प्रतिक्रिया सुझाव

अभाव उदाहरणको !

‘नेतृत्व सीप’ सम्बन्धी सामग्री (शिक्षक, साउन २०६८) प्रकाशन गरेकोमा धन्यवाद । सङ्ला मुहानहरू समेटेर स्वच्छ नदीरूपी अनुष्ठानहरू सिर्जना गरी मुलुक र जनताको उत्थान गर्ने राजनेता तयार पार्नुपर्नेमा समस्याको अराजक र अविवेकी समाधानका खहरे खोलाहरूले विद्यालयका विद्यार्थीलाई समेत बगाउने प्रयासमा लागेका विद्यार्थी राजनीतिका अगुवाहरूको एउटा चित्रण गरेको छ– शिवपुरी उमाविको रिपोर्टले । यसमा नपुगेको कुरा चाहिं के हो भने; शास्त्रका गुरुहरू द्रोणाचार्य या पर्शुराम भए जस्तै अहिलेका नेतृत्व कौशलताको ज्ञान दिने गुरुहरू को को हुन् ? यो ज्ञान कुन शिक्षालयमा पाइन्छ ? यी गुरुहरूका आलोकले सिर्जना भएका विगतमा या वर्तमान का नायक या नायिकाहरू को को हुन् ? यीमध्ये को को कति कारणले सफल भए ! कतिपयले गरेका प्रयासहरूले असफलता पनि पस्के होला । तिनको विवरण कहाँ पाइन्छ ? ‘विद्यालय नै मुख्य आधार’ शीर्षकको लेखमा उल्लिखित सरोकारवाला वा विज्ञहरू नै अगुवा सिर्जना गर्ने गुरुहरू हुनुहुन्छ भने उहाँहरूले अहिलेसम्म को को नेताहरूको सिर्जना गर्नु भयो ? उहाँहरूले पस्केका ‘नेतृत्व कौशलता’ का सिद्धान्तलाई अँगालेर क–कसले श्रीकृष्ण वा अर्जुनले जस्ता चामत्कारिक काम गरेका छन् ? कि गणितीय सिद्धान्त ब्रटाण्ड रसेल विरोधाभाष ९द्यभचतचबलम च्गककभिि उबचबमयह० को उदाहरणमा उल्लेख गरिएको ‘हजामको परिभाषा’ ले कपाल काटिने मान्छेको सूचीमा हजाम आफू नपरे जस्तो वा हराम्रो नेपाली उखान ‘वैद्यको छोराकोगलगाँड, ज्योतिषीको छोरी...’ भने जस्ता अगुवाईको दर्शन फलाक्ने गुरुहरूले आफूमा वा आफ्नो समाज मा चाहिं त्यो दर्शनको प्रयोग गर्न नसक्ने हो ? यक्ष प्रश्न अघि सरेको छ । शास्त्रमा भनिएको छ, ‘शिष्यात् इच्छेत पराजयम् ।’ अर्थात् आफ्नो शिष्यबाट एक दिन पराजय हुने आशाका साथ ज्ञान प्रवाह गर्नु । यो नेताहरूमा पनि उत्तिकै लागू हुने कुरा हो । एउटा राजनेता आफैंमा एउटा शक्तिशाली गुरु हो जसको एउटा प्रमुख काम हो ‘आफूभन्दा पनि कर्मठ या चामत्कारिक नेता सिर्जना गर्नु ।’ आजको यस विज्ञान, प्रविधि र सञ्चारको अभूतपूर्व प्रगति भएको प्रत्येक क्षण अकल्पनीय परिवर्तनहरू सिर्जना हुने युगमा ‘नेतृत्व कौशलता’ सम्बन्धित औपचारिक अध्ययन गर्न पाइने शिक्षालयहरू कहाँ छन् ? सम्बन्धित औपचारिक शैक्षिक उपाधिहरू के–के हुनसक्छन् ? बहसमा नसमेटिएका विषय प्रसङ्गहरू हुन् । आशागरौं आगामी अङ्कहरूमा यीलगायत ‘नेतृत्व विज्ञान’ का अन्य विषयहरू समेत शिक्षक ले समेट्नेछ ।
डा. नवराज खतिवडा, सह­प्राध्यापक,
काठमाडौं विश्वविद्यालय, धुलिखेल, काभ्रे

विचार मा समावेशीपन खै ?

शिक्षक मा नारी लेखकहरू विरलै हुन्छन् । १६ जना अग्रज एवं प्रबुद्ध वर्गको विचार समेट्दा एकजना मिनाक्षी दाहालको मात्र उपस्थिति देख्दा (शिक्षक; साउन २०६९) उही मन राख्ने जमर्को गरेको हो कि जस्तो लाग्यो । नारीजगतलाई हेर्ने दृष्टिकोणमा आमूल परिवर्तन ल्याई विचार /संवादहरू समेट्दा कम्तीमा ३३ प्रतिशत स्थान नारी वर्गलाई दिइयोस् । नारी वर्गसँग विचार ै छैन जस्तो गरेर स्थान दिन दरिद्र मन राख्नु यस्तो प्राज्ञिक क्षेत्रको पत्रिकालाई रत्तिभर सुहाउँदैन ।
लक्ष्मी रिजाल
लिटिल ह्याभेन तपेश्वरी–१,गल्फडिया, उदयपुर

(टिप्पणीः नारी लेखकका सामग्री शिक्षक मा पक्कै पनि कम छन् । यो यथार्थ औंल्याउनुभएको मा लक्ष्मीजीलाई धन्यवाद । तर, नारी लेखकलाई स्थान दिन ‘दरिद्र मन राखेको’ भन्ने आरोप भने हामी स्वीकार गर्दैनौं, किनभने शिक्षक ले प्रारम्भ देखि नै नारी लेखक, चिन्तक, शिक्षकहरूलाई विशेष प्रोत्साहन दिने प्रयास गरेको छ । त्यस्तो प्रयास अहिले पनि जारी छ । विभिन्न पेशा र विज्ञताको क्षेत्रमै नारीहरूको उपस्थिति तुलनात्मक हिसाबले न्यून रहेको यथार्थ शिक्षक का पानामा झल्किएको हो । यसर्थ, प्रतिशतको मागसँगै सक्षम नारी जनशक्ति उत्पादन गर्ने तर्फ पनि सबैको ध्यान जानु जरुरी छ भन्ने हराम्रो ठम्याइ छ । –सं)

गणितीय खेलको अझ सजिलो उपाय

गणेशप्रसाद रिमालद्वारा लिखित ‘विद्यार्थी उत्प्रेरित गराउने रमाइलो गणितीय खेल’ (शिक्षक, असार २०६९) रगुप्तबहादुर भण्डारीको ‘ गणितीय खेल अझ् सजिलो उपाय’ (शिक्षक, साउन २०६९) पढेपछि मलाई अझ् सजिलोसँग यो खेल खेलाउन सकिने विश्वासका साथ सो लेखलाई यसरी छोट्याउन चाहन्छु—

सबैभन्दा पहिले आफूलाई मन लागेको अंक क्रम र सीमाविना लेखी योगफल निकाल्ने । योगफललाई शुरूमा लेखेको संख्याबाट घटाई कुनै एउटा अंक लुकाउने अर्थात् घेरा लगाउनेसम्मगुप्तबहादुर भण्डारी सरको भनाइसँग सहमत छु । उत्तर भन्ने अर्थात् लुकाएको अंक पत्ता लगाउने क्रममा लुकाएको अंक बाहेक अरू अंक भन्न लगाउने र खेलाउने मान्छेले ध्यान दिएर सुन्दै अंक जोड्दै जाने । यसरी जोड्दा आएको योगफललाई ९ का अपवत्र्यहरूसँग तुलना गर्दै लुकाएको अंक सजिलै पत्ता लगाउन सकिन्छ ।

जस्तैः शुरु मा १३५७९४ लेखेपछि सबै अंकहरू जोड्दा (१+३+५+७+९+४=२९) र पहिला लेखिएको संख्याबाट योगफल घटाउँदा १३५७९४—२९=१३५७६५ यति गरिसकेपछि कुनै एउटा अंक लुकाउने र बाँकी सबै अंक भन्न लगाउने । ती अंकहरू जोड्दै जाने (१+३+५+६+५=२०) आएको योगफललाई ९ का अपवत्र्यहरूसँग तुलना गर्दा ९, १८, २७, ३६... योगफल १८ भन्दा ठूलो तर २७ भन्दा सानो छ । त्यसैले २० लाई २७ पुर्याउन ७ जोड्नुपर्छ । यहाँ लुकाएको अंक ७ हो भनी सजिलै भन्न सकिन्छ । अन्त्यमा कहिलेकाहीं योगफल ९ का अपवत्र्यहरूसँग बराबर हुन आउँछ । त्यतिखेर उत्तर दुईचोटि भन्नुपर्ने अवस्था आउँछ ० या ९ यसरी उत्तर पत्ता ल गाउँदा सामान्यतया जोड्दा र घटाउँदा विद्यार्थीहरूले गर्ने गल्ती घटाउन मद्दत गर्द छ ।
भूमिराज अवस्थी, श्री झ्म्केश्वरी मावि,
पालुङ–१, ओखरबजार, मकवानपुर

विद्यालयका थप समस्या

शिक्षक को २०६९ असार अङ्कमा जनता उमावि, चुलाचुली—३, बाह्रगोठे इलामकी शिक्षक बिन्दु दाहालले उल्लेख गरेका ११ सुझावलाई स्वीकार्दै म एक अभिभावकको नाताले थप समस्या प्रस्तुत गर्न चाहन्छुः

१२.    कतिपय माविमा अयोग्य/एसएलसी मात्र उत्तीर्ण, तालिम नलिएका तथा शिक्षा विषयको अध्ययन समेत न गरेका, शैक्षिक योजना र रुटिनसमेत बनाउन नजान्ने प्रअहरू रहेकाले त्यस्ता प्रअ भएका सरकारी विद्यालयबाट गुणस्तरीय शिक्षाको कुनै हालतमा अपेक्षा गर्न सकिंदैन । अतः त्यस्ता अयोग्य प्रअलाई तुरून्त हटाएर योग्य प्रअको नियुक्तिको अनिवार्यतालाई सम्बन्धित निकायसमक्ष  झ्कझ्काउने कार्य शिक्षक पत्रिकाले गर्नु पर्ने देखिन्छ ।
१३.    प्रअहरूबाट हुने आर्थिक, शैक्षिक र नैतिक भ्रष्टाचार उजागर गर्ने दायित्व पनि शिक्षक पत्रिकाले नै लेओस् ।
१४.    यस पत्रिकाकोग्राहक बनेका कतिपय विद्यालयका प्रअले शिक्षक पत्रिका आफ्नै व्याग वा दराजभित्र लुकाउने गरेको पाइन्छ । यो समस्यालाई हल गर्न यस पत्रिकाले विद्यालय–विद्यालयमा गएर अनुगमन तथा यस पत्रिकाको औचित्यका बारेमा छलफल चलाउनुपर्ने देखिन्छ । तर यसको मतलब शिक्षकले पत्रिका किन्न नसक्ने भन्न चाहिं खोजेको होइन । तर कतिपय भ्रष्ट प्रअहरू यस पत्रिकाले उठाएका विषयलाई लिएर विद्यालयमा आफू माथि प्रश्न नउठाउन् भन्ने चाहन्छन् । वास्तवमा शिक्षक पत्रिका दिनप्रतिदिन शिक्षकहरूको लागि लोकप्रिय, कमजोर र भ्रष्ट प्रअहरूका लागि दुश्मन बन्दै गएको छ ।
अरविन्द्र महत, अभिभावक, काठमाडौं
maharabindra@yahoo.com

सरकारले पढाइदेओस्

एउटा गरीबको बच्चाले विशिष्ट श्रेणीमा एसएलसी पास गर्छ । उसको रुचि डाक्टर पढ्ने हुन्छ । तर डाक्टर पढाउन अभिभावकले झ्टिीझम्टो सबै बेचेर पनि सक्दैन । यस्तो अवस्थाका विद्यार्थीलाई तिनको स्तर हेरेर राज्यले ‘फ्रि’मा पढाउने व्यवस्था हुनुपर्छ । बरु राज्यले त्यस्ता विद्यार्थीलाई गरेको लगानी पछि उनीहरूबाट असुल गर्ने व्यवस्था गरे मा रराम्रो होला भन्ने मेरो विचार छ । जुनसुकै विषयमा दक्ष विद्यार्थीलाई सीपमूलक शिक्षा पढ्नको लागि राज्यले अवसर दिनुपर्छ । विद्यार्थीहरूले पनि राज्यको लगानी हेरी पछि फिर्ता गर्ने गरे मा हराम्रो देश दुई–तीन दशकमा नै अर्कै अवस्थामा हुन्थ्यो कि झै लाग्दछ ।

राज्यले सैनिक, प्रहरीका छोराछोरीहरूलाई दिइआएको जस्तै सुविधा अब शिक्षकका छोराछोरीलाई पनि दिनुपर्ने आवश्यकता भएको छ । एउटा प्रावि शिक्षकको बच्चाले डाक्टर पढ्न खोज्छ तर उसले त्यो बच्चाको चाहना पूरा गर्न कुनै पनि अवस्थामा सक्दैन । सरकारले विशिष्ट श्रेणी ल्याएका शिक्षकका छोराछोरी पहिचान गरी उसले पढ्न खोजेको विषय पूरै पढाइदिने व्यवस्था गरे मा देशकै भविष्य रराम्रो हुन्थ्यो ।
वासुदेव चौहान
श्री सिद्धेश्वर प्रावि, फुलासी–५, रामेछाप

पीसीएफको तलब चौमासिक होस्

पीसीएफ तलबी रकम आर्थिक वर्षको अन्त्य अर्थात् असार महीनामा मात्र प्राप्त हुने गर्द छ; त्यो पनि अपर्याप्त । सरकारी स्केलभन्दा झण्डै आधा पारिश्रमिकमा नियुक्त पीसीएफ शिक्षकहरूलाई साउन देखि जेठ (११ महीनासम्म) या त भोकै काम गराउनु पर्छ या छात्रवृत्ति र विकास बजेटबाट तलब खुवाउनुपर्छ । कैयौं सामुदायिक विद्यालयको अवस्था यस्तै छ । पूरै पीसीएफका भरमा चलेका त्यस्ता विद्यालयहरूमा चौमासिक रूपमा रकम निकासाको व्यवस्था गरियोस् या दरबन्दी मिलान गरियोस् ।
टेकबहादुर विश्वकर्मा
प्रअ, श्री जनशक्ति निमावि, कालिका–८, कञ्चनपुर

commercial commercial commercial commercial