एसएलसी पूरकको नतीजा प्रकाशित

परीक्षा नियन्त्रण कार्यालयले २०–२७ साउन २०७० मा सञ्चालन गरेको एसएलसी पूरक परीक्षाको नतीजा प्रकाशित गरेको छ । परीक्षामा सहभागी १ लाख ११ हजार ७२४ छात्रछात्रामध्ये ६७ हजार ५१ (६० प्रतिशत) उत्तीर्ण भएको पनिकाले जनाएको छ । उत्तीर्णमध्ये प्रथम श्रेणीमा १ हजार ६१०, दोस्रोमा ४८ हजार ८६७, तेस्रोमा १६ हजार ५७४ जना छन् । परीक्षार्थीमध्ये ६४ जनाको परीक्षा रद्द भएको र २६५ जनाको परीक्षा स्थगित गरिएको छ ।

commercial commercial commercial commercial