दाँत दुख्यो पढाइ छुट्यो
विद्यालय जाने उमेरका बालबालिका स्वास्थ्य सम्बन्धी विभिन्न समस्यासँग जुधिरहेका हुन्छन् । त्यस्ता स्वास्थ्य समस्यामध्ये दाँत–मुखका रोगका समस्या गम्भीर छन् । स्वास्थ्य समस्या भएका बालबालिकाले पठनपाठनमा राम्ररी ध्यान केन्द्रित गर्न सक्दैनन् ।
हाम्रा स्कूले बालबालिकाले दाँत–मुख स्वास्थ्यका बारेमा के कस्ता समस्या भोगिरहेका हुनसक्छन् र ती समस्याले उनीहरूलाई कस्तो असर पारेको छ भन्ने बुझन तलका दृष्टान्त हेरौंः
क) रामलाई शिक्षकले ‘हिजो किन स्कूल नआएको’ भनेर कारण सोध्दा उसले दाँत दुखेर आउन नसकेको जवाफ दियो । उसले गृह कार्य पनि बुझाउन सकेन । कीराले खाएर दाँत धेरै दुखेकोले उसले गृह कार्य गर्नै सकेको थिएन । तर, ‘होमवर्क त हातले पो गरिन्छ’ भन्दै शिक्षकले रामलाई एक झापड लगाएर ‘आइन्दा दाँत दुखेको बहाना बनाएर स्कूल नआउने र गृह कार्य न गरे मा परिणाम गम्भीर हुने’ चेतावनी दिए ।
ख) श्याम विद्यालयको छात्रावासमा बस्थ्यो । उसको स्कूलमा शिक्षकहरूले कपाल, नङ र दाँतको सरसफाई हेर्नेगर्थे । हुन त श्यामले सकेसम्म यी तीनै कुरा को नियमित सरसफाईमा ध्यान दिने प्रयत्न गरेको थियो । तर श्यामको दाँत भने जति माझे पनि फोहोरै देखि न्थ्यो रगिजाबाट रगत आइरहन्थ्यो । विद्यालयका स्वास्थ्य विषयका शिक्षकले श्यामलाई सधैं दाँत किन माझिस् भन्दै हकार्ने गर्थे र उसलाई सधैं फोहोरी विद्यार्थीको दर्जामा राखेर अतिरिक्त क्रियाकलाप बाट बञ्चितगराउँथे ।
ग) हरि कक्षामा धेरै बोल्दैनथ्यो, उसका कोही मिल्ने साथी पनि थिएनन् । उसले केही बोल्न खोजे साथीहरूले जिस्क्याइहाल्थे । त्यसैले उसले सकेसम्म मुखै खोल्दैनथ्यो किनकि उसका दाँत बाङ्गा–टिङ्गा र उछिट्टिएका थिए । एकदिन स्कूलमा एउटा साथीले जिस्क्याएको हरिले सहन सकेन; साथीलाई एक मुक्का हानिदियो । मुक्का खाएको साथीले प्रधानाध्यापकलाई उजुरी गरयो । हरिले साथीलाई किन मुक्का हान्यो भन्ने कारण नै नखोजी प्रअले हरिलाई सजाय दिए ।

माथि काल्पनि क रूपमा प्रस्तुत गरिएका राम, श्याम र हरिका जस्ता समस्या झेल्ने विद्यार्थी हाम्रा घर, विद्यालय र समाज मा प्रशस्तै भेटिन्छन् । दन्त स्वास्थ्यका समस्याहरू फरक फरक प्रकृतिका भए पनि यसबाट पीडित बाल–बालिकामा पर्ने शारीरिक एवं मान सिक असरहरू नकारात्मक नै हुन्छन् । दाँत सम्बन्धी समस्याका कारण कतिपय विद्यार्थी त पढ्ने–खेल्ने अवसरबाट समेत बञ्चित भइरहेका हुन्छन् ।
वास्तवमा दाँतको दुखाइ साह्रै असह्य हुन्छ जसको कारण मानिस आफ्नो नियमित क्रियाकलाप मा केन्द्रित हुन सक्दैन । दाँत दुख्दा खाना चपाउन, बोल्न, स्कूल वा कार्यालय जान समेत मानिस असमर्थ हुन्छ । दाँतको निरन्तर दुखाइ र त्यसका कारण उत्पन्न हुने नियमित आहार–विहारको अभावले मानिसको सम्पूर्ण स्वास्थ्यमा समेत प्रतिकूल असर पर्छ । यस्तो अवस्थाका बिरामीका समस्या बुझेर आवश्यक उपचार गराउन र सामान्य जीवनयापनतर्फ उन्मुख गराउन स्वास्थ्यकर्मीको सहयोगको खाँचो पर्दछ । तर, माथि प्रस्तुत गरिएका तीन जनाको केसमा शिक्षकले समस्यै नबुझी गाली गर्ने, शारीरिक यातना दिने, सजायको भागिदार बनाउने गरेको देखिन्छ । दाँतको स्वास्थ्य समस्याबाट ग्रसित बालबालिकालाई हाम्रा विद्यालय, छात्रावासहरूमा जानी–नजानी शारीरिक–मान सिक पीडा दिने गरिन्छ ।
प्रसङ्ग ‘क’ मा रामको दाँत कीराले खाएको छ भनियो । तर दाँतलाई देखि ने कीराले खाने होइन । आँखाले न देखि ने ब्याक्टेरिया लगायतका असंख्य जीवाणु दाँतको कापमा बस्छन् । दाँतमा विशेषतः गुलियो खानेकुरा अड्किंदा ती जीवाणुले अम्ल उत्पादन गर्छन् । यसबाट दाँतमा खाल्डो पार्ने प्रक्रिया शुरू हुन्छ । कीरा लागेको दाँतमा समयमै सिमेन्ट भर्नाले समस्याको सजिलै निराकरण हुन्छ । तर जीवाणुले दाँतको भित्री भाग निरन्तर ह्रास गर्दै लग्दा दाँत भित्रको नसा भेटिन्छ र संक्रमण भई दाँत दुख्ने, मुख सुन्निने पीडा हुन्छ । यस्तो अवस्थामा जरैसम्म भर्ने उपचार पद्धति (Root Canal Treatment) द्वारा दाँतलाई बचाउन सकिन्छ । तर धेरै जीर्ण भइसकेकोे अवस्थामा भने दाँत उखेल्नै पर्छ र कृत्रिम दाँत लगाउनुपर्छ ।
प्रसङ्ग ‘ख’ मा श्यामकोगिजाबाट रगत आउने समस्या छ । उसको दाँत राम्ररी माझिंदैन, माझन खोज्दा झन् रगत आउँछ र दुख्छ । दाँतको जराको सतह रगिजाको बीचमा फोहोर जम्नाले गिजाको संक्रमण हुन्छ; फलस्वरुपगिजा सुन्निने, मुखगन्हाउने, दाँत दुख्ने, दाँत कमजोर हुने र दाँत हल्लिने लक्षणहरू (periodontal disease) देखा पर्छन् । दाँत रगिजाको बीचमा दन्त लेउ, पत्थर र असंख्य कीटाणु जम्छन्, राम्ररी दाँत नमाझेमा यो क्रम बढ्दै जान्छ ।गिजाको संक्रमण भइसकेको अवस्थामा दन्तचिकित्सकबाट दाँतको सफाई (Scaling) र आवश्यक औषधोपचार गराउनु पर्दछ ।
प्रसङ्ग ‘ग’ मा हरिको दाँत–मुख सम्बन्धी समस्या अलि बेग्लै छ । यो समस्या आफैंमा रोग नभई दाँत–मुख र अनुहारको सौन्दर्यसँग सम्बन्धित हो । वंशानुगत वा जैविक विकास का कारणले दाँत र च्यापु हाडबीच आकार नमिल्दा हरिको अनुहार कुरुप भएको छ । अझ् मुख खोल्दा बाङ्गो–टिङ्गो र छिचरो दाँत देखि ने भएको ले ऊ सकभर मुखै खोल्दैन र खुलेर हाँस्न हिचकिचाउँछ । यस्तो अवस्थामा व्यक्तिको मन–मस्तिष्क र मनोविज्ञानमा नकारात्मक असर पर्दछ । फलस्वरुप एकाङ्कीपन, सामाजिक पछौटेपन र अन्तरमुखी स्वभावले व्यक्तिमा जरागाड्छ । यसबाट बालबालिकाको पढाइ–लेखाइ, खेलकुद र व्यक्तित्व विकास मा समेत क्षति पुग्छ ।
दाँत–मुख स्वस्थ राख्ने साधारण उपाय
- बिहान–वेलुकी नियमित ब्रस गर्ने ।
- फ्लोराइडयुक्त टुथपेष्ट प्रयोग गर्ने ।
- दाँत माझदा गिजा तथा जिब्रो पनि सफा गर्ने ।
- बच्चाहरूलाई बेलुकी दूध खुवाइसकेपछि मुख कुल्ला गर्न लगाउने ।
- खाना–खाजा खाएपछि मुख राम्ररी कुल्ला गर्ने ।
- गुलियो खानेकुरा, चकलेट, टफी, कोला इत्यादि धेरै नखाने ।
- खाजा–पेय पदार्थहरू पटक–पटक नखाने ।
- सुपारी–छुर्पी जस्ता कडा कुराहरू नखाने ।
- पान, सुपारी, चुरोट, रक्सी सेवन नगर्ने ।
- नियमित दन्त चिकित्सककहाँ जाँच गराउने ।
हाम्रो समाज मा नरराम्रो दाँत भएकालाई होच्याउने, जिस्क्याउने नरराम्रो चलन व्याप्त छ । विद्यालय पनि यसबाट मुक्त छैनन् । यस्तो वातावरणले बालबालिकामा हीनताबोध, क्रोध र विद्रोह जन्मगराउँछ । यसबाट भविष्यमा हुनसक्ने नकारात्मक प्रभावलाई दृष्टिगत गरी दन्त रोगका मूल कारणको उपचार गर्नु आवश्यक छ । बाङ्गो–टिङ्गो दाँत र च्यापु हाडको समस्यालाई दन्त विशेषज्ञद्वारा सोझयाउने उपचार (Orthodontic treatment) गराउनु पर्दछ ।
दाँतको स्वास्थ्य सम्बन्धी समस्या, प्राविधिक पक्ष, यसबाट पर्ने मान सिक तथा शारीरिक असर अनि तिनको उपचार र निराकरणका उपाय सम्बन्धी जानकारी आम मानिसलाई हुँदैन । यस्तो स्थितिमा विद्यालयका शिक्षकहरूले विद्यार्थीको पठन–पाठनका अतिरिक्त उनीहरूमा व्याप्त स्वास्थ्य समस्या र त्यसबाट पर्ने असरप्रति समेत ध्यान पुर्याउनु आवश्यक हुन्छ । विद्यालयमा दाँतमुख सम्बन्धी रोगबाट ग्रसित बाल–बालिकालाई शिक्षकहरूले सही परामर्श दिने र अभिभावकसँग समेत छलफल गरी समयमै उपचार गराउने हो भने बालबालिकामा शुरू भएको दाँतमुख सम्बन्धी रोग समयमै निराकरण गर्न सकिन्छ । यो काममा समाज को सचेत वर्ग भएको ले शिक्षककै भूमिका अहं रहेको छ ।
(वरिष्ठ दन्तचिकित्सक डा. श्रेष्ठ कान्तिपुर डेन्टल कलेजका भाइस प्रिन्सिपल पनि हुन् ।)



