भ्रष्टाचारै भ्रष्टाचारले रुग्ण सामुदायिक स्कूल
हाम्रा अधिकांश सामुदायिक विद्यालय बेथिति, अनियमितता; राजनीति र भ्रष्टाचारले थिलथिलो बन्दै गएका छन् । फलतः विद्यालयको गुणस्तर र बालबालिकाको भविष्य जर्जर बनेको छ । प्रायः सामुदायिक विद्यालय यति लथालिङ्ग छन्, यहाँ ‘जसले जे गरे पनि हुने’ भन्ने मान्यता स्थापित हुँदै गएको देखिन्छ । सामुदायिक विद्यालय तहस–नहस हुँदै जानुमा भ्रष्टाचार नै प्रमुख कारण रहेको पाइन्छ । ‘भ्रष्टाचार’ को अर्थ आर्थिक अनियमितता वा हिनामिना गर्नु हो भन्ने आम बुझइ छ । तर यथार्थमा कुनै पनि व्यक्तिको बिग्रिएको; खराब, असभ्य रगलत आचरण बानीबेहोरा नै भ्रष्टाचार हो । यो परिभाषा व्यक्ति, संस्था, समुदाय सबैमा लागू हुन्छ । यसर्थ; सामुदायिक विद्यालयसँग सम्बद्ध सबैबाट हुने गरेका भ्रष्टाचारजन्य खराब आचरणले गर्दा हाम्रा सामुदायिक विद्यालय थिलथिलो भएका हुन् भन्न सकिन्छ ।
शैक्षिक भ्रष्टाचार
सार्वजनिक विद्यालयमा हुने गरेको शैक्षिक भ्रष्टाचार सामुदायिक विद्यालयको उन्नतिको प्रमुख बाधक हो । यसमा सबैभन्दा बढी जिम्मेवार शिक्षक र प्रधानाध्यापक देखिन्छन् । उदाहरणको रूपमा सामुदायिक विद्यालयमा हुने दैनिक शैक्षिक गतिविधिलाई लिन सकिन्छ । प्राथमिक शिक्षा पाठ्यक्रम २०६२ र २०६५ ले वार्षिक (कक्षा १–३) ८१६ घण्टा; (कक्षा ६–८) ९३६ घण्टा; त्यस्तै आधारभूत तह पाठ्यक्रम २०६९ ले (कक्षा ६–८) वार्षिक १०५० घण्टा र माध्यमिक तह पाठ्यक्रमले वार्षिक १०६४ घण्टा; पठनपाठन हुनुपर्ने व्यवस्था गरेको छ । वार्षिक न्यूनतम २२० दिन पठन–पाठन हुनुपर्ने व्यवस्था परिमार्जित माध्यमिक तहको पाठ्यक्रममा गरिएको छ ।
अब प्रश्न उठ्छ हामीले वार्षिक २२० नियमित कक्षा संचालन गरेका छौं त ? प्रति विषय वार्षिक चार पाठ्यघण्टा अर्थात् १२८ घण्टा कक्षा कार्यकलाप संचालन गरेको छौं त ? कम्तीमा ४५ मिनेटको घण्टीलाई हामीले निमोठेर ३५ मिनेटसम्म झरेका छौं । ३५ मिनेटको समयमा पनि दुई/पाँच मिनेट ढिलो गरी जाने र छिटो निस्कने हराम्रो दैनिकीले गर्दा २०/२५ मिनेट मात्र कक्षाकोठामा शिक्षक रहने संस्कार शैक्षिक भ्रष्टाचार हैन र ? त्यस्तै शिक्षकले लिने भैपरी पर्व र बिरामी विदा गरी वार्षिक २४ दिन विदा दिन पुर्याएरै लिने चलन छ । अनि महीनौं काजमा बिताउने प्रधानाध्यापकले कक्षा कोठामा समय कति खर्चिएका छौं ? र यसमा प्राविधिक सहायता न गर्ने स्रोतव्यक्ति र नियमन— अनुगमन न गर्ने उपल्ला निकाय पनि शैक्षिक भ्रष्टाचारका मतियार नै हुन् ।
यसका अलावा विना पाठयोजना, विना शैक्षिक सामग्री कक्षाकोठामा जानु, शिक्षकको आचारसंहिता पालना न गर्नु , विद्यार्थीलाई शारीरिक–मान सिक यातना दिनु पनि शैक्षिक भ्रष्टाचार हो । तालीमलाई औपचारिकतामा सीमित गर्ने , निरन्तर विद्यार्थी मूल्याङ्कन पद्धतिलाई पाठ्यक्रममै सीमित राख्नु, शिक्षणमा नवीनतम शिक्षण विधि र सूचना तथा संचार प्रविधिको प्रयोग तथा कक्षा कोठा, विद्यालय र शैक्षणिक गतिविधि बालमैत्री नहुनु पनि शैक्षिक भ्रष्टाचार नै हो । लगनशील भई पठनपाठनमा सरिक नहुने विद्यार्थी र आफ्ना नानीहरूको पढाइलाई नजिकबाट नियालेर उनीहरूको नियमित पठनपाठनमा प्रत्यक्ष साथ नदिने विद्यार्थी र अभिभावकको आचरणलाई पनि शैक्षिक भ्रष्टाचार मान्न सकिन्छ ।
राजनीतिक भ्रष्टाचार
संसारलाई राजनीतिले सपारेको छ । तर हराम्रो देशलाई त्यसैले बिगारेको यथार्थ कसैमाझ् छिप्न सक्दैन । झन् शैक्षिक क्षेत्रलाई राजनीतिले यतिगाँजेको छ, खास राजनीति नै शिक्षालयमा हुन्छ । हाम्रा अधिकांश शिक्षक पार्टीका झेले छन् । विद्यालयमा पढाइ भन्दा धेरै राजनीतिक बहस–पैरवी हुन्छ । विद्यालय छाडेर थुप्रै शिक्षक चुनाव प्रचारमा खुलेआम निर्धक्क हिंडेको देखि योगत वर्ष । विव्यस अध्यक्ष ले आफ्ना पार्टीका कार्यकर्ता शिक्षकलाई सहर्ष चुनाव प्रचारमा छाडिदिए । प्रधानाध्यापकले पनि आफ्नो मन परेको र आफ्नो कालो काममा साथ दिने शिक्षक भएपछि आँखा चिम्लिदिए । हो; यस्तै खुराफाती राजनीतिक भ्रष्टाचारले सामुदायिक विद्यालयमा एकादुई बाँकी रहेका इमान दार शिक्षकलाई हतोत्साही बनाउने संस्कार बढ्दैछ ।
शिक्षक नियुक्ति र सरुवामा हुने राजनीतिक भ्रष्टाचार यति घिनलाग्दो छ कि पहिल्यै पार्टी पहिचान गरेर मात्र शिक्षक नियुक्त गरिन्छ । नियुक्ति प्रक्रिया त केवल नाटक जस्तो मात्र लाग्छ । यसमा राजनीतिक पार्टी, शिक्षा अधिकारी , विद्यालय निरीक्षक, स्रोतव्यक्ति, विव्यस अध्यक्ष र प्रधानाध्यापक अनि केही कार्यकर्ता शिक्षक मजैले लाग्छन् । प्रधानाध्यापक नियुक्ति र शिक्षक सरुवा गर्नु पर्ने अवस्थामा पनि शिक्षक नियुक्तिकै प्रक्रिया दोहोरिन्छ । अँध्यारो कोठामा विषाक्त राजनीतिकगन्धबाट नै शुरू हुन्छ— फलानो हराम्रो पार्टीको तिलानो त्यो पार्टीको भनेर । कहिल्यै शिक्षकको योग्यता कति ? क्षमता कति ? कार्यकुशलता कति ? नैतिकता कति ? केही खोजिंदैन । खोजिन्छ त केवल कसको मान्छे ? कुन पार्टी ? अझ् माथि उल्लेख गरिएका संजालको पक्षमा काम गर्छ कि गर्दैन ? यही हो प्रधानाध्यापक नियुक्तिको आधार । शिक्षा नियमावलीको प्रधानाध्यापक नियुक्ति सम्बन्धी व्यवस्थालाई सीधै लत्याइन्छ । विद्यालय शिक्षकको कार्यकुशलताको मूल्याङ्कन पनि विव्यस, प्रअ र स्कूलका केही झेले शिक्षकसँग सम्बन्धित पार्टीको मान्छे हो, होइन अथवा पार्टी भित्र पनि उनीहरूकागलत कामलाई समर्थन गर्ने मान्छे हो कि होइन भन्ने आधारमा गरिन्छ ।
आर्थिक भ्रष्टाचार
पेशागत र राजनीतिक भ्रष्टाचार सँग सँगै सामुदायिक विद्यालयलाई ध्वस्त बनाउने अर्को आर्थिक भ्रष्टाचार पनि हो । कतिपय अवस्थामा राजनीतिक भ्रष्टाचारको मिलनविन्दु आर्थिक भ्रष्टाचार नै हुन पुग्छ । आर्थिक भ्रष्टाचारमा जिल्ला शिक्षा अधिकारी देखि जिशिकाका प्राविधिक, अधिकृत, विनि, स्रोतव्यक्ति, प्रधानाध्यापक, विव्यस अध्यक्ष र विषयविज्ञ नामका झेले शिक्षकहरू समेत संलग्न रहन्छन् । आर्थिक भ्रष्टाचारमा कर्मचारी नै हावी देखिन्छन् । विव्यस र राजनीतिज्ञलाई प्रक्रिया, कागज मिलाएर वैधानिक भ्रष्टाचार गराउनमा चैं प्रधानाध्यापक र शिक्षाका कर्मचारी माहिर देखिन्छन् । आर्थिक भ्रष्टाचारमा ‘तैं चूप, मै चूप, मिलेर खाऔं’को नीति देखिन्छ । विव्यसगठन, राहत/करार शिक्षक नियुक्तिमा सम्बन्धित विद्यालयका प्रधानाध्यापक र अध्यक्ष ले समेत तीन हजार देखि पाँच हजारसम्म भत्ता लिने गरेको देखिन्छ । यसरी भत्ता खानेमा स्रोतव्यक्ति, विनि र विषयविज्ञ लगायत तिनका आसनेपासे हुन्छन् । एउटा शिक्षक नियुक्तिमा भत्ता खाने बहानामा करीब रु.२० हजार विद्यालय कोषबाट खर्च गरिन्छ, जबकि सबैले आफ्नो नियमित डिउटी नै गरेका हुन्; तलब त उनीहरूले पाएकै छन् । यसै गरी शिक्षक नियुक्तिमा वैधानिक भ्रष्टाचार बाहेक पर्दा पछाडि हुने पैसाको लेनदेन झन् भयावह छ । राहत/करारमा जागिर खानेले जागिर पक्का गरिदिने शर्तमा रु.१ लाखसम्म खर्च गरेका उदाहरण प्रशस्त भेटिन्छन् ।
आर्थिक भ्रष्टाचारको अर्को क्षेत्र विद्यालयको कोषमा नेपाल सरकारबाट प्राप्त नियमित अनुदान हो भने भूकम्पपछि को पुनः निर्माणको भौतिक बजेट नयाँ अवसर हो । यस्तो भ्रष्टाचारमा आम शिक्षकको संलग्नता र पहुँच खासै देखि ंदैन । पुस्तक र मसलन्द खरीद देखि दिवा खाजा, छात्रवृत्ति, पुस्तकालय अनुदान आदि सबै शीर्षकको रकममा प्रधानाध्यापक र अध्यक्ष को मिलेमतोमा भ्रष्टाचार हुने गरेको पाइन्छ । यसको हिस्सा लेखा परीक्षकसम्म पुग्ने गरेको देखिन्छ । विद्यालयको सामाजिक परीक्षण समितिमा अनपढ या सोझ व्यक्ति राखी आफू अनुकूलको बनाएर सजिलै सामाजिक परीक्षण गरी आर्थिक भ्रष्टाचारलाई वैध बनाउने डरलाग्दो प्रवृत्ति हाम्रा सामुदायिक विद्यालयमा झङ्गिएको छ ।
सिन्धुपाल्चोकको एक आधारभूत विद्यालयमा आफ्नो पार्टी र अनुकूलको प्रअ बनाउन करीब एक महीनाकोगोप्य प्रयत्न भएछ । यसमा राजनीतिक दल र खास गरी स्रोतव्यक्ति, पूर्वस्रोतव्यक्ति, शिक्षक, संघ, पूर्व प्रअ लगायत निकै लागिपरेछन् । विव्यस अध्यक्ष र एक/दुई सदस्य समेत र किन्ने गरी र उल्लिखित जमातले एक लाख लिएर बाँडीचुँडी खाएछन् र उनीहरूले भने बमोजिमको प्रअ बनाएछन् । यस्तो बेथितिबाट नियुक्त शिक्षक र प्रअले कस्तो गुणस्तर दिन्छन् ? हाल सिन्धुपाल्चोकका प्रत्येक विद्यालयमा रु.१ करोड देखि रु.३ करोडसम्मका भौतिक निर्माणको बजेट आएको देखिन्छ । यही रकममा च्याँखे थाप्न आफ्नो अनुकूलको निर्माण समिति बनाउन दल र प्रधानाध्यापकहरूको दौडधूप देखिन्छ । भौतिक बजेटमा जिशिअ, शिक्षाको इन्जिनियर, शिक्षाका अधिकृत, विनि, स्रोतव्यक्ति, प्रधानाध्यापक, विव्यस अध्यक्ष समेतले हिस्सा लिई मिलीजुली काम गर्ने ; बाँडेर खाने; कागजपत्र मिलाउनेसम्मका कामहरू हुन्छ । यसरी विद्यालयलाई प्राप्त आर्थिक अनुदान ५० प्रतिशतसम्म दुरुपयोग, चुहावट भएको पाइन्छ ।
निष्कर्ष
हाल सामुदायिक विद्यालयमा यताका दिनमा शिक्षक, प्रधानाध्यापक, विव्यस, अभिभावक र राजनीतिक दलहरूबाट समेत प्रत्यक्ष–परोक्ष रूपमा हुने शैक्षिक ; राजनीतिक र आर्थिक भ्रष्टाचार बढ्दै गएको यथार्थ हो । अधिकांश विद्यालय भ्रष्टाचारमा चुर्लुम्म डुबेका छन् । हो, कतिपय विद्यालयहरू राम्रा पनि छन् । राम्रा विव्यस, प्रअ, शिक्षकहरू पनि छन् । तर ती ओझाेलमा छन्, नगण्य छन् । नरराम्रो प्रवृत्तिले रराम्रो गर्ने लाई समेत हतोत्साहित पार्न थालेको छ । नियमन, नियन्त्रण छैन, त्यसैले ‘मिलेर लुटौं’ को मान्यता स्थापित हुँदै गएको छ । सामुदायिक विद्यालयमा रहेको यस्तै भ्रष्टाचारजन्य बेथिति र कुसंस्कारले हाम्रा सामुदायिक विद्यालय रुग्ण हुँदै गएका, हामी शिक्षकको मर्यादा घटेको र शैक्षिक गुणस्तर खस्किएको हो । राज्यको अर्बाैं लगानी बालुवामा पानी भएको हो । शिक्षाका नाउँमा राज्यको नून खाने प्रत्येकले हृदयङ्गमगरौं— सामुदायिक विद्यालय हराभरा बनाउने दायित्व तपाईं हाम्रै हो । आजै र अहिल्यैबाट बेथितिको जरो उखेलौं । सकारात्मक सोच र दृढ इच्छाशक्ति लिएर अघि बढौं । भ्रष्टाचारीलाई दण्डितगराऔं, शिक्षामा मौलाउँदै गएको भ्रष्टाचार र विकृतिलाई परास्तगरौं ।
श्री बच्छलादे वी मावि, बाह ्र बिसे , सिन्धुपाल्चो क
यो पनि
‘राम्रा शिक्षक’ को एउटा चिनियाँ परिभाषा
पूर्वी चीनको हाङसाउ ९ज्बलनशजयग० प्रान्तको साङचेङ जिल्ला शिक्षा–प्रशासनले त्यहाँका विद्यालय–शिक्षकहरूको निम्ति हालै ७८ बुँदे आचारसंहिता जारी गरेको छ । त्यो निर्देशनात्मक संहितामा महिलाहरूलाई धेरै ‘मेकअप’ न गर्न, कपाल छोटो राख्न र ‘हाई–हिल’ जुत्ता लगाएको बेला आवाज ननिकाली शान्तसँग हिंड्न सल्लाह दिइएको छ । पुरुष शिक्षकलाई पनि लामो कपाल नपाल्न र हरेक दिन दाह्री काटेर सफा–सुग्घर रहन भनिएको छ ।
महिला शिक्षकहरूको कपाल कुमकुमसम्म मात्र हुनुपर्ने निर्देशनको बचाउ गर्दै चोङ्गेन एक्स्पेरिमेन्टल स्कूलका प्रिन्सिपल युगौडी भन्छन्, “यदि महिला शिक्षकहरूले लामो कपाल राखे भने त्यसले कक्षामा विद्यार्थीको एकाग्रतामा बाधा पार्न सक्छ, त्यसैले यो निर्देशनको पालना जरूरी छ ।”
महिला शिक्षकको आचरण र व्यवहारमा अनावश्यक रूपमा बढी ध्यान केन्द्रित गरेको भनेर यो समाचार छाप्ने पत्रिकाले चाहिं असन्तुष्टि प्रकट गरेको छ । स्रो तः ग्ला े बल टाइम्स, ४ मार्च २०१८



