हेराइ र बुझाइ

जीवितग्रन्थ

जो किताब पढेर ज्ञान प्राप्त गर्छन्,
ती शिक्षक बन्छन्,
जो बालबालिकालाई पढेर ज्ञान प्राप्त गर्छन्,
ती शिक्षाशास्त्री बन्छन्
शिक्षाशास्त्रीका निम्ति हरेक बालक एउटा सार्थक, अद्वितीय र जीवितग्रन्थ हो ।

सच्चा स्कूल घर

आफूले जस्तो आचरण गरे पनि
आफ्ना सन्तानलाई चाहिँ सु–संस्कृत बनाउन सक्छौं भन्ने
कुनै बाबु–आमाले ठान्छन् भने–
ती ठूलो भूल गरिरहेका हुन्छन् ।
आमा–बाबु र घर नै
संसारका सबैभन्दा ठूला
र शक्तिशाली स्कूल हुन्
घरमा बिगारिएका बालकलाई
विद्यालय र शिक्षकले त के,
भगवानले पनि सुधार्न सक्दैनन् ।
                        – मातापिताका प्रश्न बाट

commercial commercial commercial commercial