प्रतिक्रिया र सुझाव
सङ्गीत अनिवार्य हुनुपर्छ
हरेक शिक्षालयमा सङ्गीत विषय अनिवार्य बनाइनुपर्छ । किनभने मानव ले आफ्नो जीवनको प्रादुर्भावको स्वर्णिम बिहानी देखि अस्तको कालो सन्ध्यासम्म सङ्गीतलाई छोड्न सकेको हुँदैन ।
आजका शिक्षकले विद्यार्थीलाई विवेक प्रयोग गर्न दिनुपर्छ । उनीहरूमा विचार पैदा हुन दिनुपर्छ । उनीहरू विद्रोह गर्छन् भने विद्रोह गर्न दिनुपर्छ । हो, विद्रोह ऊर्जाशील छ कि छैन ? त्यो चाहिँ हेर्नुपर्छ । विद्रोहका कारक तŒव पत्ता लगाउनुपर्छ । त्यस्तै श्रद्धा/सम्मान सिकाउने हैन विद्यार्थीमै तीगुण जगाउने रणनीति अपनाउनुपर्छ । आजका विद्यार्थीलार्ई प्रेम दिनुपर्छ, चैतन्य औँल्याउनुपर्छ, बाटो देखाउनुपर्छ । तर, जबरजस्ती हिँडाउनुहुन्न । आफ्नै भाका र सुरमा हिँड्न दिनुपर्छ । अघि पुग्न दौडाउनु छैन । पछि पर्छन् कि भनेर ठेल्नु पनि परेको छैन । उनीहरूको लयबद्धतालाई स्खलन गर्नु हुन्न । यिनै र यस्तै भाव सँगालिएका नन्दलाल आचार्य र हेमलता उप्रेतीका लेखहरू क्रमशः पुस र माघ महिना २०६८ को शिक्षक मासिकमा पढ्न पाउँदा खुशी लाग्यो । साँच्चै हामीले नयाँ कोणबाट नियाल्न ढिलो भइसकेछ ।
अर्कातिर हरेक शिक्षालयमा सङ्गीत विषय अनिवार्य बनाइनुपर्छ । किनभने मानव ले आफ्नो जीवनको प्रादुर्भावको स्वर्णिम बिहानी देखि अस्तको कालो सन्ध्यासम्म सङ्गीतलाई छोड्न सकेको हुँदैन । मानव जीवनमा सङ्गीतले नछोएको अध्याय नै छैन । मानव सङ्गीतमय वातावरणमै जन्मन्छ र सङ्गीतमय वातावरण हुँदै मसानघाटसम्म पुग्छ । मृत मानिसलाई ‘राम नाम सत्य’ जप्दै मसानघाट लग्ने प्रथा यसकै ज्वलन्त उदाहरण हो । प्रकृतिको कणकणमा सङ्गीत लुकेको हुन्छ । सङ्गीतको मुटु स्वर हो । स्वर आत्माको नाद हो भने आत्मा परमात्माको स्वरूप हो । आत्माको सम्बन्ध परमात्मा भएझैँ स्वरको सम्बन्ध आत्मासँग भएको मानिन्छ । यसलाई नादब्रह्म भनिन्छ । सामान्यतः गाउन, रुन त सबैलाई आउँछ तर जसले विवेक, अभ्यास र तपस्याको बलले स्वर र ताल माथि विजय प्राप्त गर्द छ, त्यसले समाज मा अलग्गै किसिमको आदर–सत्कार पाउँछ । लुगा धुँदा होस् या घाँस काट्दा यागोठालो गर्दा नै किन नहोस्, हामीगीत गुन् गुनाउँछौँ । त्यसबेला शारीरिक थकानलाई भुसुक्कै भुलेर अपार आनन्दको अनुभूति गरिरहेका हुन्छौँ । यसबाट गीत–सङ्गीतको शक्ति र सामथ्र्यलाई पर्गेल्न सकिन्छ । सङ्गीत भन्नासाथ वाद्यवादन,गायन र नृत्य आउँछ । सङ्गीत क्षेत्रको विकास मा राज्य वा स्थानीय क्षेत्रबाट खासै रुचि नदेखाइए पनि जनस्तर बाट बडो उत्साह र उमङ्गका साथ लिएको पाइन्छ । सङ्गीत क्षेत्रमा लागेर पेट त भरिँदैन तर जीवनको अपार आनन्द र सुख प्राप्त हुन्छ । यस क्षेत्रलाई आदर र सम्मान का रूपमा लिनु जरूरी छ । आर्थिक समुन्नतिको एउटा पाटो सङ्गीत क्षेत्र समेत बन्न सक्छ । यसले मौलिक सांस्कृतिक पक्षको जगेर्ना गर्ने काम समेत गर्द छ । समाज मा देखि एको अराजकता र अस्तव्यस्ततालाई निर्मूल पारी समुन्नत समाज को सिर्जनामा सङ्गीत क्षेत्रले एक शक्तिशाली अस्त्रको काम गर्छ भन्दा अतिशयोक्ति गरेको नठहर्ला ।
कुमार बब्लु र प्रेम निर्वाण
दुर्गा मा.वि., राजविराज–८, सप्तरी
युद्धकालीन झल्को
शिक्षामन्त्री दीनानाथ शर्माले ‘अहिलेको लागि निजी तथा सरकारी स्कूल नै जनवादी स्कूल हुन्’ (शिक्षक, पुस २०६८) भनेको पाइयो । यदि त्यसो हो भने जनयुद्धकालमा विद्यार्थीको परीक्षा हलभित्र पसी संस्कृत तथा नैतिक शिक्षा जस्ता विषयका प्रश्नपत्र र उत्तरपुस्तिका किन च्यातियो ? के ती चाहिँ जनवादी विषय थिएनन् ?
सोही अन्तर्वार्तामा पीसीएफ शिक्षकलाई ‘फोहोरको डङ्गुर भएको ले बुल्डोजर लगाएर पन्छाउने तथा त्यति गर्दा पनि नभए पेट्रोल छर्केर आगो लगाउने’ भन्ने मन्त्रीज्यूको कथन पढ्दा युद्धकालीन धङधङीको सम्झना आयो । यसप्रकारका शब्द/वाक्यांशले पीसीएफ शिक्षकलाई कति मर्माहत बनाएको होला ? आखिर पीसीएफ शिक्षकको अपमान किन ?
कल्पना भट्टराई, प्रकाश भट्टराई
हप्पते, सिन्धुली
पीसीएफलाई किन हेला ?
शिक्षक (मङ्सिर २०६८ अङ्क) को प्रतिक्रिया र सुझाव स्तम्भअन्तर्गत कल्पना खरेलले लेख्नुभएको ‘पीसीएफ शिक्षकको चरम श्रम शोषण’ वास्तवमै शिक्षा क्षेत्रमा एक ठूलो विकृतिको रूपमा देखि एको छ । सम्पूर्ण प्रक्रिया पुर्याएर नियुक्त भएका पीसीएफ शिक्षकले अन्य शिक्षकहरू झैँ सेवा–सुविधा किन नपाउने ? यदि थप शिक्षकको भार सहन शिक्षा मन्त्रालय सक्षम छैन भने किन नियुक्ति दिनुपरयो ?
जीवेन्द्र कुमार कर्ण
शुकदेव उमावि, सुगा–७, महोत्तरी
उस्तै पोशाक सबैलाई !
पोशाक भत्ता बापतको पैसा स्थायी शिक्षकहरूले अन्य शीर्षकमा खर्च गरेका छन् । हुन पनि सामुदायिक विद्यालयमा स्थायी/अस्थायी करार, राहत अनुदान, पीसीएफ तथा निजी स्रोत गरी ६–७ प्रकारका शिक्षक हुने गरेका छन् । सङ्ख्यात्मक रूपमा स्थायीको भन्दा अन्य प्रकृतिका शिक्षकहरूको सङ्ख्या बढी हुन्छ ।
त्यस माथि; सरकारले दिएको पोशाक भत्ताले स्थायी शिक्षकहरूले पनि कस्तो प्रकारको कुन रङको कपडा सिलाएर लगाउने ? यसबारेमा भत्ता पाउने शिक्षकहरू पनि अन्योलमा परेका छन् । त्यस माथि १/२ जना स्थायी शिक्षकले मात्र पोशाक लगाएर आउँदा ‘हाँसका बथानमा बकुल्लो’ झैँ देखिन्छ । अन्य प्रकृतिका शिक्षकलाई पोशाकको बारेमा कुरा गरयो भने “तपाईंहरूलाई पो सरकारले पोशाकको लागि पैसा दिएको छ, हामीलाई त सौताको छोराछोरी जस्तो गरेको छ के लगाउने ?” भनेर भन्छन् । यसर्थ जुनसुकै प्रकृतिको भए पनि सबै शिक्षकलाई पोशाक भत्ता उपलब्ध गराए र पोशाकको रङ रुप पनि किटान गरिदिनु जरुरी छ ।
शिवबहादुर रायमाझी
श्रीगणेश मावि, भीमखोरी–८, काभ्रे
निःशुल्क पाठ्यपुस्तकको औचित्य !
पाठ्यपुस्तक शिक्षा आर्जन गर्ने एउटा महत्वपूर्ण स्रोत हो । नेपाल सरकारले पनि यो तथ्यलाई आत्मसात् गर्दै विद्यालय तहमा निःशुल्क पाठ्यपुस्तक वितरण गर्दै आइरहेको छ ।
तर म एउटा शिक्षकको अनुभव र भोगाइ भने यसमा अलि फरक छ । आज निःशुल्क पाएको पुस्तक विद्यार्थीका निम्ति चिट चोर्दा च्यात्न, शौचालयमा बेवारिसे तरिकाले राख्न, भोलि विद्यालय आउँदा किताब बोक्नु नपरोस् भनेर कक्षाकोठामै छाडेर जान, बाटामा वा कुनै घारीमा लुकाउन, अझ् चटपटेसँग साटेर खान सजिलो सामग्री भएको छ ।
नेपाल गरिब छ तर सबै नेपाली गरिब छैनन् जस्तो मलाई महसुस हुन्छ । गरिबीको चपेटाले शिक्षा आर्जन गर्नबाट वञ्चितहरूलाई अवश्य राहत र प्रेरणा मिलेको छ नत्र हिजो म पनि एउटा गरिब विद्यार्थी नै थिएँ र म जस्तै अरू पनि । आफ्नो किताबलाई शिक्षाको स्रोतको रूपमा उपयोग गर्ने अनि जतनसाथ राखेर अर्को वर्ष आधा मूल्यमा बेच्ने हराम्रो ध्येय हुन्थ्यो । त्यसैले वास्तविक गरिब विद्यार्थीको पहिचान गरी उनीहरूलाई मात्र यो सुविधा प्रदान गर्दा रराम्रो होला कि ?
विष्णु खतिवडा
जनता मावि, रौता–५, रानीबास, उदयपुर
पास हुनेलाई मात्र कक्षा चढाउनुपर्छ
हाल नेपाल सरकारले अपनाएको उदार कक्षोन्नति अनुसार विद्यार्थीको उपस्थितिको आधारमा कक्षा चढाउँदै लैजानुपर्ने भएपछि कक्षा १ देखि ५ सम्म विद्यार्थी फेल गर्न छोडिएको छ । तर जसरी एउटा घर मजबुत हुनको लागि जग बलियो हुनुपर्दछ त्यसरी नै विद्यार्थीको निम्ति प्राथमिक शिक्षा मजबुत हुनु आवश्यक हुन्छ । त्यसनिम्ति तल्लो कक्षामा योग्य शिक्षकहरूको नियुक्ति पनि गरिनुपर्छ र साथै निजी विद्यालयमा पढेका आफ्ना बालबालिकाको पढाइका बारेमा अभिभावकहरूले जसरी चासो राखेका छन् त्यसरी नै सकारी विद्यालयमा पढ्ने बालबालिकाको पढाइका बारेमा पनि उनीहरूका अभिभावकले चासो राख्नुपर्छ । अनि सरकारले चाहिँ फेल हुने विद्यार्थीलाई फेल र पास हुनेलाई मात्र पास गराउने नीति लिनुपर्दछ ।
वासुदेव चौहान
सिद्धेश्वर प्रावि, आँपबोट, रामेछाप
सबैले लायौं पोशाक !

हराम्रो विद्यालयमा चार जना स्थायी शिक्षकलाई पोशाक भत्ता आयो । तर अस्थायी, राहत र निजीस्रोत गरी अरू १३ जना शिक्षक/कर्मचारी विद्यालयमा कार्यरत हुनुहुन्छ । चारजना मात्रै ‘ड्रेस’मा ठाँटिएर आउँदा अरू १३ जना साथीहरूको मन खिन्न होला भन्ने ठानियो । उहाँहरूको मनोबलगिर्न नदिन विद्यालयको आन्तरिक स्रोतबाट प्रतिव्यक्ति रु.१,५०० व्यवस्था गरेर सबैले पोशाक लगाउने निर्णय गरियो । शिक्षा मन्त्रालयले पोशाकको रङ नतोकेको हुँदा हामीले निजामती कर्मचारीको पोशाकको रङ नै चयनगर्यौ ।
वासु पौडेल
प्राचार्य, सुनकोशी उमावि, कर्थली–३, सिन्धुपाल्चोक
SMS प्रतिक्रिया
विज्ञापन नराखे के हुन्छ ?
शिक्षक जस्तो प्रतिष्ठित पत्रिकाले विज्ञापनलाई बढी प्राथमिकतामा राखेको जस्तो लाग्यो । बोरोप्लस, यामाहा (वाईबीआर), रियल जुस जस्ता विज्ञापन राखेको ठाउँमा शैक्षिक लेखलाई स्थान दिए बेस होला कि ! विज्ञापन भएन भने पत्रिका पढ्न पाईंदैन र ?
राज कुँवर
जनप्रभात प्रावि, श्यामपाटी, काभ्रे
(टिप्पणीः शिक्षक को मुख्य प्राथमिकता शैक्षिक एवं शैक्षणिक सामग्री नै हुन् । व्यावसायिक विज्ञापनले त्यस्ता सामग्रीहरू सापेक्षतः कम मूल्यमा धेरै भन्दा धेरै पाठकसम्म पुर्याउन सघाउँछन् । त्यसैले एउटा पत्रिकामा विज्ञापनको पनि उत्तिकै महत्व रहेको हुन्छ । शिक्षक मा हाल पाठ्यसामग्री र विज्ञापनको अनुपात वाञ्छित मात्राभन्दा न्यून छ । एउटा पत्रिका स्वस्थ ढङ्गबाट सञ्चालन हुन २५ देखि ३५ प्रतिशत विज्ञापन जरुरी हुन्छ । विज्ञापनको अंश थोरै (करिब १०%) भएकै कारण शिक्षक को बिक्री मूल्य केही उच्च हुन पुगेको हो । अझ् विज्ञापन पूरै हटाउने हो भने त शिक्षक कोग्राहक मूल्य अहिल्यै एक प्रतिको रु.१०० को हाराहारीमा पुग्नेछ । –सं.)
आयोगका सबै सूचना आऊन्
शिक्षक सेवा आयोगले निकालेका सबै परीक्षाका सूचना र बढुवाको परिणाम पनि शिक्षक मासिकमा छापिए अझ् रराम्रो हुन्थ्यो । यस्तो सामग्री छापेको बेलामा मूल्य बढी लिए पनि हुन्छ ।
कुलबहादुर बस्नेत,
उमावि भोजपुर, दाङ
कृतज्ञता
मनका कुरा स्तम्भमा लेखिएका कुरा निकै सान्दर्भिक छन् । यसमा म जस्ता निजीस्रोतका शिक्षकको मर्म पोखिएकोमा कृतज्ञता व्यक्त गर्द छु ।
जीवन लामा, बकैया ठाकुर निमावि निजगढ–७, बारा
दिवास्वप्न का कुरा
म एक उमावि व्यवस्थापन समितिको दोस्रो कार्यकालको अध्यक्ष हुँ । विद्यालयको शैक्षणिक सुधारमा शिक्षक ले मलाई मार्गनिर्देश गरिरहेको मेरो विश्वास छ । सदाझैँ माघ अङ्क २ गते बजारबाट किनेँ, बाटोमा नै पाना पल्टाउँदै बासस्थान आएँ । सरसर्ती सबै शीर्षक पढेँ । पूरै लेख पढ्ने मौका मिलेन । लोडसेडिङले घरै अँध्यारो बनायो ।
कामको सिलसिलामा बिहानै बाहिर निस्कनु परेकोले शिक्षक पत्रिका झेलामा हालेँ । काम सकेर फर्कंदा बस पूरै खाली थियो । शिक्षक झ्किेर पढ्न थालेँ । मेरो नजर अन्तिम पेजमा परेछ— जहाँ दिवास्वप्न किताबको फोटोसहित केशवप्रसाद भट्टराईको ‘शिक्षक–गीता’ लेख रहेछ । त्यही पढ्ने इच्छा भयो । पढ्दै जाँदा आफूले चाहेको/खोजेको कुरा पाए जस्तो लाग्यो । लेख पढी सक्दा दिवास्वप्न किताब तत्काल किन्ने र पढ्ने प्रबल इच्छा भयो ।
बसबाट उत्रेर रत्न बुक डिष्ट्रीब्युटर्स कहाँ गएँ र दुई प्रति किताब किनेँ । घरमा गएर किताब झ्किेर हेरेँ । अन्तिम पानामागिजुभाईको फोटो हेरँे । उनी त म जन्मनुभन्दा तीन वर्ष पहिले स्वर्गे भइसकेका रहेछन् । ७३ वर्ष पहिले स्वर्गे भइसकेका शिक्षकले त्यति जीवन्त, प्रेरणादायक, बलवान किताब कसरी लेखे होलान् भनी सम्झ्ँे । अन्तिम पृष्ठमा प्रकाशित बाल प्रश्नले मन छोयो । हो त नि; आफ्नै बाल्यकाल सम्झ्ँे, सडक बालबालिका, सम्भ्रान्तका बालबच्चाको जीवनचर्या सम्झेँ र शुरु देखि किताब पढ्दै जान थालेँ । पहिले दुई शब्द पढेपछि केहीबेर आँखा चिम्लेर प्राणवान, क्रियावान, निष्ठावान शिक्षकहरूले आफ्ना निम्ति पनि यसलाई वास्तविक स्वरुप प्रदान गर्न सक्नेछन् भनी अन्तिम वाक्य दोहो¥याएँ, तेह¥याएँ । मेरो विद्यालय सम्झ्ँे, देशको अवस्था सम्झ्ँदै अगाडि पाना पल्टाएर पढ्न शुरु गरें; भूमिका— यो पुस्तक र यसका लेखक; राजेन्द्र दाहालद्वारा लिखित । दाहालको सशक्त कलमबाट लेखिएको भूमिकाबाट किताबको गरिमा बढेको, शिक्षक ले पुर्याएको योगदानमा अर्को ईंटा थपेको महसुस गरें । एकै बसाइमा पुस्तक पढिसकेँ । एउटा शिक्षक ऊर्जावान, निष्ठावान, ज्ञानवान भएर काम गरिदिए शिक्षा क्षेत्रमा सुधार हुन समय लाग्ने रहेनछ जस्तो लाग्यो । अनि यो पुस्तक कति शिक्षकले पढ्लान्, कतिले यसलाई आत्मसात् गर्लान् भनी मनमनले अड्कल काट्न शुरु गरें । म त्यति उत्साहित हुन भने सकिनँ । तर मैले के सङ्कल्प गरें भने यो किताब म संलग्न कार्यक्रम अन्तर्गत स्थापना भएका १५५ वटै विद्यालय पुस्तकालयमा पुरयाउने प्रयत्न गर्छु । अब खोलिने नयाँ पुस्तकालयमा अवश्य यो किताब दुई प्रति राख्दछु र सबै शिक्षकलाई पढ्न प्रेरित गर्छु । अब लाइबे्ररियन तालिम हुँदा यो किताब पढ्न र आफूलाई ऊर्जावान, प्राणवान, निष्ठावान र कर्तव्यवान बत्र सबै शिक्षकलाई उत्प्रेरित गराउने प्रयास गर्छु ।
शिक्षामा सुधार गर्न अझ् बढी विद्यालयमा पुस्तकालय बनाउनुपर्ने र पढ्ने संस्कृति विकास गरी ज्ञानवान,गुणवान, सीपवान, राष्ट्रवान बनाउँदै धनवान नागरिक बनाई देशमा सुख, शान्ति, सद्भाव र प्रेमको अभिवृद्धि भएको हेर्ने इच्छा जागेको छ ।
भोलानाथ शर्मा, फलेवास, पर्वत
गिजुभाईको दिवास्वप्न पढ्ने सल्लाह आफ्नै मान्छेबाट प्राप्त भयो । पढिसकेपछि लाग्यो शिक्षण पेशासँग सम्बद्ध शिक्षकले मात्र नभएर यो पुस्तक शिक्षासँग सम्बन्धित सबै सरोकारवालाहरूले निम्ति पढ्नैपर्ने र उपयोगी रहेछ । जीवन्त बालसेवीगिजुभाईलाई चिन्ने र उहाँको योगदान, भूमिकालाई सबैसामु परिचित गराउने र यस्तो अमूल्य कृति आफ्नै नेपाली भाषामा सरल रूपमा पढ्नका लागि उपलब्ध गराउने शिक्षक मासिकलाई धन्यवाद ।
तारा राई, हलेसी, खोटाङ
एउटा कल्पनाशील, लगनशील मान्छे शिक्षक भइदिए उसले कतिसम्म गर्न सक्छ भन्ने उदाहरण दिने सानो आकारको महान् पुस्तक हो—दिवास्वप्न । यस्तो पुस्तक हामीमाझ् ल्याइदिएकोमा शिक्षक मासिकलाई धन्यवाद । साँच्चै प्रा. डा. नोबल किशोर राईले भन्नुभए जस्तै शैक्षिक योजनाकारले त यो पुस्तक पढ्नुपर्छ नै; साथै एउटा शिक्षकले, शैक्षिक संस्थाको व्यवस्थापनमा बस्ने मान्छेले पनि अनिवार्यरूपले पढ्नै पर्छ । यस्तो पुस्तक प्रकाशन गरिदिएकोमा राजेन्द्र दाहाल र अनुवादक शरच्चन्द्र वस्तीप्रति आभार प्रकट गर्द छु ।
टीकाराम रेग्मी
श्री बाल कुमारी कन्या उमावि, नारायणगढ
अस्थायी शिक्षकको व्यवस्थापन हुनुपर्छ
शिक्षकहरूको पेशागत हकहितका सम्बन्धमा विगतका सरकारहरूसँग धेरै सम्झौता भएका छन् । प्रतिबद्धता र सहमति जनाइएका छन्; शिक्षा मन्त्रीहरूले थुपै्र कुरा बोलेका छन्; अदालतले पनि शिक्षकहरूकै पक्षमा फैसला गरेको छ; कार्यदलका प्रतिवदेनहरू पनि छन् । तर कार्यान्वयनको चरणमा भने कुनै पनि पुग्न सकेका छैनन् । पछिल्लो समयमा शिक्षा मन्त्री दिनानाथ शर्माले फेरि ‘क्रान्तिकारी योजना’ ल्याएका छन् ।
यो सरकारका पालामा सडक फराकिलो पार्ने जस्ता ठूल्ठूला कामहरू भइरहेका छन् । यही मेसोमा अस्थायी शिक्षकहरूको पनि व्यवस्थापन गर्न सकिए, अर्को ठूलो काम हुनेथियो । अनि यो काम क्रान्तिकारी पार्टीबाट मात्रै हुन सम्भव छ । स्मरणीय छ, अस्थायी शिक्षकहरू अझै पनि आफ्नो ठाउँ ओगटी राखेर नयाँलाई प्रवेश निषेध गर्ने पक्षमा होइन, वर्षौं देखि आजित भएर जतिसक्यो छिटो पदमुक्त हुन चाहिरहेका छन् । यस सन्दर्भमा पुराना सहमति प्रतिबद्धता, सम्झौता, कार्यदलको प्रतिवेदन इत्यादिको कुनै खाँचो पर्ने छैन । किनभने कुरो नयाँको छ । नयाँ नेपाल बनाउनका लागि गरिने नयाँ शैक्षिक योजना अन्तर्गत अस्थायी, लियन, पीसीएफ सबै प्रकारका शिक्षकहरूलाई सहजै स्थायी गरेर क्रान्तिकारी कार्य सम्पन्न गर्ने अवसर खेर जान दिनुहुँदैन ।
मुरारी कुमार खतिवडा
श्री सरस्वती उमावि, खानीभञ्ज्याङ, ओखलढुङ्गा
के हामी शिक्षक होइनौं ?
राज्यले सबैलाई समान व्यवहार गर्नु पर्छ भन्ने मान्यता छ तर एउटै संस्थामा काम गर्ने शिक्षकहरू माथि राज्यले विभेद गरेको छ । शिक्षक संघ–सङ्गठनहरू हामी जस्ता निजी स्रोतका शिक्षकहरूलाई सदस्य बनाएर पछाडि लगाएका मात्र छन्, हराम्रो पीरमर्का तिनले उठाउँदैनन् । वर्षौं देखि न्यून तलबमा सामुदायिक विद्यालयमा काम गर्दै आएका निजी स्रोत शिक्षकहरूको पीरमर्का कसैले सुनेको छैन । सामुदायिक विद्यालयमा काम गर्ने कर्मचारीहरूलाई सरकारले रकम निकासा गरेको छ । सुनिदैंछ; उनीहरूलाई क्रमशः दरबन्दीमा पनि लैजाने रे ! तर वर्र्षांैै देखि शिक्षण गरेका निजी स्रोतका शिक्षकलाई न त राज्यले हेरेको छ न त कुनै सरकारी रकम दिएको छ । बरू उल्टो विस्थापित गरी रोगजार पाउने अधिकारबाट वञ्चित गर्न खोजिँदैछ ।
शिक्षा मन्त्रालयले करोडौं बजेट राहत, पीसीएफ कोटाको नाममा निकासा गर्दैछ । त्यसमा राजनीतिक हानथाप गरी विद्यालय व्यवस्थापन समितिले आफ्नो मान्छे बाहिरबाट राख्ने गरेका छन् । तर, निजीलाई त्यो कोटामा राख्नको लागि न शिक्षक संघ–सङ्गठनहरूले बोल्दछन् न त सरकारले नीति नै बनाएको छ । के हामी शिक्षक होइनौँ ? हामी बकाइदा विद्यालयले मागेको सूचनाको आधारमा लिखित, मौखिक, प्रयोगात्मक परीक्षा दिएर खुल्ला प्रतियोगिताबाट छानिएर आएका हुन्छौँ । हामी पीसीएफ, राहतभन्दा कुन मानेमा अयोग्य भयौँ ? हामीलाई राज्यले कहिले हेर्ने ? हामीलाई पनि दरबन्दीमा लैजानुपर्छ । आएको कोटाहरूमा पहिलो प्राथमिकता हामीलाई दिनुपर्छ । निकट भविष्यमा खुल्ने शिक्षक सेवा आयोगमा हामीलाई पनि अस्थायी सरह उमेरको दरबन्दी लगाउन पाइँदैन । किनकि विद्यालयमा प्रवेश गरेर आज ४० वर्ष उमेर कटेका हामीजस्ता कयौं निजी स्रोतका शिक्षकहरू छन् । उहाँहरूले विद्यालयमा जुन सेवा गर्नु भयो त्यसको कदर गर्नु पर्छ । साथै अस्थायीको आन्तरिक आयोगमा हामीले पनि लड्न पाउनुपर्छ किनकि शिक्षा ऐन अनुसार हामी पनि शिक्षक हौँ । सरकारी तलब खाने मात्र शिक्षक मान्ने हो भने हामीलाई किन शिक्षक भनिन्छ ? के हामी यो देशको नागरिक होइन ? के हराम्रो नेपालको शिक्षा क्षेत्रको विकास निर्माण कुनै योगदान छैन त ? हामी पनि नेपाली नै हौं । हराम्रो पनि मुटु छ, मन छ । हाम्रा पनि जहान, परिवार छन् । उनीहरूलाई पाल्नुछ, विद्यालयको अध्यक्ष लाई रिझएसम्म जागिर खान पाइन्छ नत्र भने खुस्किन्छ । हामी बिचल्लीमा छौं । त्यसैले यो कुरा सरकारले विचार गरोस् । हराम्रो हक सुनिश्चितगरोस् ।
देशका नेताहरूले करोडौँको भ्रष्टाचार गर्द छन् । उनीहरूलाई कोही केही गर्न सक्दैन । हामीले दिनरात न्यून तलबमान मा पेशामा आबद्ध भएर स्थायी र अस्थायीभन्दा रराम्रो, इमान दार र कर्तव्यनिष्ठ भई पढाउँदा पनि जस पाईंदैन । स्वयम् राज्यले नै उपेक्षा गरेको छ । त्यसैले शिक्षक मासिकले यो मेरो भावना छापिदेओस् र म जस्ता कैयौँ निजी स्रोत शिक्षकहरूको आवाज उठाइदेओस् ।
सूर्यप्रसाद घिमिरे
दशरथ चन्द्र उमावि, राजापुर, बर्दिया
स्थान दिइयोस्
गोरखापत्र दैनिकमा हरेक महिनाको १ र १६ गते प्रकाशित हुने ‘शिक्षा विशेषाङ्क’ यस शिक्षक मासिकमा प्रकाशित गरिदिए गोरखापत्र को पहुँच हुन नसकेका ठाउँहरूमा पनि उक्त विशेषाङ्क पढ्नबाट वञ्चित हुनुपर्ने थिएन । सम्बन्धित अधिकारी हरूको ध्यान जाओस् ।
भुवन अधिकारी
श्री सरस्वती रा.प्रावि, खैरहनी–२, चितवन



