कमसल कागज स्तरहीन छपाइ
सरकारले सामुदायिक विद्यालयका विद्यार्थीलाई उपलब्ध गराए का पाठ्यपुस्तकको गुणस्तर झन्–झन् खस्कँदो छ । न पुस्तकका चित्र र तस्बिर स्पष्ट बुझन्छिन् न त पुस्तकको बाइण्डिङ टिक्ने खालको छ । कतिपय पुस्तकमा त यतिसम्म कमसल कागज प्रयोग गरिएको छ कि अक्षर पनि अनुमान गरेर पढ्नुपर्ने हुन्छ ।
काठमाडौं, जीतपुरफेदीस्थित जीतपुर उमाविकी छात्रा विना अर्यालसँग रहेको सामाजिक अध्ययन पुस्तकको पृष्ठ १२५ मा जुलुस जस्तो देखि ने एउटा तस्बिर छापिएको छ । तस्बिरको माथि लेखिएको छ, ‘तलको तस्बिरमा तपाईं कुन–कुन कुरा देख्नुहुन्छ ? त्यसका आधारमा राष्ट्रिय पत्रपत्रिकाका लागि सम्पादकीय तयार गर्नु होस् ।’ तर, उक्त तस्बिर यति कालो छ कि कुनै पनि कुरा (अनुहार, झ्ण्डा, प्लेकार्ड आदि) स्पष्ट देखिँदैनन् । विना भन्छिन्, “बुझनै न बुझिने फोटो हेरेर हामीले के बुझनु र के लेख्नु ?” अरू विद्यार्थीसँग रहेको सामाजिकको पुस्तकमा पनि यही समस्या छ ।
जनक शिक्षा सामग्री केन्द्रबाट प्रकाशित उक्त पुस्तकको पृष्ठ ५८ मा ‘नागरिक चेतना’ शीर्षक मुनि छापिएको अर्को तस्बिरमा पनि मसी लतपतिएको छ । सामाजिक अध्ययन अन्तर्गत भूगोल, इतिहास, राजनीतिक, धार्मिक, सांस्कृतिक विषयवस्तुहरू पर्छन् । जीतपुर उमाविमा सामाजिक पढाउने शिक्षक राजन भट्ट भन्छन्, “सामाजिकका धेरैजसो पाठहरू तस्बिर, चित्र देखाएर व्याख्या गर्नु पर्ने हुन्छ । तर, किताबमा छापिएका चित्रगतिलो नहुँदा विद्यार्थीलाई रराम्रोसँग बुझाउनै सकिएको छैन ।” समस्या तल्ला कक्षाको पाठ्यपुस्तकमा उस्तै छ । मङ्गल उमावि, कीर्तिपुरमा कक्षा ६–८ मा सामाजिक पढाउने शिक्षक रमा पौडेल पनि चित्रहरू स्पष्ट नभएका कारण विद्यार्थीहरू अलमलिने गरेको बताउँछिन् ।
जीतपुर उमाविमै भेटिएको त्रियुगा अफसेट (प्रेस)द्वारा मुद्रित कक्षा ८ को नेपाली किताबको ‘दरबार’ शीर्षकमा राखिएको नारायणहिटीको तस्बिरमा केही पनि देखिँदैन । उक्त पुस्तकको प्रायः जसो पृष्ठमा कतै मसी लतपतिएको देखिन्छ भने कतै अक्षरै न देखि ने मधुरो छपाइ छ । “तस्बिर र चित्र बुझएिन भन्ने गुनासो विद्यार्थीले गरिरहन्छन्”, शिक्षक विष्णुमैयाँ तिमिल्सिना भन्छिन् । जानकारहरूका अनुसार प्राविधिक लापरवाही, न्यून गुणस्तर को मसीको प्रयोग र कम मसीबाट बढी ‘इम्प्रेशन’(छपाइको मात्रा) दिँदा पुस्तकका अक्षर र तस्बिर स्तरीय छापिँदैनन् ।
पाल्पाको एउटा स्टेशनरीमा भेटिएको शैक्षिक वर्ष २०६६ का लागि सिद्धबाबा अफसेट प्रेसद्वारा मुद्रित कक्षा ४ को नेपाली किताबमा राखिएका अधिकांश चित्र र स्केचहरू फाटेका र कतिपय चित्रहरू चाहिँ फिक्का देखिन्छन् । पाठ्यक्रम विकास केन्द्रका वरिष्ठ छविकार टार्जन राईका अनुसार, चित्र यसरी बिग्रनुमा मूलतः दुई वटा कारण छन् । पहिलो , पुस्तकमा प्रयोग गरिएको कागज क गुणस्तर को हुनु र दोस्रो, छपाइपूर्व नेगेटिभ नबनाई सीधै टे«सिङ पेपरको प्रयोग गरेर प्लेट बनाउनु ।
टेसिङ पेपरबाट प्लेट बनाउँदा नेगेटिभको तुलनामा सस्तो पर्ने मुद्रण व्यवसायीहरू बताउँछन् । एक व्यवसायी भन्छन्, “२०० पृष्ठको पुस्तकका लागि नेगेटिभबाट प्लेट बनाउँदा रु.४० हजार खर्च हुन्छ भने टे«सिङ पेपरको प्रयोग गर्दा रु. २५–३० हजारमै हुन्छ ।” त्यसो त तस्बिर स्पष्ट न देखि नुमा मुद्रकहरू मात्रै दोषी छैनन् । कमजोरी पाठ्यक्रम विकास केन्द्रको पनि देखिन्छ । उसले मुद्रण कम्पनीलाई दिने मुद्रणीय प्रति (सीआरसी) मा राखिएका कतिपय चित्र/तस्बिरहरू पनि आपैंmमा अस्पष्ट लाग्छन् । वरिष्ठ छविकार राई भन्छन्, “तस्बिरको छनोट र डिजाइनमा हराम्रो पनि कमजोरी छ । हामी पनि यसलाई सुधार्न खोज्दैछौं ।”

कमजोर बाइण्डिङ
काठमाडौंको कीर्तिपुर माविका कक्षा ८ का छात्रगणेश तामाङलाई गत वैशाखमा गणितको नयाँ पुस्तक दिइएको थियो । तर, पुस्तक हातमा परेको केही दिनमै १९४ पृष्ठको पुस्तकबाट ज्यामितिको खण्ड पूरै छुट्टियो । जनक शिक्षाले २०६६ मा निकालेको यो पुस्तकमा स्टिच नै गरिएको रहेनछ ।गणेश भन्छन्, “गम मात्रै टाँसिएको रहेछ । विस्तारैगम उप्किँदै गयो र किताबै दुई फ्याक भयो ।” कक्षा ८ कै छात्रा पूजा शर्माको गणित पुस्तक पनि त्यसै गरी दुई फ्याक भएको छ । (हे. तस्बिर) सोही कक्षाका सुस्मिता थापा र सीता लामाका गणित पुस्तकमा पनि स्टिच गरिएको छैन, ती पनि उप्किने अवस्थामा पुगिसकेका छन् । जनक शिक्षाका प्रबन्ध सञ्चालक रामचन्द्र सिलवाल स्पष्टीकरण दिन्छन्, “त्यो वर्ष यहाँ नभ्याएर भारतमा लगेर पनि छापिएको थियो । त्यसैले रराम्रो बाइण्डिङ नभएको हुनसक्छ ।”
निजी प्रकाशनका पाठ्यपुस्तकमा पनि छपाइ र बाइण्डिङको उस्तै समस्या देखिन्छ । शिक्षक ले पाल्पाबाट झ्किाएका त्रियुगा, सिद्धबाबा, रोशन अफसेट, माँ तारा, प्रिन्टर्स वल्र्ड, इम्प्रेशन लगायतका प्रेसले छापेका कक्षा १ देखि ८ सम्मका पाठ्यपुस्तकको सेटमा आधाजसो पुस्तकको बाइण्डिङ टिकाउ खालको छैन । ती पुस्तकमा स्टिच गरिए पनि बाइण्डिङ गर्दा पुस्तकको आवरण रराम्रोसँग टाँसिएको छैन । जसले गर्दा पुस्तकको कभर छिट्टै च्यातिने र उप्किने गरेको गुनासो शिक्षक–विद्यार्थीहरूले गरेका छन् । पाल्पाको पद्मपब्लिक नमुना उमाविका प्राचार्य नारायण शर्मा जनक शिक्षाको तुलनामा निजी मुद्रकको बाइण्डिङ अझ् कमजोर रहेको बताउँछन् ।
बाइण्डिङको गुनासोसँगै पाठ्यपुस्तकको चित्र/अक्षरमा छायाँ देखि नु, पछिल्लो पृष्ठका अक्षर अघिल्लोमै ‘ओभरल्याप’ भएर छापिनु, पृष्ठ उल्टोपाल्टो पर्नु, कटिङ नमिल्नु, पाठ्यवस्तुहरू विषयसूची अनुसार क्रमैसँग नभएर यताउता परेको जस्ता समस्या बग्रेल्ती भेटिन्छन् । ‘किताबलाई वर्ष दिनसम्म पनि टिकाउन सकिएन’ भन्ने साझ गुनासो शिक्षक र विद्यार्थीको छ । विद्यालयलाई पाठ्यपुस्तक बिक्री गर्दै आएका पाल्पा, तानसेनस्थित ‘हराम्रो पुस्तक पसलका सञ्चालक नरेश भट्टराईलाई पनि यस्ता गुनासा आइरहन्छन् । “निजी प्रकाशनले पुस्तक छाप्न थालेपछि पुस्तक बढी चाहिँ आउन थालेका छन् तर सँगै गुणस्तर को गुनासो पनि बढ्दो छ ।” उनी भन्छन् ।

कागज पनि कमसल
पाठ्यक्रम विकास केन्द्रले निजी पाठ्यपुस्तक छपाइ सम्बन्धी ‘स्पेशिफिकेशन’मै पुस्तकमा प्रयोग गर्नु पर्ने कागजको मापदण्ड खुलाइएको हुन्छ । केन्द्रले शैक्षिक वर्ष २०६८ को निम्ति निजी कम्पनीलाई दिएको स्पेशिफिकेशनमा कक्षा १–८ का लागि कभर पृष्ठमा १५०ग्राम र भित्री पृष्ठमा ७०ग्रामको कागज प्रयोग गर्नु पर्ने उल्लेख छ । अघिल्लो वर्ष चाहिँ भित्री पृष्ठका लागि कक्षा १–३ र कक्षा ४–८ को भित्री पृष्ठका लागि क्रमशः ७० र ६०ग्रामको कागज प्रयोग गर्ने गरी स्पेशिफिकेशन दिइएको थियो । तर, ‘ल्याब टेस्ट’ गरेर हेर्दा कतिपय पाठ्यपुस्तकमा तोकिएको भन्दा निकै कम तौलको कागज प्रयोग भएको पाइएको छ । रोशन अफसेट, इम्प्रेसन, माँ तारा, सिद्धबाबा र प्रिन्टर्स वल्र्डले शैक्षिक वर्ष २०६६ का लागि छापेको कक्षा २ को ‘मेरो विज्ञान, स्वास्थ्य तथा शारीरिक शिक्षा’ को आवरण पृष्ठको कागज १३५ग्रामको मात्रै रहेको पाइयो, जुन १५०ग्राम हुनुपथ्र्यो । त्यस्तै, भित्री पृष्ठको कागज ७०ग्राम हुनुपर्नेमा कुनै पृष्ठमा ६३ र कुनैमा ६६ग्रामको कागज प्रयोग भएको पाइयो । सोही मुद्रकको कक्षा २ कै अङ्ग्रेजी किताबको कभर र भित्री पृष्ठमा क्रमशः १४३ र ६३ग्रामको कागज प्रयोग गरिएको छ । त्यही मुद्रकको कक्षा ३ को अङ्ग्रेजी किताबमा भने कभर पृष्ठ १५२ र भित्री पृष्ठ ७०ग्रामकै राखिएको छ, जुन स्पेशिफिकेशन अनुरुपकै हो ।
यता, रोशन अफसेट प्रिन्टर्सद्वारा शैक्षिक वर्ष २०६७ का लागि मुद्रित कक्षा ३ को नेपाली किताबको आवरणमा ११७ग्रामको कागज राखिएको छ । सो पुस्तकको भित्री पृष्ठमा कतै ५२ र कतै ७०ग्रामको कागज प्रयोग गरिएको छ । सिद्धबाबाले २०६७ मा छापेको कक्षा ३ को गणितको कभर पृष्ठमा १४३ग्राम र भित्री पृष्ठमा ६२ देखि ७८ग्रामसम्मकै कागज राखिएको छ । साथै, प्रिन्टर्स वल्र्डद्वारा सोही वर्ष मुद्रित कक्षा ५ को विज्ञानको कभर र भित्री पृष्ठमा क्रमशः १४६ र ६०ग्रामको कागज रहेको पाइएको छ । २०६७ मा प्रकाशित कतिपय पुस्तकमा भने तोकिएकै गुणस्तर का कागज प्रयोग गरिएका छन् । जस्तो कि; इम्प्रेशन एण्ड मटेरियल्सको कक्षा ६ र ८ को गणित र पञ्चकन्या प्रिन्टर्स, विराटनगरको कक्षा ८ को नेपाली किताबको ‘ल्याब टेस्ट’ गर्दा मा तोकिएकै कागज राखेको पाइयो । यस्तै, जनक शिक्षाको तीन वटा नमुना प्रतिको परीक्षण गर्दा पनि मापदण्ड अनुरुपकै भेटिएको थियो ।
विभिन्न अध्ययन कार्यदल र अनुगमन समितिहरूका प्रतिवेदनले पनि निजी मुद्रकले छापेका पाठ्यपुस्तकमा क गुणस्तर को कागज प्रयोग गरिएको निष्कर्ष दिएका छन् । पाठ्यपुस्तक वितरणमा देखि एको समस्याबारे छानबिनका निम्तिगत २६ वैशाखमा पूर्व शिक्षा सचिव जयरामगिरीको संयोजकत्वमा गठित समितिको प्रतिवेदनमा बढीजसो निजी मुद्रकले कमसल कागजमा पुस्तक छापी वितरण गरेको जनाइएको छ । शिक्षा विभागलेगत वैशाखमा विभिन्न जिल्लामा खटाएको अनुगमन समितिले पनि निजी मुद्रकका कागजको गुणस्तर कमसल रहेको राय दिएका छन् । पूर्व सहसचिव लवप्रसाद त्रिपाठीसहितको टोलीले अर्घाखाँचीको अनुगमनपछि दिएको प्रतिवेदनमा उक्त जिल्लाको भगवती गाविसस्थित जनकल्याण माविमा खरीद गरिएका पाठ्यपुस्तकमध्ये विराटनगरको कञ्चन शैक्षिक सामग्री गृह ले छापेका पुस्तक अत्यन्तै न्यून गुणस्तर का रहेको उल्लेख गरिएको छ ।
कमसल कागज प्रयोग भएको तथ्यलाई मुद्रण सञ्चालकहरू पनि स्वीकार गर्छन् । तथापि सबै कम्पनीले त्यसरी बद्मासी न गरेको तिनको दाबी छ । इम्प्रेशन एण्ड मटेरियल्सका सञ्चालक दीपक भण्डारी भन्छन्, “यसमा सबै मुद्रकलाई मुछ्न मिल्दैन । केही मुद्रकबाट बद्मासी भएको चाहिँ पक्कै हो ।” पाठ्यक्रम विकास केन्द्रबाट छपाइको स्वीकृति पाएपछि निजी मुद्रकहरूले हरेक पाठ्यपुस्तकको ३–३ वटा नमुना प्रति केन्द्रमा बुझाउनुपर्छ । केन्द्रले गुणस्तर तथा नापतौल विभागमा लगेर त्यसको पुस्तकको गुणस्तर परीक्षण गर्दा ती नमुना प्रतिमा मापदण्ड अनुरुपकै कागजको प्रयोग गरिएको पाइन्छ । तर, बिक्री/वितरणका निम्ति ठूलो परिमाणमा पठाइने पाठ्यपुस्तकमा चाहिँ मुद्रकले कमसल कागज प्रयोग प्रयोग गर्ने गरेका छन् । केन्द्रका पाठ्यक्रम अधिकृत लोकप्रकाश पण्डित भन्छन्, “नमुना पुस्तकमा कागजको मापदण्ड पुगे तापनि ‘मास स्केल’मा पठाइएको पुस्तकको गुणस्तर कमसल रहेको पाइएको छ ।”
छपाइको लागत कम पर्ने र बिक्रेतालाई बढी कमिसन दिएर पाठ्यपुस्तकको बिक्री अनुपात बढाउन सकिने सम्भावनाका कारण मुद्रकले कमसल कागजको प्रयोग गर्ने व्यवसायीहरू बताउँछन् । हुन पनि ६० र ७०ग्रामको कागज किन्दा प्रति रिममा रु.१००भन्दा बढीको अन्तर हुन्छ । एपोलो अपसेट प्रेसका सञ्चालक कृष्ण खनालको भनाइमा वितरकलाई ३० प्रतिशतभन्दा माथि कमिसन दिँदा मुद्रकलाई नोक्सान पर्छ । तर, पाल्पाका एकजना स्टेशनरी सञ्चालकका भनाइमा निजी मुद्रकले ३५ प्रतिशतसम्म कमिशन दिने गरेका छन् । अझ्गिरी कार्यदलको प्रतिवेदनमा त मुद्रकले ४४ प्रतिशतसम्म कमिसन दिएर पुस्तक बिक्री गरेको उल्लेख छ । यसबाट पनि प्रस्ट हुन्छ, छपाइमा कमसल कागज र सामग्रीको प्रयोग गरेर लागत खर्च नघटाइ त्यति बढी कमिसन दिन सकिँदैन । जबकि जनक शिक्षाले साझलाई १८.५ प्रतिशत मात्रै कमिसन दिन्छ ।
अनुगमन चुस्त बनाउ
२०२८ सालमा नयाँ शिक्षा लागू भए देखि नै पाठ्यपुस्तक छपाइमा जनक शिक्षा सामग्री केन्द्रको एकाधिकार रहँदै आएको थियो । तर, यताका समयमा जनक शिक्षाले आवश्यक सङ्ख्यामा पाठ्यपुस्तक पुर्याउन नसकेपछि सरकारले २०६४ साल देखि निजी मुद्रण कम्पनीलाई पनि पुस्तकको छपाइ र वितरणमा सामेल गराउँदै आएको छ । निजीलाई पहिलो वर्ष पूर्वाञ्चलका १६ जिल्लाका लागि मात्रै पाठ्यपुस्तक मुद्रण र वितरणको अनुमति दिइएकोमा दोस्रो वर्ष त्यसलाई पश्चिमाञ्चलका १६ जिल्लासम्म विस्तार गरिएको हो ।
पाठ्यक्रम विकास केन्द्रले हरेक वर्ष पुस्तक छपाइ/वितरणका लागि सार्वजनिक सूचनामार्पmत निजी मुद्रण कम्पनीलाई आह्वान गर्छ । मापदण्ड पुगेका कम्पनीलाई रु.५ लाख धरौटी लिएर केन्द्रले पुस्तक छपाइ/वितरणको अनुमति दिन्छ । शैक्षिक वर्ष २०६८ सम्म पाठ्यक्रम विकास केन्द्रबाट पाठ्यपुस्तक छपाइ तथा वितरणको अनुमति लिने निजी मुद्रण कम्पनीको सङ्ख्या १८ पुगेको छ । हाल निजी क्षेत्रले कक्षा १–८ को लागि पाठ्यपुस्तक छाप्दै आएका छन् । शिक्षा विभागका अनुसार, शैक्षिक वर्ष २०६८ का लागि लगभग ५१ लाख ६२ हजार ३०१ सेट पाठ्यपुस्तक प्रकाशन गरिएका छन् । त्यसमध्ये २१ लाख ८२ हजार ६१३ थान निजी मुद्रण कम्पनीका छन् । (यसमा १८ वटा निजी मुद्रकमध्ये एउटाको छपाइ संख्या समावेश छैन ।)

पाठ्यपुस्तकको गुणस्तर कमसल रहेको तथ्यसँग पाठ्यक्रम विकास केन्द्र पनि रराम्रोसँग जानकार छ । तर, त्यसबारे चुस्त ढङ्गले छानबिन गरेर लापरवाही गर्ने मुद्रकलाई कारबाही गर्ने तदारुकता उसले देखाएको छैन । ‘विद्यालय पाठ्यपुस्तक तथा पाठ्यसामग्री छपाइ तथा वितरण निर्देशिका, २०६७’ ले छापाखानामा छापिँदै गर्दा,गोदाम, बजार वा विद्यालय जहाँबाट पनि थुतेर पाठ्यपुस्तकको गुणस्तर परीक्षण गर्न सक्ने अधिकार केन्द्रलाई दिएको छ । छपाइमा तोकिएको शर्त पूरा न गर्ने मुद्रकलाई सचेत गराउने, कालो सूचीमा राख्ने, धरौटी जफत गर्ने , तीन वर्षसम्म सरकारी काममा आवेदन दिनबाट रोक्न सिफारिस गर्ने जस्ता कारबाही उसले गर्न सक्छ । तर, केन्द्रले आजसम्म छड्के गुणस्तर परीक्षण गरेको छैन । केन्द्रका उपनि र्देशकगणेशप्रसाद भट्टराई भन्छन्, “त्यो तहसम्मको अनुगमन चाहिँ हामीले गर्न सकेका छैनौं । अब चाहिँ यसबारे सोच्दैछौं ।”
अर्कोतिर , पाठ्यपुस्तक व्यवस्थापनको अनुगमनका निम्ति शिक्षा विभागका महानिर्देशकको अध्यक्ष तामा १६ सदस्यीय केन्द्रीय समिति पनि गठन गरिएको छ । विभागले यस अन्तर्गत क्षेत्रीय उप–समिति बनाएर बितेका दुई वर्षमा विभिन्न जिल्लामा अनुगमन समेत गराए को छ । ती समितिलाई पाठ्यपुस्तक वितरण र वितरित पाठ्यपुस्तकको गुणस्तर को अनुगमन गर्ने जिम्मेवारी दिइए तापनि तिनको अनुगमन वितरणमा मात्रै केन्द्रित भएको देखिन्छ । तिनका प्रतिवेदनमा छिटपुट सङ्ख्यामा मात्रै गुणस्तर को प्रश्न उठाइएको पाइन्छ ।
निजी मुद्रण कम्पनीका पाठ्यपुस्तकको गुणस्तर कमसल रहेकै दातृ संस्थाहरूले भने निजीलाई पाँचै वटा विकास क्षेत्रमा छपाइ र वितरणको जिम्मेवारी दिन शिक्षा मन्त्रालयमा दबाब दिइरहेका छन् । शिक्षा सचिव शङ्करप्रसाद पाण्डेले भने, “प्रतिस्पर्धामा लैजान निजी मुद्रण कम्पनीलाई सबै क्षेत्रमा विस्तार गर्नु पर्छ भन्ने आशय दातृ संस्थाको देखिन्छ । तर, निजीको गुणस्तर को हेर्दा त्यसरी विस्तार गर्न सक्ने अवस्थामा हामी छैनौं ।” मुद्रण व्यवसायीले पनि मन्त्रालयसँग कार्य क्षेत्र बढाउन माग गरिरहेका छन् । प्रतिस्पर्धाको दृष्टिकोणले निजी मुद्रणको कार्यक्षेत्र विस्तार गर्नु लाई अन्यथा मान्न सकिँदैन । तर, एकातिर निजी मुद्रकको क्षेत्र विस्तार गर्दै जाने र अर्कोतिर पाठ्यपुस्तकको गुणस्तर चाहिँ खस्कँदै जाने हो भने त्यसले राज्यको स्रोत खेर मात्रै फाल्छ । तसर्थ; त्यसपूर्व पाठ्यपुस्तकको गुणस्तर कायम राख्नका निम्ति शिक्षा मन्त्रालय र यस मातहतका निकाय बढी जिम्मेवार बन्नु पर्ने देखिन्छ ।
माधव अर्याल, पाल्पा



