हेराइ र बुझाइ

रीसको डोब

एउटा किशोर अति पुल्पुलिएको थियो । जङ्गिनु, झ्र्किनु, रीस देखाउनु उसका लागि सामान्य कुरा थिए । आजित भएर बाबुआमाले उसलाई एकजना गुरुकहाँ लिएर गए ।
सबै कुरा सुनिसकेपछि गुरुले केटोसँग सोधे, “बाबु तिमीलाई रिसाउन मन पर्छ ?”
“रिसाउन त कसलाई मन पर्छ र ? तर मान्छेले अन्याय गरेको चाहिँ म सहन सक्दिनँ ।”
“अनि रीसले अन्याय समाप्त हुन्छ त ?”
“जे भए पनि हेपिएर चाहिँ बस्न सक्दिनँ ।”
“तिमीलाई आफ्नो रीस कम गर्न मन छ ?”
“नहेपिइकन कम पार्न मिल्छ भने हुन्छ ।”
उसको जवाफ सुनेपछि गुरुले भने, “त्यसो भए केही दिन रीस घटाउने अभ्यास गर ।”
केटो राजी भयो । गुरुले उसलाई एकमुठी फलामको काँटी र एउटा सानो घन दिँदै भने, “हरेक पटक रीस उठ्नासाथ एउटा काँटी काठमा ठोक्नू !”
केटोलाई रमाइलो लाग्यो । उसले पहिलो दिन ३७ वटा काँटी ठोक्यो । तर क्रमशः उसको रीस नियन्त्रण गर्ने क्षमता बढ्न थाल्यो । अन्ततः उसले रीसको परिणाम भोग्नुभन्दा रीस नियन्त्रण गर्न सजिलो रहेछ भत्रे बुझयो । अनि एक दिन गुरुलाई उसले आफूलाई रीसै उठ्न छाडेको बतायो ।
गुरुले उसलाई पहिलेगाडेका केही काँटी उखेलेर ल्याउन भने । किशोर गयो तर काठमा ठोकिएका काँटी उखेल्न सजिलो थिएन । काँटी उखेल्न कति गाह्रो हुँदोरहेछ भत्रे पनि उसले चाल पायो । बल्लबल्ल काँटी ल्याएपछि गुरुले सोधे, “काठ त केही भएन नि ?”
“डोब बस्यो, तर अरू केही भएन”, केटोले जवाफ दियो ।
“हेर काँटीले काठमा जे गरयो त्यही काम रीसले हृदयमा गर्छ । पछि तिमी रीसको काँटी निकालौला तर त्यसको दाग कहिल्यै जाँदैन ।” गुरुले भने, “कसैलाई छुरा हात्र पनि सकिन्छ र निकाल्न पनि । तर त्यो छुराले पारेको चोट कहिल्यै फिर्ता हुँदैन ।”
भनिन्छ, त्यो किशोर त्यसपछि कहिल्यै रीसको बसमा परेन ।

commercial commercial commercial commercial