय थुप्रै छन् । मेरा केही अनुभव यस्ता छन्ः

यातायात र संचारको महŒव भन्ने पाठ पढाउने क्रममा मैले श्रव्य नाटक विधिको सहायता लिएँ । सबभन्दा पहिला मैले विद्यार्थीलाई पाँच वा छ जनाको समुूहमा विभाजन गरें । प्रत्येक समूहलाई विषयवस्तु दिएँ र श्रव्य नाटक ९ब्गमष्य म्चबmब० निर्माण गर्न लगाएँ । नाटक निर्माण गर्ने क्रममा कसरी मनोरञ्जनात्मक र ज्ञानवद्र्धक बनाउने भनेर विद्यार्थीलाई सहयोग गरें । एक दिनको कक्षा अवधिभर उनीहरूले नाटक निर्माणको काम गरे ।

नाटकहरू तयार भए । अर्को दिन, कक्षाकोठाको कुनोमा छेकिएर एउटा समूहले नाटक प्रस्तुत गरिरहँदा अरू विद्यार्थीले रमाएर सुने । सबै समूहको पालो आयो । सबैको नाटक उत्तिकै रमाइलो र ज्ञानवद्र्धक थियो । एउटै पाठका विभिन्न विषयवस्तुमा उनीहरूले मिहिन तरीकाले काम गरेका थिए ।

यसो गर्दा कक्षाकोठा व्यवस्थापन र अध्यापनमा मलाई निकै सहज महसूस भयो । कर्कस ध्वनि उच्चारण गर्दै ज्यादा समय झ्र्कोलाग्दो गरी बोलिरहनै परेन । सिकाइको प्रक्रिया पनि रोचक त भयो नै उपलब्धिमूलक पनि भयो । एउटा शिक्षकका निम्ति योभन्दा ज्यादा त के चाहियो र ?

बाल अधिकार सम्बन्धी पाठ पढाउँदा त्यसै गरी समूहहरू विभाजन गरिए । प्रत्येक समूहले बाल अधिकार हनन सम्बन्धी विषयमा फरक फरक नाटक तयार पारे । उनीहरूसँग आफैंले घरछिमेकमा देखेका थुप्रै अनुभवहरू रहेछन् । यसपालिको उनीहरूको नाटक श्रव्य नाटक मात्र थिएन । त्यसमा दृश्य पनि सामेल थियो । चोटिला र हँसिला नाटकहरूले विद्यार्थीहरूलाई रोमाञ्चित तुल्यायो । त्यो दृश्य देखेर म पनि पुलकित हुनपुगें ।

यस प्रकारको सिकाइको प्रक्रियामा विद्यार्थीहरूको अत्यधिक सहभागिता पनि हुनेभएकोले होला, यो विधि पुरानो भाषण र प्रवचन विधि भन्दा ज्यादै प्रभावकारी भएको मैले महसूस गरेको छु । इन्टरनेट र मल्टिमिडियाको प्रयोगको लागि प्राविधिक समस्या भएका ठाउँमा यस प्रकारका नाटकहरू बढी उपयोगी र प्रभावकारी हुने गर्दछन् । गणित होस् या बिज्ञान, इतिहास होस् वा वातावरण वा नेपाली अनि अंग्रेजी जस्ता भाषागत विषयहरू हुन्, यस प्रकारका शिक्षण विधिहरूले सक्दो सहयोग गर्छ । शिक्षकले राहतको महसूस गर्न सक्छ ।

अंग्रेजी विषयका शिक्षक पवन गिरीको पनि सुखद् अनुभूति छ । उनी इन्टरनेटबाट कुनै अंग्रेजी गीत डाउनलोड गर्छन् । विद्यार्थीहरूलाई गीत सुनाउँछन् र गीतसँग सम्बन्धित दृश्यहरू देखाउँछन् ।

विज्ञान विषयमा पनि थुप्रै श्रव्यदृश्य सामग्रीहरू प्रयोग गर्न सकिन्छ । जनावर, वनस्पतिहरूको बारेमा धेरै बोलेर जानकारी दिइरहनुभन्दा सम्बन्धित भिडियोहरू देखाउन सकेमा विद्यार्थीले अभिरुचिपूर्वक त्यसलाई हेर्दछन् । सिकाइको प्रक्रिया प्रभावकारी हुन्छ ।

श्रव्य दृश्य सामग्रीहरू इन्टरनेटमा खोज्न सकिन्छ । तर त्यति मात्र होइन, आजभोलि बजारमा रहेका पुस्तक पसलमा पनि कुनै पनि विषयसँग सम्बन्धित श्रव्यदृश्य सामग्रीहरू सहजै प्राप्त हुन सक्छन् । शिक्षकले इच्छा भने राख्नुपर्छ, उपाय त प्रशस्तै पत्ता लागिहाल्छन् ।    

कक्षाकोठामा होहल्ला गरिरहने र ध्यान दिएर शिक्षकलाई सुनिरहन नसक्ने विद्यार्थीलाई यस प्रकारको शिक्षण विधिबाट सही मार्गमा ल्याउन सकिन्छ । शिक्षकले तान्न नसकेको उनीहरू जस्ता विद्यार्थीको ध्यान श्रव्यदृश्य माध्यमले सजिलै तान्न सक्छ ।

यसको अर्थ यो होइन कि मल्टिमिडिया र श्रव्यदृश्य माध्यमले शिक्षकलाई पूर्ण रूपले विस्थापित गरिदिन्छ । कक्षामा अन्तरक्रिया, प्रश्नोत्तर र मूल्यांकनको लागि शिक्षकको भूमिका उत्तिकै सशक्त र महŒवपूर्ण रहिरहन्छ । जे जति कुरा गरे पनि शिक्षाको उद्देश्य भनेको विद्यार्थीले धेरैभन्दा धेरै जीवनोपयोगी कुराहरू सिकून् भन्ने मात्र हो । अध्ययन अध्यापन त सिकाइको एउटा पाटो मात्र हो । एउटा विधि मात्र हो । सो विधिलाई कसरी अत्यधिक प्रभावकारी बनाउने भन्ने चाहिं हामी शिक्षकहरूको लागि सधैं चुनौतीको विषय हो । हामी विद्यार्थीप्रति जति बढी समर्पित हुन्छौं, उति नै धेरै सृजनात्मक भएर कक्षामा प्रस्तुत हुन सकिंदोरहेछ ।        

सामाजिक शिक्षक
मल्पी इन्टरनेशनल स्कूल, पनौती, काभ्रे

commercial commercial commercial commercial