प्रतिक्रिया सुझाव
गणितीय खेलः अझ सजिलो उपाय
गणेशप्रसाद रिमालद्वारा लिखित ‘विद्यार्थी उत्प्रेरित गराउने रमाइलो गणितीय खेल’ (शिक्षक, असार २०६९) पढेपछि मलाई अलि फरक तरीकाले अझ् सजिलो हुने गरी खेलाउन सजिलो होला जस्तो लागेर मेरो आफ्नो बुझइ अनुसार सोही लेखलाई छोटो रूपमा लेख्दैछु ।
सबभन्दा पहिले आफूलाई मन लागेको जतिसुकै अंकको संख्या पनि लेख्न सकिन्छ । जसको कुनै क्रम र सीमा चाहिंदैन । जस्तैः २१५०४९ लेखेपछि सबै अंकहरू (२+१+५+०+४+९=२१) जोड्ने र पहिला लेखिएको संख्याबाट जोडफल घटाउने । जस्तैः २१५०४९—२१=२१५०२८ यति गरिसकेपछि कुनै एउटा अंक लुकाउने । जस्तै ५ लुकायो भने बाँकी सबै अंक भन्नुपर्छ र सुन्ने व्यक्तिले भनेका अंकहरू (२+१+०+२+८=१३) जोड्नुपर्छ । यसरी जोडेर १३ आएपछि १ र ३ पनि फेरि जोड्ने, १+३=४ भएपछि ४ मा कति थप्दा ९ हुन्छ त्यही अंक नै लुकाएको अंक हुन्छ । अंकहरू जोड्दा १ अंक नआएसम्म जोडिरहनु पर्छ । जस्तैः ९८६७०५८९१= ९+८+६+७+०+५+८+९+१=५३ अब ९८६७०५८९१—५३=९८६७०५८३८ भयो । अब यसमा ६ लुकाएपछि बाँकी अंकहरू जोड्दा एउटा अंक नआएसम्म जोड्दै जाने । जस्तैः ९+८+७+०+५+८+३+८=४८ फेरि ४+८=१२ भयो । फेरि १२ लाई पनि १+२=३ गर्ने । अब ३ मा कति थप्यो भने ९ हुन्छ त भन्दा ६ थप्यो भने ९ हुन्छ । त्यसैले लुकाएको अंक पनि ६ नै हुन्छ । तर, कहिलेकाहीं ९=९ र ९=० हुन्छ । त्यो बेलामा ० लुकाउन पाईंदैन भन्नु भन्दा दुईपटक ० वा ९ भनेर जवाफ दिनु रराम्रो हुन्छ । हिसाब मिले/नमिलेको कापी नहेरिकनै थाहा पाउनु र मिलेको हिसाबमा लुकाएको अंक समेतथाहा पाउनुमा कसलाई रमाइलो नलाग्ला र ? यति कुरा जानेको कुन शिक्षकले नसिकाउला ?
गुप्तबहादुर भण्डारी
श्री महेन्द्र निमावि, मलम्पार, मल्कवाङ–७, म्याग्दी
सहानुभूति छ
सिरहाको हनुमान नगर–६ पदमपुर विद्यालयका विद्यार्थीका कापी देशभरिका सम्पूर्ण शिक्षक र पाठकले ‘चेक’ गर्न पाए । यो एक दुः खद् अवस्था हो, जेठ महीनाको शिक्षक मासिकको आवरण हेर्दा नै मनमा वितृष्णा पैदा भयो । काला–नीला अक्षरले जिरो नै देखाएको छ । यस प्रकारका ज्ञान–सीप सिकाउने शिक्षकप्रति म एकदमै सहनुभूति प्रकट गर्न चाहन्छु ।
पल्लवराज जोशी
गोकुलेश्वर बहुमुखी क्याम्पस,गोकुलेश्वर, दार्चुला
नमूना प्रति प्रकाशित होस्
शिक्षक शिक्षकहरूका लागि एकदम उपयोगी र ज्ञानबद्र्धक छ । शिक्षक पत्रिकाको अध्ययनबाट केही विद्यालयहरूले आफ्नो शैक्षिक गुणस्तर मा सुधार गरेको पनि थाहा पाइयो । मैले शिक्षक मासिक अभिभावकहरूलाई समेत पढ्न आग्रह गरेको छु ।
टीपीडी तालिममा सहभागी हुँदा यसको अन्त्यमा प्रशिक्षकबाट प्रोजेक्ट वर्क, एक्सन प्लान, केस स्टडी आदि गर्न लगाइन्छ । प्रशिक्षकबाट खाका मात्र दिइन्छ, नमूना दिइँदैन । यी तीन वटैको १/१ प्रति नमूना क्रमशः शिक्षक मा प्रकाशित गरिदिनुभए हामी शिक्षकहरूका लागि सुनमा सुगन्ध हुनेथियो ।
राम कुमार राई
श.ध.उमावि, तोपगाछी, झपा
सरकारी स्कूल पनि कमजोर बन्दैन
सरकारी विद्यालय र बोर्डिङको पढाइमा भिन्नता हुनुको मुख्य कारक तत्व भनेका शिक्षक, विद्यार्थी र अभिभावक नै हुन् । सरकारी विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकमा लगनशीलताको कमी छ । सरकारी तलब खाने शिक्षकहरूले घरायसी कामभन्दा आफ्नो कर्तव्य के हो त्यसको ख्याल गर्नु पर्छ । विद्यार्थीले पनि आफ्नै लागि हो मैले पढेको भन्ने सोचेर पढाइमा ध्यान दिनुपर्छ । कुनै विद्यार्थीले बदमासी गर्दा सामान्यरूपको सजाय दिंदैमा शिक्षक माथि औंला उठाउनु हुँदैन । शिक्षकलाई नरराम्रो दृष्टिले हेर्नु रराम्रो हुँदैन । आफ्नो बच्चाको व्यवहार अभिभावकले पनि ख्याल गर्नु पर्छ । बोर्डिङ स्कूलमा झै आफ्नो बच्चा स्कूल गयो/ गएन, स्कूलमा ध्यान दिन्छ/दिंदैन र गृह कार्य गरयो/ गरे न, साथै बच्चाको कुनै सामान सकिएको छ कि भन्ने जस्ता कुरा हरूमा ध्यान दिनुपर्छ । बोर्डिङमा महीनैपिच्छे पैसा तिरेको हुन्छ र घर–विद्यालय दुवै ठाउँमा बच्चालाई कन्ट्रोल गरिन्छ । अभिभावक र विद्यार्थी दुवैलाई पैसा र किताबको माया हुन्छ र पढाइमा बढी ध्यान दिइन्छ तर सरकारी स्कूलमा किताब सरकारबाटै, महीनैपिच्छे ‘फी’ तिर्नु नपर्ने अनि पढाइमा अभिभावक, विद्यार्थी दुवैको ध्यान जाँदैन ।
यसरी शिक्षक, विद्यार्थी र अभिभावक तीनै पक्षले आ–आफ्नो भूमिका निर्वाह गर्ने हो भने सरकारी स्कूल पनि कमजोर बन्दैन ।
सावित्रा श्रेष्ठ
श्री जलदेवी प्रावि, कुसुमबोट, राकाथुम–२, रामेछाप
SMS प्रतिक्रिया
एसएमएस प्रतिक्रिया
शिक्षकलाई पोशाक अनिवार्य गराउनु सकारात्मक छ । शिक्षक स्वयंले पोशाक ल गाउँदा विद्यार्थीलाई पोशाक लगाउनु रराम्रो हो भनेर बुझाउन पनि सजिलो हुन्छ । हराम्रो स्कूलले पनि शिक्षकलाई पोशाक अनिवार्य गरेको छ । यसले शिक्षकहरूमा भावनात्मक एकता, समान ता अनि सामूहिक भावनाको विकास गरेको महसूस मैले गरेको छु ।
केडी कुलुङ
श्री सगरमाथा मावि, बुङ, सोलुखुम्बु
बोली विद्यार्थीको भाषा नेताको !
शिक्षक, असार २०६८ को विद्यार्थी विवेचना पढियो । गाउँका भन्दा शहरका विद्यार्थी संघीयता र संविधानका बारेमा धेरै जान्दा रहेछन् । भाषा भने नेताले प्रयोग गर्ने खालकै रहेछ ।
एलपी वोनेम
बी.ए. तेस्रो वर्ष, मोडर्न क्याम्पस, इलाम



