सोधौं, सोधिरहौं !

सत्य कुरा के हो भने, म कहिल्यै पढन्ते विद्यार्थी थिइनँ । स्कूलमा शिक्षकले भनेका कुरा रराम्रोसित सुन्ने, नबुझेको कुरा तत्काल सोधेर बुझहिाल्ने, घरमा आएर तुरुन्तै गृह कार्य गर्ने मेरो नियमित दिनचर्या रह्यो । त्यस बाहेक आफूलाई रुचि लागेको विषयमा म स्कूलको पुस्तकालयमा गएर पढ्थेँ । घरमा टुप्पी कसेर पढ्ने काम कहिल्यै गरिनँ ।

हाम्रो घर काभ्रे जिल्लाको दोलालघाटमा हो । तर मेरा बा–आमा काठमाडौं; सीतापाइलामा किराना पसल थापेर बस्नुभएकाले (जुन अद्यापि छ) म सानै देखि यतै बसें । सानोमा आफूहरू शिक्षाको अवसरबाट बञ्चित भएको कारणले गर्दा होला, मेरा बा–आमाले मलाई रराम्रोसित पढोस् भनेर निजी स्कूलमा भर्ना गरिदिनुभयो । थोरै विद्यार्थी, सानो ठाउँ । पाँच कक्षासम्म मैले एउटा निजी स्कूलमा पढेँ ।

बोर्डिङमा पढ्न थालेको विद्यार्थीलाई हत्तपत्त सरकारी स्कूलमा पठाइँदैन । तर मेरो हकमा त्यो लागू भएन । प्राथमिक तह मात्र भएको उक्त स्कूलबाट ५ कक्षा उत्तीर्ण गरिसकेपछि मलाई केहीपर; बाफलस्थित ज्ञानोदय मावि (सरकारी स्कूल)मा भर्ना गरियो । दाइ (फुपूको छोरा)ले २०५८ सालमा ज्ञानोदयबाटै विशिष्ट श्रेणीमा एसएलसी उत्तीर्ण गरिसक्नुभएको थियो । छरछिमेकका धेरै केटाकेटी पनि ज्ञानोदयमै पढ्न जान्थे ।

ज्ञानोदयमा प्रवेश गरेको पहिलो दिन मलाई बडो अनौठो महसुस भयो । पुरानो स्कूलका पूरै विद्यार्थी भन्दा ज्यादा एउटै कक्षामा (९० जनाभन्दा बढी) देख्दा मलाई अचम्म लागेको थियो । उताको स्कूलमा अङ्ग्रेजीमा पढाइ हुन्थ्यो । अङ्ग्रेजी शब्दसित म अभ्यस्त थिएँ तर त्यही कुरा लाई नेपालीमा के भनिन्छ भन्ने कुरा थाहा थिएन । ‘एङ्गल’लाई ‘कोण’, ‘लाइन’ लाई ‘रेखा’ भनेर आत्मसात् गर्न मलाई महिनौं लाग्यो ।

थोरै विद्यार्थी भएको कक्षामा पढ्ने बानी बसेकाले ठूलो कक्षामा अभ्यस्त हुन मलाई निकै समय लाग्यो । पछिल्ला बेञ्चमा बस्दा कहिलेकाहीँ शिक्षक देख्नै मुस्किल पर्दथ्यो । धेरै साथीहरूको बीचमा हराइएला कि; पुरानो स्कूलमा जस्तो रराम्रो गर्न सक्दिनँ कि भन्ने भयले मलाई पहिलो त्रैमासिक परीक्षासम्म धेरै नै सतायो । त्यो परीक्षामा ७५ जनालाई उछिन्दै प्रथम स्थान हासिल गरे पछि मन केही ढुक्क भयो । आत्मविश्वास बढ्न थाल्यो । त्यतिबेला मैले बुझेँ, पढाइमा सफलता हासिल गर्न आत्मविश्वासको कति ठूलो हात हुँदोरहेछ । त्यही आत्मविश्वास, लगन र बुझेर पढ्ने बानीका कारण हरेक कक्षामा राम्रो गर्दै गएँ र संयोगवश २०६७ को एसएलसी बोर्डमा चौथो (९३.५ प्रतिशत) एवं सामुदायिक विद्यालयतर्फ प्रथम स्थान हासिल गर्न पुगेँ ।

खोइ किन हो, मलाई सानै देखि डाक्टर बन्ने चाहना पलायो । एक सफल डाक्टर बन्ने मेरो उत्कट अभिलाषा छ । त्यही सपना पूरा गर्न म अहिले कक्षा ११ मा विज्ञान पढिरहेको छु । आफ्नो तर्फबाट हुनेसम्म प्रयास गर्ने छु, सफलता कसो हात नलाग्ला ! पैसा तिरेर डाक्टरी पढाउन मेरा अभिभावकको हैसियत छैन । त्यसैले छात्रवृत्तिमा नाम निकाल्न सकिन्छ भन्ने विश्वासका साथ पढिरहेको छु ।

एसएलसीमा रराम्रो अङ्क ल्याएपछि मलाई धेरैले ‘यो केटो त अब नेपालमा के बस्ला र विदेशगइहाल्छ नि !’ भन्ने गरेका छन् । तर म त्यसो गर्द िनँ । उच्च शिक्षा हासिल गर्ने सन्दर्भमा केही समय विदेशगइहालेँ भने पनि फर्केर नेपाल नै आउनेछु र नेपालकै सेवामा आफूलाई समर्पित गर्ने छु । यो मेरो अठोट हो । नेपाल र नेपालीको सेवामै जीवन बिताउने मेरो लक्ष्य छ ।  

“साधारण सरकारी स्कूल पढेर कसरी उत्कृष्ट विद्यार्थी बनिस्” भनेर आजकाल धेरैले मलाई सोधिरहन्छन् । सत्य कुरा के हो भने, म कहिल्यै पढन्ते विद्यार्थी थिइनँ । स्कूलमा शिक्षकले भनेका कुरा रराम्रोसित सुन्ने, नबुझेको कुरा तत्काल सोधेर बुझहिाल्ने, घरमा आएर तुरुन्तै गृह कार्य गर्ने मेरो नियमित दिनचर्या रह्यो । त्यस बाहेक आफूलाई रुचि लागेको विषयमा म स्कूलको पुस्तकालयमा गएर पढ्थेँ । घरमा टुप्पी कसेर पढ्ने काम कहिल्यै गरिनँ । त्यसमा मलाई विश्वास पनि थिएन र त्यो मेरो क्षमताभन्दा बाहिरको कुरा थियो । शिक्षकहरूले पनि कण्ठ गरेर भन्दा बुझेर पढ्न नै जोड दिनुहुन्थ्यो । भनिहालुँ, मेरा कति साथीहरू अनुच्छेदका अनुच्छेद कण्ठस्थ गरेर पानी बनाउँथे तर म त्यसो गर्न सक्दिनथेँ । मैले ‘थोरै पढ्ने तर बुझेर पढ्ने’ मन्त्रलाई अनुसरण गरेको हुँ, अहिले पनि त्यसै गर्दैछु ।

सफल विद्यार्थी कसरी बन्ने ? यस बारेमा मलाई धेरै कुरा थाहा छैन । तर मेरो अनुभवले भन्छ, जिज्ञासु र लगनशीलताले नै हामीलाई सफल बनाउँछ । हामी धेरै विद्यार्थीहरूको साझ समस्या हो– आफूले नजानेको वा नबुझेको कुरा सोध्न हिच्किचाउने । सरले ‘बुझयौ त !’ भनेर सोध्दा नबुझे पनि मुन्टो हल्लाउने बानी रहेसम्म हामी सफल विद्यार्थी त बन्दैनौं नै, असल विद्यार्थी समेत कहलिन सक्दैनौं । त्यसैले साथीहरूलाई मेरो विनम्र आग्रह छ, नजानेसम्म शिक्षकलाई सोधी रहौं । हो, धेरै जिज्ञासा राखिरहँदा शिक्षकले कहिलेकाहीँ झ्ण्झ्ट मान्न सक्छन् । उनीहरू झेक्किए पनि हामी नम्र भएर प्रस्तुत हुनुपर्छ । किनकि हराम्रो लक्ष्य आफ्नो जिज्ञासा शान्त पार्ने हो, नयाँ ज्ञान हासिल गर्ने हो । त्यसैले हामीले धैर्य राख्नुपर्छ । शिक्षकको मुड फ्रेस बनाउनुपर्छ र फेरि सोध्नुपर्छ । र; एउटा कुरा मा ढुक्क भए हुन्छ, सिक्न खोज्ने, मिहिनेत गर्ने र अनुशासित विद्यार्थीलाई शिक्षकले जहिल्यै माया गर्छन्, कहिल्यै तिर स्कार गर्दैनन् ।

पढाइमा सफलता हात पार्न नभई नहुने कुरा हो, कक्षामा नियमितता । आजको कक्षा त्यति महत्वपूर्ण छैन, छुटाए पनि केही फरक पर्दैन भनेर मैले कहिल्यै अल्छी मानिनँ । त्यस्तै, प्रस्तुतिमा मौलिकता सफल विद्यार्थी हुन आवश्यक अर्को महत्वपूर्णगुण रहेछ । जाँचको तयारी गर्दागाइड,गेसपेपर मैले पनि पढेँ । तर परीक्षामा मैले कहिल्यै पनि पाठ्यपुस्तक,गाइड,गेसपेपर वा शिक्षकले लेखाएको भाषामा लेखिनँ । कुरा बुझएिको छ भने उही कुरा लाई आफ्नै पाराले पनि त लेख्न सकिन्छ नि ! प्रस्तुतिमा जति मौलिकता हुन सक्यो, उति नै बढी सृजनशील हुन सकिँदोरहेछ । म सानै देखि अरूको भन्दा भिन्न र रराम्रो तरिकाले कसरी लेख्न/प्रस्तुत गर्न सकिन्छ भनेर सोच्थेँ । अहिले आएर मलाई थाहा भो, सफल विद्यार्थी बन्न यो अत्यावश्यक कुरा पो रहेछ !

स्कूलमा अतिरिक्त क्रियाकलाप हरू भइरहन्थे । हाजिरीजवाफ प्रतियोगिता होस् वा वक्तृत्वकला, खेलकुद होस् वा निबन्ध, म सबैजसो प्रतियोगितामा भाग लिनेगर्थें । एउटा निबन्ध प्रतियोगितालाई म कहिल्यै भुल्न सक्दिनँ जसले मेरो स्कूले जीवनलाई झ्ंकृत तुल्याइरह्यो । कक्षा ८ मा हुँदा ‘आधुनिक युगमा टेलिभिजन च्यानलको चमत्कार’ शीर्षकमा मैले लेखेको निबन्धले स्कूलमा सर्वोत्कृष्ट पुरस्कार पायो । त्यसले मलाई विद्यार्थी साथी र शिक्षकहरू दुवैको बीचमा थप लोकप्रिय बनायो । नेपाली विषयका सरहरूले त ‘यस्तै गरी लेख्दैगयौ भने भविष्यमा तिमी रराम्रो साहित्यकार बन्न सक्छौ’ भनेर समेत हौस्याउनुभयो । भविष्यमा साहित्यकार त म के बनुँला र; तर त्यो निबन्धलेखनपछि मलाई एउटा कुरा बोध भयो, ‘म लेख्न सक्छु ।’
निबन्ध, वक्तृत्वकला, सङ्गीत, खेलकुद लगायतका प्रतियोगिताहरू हरेक स्कूलमा नियमित रूपमा भइरहनु पर्ने कुरा रहेछन् । तिनले हामीभित्र अन्तरनिहित प्रतिभा र क्षमताको प्रस्फुटन र विकसित गर्न महत्वपूर्ण योगदान गर्ने रहेछन् । हामीले त्यस्ता प्रतियोगिताहरू सकभर नछुटाई भाग लिनुपर्दछ जसले हराम्रो क्षमता तिखार्न र ‘म सक्छु’ भन्ने आत्मविश्वास बढाउन ठूलो टेवा पुर्याउँछ ।

ज्ञानोदयमा नेपाली र अङ्ग्रेजी दुवै भाषामा पढाइ हुन्छ । एकोहोरो अङ्ग्रेजी वा नेपाली माध्यममा मात्र शिक्षण क्रियाकलाप हुनुभन्दा दुवै भाषामा हुनु रराम्रो हो भन्ने कुरा मैले त्यहीँ अनुभव गर्न पाएँ । किनकि यसले हामीलाई दुवै भाषामा रराम्रोसित सोच्न, पढ्न, बुझन र अभिव्यक्त गर्न सक्ने बनाउँदोरहेछ । अङ्ग्रेजी माध्यममा मात्र पढाइ हुने निजी स्कूलका साथीहरू नेपालीमा कमजोर छन् भने अरू सरकारी स्कूलका साथीहरू चैं अङ्ग्रेजीमा । मिक्स मोडेल कक्षामा हुर्किएको कारणले गर्दा मलाई दुवै भाषामा सञ्चार गर्न सजिलो भएको छ । नेपालमा जन्मेपछि नेपालीमा पनि पोख्त हुनैपरयो नि !

धेरैजसो विद्यार्थीलाई गृह कार्य टाउकोदुखाइको विषय बन्ने गरेको पाइन्छ । शायद अर्काले जबरजस्ती थोपरेको काम भन्ने तरिकाबाट बुझएिका कारण यस्तो मनोविज्ञान बनेको होला । तर गृह कार्य हराम्रो आफ्नै ज्ञान र क्षमता बढाउनका लागि दिइने कुरा रहेछ । त्यसैले हामी विद्यार्थीले यसलाई आफ्नो काम ठान्नुपर्दछ । बरु नियमित रूपमा गृह कार्य नदिइने वा दिइए पनि जाँच न गरिने स्कूलका विद्यार्थी साथीहरूलाई मेरो सुझाव छ, गृह कार्य नियमित गरिरहनु होस् र शिक्षकले नदिए माग्ने पनि गर्नु होस् । किनकि यो काम तपाईंले शिक्षकका लागि होइन, आफ्नै लागि गर्ने हो । स्कूलमा पढेको कुरा घरमा फर्केर हरेक साँझ् दोहोरयाएर एकपटक पढ्दा दिमागमा रराम्रोसित बस्दोरहेछ ।

हामीले पाठ्यपुस्तकमा मात्र पनि आफूलाई सीमित गर्नु हुँदैन । पाएसम्म म पाठसित मिल्ने अरू किताबहरू खोजी–खोजी पढ्ने गर्दथेँ । चार–पाँच वर्षअघि पढेका कुरा अहिले पनि उत्तिकै काम लाग्दोरहेछ । स्कूलको वा सामुदायिक पुस्तकालयमा त्यस्ता किताबहरू भेटिन्छन् । पाठसित सम्बन्धित मात्र होइन, कोर्ष बाहिरका रुचि लाग्ने किताब पनि भ्याएसम्म पढ्नुपर्नेरहेछ । किताब सँग सँगै समसामयिक कुरा हरूमा चासो दिने, टोलछिमेकका गतिविधिहरू नियाल्ने, राष्ट्रिय र अन्तर्राष्ट्रिय गतिविधिहरूमा अद्यावधिक हुन पत्रपत्रिका पढ्ने, रेडियो सुन्ने, टिभी हेर्न छुटाउनु हुँदोरहेनछ । किताब त पुरानो हुन्छ, यी समाचारमाध्यमले हरेक दिन नयाँ–नयाँ कुरा जानकारी दिन्छन्, जुन हराम्रो किताबमा हुँदैनन् । त्यसैले, यो पनि हराम्रो पढाइको एक अङ्ग नै रहेछ ।

हामी हरेक विद्यार्थी जीवनमा केही बन्न र गर्न चाहन्छौँ । त्यसमा कुनै शङ्का छैन । भविष्यमा जे बन्ने/ गर्ने भए पनि त्यसको लागि ज्ञान, सीप र क्षमता चाहिन्छ । त्यो त्यतिकै हासिल हुँदैन । त्यसनिम्ति हामीसित बलियो इच्छाशक्ति, दृढ अठोट अनि निरन्तर लागिपर्ने लगनशीलता र धैर्य चाहिन्छ । विद्यार्थी जीवनमा सफल हुन हामीसित नभई नहुने कुरा यही हो । त्यसैले, साथीहरूलाई मेरो अनुरोध छ, सर्वप्रथम हामी सफल र असल विद्यार्थी हुने अठोटगरौं । यही अठोटले नै हामीलाई सफलता दिलाउनेछ ।
१७ वर्षीय उप्रेती हाल कुमारीपाटी, ललितपुरस्थित क्यास्पियन भ्याली कलेजमा कक्षा ११ मा अध्ययनरत छन् ।

commercial commercial commercial commercial