हामी विद्याथी

काभ्रे जिल्लाको दुर्गम गाउँ चेरे घर भए पनि बुबाले काठमाडौंमागाडी चालकको जागिर गर्नु भएकाले म अठार वर्षअघि थापाथली अस्पतालमा जन्मिएकी रहेछु । पाँच वर्ष जेठो दाइसित खेल्दै–चल्दै म बानेश्वरको एउटा सानो डेरामा हुर्किएँ । बाल्यकालका दिन सम्झ्ँदा म अहिले पनि धेरै रोमाञ्चित हुन्छु । दाइ नजिकैको सरकारी स्कूल (रत्नराज्य)मा पढ्नुहुन्थ्यो । दाइ स्कूल जाँदा आफू पनि स्कूल जान पाए हुन्थ्यो जस्तो लाग्थ्यो । पाँच वर्ष पुगेपछि मेरो स्कूल जानेपालो आई पनि हाल्यो ।

कक्षामा मिसले खुब रमाइला कथा सुनाउनुहुन्थ्यो । स्कूलमा मलाई सबभन्दा बढी मन पर्ने कुरा यही थियो । कहानीको स्वाद लिएर हामीहरू कहिले उफ्रन्थ्यौं त कहिले नाच्थ्यौं । कथा सुन्दासुन्दै कक्षामै म कैयन् पटक निदाएँ पनि । निदाउँदा पनि मिसले कहिल्यै गाली गर्नु भएन । (शायद शिक्षकहरूलेगाली गरेको नसुनेकाले होला, मलाई पनि गाली गर्न आउँदैन रगाली मन पनि पर्दैन ।) सुत्ने ठाउँ त स्कूलमा कहाँ थियो र ! तैपनि बेञ्चमा टाउको राखेर मज्जाले निदाइन्थ्यो । विजया श्रेष्ठ, शोभा,गुणराज, शेषमणि भट्टराई,गोपाल सर लगायत अधिकांश शिक्षकले मलाई आफ्नै छोरी झै माया गर्नु हुन्थ्यो । म यसै पनि धेरै बोल्नुपर्ने मान्छे । जतिबेला पनि प्याच्च बोलिहाल्थेँ । तैपनि उहाँहरूले मलाई ठूलो स्वरलेगाली गर्नु भएन । बरु यसरी बोल्नुपर्छ भनेर सम्झउनुहुन्थ्यो । त्यही मायामा लुटपुटिन पाएको कारणले होला, आज पनि रत्नराज्य स्कूल मलाई आफ्नै घर जस्तो लाग्छ । उहाँहरू आफ्नै बाआमा जस्तो लाग्छ ।  

रत्नराज्यमा मलाई पढाउने अधिकांश शिक्षकमा स्कूल रराम्रो बनाउनुपर्छ, विद्यार्थीलाई सफल बनाउनुपर्छ भन्ने भावना थियो । शोभा मिसले अक्षर रराम्रो बनाउन कति रराम्रोसित उत्प्रेरित गर्नु हुन्थ्यो, त्यो सम्झ्ँदा अहिले पनि म रोमाञ्चित हुन्छु । ल है रराम्रोसित लेख्नेलाई आज म यो उपहार दिन्छु भनेर फेरी–फेरी चकलेटहरू दिनुहुन्थ्यो । आज फर्केर हेर्दा लाग्छ, बालबालिकाको मनोविज्ञान बुझने र उनीहरूलाई सिक्न उत्प्रेरित गर्ने रराम्रो कलामा मेरा गुरुहरू निपुण हुनुहुँदोरहेछ । त्यति मात्र होइन, उहाँहरूसित धैर्य पनि अथाह रहेछ । हामी कति चकचकगथ्र्यौं । तर उहाँहरू पटक्कै नझ्र्कने !  

म सानोमा औसत विद्यार्थी पनि थिइनँ । कक्षा पाँचबाट ६ मा जाँदा मेरो रोल नं. २६ थियो । पढाइमा उति सारो लगनशील नभएकाले पनि म कमजोर विद्यार्थी बन्न पुगेकी थिएँ । मलाई गणित ज्यादै गाह्रो लाग्थ्यो । पास हुने अङ्क आउन पनि मुस्किल पथ्र्यो । पछि गणित शिक्षकले मेरो समस्या बुझेर अलि समय दिन थाल्नुभयो । अवधारणा बुझएर पढाउन थाल्नुभयो । म त गणित पनि बुझन पो थालेँछु ! त्यसपछि विस्तारै गणित रमाइलो लाग्न थाल्यो । शायद यसैले होला, मेरो रुचि र ध्यान विस्तारै पढाइमा जान थाल्यो । अरू नै कुरा मागफिने म पढाइका कुरा मा केन्द्रित भएर कुरा गर्न थालेँ । कण्ठ गर्न भनेपछि सक्दै नसक्ने मलाई शिक्षकहरूले एउटा मन्त्र दिनुभयो, “बुझेर पढ, नबुझेका कुरा सोध, कण्ठ गर्नै पर्दैन ।” त्यही मन्त्रलाई अनुसरण गर्दै जाँदा हरेक माथिल्लो कक्षामा मेरो पढाइको स्तर उकासिँदै गयो र अन्ततः वि.सं. २०६६ को एसएलसीमा देशभरका सार्वजनिक विद्यालयका केटी विद्यार्थीमा अब्बल अङ्क (८८.६ प्रतिशत) हात लाग्यो ।

डाक्टर बन्ने सोचका साथ यतिखेर म एउटा निजी कलेजमा कक्षा १२ मा जीव विज्ञान पढिरहेकी छु । स्कूलमा नेपाली माध्यममा पढेकाले होला, कलेजका शुरु शुरु का महिनामा त मलाई शिक्षकहरू के भन्दै हुनुहुन्छ भनेर बुझन पनि गाह्रो नै भयो । तर हरेस नखाई कक्षामा बसेँ, अङ्ग्रेजी भाषामा अलि बढी ध्यान दिएँ । नआए पनि साथीहरूसित धक नमानी अङ्ग्रेजीमै कुरा गर्न थालेँ । यसो गर्दा बिस्तारै धक लाग्न छाड्यो । त्यसपछि चाहिँ मेरो सिक्ने रफ्तार बढ्यो । धक लागेसम्म सिक्न सकिँदोरहेनछ, सिक्नका लागि त सबभन्दा पहिला धक र लाज भन्ने कुरा हटाउनै पर्ने रहेछ । अहिले म अङ्ग्रेजीमा समेत रराम्रोसित संवाद र सञ्चार गर्न सक्ने भएकी छु । पढाइमा पनि निजी विद्यालयबाट आएका साथीहरूसित भन्दा म कम छैन ।

सफल विद्यार्थी हुन मैले सिकेको सबैभन्दा महत्वपूर्ण कुरा हो, विषयवस्तु बुझेर पढ्ने । नबुझेका कुरा धक नमानी सोध्ने, गृह कार्य समयमै गर्ने । शिक्षकले जति सिकाउनु भएको छ वा कोर्समा समेटिएको कुरा मा मात्र आफूलाई सीमित न गरी रुचि लागेको पाठ/विषयमा थप खोज र अध्ययन गर्नु पर्दोरहेछ । म अहिले कोर्सका भन्दा बाहिरका पुस्तक र पत्रपत्रिका पढ्ने र रेडियो सुन्ने गर्छु । यसले मेरो ज्ञानको दायरा फराकिलो बनाउन त मद्दत गरे कै छ, सँग सँगै सामाजिकीकरण पनि गरिरहेको छ । यहाँ आएपछि डा. भगवान कोइराला जस्ता प्रसिद्ध डाक्टर, लोकप्रिय नेतागगन थापा, व्यापारी रञ्जित आचार्य, समाज सेवी अनुराधा कोइराला, चर्चितगायिका कोमल वली लगायतका विभिन्न विधाका राष्ट्रिय व्यक्तित्वहरूसित अन्तरक्रिया गर्ने मौका पाइयो । यस्ता व्यक्तिसित साक्षात्कार हुँदा उहाँहरूको विचार र व्यक्तित्वलाई नजिकबाट अनुभव गर्ने अवसर त मिल्यो नै, धेरै ऊर्जा, प्रेरणा र ज्ञान मिल्दोरहेछ । त्यसैले, मेरो विचार मा यस्ता व्यक्तिहरूसित भेटघाटको अवसर छुटाउनु हुँदोरहेनछ, बरु कुनै तरिकाले भए पनि यस्तो अवसर जुटाउनु पो पर्ने रहेछ । स्कूलले पनि यस्तो भेटघाटको बन्दोबस्त मिलाइदिएको अझै धेरै कुरा सिकिसकेकी हुन्थेँ कि ! नयाँ नयाँ कुरा सिक्न र आत्मविश्वास बढाउन यस्तो क्रियाकलाप असाध्यै उपयोगी हुने रहेछ । स्कूल या कलेजहरूको तर्फबाट हामी विद्यार्थीले नै पनि त्यस्तो अवसर निर्माण गर्न सक्ने रहेछौं । त्यसनिम्ति खाँचो छ त हामी विद्यार्थीकै अग्रसरताको । आफैँ तत्पर हुने अग्रसरताको । रराम्रो विद्यार्थीको पहिचान बनाउने अग्रसरताको ।

सानै देखि मलाई पढाइमा भन्दा नृत्य र सङ्गीतमा विशेष रुचि थियो । अहिले पनि मौका मिल्यो कि गाउँछु, नाच्छु । नाच्दा शरीर मात्र होइन, दिमाग पनि उत्तिकै ताजा हुनेरहेछ । त्योभन्दा बढी ब्रह्माण्ड, पृथ्वी, मानिस, जन्म–मृत्यु जस्ता अस्तित्वमुखी सवालहरूमा बढी जिज्ञासु थिएँ । आज पनि यी र यस्ता जिज्ञासाहरू मेरो मनमा उत्तिकै सजिव छन् । मैले अझै उत्तर पाएको छैन । कहिले पाउँछु, पाउँछु कि पाउँदिनँ, त्यो पनि थाहा छैन ।

स्कूलमा शिक्षकहरूले भन्नुहुन्थ्यो, “जिज्ञासा शान्त नभए सम्म खोजी गरिरहनु , कहिल्यै निराश नहुनु ।” त्यसैले, म मेरो तर्फबाट ती जिज्ञासाहरू मेटाउन हरदम प्रयत्न गरिरहेकी छु, गरिरहनेछु । मैले मेरो जिज्ञासा मेट्न नयाँ नयाँ किताब पढ्ने, सम्बन्धित क्षेत्रका विज्ञसित छलफल गर्ने र आत्मचिन्तन गर्नु पर्ने रहेछ भन्ने बोध गरे की छु । आखिर मेरो लक्ष्य असल विद्यार्थी बन्ने नै हो । म जीवनभर असल विद्यार्थी बन्न चाहन्छु । शायद त्यसैले होला, म डाक्टर नै हुनुपर्छ भन्ने मेरो हठ छैन । न त इन्जिनियर नै हुन्छु वा शिक्षक नै बन्नु पर्छ भन्ने आग्रह नै छ । म पूर्णरुपेण खुला छु । मेरो मनमा त यतिखेर केवल जिज्ञासा मात्र छन् । एउटा असल विद्यार्थी बन्दै जाँदा जे बनुँला त्यही बनुँला ।

श्रेष्ठ हाल ब्रिज वाटर इन्टरनेशनल कलेज, सिनामङ्गल काठमाडौंमा कक्षा १२ मा अध्ययनरत छिन् ।

commercial commercial commercial commercial