रहेनन् मकै फलाउने प्रअ

झपाको बाहुनडाँगीस्थित पशुपति माविका प्रअ टेकबहादुर बरालको २५ माघको साँझ् सडक दुर्घटनामा निधन भएको छ ।
प्रअ बरालको असामयिक निधनले उनका सहकर्मी शिक्षक, छात्रछात्रा र बाहुनडाँगीवासी मात्र होइन, झपाका शिक्षाप्रेमीहरूलाई पनि शोकमा पारेको छ । १८ असार २०१७ मा जन्मिएका बराल २०३९ सालमा तत्कालीन पशुपति प्राविमा अस्थायी शिक्षकको रूपमा नियुक्त भएका थिए । २०५० साल देखि उनले प्रअको जिम्मेवारी सम्हालेका थिए ।

प्रअ बरालले आफ्नो स्कूलमा स्थानीय पाठ्यक्रम लागू गरेर मकै फलाएको समाचार शिक्षक मासिकको २०६८ जेठ अङ्कमा प्रकाशन भएको थियो । रराम्रोसँग विद्यालय सञ्चालन तथा व्यवस्थापन गरे वापत बराल राष्ट्रिय शिक्षा सेवा पदक २०६८ का अतिरिक्त जिल्ला शिक्षा कार्यालयबाट २०६३ र २०६८ मा उत्कृष्ट शिक्षक पुरस्कार , बाहुनडाँगी स्रोतकेन्द्रबाट उत्कृष्ट प्रधानाध्यापक सम्मान गजाधर स्मृति पुरस्कार आदिबाट सम्मानित थिए । 

commercial commercial commercial commercial