सङ्कल्प गर्ने अवसर
हिजो जसरी नै आजको दिन पनि शुरू भएको हो र भोलिको दिन पनि यसरी नै झुल्किन्छ । मौसममा स–साना परिवर्तन होलान् तर घाम उसरी नै उदाउँछन्, उसरी नै रात पर्छ । मानिसका दिनचर्यामा पनि खासै परिवर्तन हुँदैन । प्राकृतिक र व्यावहारिक क्रिया–प्रक्रियाहरू सधैं नै उस्तै हुन्छन् र नयाँ वर्ष भत्रे बित्तिकै तिनमा कुनै अन्तर आउँदैन । तर पनि हामीलाई नयाँ वर्ष प्रत्येक वर्ष नौलो लाग्छ । हामी खुशी हुन्छौं, शुभकामना आदानप्रदान गर्छौं । आफ्ना कुनै कमजोरी हटाउने वा कुनै क्षमता बढाउने चाहना राख्छौं, नयाँ वर्षका लागि शब्दमा होस् वा मनमा मात्र, विभित्र सङ्कल्प पनि गर्छौं ।
पाश्चात्य मुलुकहरूमा नयाँ वर्षको सङ्कल्प (New Year's Resolution) गर्ने पुरानो परम्परा छ । त्यस दिन मानिसहरू धेरै सङ्कल्प गर्छन्, तीमध्ये धेरै भङ्ग पनि हुन्छन् । तर पनि , मानिसहरू सङ्कल्प गर्न छाड्दैनन् । चुरोट रक्सी छाड्ने, समयमा काम पूरा गर्ने , फजुल खर्च रोक्ने जस्ता कतिपय सङ्कल्पहरूको आयु सामान्यतया लामो हुँदैन भत्रे अनुसन्धानबाटै देखि एको छ । तर राम्रा र सार्थक सङ्कल्पहरूबाट जीवनमा परिवर्तन आएका अनेक उदाहरण पनि पाइन्छन् ।
नयाँ वर्ष हराम्रो नयाँ शैक्षिक पात्रो शुरू हुने अवसर पनि हो । नयाँ वर्षमा अधिकांश विद्यार्थीहरू नयाँ कक्षामा प्रवेश गरेका हुन्छन् । बोटबिरूवामा नयाँ पालुवा–पातहरू टल्किइरहेका हुन्छन् । फलफूलका बोटहरूमा फूल खेलिरहेका हुन्छन् र चिचिलाहरू फस्टाइरहेका हुन्छन् । समग्र वातावरण नै नवीनताको प्रकाशमा नुहाएर ऊर्जाशील भइरहेको हुन्छ । यस मौकामा विद्यालय र शिक्षकहरूले आफूले कुनै सङ्कल्प गर्ने र विद्यार्थीहरूलाई पनि कुनै सङ्कल्प गर्न लगाउने हो भने त्यसले साँच्चै नै अर्थपूर्ण परिवर्तन ल्याउन सक्छ ।
तर सार्थक सङ्कल्प गर्न र त्यसको परिपालना गर्न सजिलो भने छैन । पहिलो कुरा त हामी कोही पनि कुनै कुरा को भय वा आकर्षण नभई आफ्नो कार्यशैली फेर्न चाहँदैनौं । दोस्रो, अर्काले थाहा पाएको छैन भने ‘चलिहाल्छ नि’ भत्र पनि हामी पछि हट्दैनौं । यस्तोमा सङ्कल्प कसरी गर्ने र कसरी त्यसमा टिक्ने भत्रे कुरा महत्वपूर्ण हुन्छ ।
सङ्कल्पको स्रोत के हो र किन त्यो सङ्कल्प गरिँदैछ भत्रे कुरा ले त्यसको परिपालनाको सम्भावनालाई सङ्केत गर्छ । हामीले रराम्रोसित विचार र आपसमा सरसल्लाह गरेर तयार गरेको सङ्कल्प सबैबाट पालना हुनसक्छ । उदाहरणका लागि, विद्यालयमा १० जना शिक्षक छन् र सबैले आ–आफ्ना १०–१० वटा सङ्कल्पको सूची बनाए भने सबैभन्दा धेरै दोहोरिएको सङ्कल्पले पहिलो नम्बर पाउँछ र एउटा रराम्रो सूची तयार हुन्छ । त्यसरी नै विद्यार्थीलाई पनि कक्षागत रूपमा सङ्कल्प तयार गर्न लगाएर र प्रत्येक कक्षाका सङ्कल्पमा आएका साझ कुरा हरूलाई समेटेर समग्र स्कूलको शैक्षिक सङ्कल्प सूची तयार गर्न सकिन्छ ।
अर्काले दिएको निर्देशन पालना गर्नभन्दा आफैंले तयार गरेको सङ्कल्पहरूको पालना गर्न मान सिक र मनोवैज्ञानिक रूपमा सहज हुन्छ । त्यसमा बाध्यता त हुन्छ, तर त्यो नैतिक रूपमा मात्र बाध्यकारी हुन्छ । मानिसले त्यसको पालना करले हैन, सन्तुष्टि र सम्मान प्राप्त गर्नका लागि गर्छ । शिक्षकहरूले समयमा विद्यालय आएर समयसम्म बस्ने, तयारी गरेर पढाउने, विद्यार्थीलाई भौतिक दण्ड नदिने जस्ता सङ्कल्प गर्न सक्छन् भने विद्यार्थीले विद्यालय सफा राख्ने, गृह कार्य समयमा गर्ने , जङ्क–फूड नखाने जस्ता विभित्र सङ्कल्प गर्न सक्छन् । यस्ता सङ्कल्प विद्यालयमा टाँस्न सकिन्छ, तिनको सूची शिक्षक मासिकमा वा कुनै पत्रपत्रिकामा पठाउन सकिन्छ र सङ्कल्पले केही परिवर्तन ल्यायो भने वा त्यो असफल भयो भने त्यसका बारेमा लेख लेख्न पनि सकिन्छ ।
हराम्रो चाहिँ सङ्कल्प के छ भने, नयाँ वर्ष २०६९ मा शिक्षक मासिकलाई अझ् प्रभावकारी तुल्याउन लागि पर्नेछौं ! यससित सम्बद्ध पत्रकारहरूले नयाँ नयाँ स्कूलको भ्रमण गर्ने छन् । शिक्षक सम्बद्ध ज्ञान विज्ञान शैक्षिक सहकारीले केही राम्रा पुस्तकहरूको प्रकाशन गर्ने छ । सबभन्दा ठूलो सङ्कल्प चाहिँ, कित्रुपर्ने कुरा को मोल जतिसुकै बढे पनि , विज्ञापन बढाउन नसके पनि शिक्षक मासिकले सिक्ने, सिकाउने र सिक्न पठाउनेहरूका लागि यसरी नै सामग्री प्रस्तुत गरी नै रहनेछ ।



