रु.८ अर्ब अझैँ बेरुजु

शिक्षा विभागको बेरुजु रु.७ अर्ब ९८ करोड पुगेको छ । विभागको आर्थिक प्रशासन शाखाका प्रमुख लेखा नियन्त्रक कृष्णबहादुर खड्काका अनुसार आव २०५१/५२ देखि २०६६/६७ सम्मको विभाग र यस अन्तर्गतका निकायको बेरुजुमध्ये रु.२ अर्ब ११ करोड फस्र्योट भएको छ भनेगत आर्थिक वर्षको रु.२५ करोड फस्र्योट भएको छ । बेरुजु फरफारक गर्न सबै जिशिकालाई ताकेता गरेका कारण साउन र भदौ महीनामा रु.४० करोड फस्र्योट भएको खड्काले जानकारी दिए । उनले भने– ‘तर पनि अझै धेरै फरफारक गर्न बाँकी छ ।’ शिक्षा विभागको बेरुजु फस्र्योटको हालको अनुपात ३३ प्रतिशत छ ।
२०६९ असार मसान्तसम्मको रेकर्ड अनुसार ९० प्रतिशत बेरुजु फस्र्योट गर्ने जिशिकाहरूमा डोल्पा, अर्घाखाँची, म्याग्दी, पाल्पा, सल्यान, बैतडी र उदयपुर परेका छन् भने क्षेशिनि धनकुटाले पनि ९० प्रतिशत बेरुजु फस्र्योट गरेको छ ।

त्यसै गरी ७० देखि ८० प्रतिशत फरफारक गर्ने मा तेह्रथुम, डडेल्धुरा, कञ्चनपुर, मकवानपुर, दार्चुला, मोरङ, कास्की, भोजपुर जिशिका तथा क्षेशिनि पोखरा रहेका छन् ।  

न्यूनतम मापदण्ड अनुसार ३० प्रतिशत पनि बेरुजु फस्र्योट गर्न नसक्ने जिशिकाहरूमा काभ्रे, ताप्लेजुङ, ओखलढुंगा, रसुवा, इलाम, काठमाडौं, कैलाली, सिरहा, कालीकोट, सप्तरी, रुकुम, खोटाङ कपिलवस्तु, सिन्धुली, बारा, मुगु, सर्लाही, अछाम, प्युठान, पर्सा, धनुषा, महोत्तरी, रौतहट, जुम्ला र हुम्ला रहेका छन् । यो मापदण्ड क्षेशिनि सुर्खेत र दिपायलले पनि पूरा गर्न सकेका छैनन् ।

commercial commercial commercial commercial