हेराइ र बुझाइ
कित्र नपाइने कुरा हरू
पैसा भए
राम्रा राम्रा बिछ्यौना पाइन्छन्, तर मीठो निँद कित्र पाइँदैन
किताबहरू पाइन्छन्, तर ज्ञान कित्र पाइँदैन
खानेकुरा जति पनि पाइन्छन्, तर भोक कित्र पाइँदैन
सौन्दर्य प्रसाधन पाइन्छन्, सुन्दरता कित्र पाइँदैन
महल कित्र पाइन्छ, घरजम कित्र पाइँदैन
औषधि पाइन्छन्, स्वास्थ्य कित्र पाइँदैन
विलासका साधन पाइन्छन्, आनन्द कित्र पाइँदैन
खर्च गरे मोजमस्ती पाइन्छ, खुशी कित्र पाइँदैन
महँगा घडी कित्र पाइन्छन्, समय कित्र पाइँदैन
खर्च गरे ठूलो पद पाइन्छ, तर खर्चका भरमा आदर कित्र पाइँदैन
स्रोतः अज्ञात
यो प्रचलित सूक्तिले मन त छुन्छ तर यसमा प्रश्नै उठाउन नसकिने भने होइन । संसारमा सम्पत्ति/पैसाको महत्व ठूलो छ । कुनै पनि मानिसले टाउको ओताउने छाना कित्रै पर्छ; भोक कित्रुपर्दैन, तर पेट भर्ने मानो कि त उब्जाउनुपर्छ, कि त कित्रुपर्छ । निँद लागेर मात्र के गर्नु , ज्यान ढल्काउन एउटा ओछ्यान कि बनाउनुपर्छ कि कित्रै पर्छ । ज्ञान हावाबाट आउँदैन किताबकापी कित्रै पर्छ । यस्ता नकिनी नपाइने कुरा धेरै हुन्छन् ।
त्यसरी सोच्दा यो कसरी सूक्ति भयो त ?
प्रायः सूक्तिहरू एकदम खँदिला हुन्छन् र तिनलाई सही किसिमले अथ्र्याउन पनि प्रयत्न गर्नु पर्छ । यस सूक्तिको आशय पैसा नै चाहिँदैन भत्रे होइन, तर पैसा भएर मात्र पुग्दैन, मानिसको जीवनमा पैसालाई सार्थकता दिन अरू कुरा को महत्व अझ् ठूलो छ भत्रे बुझाउनु हो ।



