हेराइ र बुझाइ
शिक्षाको महत्व
मूर्खोऽपि शोभते तावत् सभायां वस्त्रवेष्टितः ।
तावच्च शोभते मूर्खो यावत् किञ्चिन्न भाषते ।।
सुन्दर वस्त्रमा ठाँटिएको मूर्ख मानिस सभा/बैठकहरूमा त्यतिबेलासम्म शोभायमान (रराम्रो) देखिन्छ जबसम्म केही बोल्दैन ।
माता शत्रुः पिता वैरी येन बालो न पाठितः ।
न शोभते सभामध्ये हंस मध्ये बको यथा ।।
बालबालिकालाई नपढाउने आमा–बाबु बालबालिकाका शत्रु हुन्; किनभने अपठित बालबालिका पछि गएर विद्वत् सभामा, हाँसको बथानमा बकुल्ला जस्ता अशोभनी य लाग्छन् ।
उद्यमेन हि सिद्ध्यन्ति कार्याणि न मनोरथैः ।
न हि सुप्तस्य सिंहस्य प्रविशन्ति मुखे मृगाः ।।
कार्यसिद्ध गर्न परिश्रम नै गर्नु पर्छ, इच्छा मात्र गरेर हुँदैन । सुतेको सिंहको मुखमा आएर कुनै पनि पशु आफैं पसिदिँदैन ।
न दैवमिति सञ्चिन्त्य त्यजेदुद्योगमात्मनः ।
अनुद्योगेन तैलानि तिलेभ्यो नाप्तुमर्हति ।।
‘भाग्यमा जे छ त्यही हुन्छ’ भनेर उद्योग गर्न छोड्नुहुँदैन । परिश्रम न गरी त तिलको दानामा रहेको तेल पनि हात लाग्दैन ।
विद्या ददाति विनयं विनयाद्याति पात्रताम् ।
पात्रत्वाद् धनमाप्नोति धनाद् धर्मं ततः सुखम् ।।
विद्याले व्यक्तिलाई विनय (विनम्रता) प्रदान गर्छ । विनम्रताले मानिसलाई सुपात्र/सुयोग्य बनाउँछ । सुयोग्य पात्रलाई धन प्राप्त हुन्छ । धनबाट सुकार्य (परोपकार/धर्म) गर्न सकिन्छ । धर्म (सुकार्य) बाट मानिसलाई सुख–शान्ति प्राप्त हुन्छ ।



