पहिलो कक्षाका पनि दिन आए !

स्थायी र बढी योग्यता भएका शिक्षकहरू सितिमिति कक्षा १ मा छिर्न रुचाउँदैनन् । कक्षा १ मा पढाउनु लाई कतिपयले त आफूलाई सजाय दिएको जस्तो पनि अनुभूति गरेको भेटिन्छ । सामान्यतः सरकारी स्कूलका कक्षा १ निम्न शैक्षिक योग्यताका, तालिम नपाएका, निजी स्रोत, राहत, पीसीएफ या अस्थायी शिक्षकको जिम्मामा छाडिएको पाइन्छ । कक्षाकोठा पनि सापेक्षतः अपायक र कमसल खालको उपलब्धगराइएको हुन्छ ।

तर, यस्तो आम परिदृश्य र अवस्था भन्दा ठीक उल्टो प्रकृतिका कक्षा १ पनि भेटिएका छन् । कैलालीका ७५ सार्वजनिक स्कूलका ७७ वटा कक्षा १ शिक्षकको रोजाइ र अभिभावकको आकर्षणको केन्द्र बन्न सफल भएका छन् । ती कक्षाको शैक्षिक भौतिक पूर्वाधार अरू कक्षाको भन्दागतिलो त छँदैछ, सिकाइ उपलब्धि दर पनि बढी छ । फलतः ती कक्षामा भर्ना भएका बालबालिकाको शिक्षाको जग बलियो बन्ने बाटोमा छ ।

कैलालीको खैलाड–९ पचमुडियाको राष्ट्रिय माविमा यो शैक्षिक सत्रमा कक्षा १ मा ९७ जना बालबालिका भर्ना भएका छन् । यीमध्ये ७० जना नियमित स्कूल आउँछन् । बिहान १० बजे स्कूल आएका नानीहरू १७ फागुन २०६८ मा ५ बजेसम्म विद्यालयमै रमाइरहेका थिए । कक्षामा तिनको सक्रियता र पढाइप्रतिको लगाव उत्साहजनक देखि न्थ्यो । भित्तामा रङ्गिएका पाठहरू पालैपालो ठूलो स्वरमा वाचन गरिरहेका थिए, राष्ट्रिय तथा बालगीतगाउने, कक्षामा नाचगान गर्ने र समूहमा मिलेर पढ्न नानीहरू एकापसमा प्रतिस्पर्धा गरिरहेका थिए ।

राष्ट्रिय माविको कक्षा १ मा छोटो अवधिमै यस्तो सुधार त्यतिकै आएको भने होइन । उक्त कक्षा बलियो पार्र्नगत वर्ष देखि स्कूलले विशेष प्रयास गरेको छ । एक्सनएड नेपाल र कैलालीको जनचेतना तथा युवा जागरण मञ्च (फाया) नेपालको आर्थिक–भौतिक सहयोगमा रामाविले बालकेन्द्रित सिकाइ (चाइल्डसेन्ट्रिक लर्निङ, सीसीएल) विधिमा कक्षा १ को पढाइ सञ्चालन गरेको हो । सीसीएल तालिम लिएका राहत शिक्षक ध्रुव कठरियालाई कक्षा १ माग्रेडटिचिङको जिम्मा दिइएको छ । कठरिया भन्छन्, “१० दिने तालिम १० महिने भन्दा विशेष लाग्यो, पहिलाको तालिम कक्षामा पुग्न सकेको थिएन तर १० दिने तालिमले कक्षा १ बेग्लै बनाउन सकेको छु ।”

हुन पनि बालकेन्द्रित सिकाइका कारण रामाविको एक कक्षा छोटो अवधिमै अरू कक्षा भन्दा फरक बन्न सफल भएको छ । छात्रछात्राको भर्ना, कक्षामा नियमितता, पठनपाठन र सिकाइ उपलब्धि दरमा ठूलो सुधार भएको छ । विद्यालयको रेकर्डमा अघिल्लो शैक्षिक सत्रमा कक्षा १ को सिकाइ उपलब्धि ३० प्रतिशत रहेको देखिन्छ भने यो शैक्षिक सत्रको अर्धवार्षिक परीक्षामै उक्त दर ५१ प्रतिशत पुगिसकेको छ । उक्त कक्षाका अधिकांश बालबालिका नेपाली–अङ्ग्रेजी अक्षर, शब्द र अङ्क पढ्न सक्षम भइसकेका देखिन्छन् ।

विगतमा शिक्षक केन्द्रित पढाइ हुँदा नानीहरू शिक्षकसँग डराउने तथा लजाउनेगर्थे भने बालकेन्द्रित सिकाइ शुरु भएपछि उनीहरू शिक्षकसँग झयाम्मिन थालेका छन् । राष्ट्रिय माविका प्रअ टीकाराम चौधरी सीसीएल कक्षाले कक्षा १ चम्किएको बताउँदै यस्तो पद्धति अरू कक्षामा पनि अपनाउन सके सरकारी स्कूलको स्वरुप बदलिने धारणा राख्छन् । प्रअ चौधरीको अनुभवमा, “सीसीएलले गर्दा कक्षा २ र ३ का नानीहरू भन्दा कक्षा १ का जान्ने भएका छन् ।”बालकेन्द्रित सिकाइका लागि कक्षा १ मा कारपेट माथि चकटी (कुसन) राखिएको छ, नानीहरू चकटीमागोलाकार भएर बस्छन्, भित्तामा पाठ्यक्रम अनुसारका पाठ ठूला अक्षरमा लेखिएका छन, ती पाठ सामूहिक रूपमा पढ्छन् । बालबालिकालाई शैक्षिक क्रियाकलाप र अभ्यास गराए र सिकाउने गरिएको छ । कक्षा १ को पठनपाठन हेर्न कक्षा २ र ३ का बालबालिका झयालमा झुम्मिरहेका देखिन्छन् ।

सीसीएल कक्षाको अर्को नमुना कैलालीको खैलाड–५ स्थित कनरा निमाविमा पनि देख्न सकिन्छ । त्यहाँ पुरानो शैलीको कक्षा १गत वर्ष देखि उन्मूलन भएको छ । त्यसको स्थानमा यो शैक्षिक सत्र देखि बालकेन्द्रित सिकाइ सञ्चालन गरिएको छ । त्यहाँको कक्षा १ मा अहिले २२ जना बालबालिका छन् भने उनीहरूलाई पुष्पा शाहलेग्रेड शिक्षण गर्छिन् । पहिला पहिला किताब हेरेर पढाउने पुष्पा अहिले दैनिक पाठ योजना बनाएर शैक्षिक सामग्री, खेल विधि र अभ्यास को माध्यमबाट छात्रछात्रालाई सिकाउन थालेकी छन् । यसले कक्षा १ को सिकाइ उपलब्धिलाई ३० प्रतिशतबाट ५२ प्रतिशत पुर्याएको छ ।

शुरु मा एक्लैले दिनभरि एउटै कक्षामा पढाउन सकिन्छ कि सकिँदैन भन्ने लागेको थियोग्रेडटिचर पुष्पालाई । तर अहिले कक्षा १ कहिल्यै छाड्नु नपरोस् जस्तो लाग्न थालेको छ । पुष्पाको कथन छ, “पहिला हाम्रा विद्यार्थी भन्ने भावना थियो, अहिले मेरा विद्यार्थी भन्ने भावना पलाएको छ ।” कनरा निमाविका सहायक प्रअ जादोलाल राय कक्षा १ मा आफ्नो इच्छा अनुसार सिक्न पाएपछि कहिल्यै स्कूल नआउने बालबालिका पनि स्कूलमा नियमित हुन थालेको बताउँछन् ।
 
परिवर्तित शिक्षक
खैलाड–६ स्थित कालिका निमाविका निजी स्रोत शिक्षक टेकबहादुर रावल कक्षा १ काग्रेड शिक्षक हुन् । पाँच वर्ष देखि शिक्षण पेशामा लागे पनि उनलाई आफू साँच्चै शिक्षक भएको अनुभूति चाहिँ यसै शैक्षिक सत्र देखि भएको छ । रावलको स्कूलमा पनि बालकेन्द्रित सिकाइ अनुसार बालबालिकाको चाहना र रहर अनुसार त्रास र दण्ड विना पठनपाठन सञ्चालन गरिएको छ ।

सीसीएल कक्षाले स्कूल समयमा नसकिई भाग्ने नानीहरू अचेल स्कूल कहिल्यै बिदा नहोस् भन्ने कामना गर्न थालेका छन् ।  
शिक्षक टेकबहादुर रावल २०६८ मा बर्दियामा सञ्चालित बालकेन्द्रित सिकाइ सम्बन्धी १० दिने तालिममा रामाविका ध्रुव कडरिया र कनरा निमाविका पुष्पा शाह सँगै सहभागी थिए । तालिमपछि शिक्षकहरूले आफूलाई बदल्ने प्रयास गरेको देखि एको छ । तालिमपछि पुरानो ढाँचाको शिक्षण शैली त्यागेर बालकेन्द्रित विधि लागू गरेका कारण कालिका निमाविको कक्षा १ पनि अरू कक्षा भन्दा रराम्रो भएको छ ।

शैक्षिक जनशक्ति विकास केन्द्रको १० महिने तालिम लिएका धेरै शिक्षकले आफूले लिएको शिक्षक तालिम कक्षाकोठामा लागू गर्न कठिन परेको बताउने गरेका छन् । रावलको स्कूलका अरू शिक्षकले पनि आफूले सिकेको सीप कक्षामा लागू गर्न नसकेको स्वीकार गरेका छन् । तर, १० दिने तालिम पाएपछि निजीस्रोत शिक्षक रावलले गरेको शिक्षण कार्यले १० महिने तालिमवाला शिक्षकलाई ठूलो चुनौती दिएको छ ।

सीसीएल शुरु भएपछि स्थानीय अभिभावक, शिक्षक र छात्रछात्राले टेकबहादुरको कक्षा १ को पठनपाठन र सिकाइ स्तर अरु कक्षाको भन्दा प्रभावकारी भएको बताउन थालेका छन् । खैलाड–६ का कृष्णप्रसाद जैसीका छोरा सुशील जैसी कालिका निमाविको कक्षा ५ का छात्र हुन् । कृष्णप्रसाद भन्छन्, “मेरो पाँच कक्षा पुगेको छोराले अङ्ग्रेजीमा होइन, नेपालीमा पनि शुद्धसँग नाम लेख्न सक्दैन ।” उनलाई आफ्नो छोराको भन्दा कक्षा १ का विद्यार्थीको पढाइगतिलो भएको आभास भएको छ ।
खैलाड–६ कै रामचन्द्र विश्वकर्माकी छोरी दिलसरा सोही स्कूलको कक्षा ३ मा पुगेकी छन् । तर, दिलसरालाई न अक्षर र अङ्क लेख्न आउँछ न त नेपाली वाक्य शुद्धसँग पढ्न नै । छोरीको पढाइको स्तर देखेर रामचन्द्र दिक्क त छन् नै सँग सँगै छोरीको कक्षा घटुवा गर्ने तयारीमा पनि छन् । उनी भन्छन्, “केही नसिकी कक्षा ४ पुगेर अरू नजान्ने हुनुभन्दा कक्षा १ मा फेरि भर्ना गरेर सिकाउनु रराम्रो हुन्छ । त्यसैले आउँदो शैक्षिक सत्रमा कक्षा ३ बाट उसलाई कक्षा १ मा भर्ना गर्छु ।”

रामचन्द्रका छिमेकी लक्ष्मण विश्वकर्माकी कक्षा ४ मा पुगेकी नातिनीको पढाइको स्तर झन् दयनीय छ । कक्षा ४ मा पुगेकी नातिनीले क ख र एक दुई पनि लेख्न पढ्न नसक्दा रामचन्द्रलाई पर्नु पीर परेको छ । कक्षा १ का नानीहरू आफ्नी नातिनीभन्दा जान्ने भएकाले उनी पनि नातिनीलाई कक्षा १ मै घटुवा गर्न चाहन्छन् । उनले भने, “म नातिनी कक्षा ४ मा पुगी भनेर खुशी छैन, बरू दुः खी छु । केही नजानी ऊ कसरी कक्षा ४ मा पुगी ?”

कक्षा १ बाहेक अरू कक्षाको पठनपाठनको स्तर र सिकाइ उपलब्धिप्रति शिक्षकहरू पनि सन्तुष्ट भेटिएनन् । कक्षा १ काग्रेडचिटर टेकबहादुर रावलका छोरा अहिले कक्षा ५ मा पुगेका छन् । तर, छोराको पढाइ र सिकाइ चितबुझदो छैन । “केही जानेको सिकेको छैन । तर म केही गर्न सक्दिनँ किनभने म कक्षा १ मा मात्र पढाउँछु”, उनले भने ।

कालिका निमाविका अभिभावक आफ्ना छोराछोरीलाई रराम्रोसँग नपढाई नसिकाई स्कूलले माथिल्लो कक्षामा चढाइएको निचोडमा पुगेका छन् । हुन पनि निमावि तहका छात्रछात्रामा समेत गणित, भाषा र विज्ञानका आधारभूत ज्ञानको खडेरी छ । कक्षा ७ मा पढ्ने सन्तोष पोखरेललाई १६ पञ्चे कति हुन्छ भनेर सोध्दा उनलाई त्यसको जवाफ दिन कठिन परेको थियो । भाषा, गणित र विज्ञानका आधारभूत सीप समेत पोखरेल जस्ता बालबालिकामा विकास नहुनुले उक्त स्कूलको पठनपाठनको स्तर को झलक मिल्छ । यस्तो स्थितिमा कक्षा १ मा लागू गरिएको सीसीएल कक्षा कालो बादलमा चाँदीको घेरा हुन सक्छ । कालिका निमाविका शिक्षक अभिभावक संघका अध्यक्ष दिनेशप्रसाद चौलागाईं भन्छन्, “बालकेन्द्रित सिकाइ रग्रेडटिचिङले कक्षा १ चम्किएको छ । तर अरू कक्षा धरासायी हुँदै गएका छन् ।”

अधिकांश सार्वजनिक स्कूलमा उपेक्षा र बेवास्तामा पर्ने गरेको कक्षा १ सुधारको अभियान प्रभावकारी ढङ्गले अघि बढेको कारण अभिभावकहरू ठूला कक्षाको कमजोर पढाइप्रति चिन्तित हुन थालेका छन् । यसले शिक्षकहरूमा पनि कक्षा १ मा मात्र होइन अरू कक्षामा पनि पढाइ सुधार गर्नु पर्ने दबाब बढ्दै गएको छ । लोपोन्मुख राजी जातिको बाहुल्य रहेको खैलाड–४ को सोनपाल प्राविका प्रअ धनिराम राजीले यस्तै महसुस गरेका छन् ।

उनको स्कूलको सीसीएल कक्षाको प्रभावकारिता देखेर अभिभावकले अरू कक्षामा पनि त्यस्तै पठनपाठन र शैक्षिक पूर्वाधारको माग गरेका छन् । उनी भन्छन्, “कक्षा १ चाहिँ रराम्रो र अरू कक्षा कमजोर भएपछि अभिभावकको दबाब बढ्दो रहेछ ।”

अहिले कैलालीका दक्षिणपूर्वी गाविसहरू भजनी, खैलाड, लालबोझी, धनसिंहपुर, थापापुर, जोशीपुर, बौनियाँ, मनुवा, दुर्गौली, नारायणपुर र टीकापुर नपाका ७५ वटा सार्वजनिक स्कूलले आफ्नो स्कूलका कक्षा १ मा बालकेन्द्रित सिकाइ सञ्चालन गरेका छन् । ती स्कूलमा आउँदो शैक्षिक सत्र देखि कक्षा २ मा पनि सोही विधिमा पठनपाठन सञ्चालन गर्ने तयारी गरिएको छ । कक्षा ३ सम्म बालकेन्द्रित सिकाइ लागू गर्ने लक्ष्यले शुरु गरिएको सीसीएलले अहिले कैलालीका शिक्षक, छात्रछात्रा र अभिभावकलाई सरकारी स्कूलप्रति केही आशावादी बनाएको देखिन्छ । यसमा एक्सनएड नेपालले स्थानीयगैसस फाया नेपाललाई गरेको आर्थिक/भौतिक र प्राविधिक सहयोगले ठूलो मद्दत गरेको छ ।   

सीसीएल कक्षा सञ्चालन गर्नु अघिगत वर्ष ७५ वटा स्कूलका शिक्षकलाई १० दिने तालिम, प्रअ र अभिभावकलाई सीसीएल बारे एकदिने अभिमुखीकरण दिइएको थियो । त्यसपछि बालकेन्द्रित सिकाइका लागि छनोट भएका कक्षाकोठाको सुधार गरी शैक्षिक सामग्री उपलब्धगराइएको छ । कक्षा १ मा बालकेन्द्रित सिकाइ लागू गर्दा औसत ५० हजार खर्च हुने गरेको फाया नेपालका टीम लिडर सरोज पोख्रेल बताउँछन् । उनी भन्छन्, “हामीले सीसीएल शुरु गर्नु अघि कक्षा १ को सिकाइ उपलब्धि औसत ३०–३२ को हाराहारीमा थियो । तर, अहिले ५० जति पुगेको छ । सीसीएललाई दीर्घकालीन बनाउन सके सरकारी स्कूलका उपेक्षामा परेका तल्ला कक्षामा कायापलट हुन्छ । हराम्रो अनुभवले यही भन्छ ।” उनी देशका सबै सरकारी स्कूलका साना कक्षामा बालकेन्द्रित विधिमा पठनपाठन गर्नु आर्थिक दृष्टिले कठिन नहुने धारणा राख्छन् ।

नेपालमा बालमैत्री वा बालकेन्द्रित सिकाइ नयाँ अवधारणा हो । शिक्षा मन्त्रालयको विद्यालय क्षेत्र सुधार कार्यक्रममा पनि बालमैत्री विद्यालयको अवधारणा समेटिएको छ । तर, बालमैत्री स्कूलको सरकारी अवधारणा र कार्यक्रमलेगति लिनसकेको छैन । कतिपय शिक्षकको बुझइमा स्कूलमा छात्रछात्रालाई सजाय नदिई पढाउनु नै बालमैत्री वा बालकेन्द्रित सिकाइ हो भन्ने रहेको छ । तर, बालकेन्द्रित सिकाइ यति साँघुरो दायरामा मात्रै सीमित छैन । बालमैत्री वा बालकेन्द्रित सिकाइमा बालबालिकाको रुचि अनुसार तिनलाई गतिविधि र स्व–अभ्यास को माध्यमबाट सिकाइन्छ ।

कैलालीको महुन्याल उमावि स्रोतकेन्द्र भजनीका स्रोतव्यक्ति राजकिशोरलाल कर्ण सार्वजनिक स्कूलको सबैभन्दा कमजोर कक्षा १ भएकाले उक्त कक्षामा बालकेन्द्रित सिकाइ महत्वपूर्ण हुने धारणा राख्छन् । कैलालीमा शुरु गरिएको सीसीएलले कक्षा १ को सुधारमा ठूलो सहयोग पुगेको उल्लेख गर्दै उनले भने, “बालकेन्द्रित सिकाइले कक्षा १ को भर्ना, नियमितता र टिकाउ दर बढेको छ । कक्षा १ को पठनपाठन शिक्षककेन्द्रितबाट बालकेन्द्रित र भय तथा दण्डरहित भएको छ । सिकाइ उपलब्धिमा पनि ठूलो सुधार भएको छ, कैलालीको सीसीएल कक्षा अरू स्कूलका लागि पनि प्रेरक हुन सक्छ ।” शिक्षा मन्त्रालयले बालकेन्द्रित सिकाइलाई प्रभावकारी ढङ्गले स्कूलमा लैजान भौतिक पूर्वाधारको तयारी, शिक्षक तालिम, शैक्षिक सामग्री उत्पादन जस्ता काममा लाग्न जरुरी देखिन्छ । किनभने प्राथमिक र पूर्वप्राथमिक तहको सुधार विना शिक्षाको सुधार सम्भव छैन । प्राथमिक तहलाई शिक्षाको जग मानिए पनि त्यसलाई बलियो बनाउन सार्थक प्रयास भइरहेको छैन । फलतः प्राथमिक तह त्यसमा पनि कक्षा ३ सम्मका छात्रछात्रा सर्वत्र उपेक्षा र बेवास्ताको सिकार भएका छन् ।

स्रोतव्यक्ति कर्ण स्कूलमा भौतिक पूर्वाधार र कक्षाकोठा थपेर मात्र सुधार नहुने धारणा राख्छन् । कर्णको विचार मा हरेक स्कूलका प्रावि तहमा बालकेन्द्रित विधिमाग्रेडटिचिङ गर्न सके सरकारी स्कूलको अहिलेको स्थिति सल्टिन सक्छ । कैलालीमा मौलाउँदै गरेको कक्षा १ को बालकेन्द्रित सिकाइ (सीसीएल)ले यही सन्देश दिएको छ ।

commercial commercial commercial commercial