प्रतिक्रिया र सुझाव

शिक्षा सम्बन्धी भनाइ राख्दा के होला ?

शिक्षक मासिक मङ्सिर २०६८ देखि आठ पृष्ठ बढाएर सम्पूर्णग्राहक वर्गहरूलाई थप सामग्री दिन खोजेजस्तो देखि यो । तर पृष्ठ बढाए पनि सबैको लोकप्रिय पत्रिकामा शिक्षा सम्बन्धी विभिन्न प्रसिद्ध व्यक्तिहरूका भनाइ कुनै पृष्ठको एउटा सानो ठाउँमा राख्दा अझ् बेस हुन्थ्यो कि ?
छविलाल पौडेल, जगन्नाथपुरी निमावि, अयोध्यापुरी–३, माडी, चितवन

(टिप्पणीः तपाईंको सुझावलाई यसै अंक देखि साकार पार्ने प्रयास गरेका छौं । कस्तो लाग्छ, लेख्दै गर्नु होला । –सं.)

व्यवस्थापनः स्रोत व्यक्ति हैन केन्द्रको

शिक्षक को कात्तिक अङ्कमा प्रकाशित स्रोतव्यक्ति निर्देशिका २०६८ को सेरोफेरोमा रहेर म शिक्षक मार्फत शिक्षा विभाग तथा मन्त्रालयसामु केही कुरा राख्न चाहन्छु ।

२०४९ साल देखि सञ्चालनमा आएको स्रोतकेन्द्र व्यवस्थापनको लागि स्रोतकेन्द्र व्यवस्थापन निर्देशिकाको सट्टा स्रोतव्यक्ति निर्देशिका आएको छ ।

२०३८ सालमाग्रामीण विकास परियोजना अन्तर्गत सेती अञ्चलमा नमुनामा आधारित सेती परियोजना सञ्चालन भएपछि स्रोतकेन्द्र र समूह विद्यालय अवधारणा प्रकाशमा आयो । स्रोतकेन्द्र स्थापना गरी समूह विद्यालयको निरीक्षण गर्ने जिम्मेवार स्रोतव्यक्ति बनाइयो । शिक्षामा जनसहभागिता र गुणात्मक विकास का लागि त्यो एउटा उत्कृष्ट नमुना ९ः यमभ०ि थियो । यसकै अनुभवमा आधारित भएर २०४९/५० सालमा आधारभूत तथा प्राथमिक शिक्षा विकास परियोजनामार्फत सुपरीवेक्षण प्रणालीलाई अझ् व्यवस्थित गर्ने प्रयास भयो । स्रोतकेन्द्रलाई व्यवस्थित गर्न थुप्रै प्रकारका प्रक्रियाको प्रयोग गरियो । तर सही कार्यान्वयनको अभावमा अपेक्षाकृत परिणाम प्राप्त हुन सकेन । फलस्वरुप रणनीति नै परिवर्तन गर्न थालियो । स्रोतव्यक्ति निर्देशिका २०६८ ले कार्यान्वयन पक्षलाई कतिको दरिलो बनाउने हो, हेर्न बाँकी छ । शैक्षिक विकेन्द्रीकरणको सिद्धान्त व्यापक र परिस्कृत बन्दै गएको बेला यो निर्देशिका केन्द्रीकृत बनेको छ ।

यसका राम्रा पक्षका साथै मेरा केही सुझाव वा अपेक्षा प्रस्तुत गर्न चाहन्छुः

राम्रा पक्ष

क)    स्रोतव्यक्ति नियुक्ति प्रक्रिया ।
ख)    जसले नियुक्त गरयो उसैले हटाउने व्यवस्था ।
ग)    स्रोतव्यक्ति छनोटका आधार तथा मापदण्ड निर्धारण ।
घ)    पद करारमा नियुक्ति हुने अथवा आवधिक नियुक्ति ।
ङ)    पुनः नियुक्ति हुनसक्ने प्रावधान ।
च)    स्रोतकेन्द्र व्यवस्थापन समितिगठन ।

नराम्रा पक्ष

क)    जिशिअ प्रति बढी निर्भरता ।
ख)    मावि तहमा पाँच वर्ष स्थायी मात्र उम्मेदवार हुन पाउने ।
ग)    तलब, भत्ता, सेवा, सुविधा तथा शर्तलाई हेर्दा जिशिकाको कर्मचारीको रूपमा रहने ।
घ)    सरुवा प्रावधान हेर्दा विभाग तथा मन्त्रालयमा पहुँच हुनेले पायक पर्ने ठाउँमा सरुवा तथा काजमा बसेर स्रोतकेन्द्र प्रभावित हुने देखिन्छ ।
ङ)    जिशिकाको मिलेमतोमा स्रोतकेन्द्र कार्यक्रम प्रभावकारी नहुने सम्भावना ।
च)    सहयोगात्मक भन्दा बढी प्रशासनिक हुने र प्रअ र  शिक्षकसँग द्वन्द्व भई कार्यगत एकतामा आँच आउन सक्ने ।

मेरो भनाइ

क­)    स्रोतकेन्द्र व्यवस्थापन निर्देशिका २०६८ हुनुपर्ने ।
ख)    स्रोतकेन्द्रप्रतिको दायित्व तथा जवाफदेहिता किटान गरिनुपर्ने ।
ग)    स्रोतव्यक्ति बन्ने व्यक्ति सकेसम्म स्नातकोत्तर हुनुपर्ने किनकि स्रोतकेन्द्र विद्यालय उमावि भएमा प्रअ तथा शिक्षकले नपत्याउने अथवा हेप्ने प्रयास हुनसक्छ ।
घ)    जुनसुकै तहको स्थायी पाँच वर्ष गरेको शिक्षक भए पनि उसको योग्यता, अनुभव, तालिम तथा मुख्य गरी प्रस्ताव पत्रको आधारमा उम्मेदवार बनाउनुपर्ने ।
ङ)    लोकतान्त्रिक/सहयोगात्मक भन्दा प्रशासनिक/परम्परागत सुपरीवेक्षणलाई अँगाल्ने देखिन्छ । यसलाई लचिलो बनाउनुपर्ने हुन्छ ।
च)    स्रोतव्यक्ति बन्ने व्यक्तिले तयार पार्नुपर्ने ४० पूर्णाङ्कको प्रस्ताव पत्र तथा २० पूर्णाङ्कको योग्यता, तालिम तथा अनुभवलाई छनोटको आधार बनाउनुपर्ने ।
छ)    स्रोत केन्द्रमै कार्य सम्पादन गर्नु पर्ने ।
ज)    स्रोतकेन्द्रका सम्पूर्ण शैक्षिक
     गतिविधिलाई सहयोगी, नेतृत्वकर्ता, नमुना, विशेषज्ञ सल्लाहकारको रूपमा स्थापित गराउनु पर्ने ।
सीताराम बस्नेत, सोलुखुम्बु

समीक्षात्मक सिकाइको समीक्षा

समीक्षात्मक सोच विषयमा केन्द्रित शिक्षक मासिकको कात्तिक, २०६८ अङ्कले पाठकलाई स्तरीय खुराक पस्कने जमर्को गरेको छ । माउ लेखले त्रिविका पूर्व उपकुलपति केदारभक्त माथेमा लगायत अन्य सम्बन्धित सेवा प्रदायक कार्यकारीहरूका अभिव्यक्तिहरू उल्लेख गरेर प्रस्तुतिमा मूल्य थप गरेको छ । डा. कोइरालाले त किलो ठोक्ने सोचाइलाई भौतिक विज्ञानबाट आरम्भ गरी अर्थशास्त्र हुँदै स्त्री–पुरुषको शारीरिक भित्रतासम्म तात्रु भएको छ । गुरु मैनालीको लेखमा समीक्षात्मक सोचाइबाट देशको आर्थिक विकास र सामाजिक सुरक्षाका उपायहरू समेत पर्गेल्न सकिने तर्क छ । तर हामी यहाँनेर कुन तहका विद्यार्थीको कुरा गरिरहेका छौं ? लेखक, नेता या विचार कले आफ्नो पाठक, श्रोता वा अनुयायीको उमेर, सोच्ने तह र रुचि के होला भनेर अभिव्यक्ति सम्प्रेषण गर्ने बेलामा नसोच्नु नै ‘समीक्षात्मक सोच’ सम्बन्धित सबैभन्दा ठूलो विरोधाभास हो भत्रे मेरो मान्यता छ ।

लेख लेख्नु कुनै ठूलो कुरा हैन तर लेख पढेर पाठकले के कति कोसेली प्राप्त गर्छ भत्रे विषय महत्वको हो । कुन उमेरका बालबालिकाले कसरी सोच्दछन् र उनीहरूलाई संलग्न गरिएका गतिविधिमा कुन तहका सामग्रीको प्रयोग हुनुपर्छ भनेर विचार –विचार तथा अनुसन्धान नहुनु गहन चिन्ताको विषय हो । सोचको विकास गराउँछु भनेर ५–६ कक्षाका विद्यार्थीलाई वागमती नदीको भ्रमण गराए र ‘यसको समाधान गर्न राज्यले के गर्नु पर्ला ?’ भनेर सोध्नु मेरो विचार मा बहुलट्ठीपना बाहेक केही हुन सक्दैन । शिक्षक का पाठक प्राथमिक कक्षामा क, ख सिकाउनु पर्ने वा माध्यमिकमा बीज गणित वा नेपाली विषय पढाउनु पर्ने गुरुहरूलाई प्रस्तुत क्वाँटी मीठो लाग्ला ? मीठो नलागी नलागी खाएमा त्यो क्वाँटीले कहीँ पखाला त नचलाउला ? यक्ष प्रश्नहरू सिर्जना भएका छन् ।

समीक्षात्मक सोचको ज्ञान र प्रयोग दैनिक जीवनको अपरिहार्य अंश हो । देश विकास वा बुद्ध दर्शनसम्म पुग्नै पर्दैन । टेलिफोनमा दिइएको निर्देशन सुनेर त्यसका आधारमा तोकिएको स्थानमा आफ्नै प्रयासले पुग्न सक्नुलाई यस्तो प्रयोगको एउटा उदाहरणको रूपमा लिन सकिन्छ । निर्देशन सुन्दा कुन कुरा मा विशेष ध्यान दिने ? तोकिएको ठाउँमा पुग्नका लागि आफू भएको स्थानबाट कति समय लाग्छ ? बाटोमा जानकारी दिनसक्ने चिन्हहरू के के छन् आदि बुँदा यस परिस्थितिमा महत्वका हुन्छन् । नक्साको प्रयोगको त यसपछि को कुरा हो ।

सात–आठ कक्षामा सिकाइएको ‘प्रधानाध्यापकलाई चिट्ठी’ को अनुभवले स्नातकसम्मको शिक्षा हासिल गरेकाहरू समेत एउटा रोजगारी प्राप्त गर्न सक्ने आवेदन लेख्न हात कमाउँछन् । यस्तो किन भएको हो भने उनीहरूको सूचना विश्लेषणात्मक क्षमता वा समीक्षात्मक सीप निम्छरो हुन्छ । उनीहरूको ज्ञान भण्डारमा विद्यालयमा वा कलेजमा समीक्षात्मक चिन्तनको जुन तहको मूल्य थप हुनुपर्ने थियो त्यो नहुनुको परिणाम हो ।   

।।।।।।।।।।।

एकदिनको रमाइलो

शुक्रबारको दिन थियो । सदाझै पहिलो घण्टीमा कक्षा १० मा गएँ । आज विद्यार्थीको अनुहारमा कौतुहल र चमक थियो, किनभने प्रत्येक शुक्रबार मैले पाठ्यपुस्तक नपढाइकन अरू नै विषयमा चर्चा/क्रियाकलाप गर्ने / गराउने गरेको थिएँ । कहिले ‘जोक’ सुनाउने, कहिले उनीहरूकै कथा, कविता,गीत सुन्ने कहिले त्यस्ता कुरा हरू आफैँले सुनाउनेगर्थें । आज पनि के हुने हो भन्ने उत्सुकता उनीहरूमा थियो । आजको हाजिरमा प्रत्येकले एक–एक जना साहित्यकारको नाम भन्नुपर्ने सुझाव दिएर म हाजिर गर्न थालें । उनीहरू आपसमा खासखुस गर्न र किताब पल्टाउन थाले । साहित्यकारहरूको नाम नदोहो¥याइकन भन्नुगाह्रै काम थियो । शुरु शुरु का ३०/३५ जनाले भनेपछि अरू चाहिँ उभिएर ‘यस सर’ भन्ने वा त्यत्तिकै रहन थाले । एकजनाले चाहिँ मेरै नाम भन्दा, कक्षाभरी हाँसोगुञ्जियो ।

हाजिर सकिएपछि मैले भनेँ– ‘आज एउटा अलि अनौठो काम गर्ने है ! सधैँ हामी तिमीहरूको परीक्षा लिन्छौं, आज तिमीहरूले हराम्रो परीक्षा लिने ।’ विद्यार्थीहरू छक्क पर्दैथिए । मैले पाटीमा सबै शिक्षकहरूको नाम लेखेँ । अनि मैले उनीहरूलाई एकपन्ना कागजमा ती नाम सार्न लगाएँ ।

मैले भनेँ, ‘अब तिमीहरूले हामीलाई अङ्क दिने । पूर्णाङ्क १० हो । कसैसँग छलफल न गरिकन आफ्नै मनलाई सोधेर हामीमध्ये तिमीहरूलाई को मनपर्छ, को मनपर्दैन, मनपर्ने/नपर्ने आधारहरू आफैँ बनाएर, कसलाई कति अङ्क दिँदा ठीक पर्छ, त्यति नै अङ्क देओ । कपीमा आफ्नो नाम न लेख्नु । साथीहरूलाई पनि नदेखाउनु । अङ्क दिइसकेपछि कपी बेन्चमा घोप्ट्याउनु ।’
करिब सात मिनेटपछि कक्षाको ‘मनिटर’ले सबैका कपी जम्मा गरेर मलाई दिए । यत्तिकैमा एकजना विद्यार्थीले सोधिहाल्यो, ‘सर, यसको रिजल्टचाहिँ कहिले निस्कन्छ ?’ ‘यसको रिजल्ट कहिल्यै निस्कँदैन । अरू कोही सरहरूलाई म यो देखाउँदिनँ पनि । तिमीहरूले पनि यसबारे कतै चर्चा न गर्नू ... ।’ यस्तै के–के भनेर कक्षाबाट बाहिरिएँ ।

बेलुकी पख फुर्सद मिलाएर प्रत्येक कपी हेरेँ । विद्यार्थीको मूल्याङ्कन क्षमता थाहा पाएर साह्रै खुसी लाग्यो । नियमित रूपमा विद्यालय आउने, अल्छी न गरिकन कक्षा लिने, हप्काइदप्काइ न गर्ने , मित्रवत् व्यवहार गर्ने , पाठ्यपुस्तक भन्दा बाहेकका सामग्रीहरूमा पनि ध्यान दिने शिक्षकहरूलाई विद्यार्थीले मन पराउँदा रहेछन् । हँसिलो अनुहार र फराकिलो व्यवहारको शिक्षक उनीहरूको छनोटमा पर्दा रहेछन् । पढाउने क्षमताभन्दा पनि हाउभाउले उनीहरूलाई मख्ख पार्दोरहेछ । त्यसबाहेकका शिक्षकहरूलाई उनीहरूले रुचाएको देखि एन ।

पर्सिपल्ट कक्षामा पस्दा विद्यार्थीहरू मतिर हेर्दै मुसुमुसु हाँसिरहेका थिए । ‘मलाई पासगराइदिएकोमा तिमीहरूलाई धन्यवाद है’ मैले पनि हाँस्दै भनेँ । ‘सर, कसको नम्बर धेरै आयो ? उनीहरूको जिज्ञासा अझै मेटिएको थिएन ।
इन्द्र कुमार श्रेष्ठ, सरस्वती उमावि, खानीभन्ञ्याङ, ओखलढुङ्गा

।।।।।।।।।।।

शिक्षक ले ध्यान पुर्याउनुपर्ने अर्को पक्ष भनेको सम्बन्धित विषयमा पूर्वीय दर्शनको पाटोलाई पनि समेट्नु हो । पत्रिकाले पश्चिमा ज्ञान वा शोधलाई मात्र महत्व दिएको जस्तो देखिन्छ । जबकि शिक्षा या दीक्षा प्रदान गर्ने प्रक्रियामा वा आर्जित ज्ञान प्रयोग गर्ने सिलसिलामा हाम्रा अग्रजहरूले वटुलेर माझेका सूत्रहरूले आज पनि उत्तिकै महत्व राख्छन् ।
डा. नवराज खतिवडा
नेपाल विकास अनुसन्धान प्रतिष्ठान
पुल्चोक, ललितपुर

सेवा अवधि नीति सकारात्मक

नेपाल सरकार, शिक्षा मन्त्रालयले ल्याउन लागेको आठांै शिक्षा ऐनमा सेवा अवधि २० वर्ष र उमेर ५० वर्ष नाघेका सबै शिक्षकहरूलाई अनिवार्य अवकाशको व्यवस्था गरिनु हुँदैन, अवकाश स्वेच्छिक हुनुपर्छ । अस्थायीको हकमा २०४८ सालमा विभिन्न कारणले स्थायी हुनबाट छुटेका शिक्षकहरूलाई विशेष प्रक्रियाबाट नै स्थायी गर्दा न्यायिक हुनेछ । स्वेच्छिक अवकाश लिन चाहने एवं ५० वर्ष नाघिसकेका शिक्षहरूको हकमा औषधी उपचार खर्चसहित रु.१० लाखसम्म क्षतिपूर्ति स्वरुप प्रदान गरिनुपर्छ अर्थात् २० वर्षसम्म सेवा गरेका स्थायी शिक्षक सरह सुविधा दिइनुपर्छ । २०६३ सालभित्र अस्थायी नियुक्ति पाई सेवारत शिक्षकहरू स्थायी भएमा सेवा अवधि जोडिनुपर्छ र आन्तरिक परीक्षामा स्थायी हुन नसकेमा सेवा अवधिको आधारमा औषधि उपचार सहित आकर्षक सुविधा प्रदान गरी बिदा दिनुपर्छ । विगतमा ५० प्रतिशतको परीक्षामा स्थायी भएका शिक्षकहरूको समेत बढुवाको व्यवस्था गरिनुपर्छ । २०६३ सालपछि नियुक्ति पाई सेवारत शिक्षकहरूको हकमा खुल्ला विज्ञापनमा जाँदा वर्षको दुई अंकको दरले अनुभव अंक प्रदान गरिनुपर्छ । अस्थायी नियुक्ति बन्द गरिनुपर्छ । यही व्यवस्था नै सबैलाई मान्य हुन सक्नेछ ।
विजयकान्त झ
अस्थायी शिक्षक आन्दोलन केन्द्रीय समिति

लाखौं अंक निस्कियोस् !

शिक्षक मासिक का हामी नियमित पाठक हौं, तर पत्र भने प्रथम हो । यस पत्रिकामा प्रकाशित प्रायः हरेक सामग्रीले हामीलाई आकर्षित गर्ने गरेको छ । साथै शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न जल्दाबल्दा कुरा हरू, शैक्षिक बहसहरू, गतिविधिहरू, शैक्षिक समस्याहरू र समाधानहरू, शैक्षिक समाचारहरू, साहित्यिक सामग्री, खेलहरू अनि यस्तै यावत् शैक्षिक विषयवस्तुहरूलाई लिएर गरिएका टीकाटिप्पणीले गर्दा पत्रिकाको महिमा चुलिएको छ ।

हामी जस्ता शिक्षकले विद्यालयमा बालबालिका शिक्षणको अलावा खाली समय सदुपयोग मात्र हैन; समग्र शैक्षिक विषयसँग सम्बन्धित कुरा हरूको ज्ञान ज्ञात गर्न पाउँदा साह्रै खुसी लाग्छ । किनकि कतिपय विद्यालयहरूमा हामीले जस्तो अवसर कहाँ पाएका छन् र ? हुन त हामीले पनि विगतको केही वर्ष देखि मात्र यस्तो अवसर पाएका हौं । यसरी नै निरन्तर शिक्षक र शिक्षा सम्बन्धी मूलभूत विषयवस्तुहरूलाई प्रस्तुत गर्दै शिक्षक मासिक लाखौंलाख अङ्कहरू पारगरोस् । शुभकामना ! ! !
राजीव राना मगर
भूमेदेवी प्रावि, कल्याणपुर–४, खुर्साने, नुवाकोट

पत्रिका ढिलो आयो !

“शिक्षक मासिक सदैवग्राहक वा पाठकको सेवामा समर्पित छ । हामी हाम्राग्राहक वर्गमा शिक्षक समयमा नै पुर्याउन प्रतिवद्ध छौं” भनेर नियमित रूपमा शिक्षक पत्रिकामा छापिन्छ । तर हराम्रो यो भोजपुर जिल्लाको दक्षिण भेग, रानीबास–८ घोरेटारको एकमात्र हतुवापुस्तक तथा स्टेशनरी पसलमा शिक्षक पत्रिका समयमा आइपुग्न सकिरहेको छैन । यहाँ छिटो भनेको पनि एक महिनापछि मात्र आइपुग्छ । शिक्षक मासिकले प्रतिवद्धता देखाए जस्तो त भइरहेको छैन नि ! जसको कारण शिक्षक पत्रिकाले मागेका कुरा हरू पठाउन समय बितिसकेको हुन्छ । त्यसैले अलि चाँडो आइपुग्ने गरी पत्रिका पठाइदिनुपरयो ।
लंका हाङ्विम राई
शंखरानी निमावि, रानीबास, भोजपुर

(टिप्पणीः सुझावका लागि धन्यवाद । त्यहाँका स्टेशनरी पसलले शिक्षक पत्रिका कहाँबाट कसरी प्राप्त गरिरहेकोे हो, त्यसको जानकारी हामीलाई गराइदिनु भए समस्या समाधान गर्न सजिलो हुनेछ । तैपनि हाम्रा तर्फबाट आवश्यक प्रयास हुने नै छ । –सं.)

शुभेच्छा !

शिक्षक मासिक शिक्षकहरूको ढुकढुकी नै बनेको छ । यो पत्रिका ज्यादै उपलब्धिमूलक अनि सम्पूर्ण शिक्षक वर्गको खुल्दुली मेट्ने काम गरेको हुँदा यसको उचाइले सगरमाथा छोएको जस्तो लाग्छ । शिक्षक मासिकले निरन्तरता पाइराखोस् मेरो हृदय देखि शुभेच्छा छ ।
लक्ष्मी काफ्ले, हिमाली उमावि, रत्ने, स्याङ्जा

commercial commercial commercial commercial