भार, भारी र भरिया

भारी बोक्नेलाई ‘भरिया’ भन्दछौं । तर भार के हो ? त्यो केमा निहित हुन्छ ?
पृथ्वीमा भार नभएको कुनै वस्तु हुँदैन । हरेक वस्तुको आ–आफ्नै पिण्ड (mass) हुन्छ । पृथ्वीमा जोख्दा सय किलोग्राम तौल (भार) देखाउने पिण्ड चन्द्रमाको सतहमा लगेर जोख्दा १६.६ किलोग्राम मात्र कायम हुन्छ । पिण्ड उही तौल किन फरक ? भरियाले भारी बोक्दा निश्चित तौलको पिण्डलाई स्थानान्तर गर्ने प्रयास गरेको हुन्छ । एक ठाउँमा थपक्क बसेको पिण्डलाई त्यहाँबाट उठाएर अन्यन्त्र लग्नुपर्दा बल वा शक्ति प्रयोग गर्नु पर्छ । भरियाले भारी बोक्दा पृथ्वीको गुरुत्व शक्तिसँग जुध्नु उसको प्रमुख काम हुन्छ । उसको बल या शक्ति त्यसैमा खर्च हुन्छ ।


भरियाले भारी बोक्दा निश्चित तौलको पिण्डलाई स्थानान्तर गर्ने प्रयास गरेको हुन्छ । एक ठाउँमा थपक्क बसेको पिण्डलाई त्यहाँबाट उठाएर अन्यन्त्र लग्नुपर्दा बल वा शक्ति प्रयोग गर्नु पर्छ । भरियाले भारी बोक्दा पृथ्वीको गुरुत्व शक्तिसँग जुध्नु उसको प्रमुख काम हुन्छ । उसको बल या शक्ति त्यसैमा खर्च हुन्छ ।

पृथ्वी आफैंमा एक पिण्ड हो भने भरियाको भारी पनि एक पिण्ड हो । एक पिण्डले अर्को पिण्डलाई हरबखत आफूतिर तानिरहेको हुन्छ । ठूलो पिण्डले सानो पिण्डलाई सहजै आफूतिर तान्छ । त्यसै हुनाले जुन वस्तु पनि खसेर पृथ्वीमा नै पुग्छ, किनभने पृथ्वीमा पृथ्वीभन्दा ठूलो अर्को वस्तु (पिण्ड) हुने कुरै भएन ।रूखमा फलेको फल भुईंमा किन खस्यो भन्ने कुरा मा चिन्तन गरेर अंग्रेज वैज्ञानिक आइज्याक न्यूटन (Isac Newton) पृथ्वीको गुरुत्व आकर्षण विषयमा युगान्तकारी सिद्धान्त प्रतिपादन गर्न सफल भए । त्यो आजभन्दा ३२५ वर्ष पहिलेको कुरा भयो । तर अहिलेसम्म पनि कुनै पदार्थमा रहेको पिण्डको यथार्थ र त्यसको उत्पत्ति एवं अस्तित्वबारे निश्चित जानकारी वैज्ञानिकहरूलाई छैन । कुनै पनि पदार्थ वा त्यसको पिण्ड सूक्ष्म अणुहरू (Moleculies) मिलेर बनेको हुन्छ । अनि त्यस्तो अणु चाहिं परमाणु (Atoms) मिलेर बनेको हुन्छ । परमाणुको सूक्ष्मतालाई अझ् सूक्ष्मातिसूक्ष्म संरचनाभित्र अनुसन्धान गरेर त्यसको (परमाणुको) पिण्ड तत्व कायम गर्ने हिगस् बोसोन (Higgs Boson) नामक कणहरू र तिनलाई क्रियाशील बनाउने क्षेत्र हिगस् फिल्ड (Higgs Field) को अस्तित्व स्थापित गर्न वैज्ञानिकहरू भर्खरै मात्र सफल भएका छन् । केही दिन पहिले, ४ जुलाई २०१२ का दिन सार्वजनिक भएको उक्त उपलब्धिलाई समकालीन विश्वको सबैभन्दा ठूलो वैज्ञानिक उपलब्धिको रूपमा व्याख्या गरिएको छ । तर ब्रह्माण्डको उत्पत्ति देखि कुनै पिण्डको सृष्टि र सिर्जना सम्बन्धी व्याख्या गर्ने यस युगान्तकारी वैज्ञानिक उपलब्धिले नेपाली भरियाको थाप्लो र नाम्लोको कथा–व्यथामा हाललाई एउटा पनि नौलो कण नथप्ने भएको ले त्यसलाई यहीं छोडेर भारी र भरियाकै कुरा तर्फ फर्कौं ।


भरिया दाइ

भरिया दाइले भारी नै बोके उकाली, ओराली
कहिले बेंसी, कहिले शिखर कहिले द्यौराली ।

भरिया दाइको शिरमा नाम्लो पीठमा ढाकर छ
काखीमा खकन हातमा तोक्मा झुस्सझुसे दाह्री छ ।

क्या मीठो पीठो— ओडाल्यो ढींडो गुन्द्रुक तिहुन
कुप्लुक्क खायो, घुप्लुक्क सुत्यो धन्य हो जीवन ।

साहुको भारी पुर्‍याई बजार पाएको ज्यालाले
कान्छीलाई गुन्यु, सानीलाई दौरा किने है मायाले ।

नुन र तेल आफूलाई भोटो रहर के छ र ?
मनाउँछन् हाम्रा भरिया दाइ दशैं र तिहार ।

सकेर खेती फुर्सतमा भारी, जीवन चोखो छ
नलागोस् ऋण खाने र लाउने यति नै धोको छ ।

निरोगी–मोटा घाटा छन् यिनी मुखमा कान्ति छ
परिश्रम गरी पसिना चुहाई खानुमा शान्ति छ ।

कपट, जाल, बेइमानी छैन सबैमा प्रेम छ
काम नै यिनको पवित्र पूजा ईश्वर साथ छ ।

डाँडा र काँडा उकाला ठाडा जंघार तर्दछन्
खोला र नाला जङ्गल झाडी भरिया चिन्दछन् ।

क्या मीठा गीत गाउँछन् यिनी यात्रीका साथी हुन्
देशका सपूत पहाडका प्राण सेवाका मूर्ति हुन् ।

साभारः कक्षा ८ को पाठ्यपुस्तक ‘महेन्द्र–माला’ (वि.सं. २०२९ सालको संस्करण) ।


करीब ३० वर्ष पहिलेको कुरा । अरुण र बरुण उपत्यकामा प्रकृति एवं जैविक विविधता संरक्षण गर्ने सम्भाव्यता अध्ययन गर्न गाउँ– गाउँ घुम्ने अवसर थियो । संखुवासभा जिल्लाको याफु गाउँ विकास समिति त्यसबेला याफु पञ्चायत थियो । प्रधानपञ्चको घरमा हराम्रो वास । प्रधानपञ्चकी श्रीमती घाँसको भारी आँगनमा बिसाएर लामो सुस्केरा हाल्छिन् । हामी भने आँगनमा बसेर गाउँ कसरी विकास गर्ने र गाउँलेहरूका चाहना के–के हुन् भनी प्रश्न माथि प्रश्न थप्दैगफिंदै थियौं । प्रधान (पञ्च) भाउजूको विचार पनि सुन्नुपरयो भनेर उहाँतिर प्रश्न तेस्र्यायौं– ‘ए भाउजू ! यो ठाउँको विकास कसरी गर्ने ?’ नाम्लोले थिचेको थाप्लोको केश सम्हाल्दै गरे की भाउजूको जवाफ आयो, “मलाई त केही चाहिंदैन । यो थाप्लोबाट नाम्लो हटाइदिए पुग्छ ।”

प्रधान भाउजूको त्यो जवाफले मलाई झ्सङ्ग पारयो । निद्राबाट बिउँझे जस्तै भयो । नेपालमा पर्वतीय विकास को मूल सूत्र भेटें जस्तो लाग्यो । जबसम्म नेपालीको थाप्लोबाट नाम्लो हट्दैन, तबसम्म नेपालको विकास भन्नु निरर्थक कुरा हुन्छ । त्यही सोचमा अझै व्याकुल छु ।

डोको, नाम्लो र थाप्लोको नेपाली कथा र त्यस भित्रको व्यथा साहू–व्यापारी वा पर्वतारोहीका भारी बोक्ने भरियाका ताँतीमा प्रष्ट हुन पुग्छ । उकाली, ओराली, भञ्ज्याङ, चौतारी र देउरालीमा भेटिने भरियाहरू; तिनले साँझ्–बिहान खाने खान्की र बोक्ने बोझ् अनि साहू र साहेबका सामान प्रतिको जिम्मेवारीलाई विचार्‍यौं भने विश्व कीर्तिमान का पदकहरू तिनकै छातीमा सुहाउने हुन्छन्; हिमशिखरमा झण्डा फहराउने साहेबका छातीमा हैन । व्यापारिक नाफाले तिनको भोटो पनि टालिनुपर्ने हो, तर त्यसो पनि हुँदैन । विभिन्न अनुसन्धानलाई उद्धृत गर्दै नेशनल जिओग्राफिक (अमेरिका) ले निष्कर्ष निकालेको छ– ‘पर्वतीय परिवेशमा सामान ढुवानीका निम्ति सबैभन्दा उत्तम र उत्कृष्ट (efficient) भरियाहरू नेपालमै भेटिन्छन् ।’

हुन पनि; आफ्नो शरीरको जति तौल छ त्यसको ९३ प्रतिशत वजन बोक्ने क्षमता भएका नेपाली पुरुष र आफ्नो शरीर वजनको ६६ प्रतिशत भार बोक्ने नेपाली महिलाहरूको क्षमतासँग विश्वका अन्य भरियाले चुनौती खडा गर्न कठिन पर्छ । तर यिनको खुराकमा मकै वा कोदोको ढिंडो, गुन्द्रुकको तिहुन र त्यसमा पर्ने पिरो खुर्सानी बाहेक चिल्लो पदार्थ केही पर्दैन । स्वस्थ खाना त्यही हो त ? सामान्यतया एक भरियाले ४० किलोको भारी बोक्छ । त्यसमा आफ्नो सामल र ओढ्ने–ओछ्याउने थपिएको हुन्छ । बाटामा भेटिने दाउरा–झिंझा पनि बोक्नै पर्छ तिनले— चुल्हो बाल्न । डोको माथि ताप्के र हातमा तोक्मा पनि बोक्नै पर्छ । तोक्माको टेकोमा भारी अड्याएर बीच–बीचमा हाल्ने सुस्केरा– पर्वतीय भरियाको शक्तिसञ्चय गर्ने मूल प्रविधि हो । उकालोमा अलिकता अगाडि बढ्नासाथ तोक्मामा भारी अड्याएर सुस्ताउनाले थप ऊर्जा प्राप्त हुन्छ ।

लामो दूरीमागह्रौं भारी बोक्ने डोकोलाई ‘ढाकर’ भनिन्छ । त्यसलाई चारपाटे आकृतिमा बुनिएको हुन्छ । उहिलेका दिनमा; भनौं ५० वर्षभन्दा पहिले नेपाली लाठे मान्छेको वर्गीकरण या त जागिरे या ढाक्रे भनेर हुन्थ्यो । त्यसबेला ढाक्रे भनेपछि फाटेको भोटो र धुजा परेको इष्टकोट, खाली खुट्टा तथा मयलले टलक्क परेको भाद गाउँले टोपीको तस्बीर दिमागमा छाउँथ्यो । त्यही टोपीमा कुवाको पानी उघाएर घुट्काएका दृश्य मेरा स्मृतिपटलमा अझै कायमै छन् । वर्षाको बेला भरियाहरू लौरोमा नुनको सानो पोकोगाँठो पारेर हिंड्छन् । खुट्टामा रगत चुस्ने जुका चढ्यो भने त्यही नुनले झर्छन् । भारी बोकेर जुका टिप्न वा निहुरिन उसलाई मिल्दैन । डोकोभरी खाँदिएका विभिन्न वस्तुको पिण्ड र डोकोको माथि छाँदिएका अन्य भारीको भार केन्द्र ९अभलतचभ या नचबखष्तथ० र शरीरको आफ्नै भार केन्द्र (center of gravity) बीच तालमेल नमिलेमा भारी बोकेर हिंड्न सम्भव हुँदैन । भार केन्द्रहरू बीच तालमेल मिलाउनकै लागि डोकोको आकार मुखतिर खुलेको र पिंधतिर चोसिएको साँघुरो हुन्छ । भारीको मूल भार त्यही पिंधमा पर्ने भएको ले नाम्लोको बरियो पनि डोको वा ढाकरको पिंधको छेउमै बेरिएको हुन्छ । पिंधको त्यो भार थाप्लोमा पर्ने गरी नाम्लोको पाता निधारभन्दा माथितिर अड्याइन्छ । बरियो (बलियो डोरी) र नाम्लोलाई जोड्ने विशेष प्रकारको हररी र साथमागाँठो बाँध्ने सुपारी पनि जडिएको हुन्छ । डोकोलाई पिठ्यूँसँग सामञ्जस्य मिलाउन कुम र काखी बेरिने गरी खकन जोडिएको हुन्छ । त्यस्तै गरेर कम्मरमा कानाको पनि व्यवस्था मिलाइएको हुन्छ । यसरी डोको वा ढाकरको भारी जीउमा टम्म मिल्ने गरी कसिसकेपछि भरियाका दुवै हात अरू कामको लागि स्वतन्त्र हुन्छन् । पर्वतीय यात्रामा अप्ठेरो बाटो हिंड्दा हातले यताउता समाउनु पनि पर्ने हुन्छ ।

सामान्यतया ढाकर वा डोको बुन्न निगालोको चोया प्रयोग हुन्छ । तर डोकोलाई स्थिर र मजबुत बनाउन बाँसका कप्टेराहरू काम्राका रूपमा प्रयोग गरिएका हुन्छन् । डोकोको मुख भने चोयाले नै बेरेर बलियोसँग बिट मारिएको हुन्छ । डोको बोक्न अभ्यस्त नभएकाहरूले डोको बोक्न सक्दैनन् । काठमाडौंका नेवारहरू डोकोको सट्टा खर्पन बोक्दछन् । तर भिरालो भूूस्वरुपमा खर्पन काम लाग्दैन । खर्पन वास्तवमा तराजुको अर्को स्वरुप हो ।

खर्पन बोक्नेले आफ्नो भारीलाई दुई बराबर हिस्सामा बाँडेर बलियो बाँसको नोलको दुवै छेउमा झुण्ड्याउँछ । आफ्नो काँध नोलको बीच भागमा थापेर भारी उठाउँदछ । पृथ्वीको गुरुत्वले त्यसबेला आफ्नो गुरुत्वको भार केन्द्र (centre of gravity) लाई त्यही काँधमा पर्ने नोलमा कायम गर्छ । डोको बोक्दा भने डोकोको भार केन्द्र डोकैमा कायम हुन्छ । तराजु वा तुलाको सन्तुलन प्रविधिमा खर्पन बोक्नुपर्ने भएको ले खर्पनको दुवैतिर को भार (weight) बराबर हुनुपर्छ । खर्पन झुण्ड्याउने डोरीहरू पनि बराबर लम्बाइका हुनुपर्छ । खर्पन बोक्ने काँधबाट नोलको दूरी पनि बराबरै हुनुपर्छ । खर्पन समथर भूभागमा प्रयोग हुन्छ ।

मधेश–तराईतिर को खर्पनमा बाँसको नोल लचकदार बनाइएको हुन्छ । सामान्यतया मोटो बाँसलाई चिरेर दुई फ्याक पारी तिनलाई नै जोडेर विशेष प्रकारको नोल बनाइन्छ । त्यसले भारीलाई लचक–लचक झुलाउँछ । त्यस्तो लचकताले प्रदान गरेको प्राकृतिक बलको फाइदा लिएर भरियाले आफ्नोगति बढाउँछ । विज्ञानको सिद्धान्तबाट हेर्ने हो भने, पीङ खेल्दा मच्चिएको पिङ फर्केर आउने प्राकृतिक शक्ति (potential energy) लाई भरियाले आफ्नोगति बढाउन प्रयोग गरिरहेको हुन्छ ।

मधेश–तराईतिर भारी बोक्ने प्रचलित विधि टाउको माथि भारी थमाउनु हो । तरकारी वा अरू कुनै चिजबाट भरिएको टोकरीलाई टाउको माथि बोकेर बजार डुल्दै गर्ने किसान वा पानीले भरिएका घडालाई टाउको माथि अड्याएर कलात्मक ढंगले हिंड्ने तराईका महिलाहरूको क्षमताको सराहना बेग्लै प्रकारले गर्नु पर्ने हुन्छ । भारी बोक्ने यो विधिमा पनि भारीको भारकेन्द्र र भरियाको शरीरको भारकेन्द्र एकै रेखामा पर्छ । अफ्रिकाको अङ्गोलामा सम्पन्न एक अध्ययन अनुसार कुनै व्यक्तिले आफ्नो वजनको २० प्रतिशत वजन बराबरको भारी टाउको माथि राखेर बोक्छ भने त्यस व्यक्तिलाई थप शक्ति (ऊर्जा)को आवश्यक पर्दैन । अर्थात् ५० किलो तौल हुने एक महिलाले १० किलोको भारी उठाउँदासम्म उनलाई थप शक्ति आवश्यक पर्दैन ।

यसबाट के कुरा स्पष्ट हुन्छ भने भारी बोक्न पनि सीप चाहिन्छ, शक्ति मात्र भएर पुग्दैन । भारतीय रेलमा कुल्लीहरूले बोक्ने भारी र तिनले बोक्ने तरिका नियाल्यौं भने हामी त्यसै अचम्मित हुन्छौं । वास्तवमा संसारभरि नै भारी बोक्ने भरियाहरूलाई देखेर भारी नबोक्ने व्यक्तिहरू सधैं अचम्मित हुने गरेका छन् । भारी जसरी बोके तापनि त्यस भारीको भार (weight) लाई आफ्नो शरीरको भार केन्द्रसँग मिलान गराए र काम गर्नु पर्ने हुन्छ । मानिसको भार केन्द्र (centere of gravity) समान्यतया उसको नाभिस्थानतिर पर्न आउँछ । भार बोक्ने क्षमता चाहिं डडाल्नुको क्षमता (spinal strengh) सँग बढी सम्बन्धित हुन आउँछ । पाखुरा र पिडौँलाले पनि डडाल्नुलाई नै बल दिनुपर्ने हुन्छ ।

पृथ्वीको गुरुत्व केन्द्र योगोलाकार पिण्डको केन्द्र स्थलमा अवस्थित छ भन्ने मान्यता राख्दछन्, सबै वैज्ञानिकहरू । त्यसैले त्यस केन्द्रबाट टाढा पर्ने स्थान जस्तैः सगरमाथाको टाकुरा मा गुरुत्व आकर्षण कम पर्ने हुन्छ । त्यसै गरी समुद्र सतहमा जोखिने सुनको तौल र सगरमाथाको थाप्लोमा जोखिने सुनको तौल फरक पर्न सक्छ । तर जुन तत्वले सुन बनेको हुन्छ त्यसको पिण्ड (mass) मा भने केही फरक पर्दैन । अन्तरिक्षमा त्यसको तौल शून्य भएतापनि त्यसको पिण्ड तत्वमा केही फरक पर्दैन । त्यही पिण्ड तत्व (mass) कोे भार (weight) पृथ्वीमा बोझ् बनेर साक्षात हुन्छ किनभने त्यस पिण्डलाई पृथ्वीको गुरुत्वले आफ्नो केन्द्रस्थलतिर तानिरहेको छ । पृथ्वीको त्यही बल (force) को विपरीत काम गर्नु पर्ने भएको ले भरियाहरू भारको अनुभव गर्द छन् । भरियाले बोक्ने विभिन्न पदार्थहरू (matters) को आफ्नै भार (weight) हुन्छ । त्यही भारलाई वहन गरेर पृथ्वीको एक स्थानबाट अर्को स्थानमा पदार्थहरू ढुवानी गर्ने काममा भरियाहरू जुटेका हुन्छन् । यी भरिया एवं अन्यग्रामीण समुदायका नेपाली महिला एवं पुरुषका थाप्लोबाट नाम्लो नहटेसम्म हराम्रो विकास को परिभाषा अधुरो नै रहन्छ ।

commercial commercial commercial commercial