प्रदेश–३ एकै वर्षमा घटेछन् २.३८ लाख विद्यार्थी

प्रदेश–३ को सामाजिक विकास मन्त्रालयले संकलन गरेको विद्यार्थी संख्या सम्बन्धी विवरण अनुसार सो प्रदेशका सामुदायिक विद्यालयको आधारभूत तह ९कक्षा १–८० मा अघिल्लो वर्षको तुलनामा यो वर्ष दुई लाख २१ हजार विद्यार्थी घटेका छन् । यो प्रदेशमा २०७४ मा आधारभूत तहमा सात लाख २७ हजार विद्यार्थी रहेकोमा यस वर्ष पाँच लाख ६ हजार रहेको जनाइएको छ । सबैभन्दा बढी विद्यार्थी प्राथमिक तह ९कक्षा १–५० मा घटेका छन् । सो तहमागत वर्षभन्दा यस वर्ष एक लाख ५३ हजार ४२३ जना विद्यार्थी कम भएका छन् । यस्तै, कक्षा–६ देखि ८ सम्म ६७ हजार ३८४ जना र कक्षा ९–१० मा १७ हजार ६६० जना घटेका छन् । समग्रमा यो वर्ष विद्यालय तह ९१–१०० मा कुल दुई लाख ३८ हजार ४६७ जना विद्यार्थी घटेका छन् ।
यस प्रदेशका निजी अर्थात् संस्थागत विद्यालयमा भने आधारभूत तह ९कक्षा १–८० र मावि कक्षा ९९–१०० मा गएको वर्षभन्दा विद्यार्थी संख्या बढेका छन् ।

प्रदेश–३ का सामुदायिक र संस्थागत गरी दुवै प्रकारका विद्यालयमा यो वर्ष जम्मा विद्यार्थी संख्या ११ लाख ७ हजार ८३५ छ । यो कुल विद्यार्थी संख्यामध्ये ४३ प्रतिशत विद्यार्थी संस्थागतमा र ५७ प्रतिशत सामुदायिकमा छन् ।गत वर्षको तथ्याङ्क अनुसार ३५ प्रतिशत संस्थागत र ६५ प्रतिशत सामुदायिकमा थिए । यसले सामुदायिकबाट संस्थागत अर्थात् निजी विद्यालयतर्फ विद्यार्थी पलायन हुने दर तीव्र भएको स्पष्ट पार्छ ।

२०७४ सालमा सामुदायिक विद्यालयका कक्षा–१ मा कुल विद्यार्थी संख्या एक लाख दुई हजार ५१४ थियो । सामान्यतः यिनै विद्यार्थी अहिले ९२०७५ सालमा० कक्षा–२ मा हुनुपर्ने हो । तर तीमध्ये ४३ हजार विद्यार्थी कक्षा–२ मा पुग्न नसकेको देखिन्छ । यस्तै पोहोर कक्षा–२ मा विद्यार्थी संख्या ८९ हजार १९१ थियो । यसपालि कक्षा–३ मा हुनुपर्ने यी विद्यार्थीमध्ये ६० हजार ३९६ मात्र छन् । अर्थात् ३० हजार विद्यार्थी कक्षा–३ मा नपुग्दै विद्यालयबाट बाहिरिएको या कक्षा–२ मै अड्किएको देखिन्छ । यस्तै पोहोर प्रदेशका कक्षा–७ को कुल विद्यार्थी संख्या ८७ हजार ५२६ थियो । यो वर्ष कक्षा–८ को विद्यार्थी संख्या ६६ हजार ३६२ मात्र छ । यहाँ २१ हजार विद्यार्थी घटे । यसरी हेर्दा धेरै विद्यार्थीले आधारभूत तह ९कक्षा १–५० मा बीचमै पढाइ छाडेको देखिन्छ ।
आधारभूत तहमा एक वर्षमै ठूलो संख्यामा विद्यार्थी संख्या घट्नु सोचनीय विषय हो । यी सबै विद्यार्थी संस्थागतमा गएको पनि देखि ंदैन । पोहोरका कक्षा–१ का झण्डै आधा विद्यार्थी यो वर्ष कक्षा–२ मा पुग्न नसकेको देखिन्छ ।

गरीबीले भ गाउँछ विद्यार्थी

बालबालिकाले पढाइ छाड्नुका विभिन्न कारणमध्ये एउटा कारण कमजोर आर्थिक अवस्था मानिन्छ । नन्दी मावि, नक्साल, काठमाडौँमा कक्षा–६ मा पढ्दै गरेका एक विद्यार्थी एक दिन प्रअगीता काफ्लेकहाँ रुँदै पुगे र घर जाने व्यवस्था मिलाइदिन आग्रह गरे । कारण बुझदा थाहा भयो, ती विद्यार्थी जसको घरमा बसेर कामगर्थे, त्यहाँ दुईछाक रराम्रोसँग खान नपाइरहेका रहेछन् । “ऊ जसरी हुन्छ, घर ९जुम्ला० जान चाहन्थ्यो” प्रअ काफ्लेले भनिन्, “त्यसपछि अभिभावकलाई सम्पर्क गर्यौ र ऊ कक्षा–६ पढ्दापढ्दै घर गयो ।” पोहरको कुरा हो, यो ।

रराम्रो सामुदायिक विद्यालय मानिएको नन्दी माविमा यो वर्ष कक्षा–१० सम्म जम्मा ४९२ जना विद्यार्थी भर्ना भएको मा दोस्रो त्रैमासिक दिंदासम्ममा ४४२ जनामा झ्रेका छन् । यस अवधिमा ५० जना विद्यार्थीले पढाइ छाडेका छन् । प्रअ काफ्लेका अनुसार अरूका घरमा बस्न नसकी आफ्नो घर फर्कने, आमाबाबु आफ्नो गाउँ वा अन्त काम गर्न जाँदा छोराछोरी पनि सँगै जाने, सस्तो ठाउँतिर डेरा सर्ने कारणले गर्दा विद्यार्थी घट्ने गरेका छन् ।

घरमा भाइबहिनी हेर्नुपर्ने वा अन्य काममा सघाउनुपर्ने अवस्था, सानै उमेरमा बिहे हुनु, विद्यालयमा पढाइ सिकाइका लागि उत्प्रेरित र रमाइलो वातावरण नहुनु, सिकाइमा प्रगति गर्न नसक्नु, भौतिक पूर्वाधार नहुनु, विद्यालय आए पनि नआए पनि शिक्षकहरूले खासै मतलब नराख्नु जस्ता कारणले बालबालिकाले बीचमै पढाइ छाड्ने गरेका छन् ।

शिक्षक मासिक, २०७५ चैत अंकमा प्रकाशित ।

 

commercial commercial commercial commercial