असल अभ्यास गर्नेहरू ! 

शिक्षा तथा मानव स्रोत विकास केन्द्र (तत्कालीन शिक्षा विभाग) ले केही महीनाअघि विद्यालयले गरेका असल अभ्यासहरूको सँगालो– २०७९/८० प्रकाशित गरेको छ। सो सँगालोमा सातवटा प्रदेशका २१ वटा उत्कृष्ट सामुदायिक विद्यालयलाई कार्यसम्पादन मूल्यांकन र स्थलगत अध्ययनका आधारमा प्राप्ताङ्क सहित सूचीकृत गरिएको छ।

सो सँगालोमा दिइएको जानकारी अनुसार, शैक्षिक गुणस्तर परीक्षण केन्द्रले ६० जिल्लाका ४ हजार ८६७ वटा विद्यालयको कार्यसम्पादन परीक्षणमा उच्च अङ्क प्राप्त गरेका विद्यालयहरू मध्ये हरेक प्रदेशबाट सर्वोच्च अङ्क ल्याउने तीन-तीन वटाका दरले २१ वटा विद्यालयहरू छनोट गरिएको थियो। त्यसरी छानिएका २१ वटा विद्यालयको भौतिक पूर्वाधार, शिक्षण सिकाइ, विद्यार्थीको सिकाइ उपलब्धि स्तर लगायत विद्यालयको समग्र व्यवस्थापकीय गतिविधिको स्थलगत अवलोकन समेत गरी विभिन्न १६ वटा सूचक (तालिका-२) को आधारमा विद्यालयहरूको उत्कृष्टता निर्धारण गरिएको कुरा पनि सो सँगालोमा स्पष्ट पारिएको छ। सँगालोमा २१ वटै विद्यालयले मूल्याङ्कनका हरेक बुँदामा पाएको अङ्क सहित संक्षेपमा हरेक विद्यालयले गरेका राम्रा अभ्यास र विशेषताहरू उल्लेख गरिएको छ।  

commercial commercial commercial commercial