विद्यार्थीलाई लाभै लाभ
कक्षामा विद्यार्थीलाई निरश ‘लेक्चर’ सुनाउनुभन्दा परियोजना कार्यगराउँदा उनीहरूले एकसाथ धेरै कुरा सिक्न पाउँदा रहेछन् ।
२७ कात्तिकको बिहान धुम्म परेको आकाशबाट पानी बिर्बिराउँदा काठमाडौंमा निकै चिसो भइसकेको थियो । तर पाटनको मल्लकालीन दरबारसितै जोडिएको आदर्शकन्या स्कूलका कक्षा ९ का २० जना विद्यार्थीलाई बढ्दो चिसोको कुनै पर्वाह थिएन । उनीहरू अर्थशास्त्र विषयको सहकारी पाठको व्यावहारिक ज्ञान लिन आफ्ना विषय शिक्षक होमनाथ अधिकारी का साथमा मङ्गलबजार–लगनखेलको बाटोमा रहेको क्रिएसन ऋण तथा बचत सहकारीको कार्यालयमा पुगेका थिए । कक्षाको पट्यारलाग्दो पढाइ छाडेर फिल्ड अवलोकन गर्न र नयाँ मानिसहरूसित अन्तरक्रिया गर्न पाउँदाको खुसी उनीहरूको अनुहारमा छचल्किएको प्रस्टै देखि न्थ्यो ।
आदर्शकन्याका विद्यार्थीले झै क्षेत्रपाटी, काठमाडौंको पुरानो विद्यालय जुद्धोदय पब्लिक हाइस्कूलका कक्षा १० का विद्यार्थीले पनि २५ कात्तिकमा भक्तपुरको दरबार क्षेत्रमा रहेको कला सङ्ग्रहालयको अवलोकन गरे । उनीहरू मुख्य रूपमा नेपालको पुरानो हस्तकला, काष्ठकला, पुरातात्विक महत्वका कुरा हरू र संस्कृतिबारे जानकारी हासिल गर्ने ध्येयका साथ त्यहाँ पुगेका थिए । पहिलो पटक भक्तपुर दरबार क्षेत्र पुगेकाले होला, विद्यार्थीका आँखा जिज्ञासु र चञ्चल देखिन्थे ।
यी दुवै स्कूलले आफ्ना विद्यार्थीलाई परियोजना कार्य अन्तर्गत स्थलगत अध्ययन अवलोकनको निम्ति सहकारीको कार्यालय र भक्तपुरको दरबार क्षेत्र पठाएका हुन् ।
फाइदै फाइदा
कक्षामा शिक्षकले प्रश्न गर्ने र विद्यार्थीले उत्तर दिने काम गर्छन् । तर आदर्श कन्याका विद्यार्थी स्थलगत अध्ययनमा जाँदा स्थिति ठ्याक्कै उल्टो देखि न्थ्यो । त्यहाँ विद्यार्थी एकपछि अर्को प्रश्न गरिरहेका थिए भने सहकारीका अध्यक्ष र कर्मचारी तिनको चित्त बुझाउने गरी उत्तर दिने प्रयास गर्दै थिए । र, अघिपछि सधैँ प्रश्न सोध्ने र उत्तर दिने भूमिकामा रहने शिक्षक अधिकारी चाहिँ त्यतिखेर मौनतापूर्वक विद्यार्थीको प्रस्तुतिको सूक्ष्म अध्ययन र मूल्याङ्कन गरेर बसेका थिए ।
विद्यार्थीहरूले सोधे, “सहकारी भनेको के हो ? यो सहकारीको स्थापना कहिले र किन भएको हो ? सहकारीले के के फाइदा दिएको छ ? काम गर्दा के कस्ता समस्याहरू आएका छन् ?” १५/१६ वर्षका किशोर विद्यार्थीले स्कूलमा पनि छलफल गरी यी र यस्ता प्रश्नहरू लिपिबद्ध गरेर ल्याएका थिए । उनीहरूले लिपिबद्ध गरेका मात्र होइन, मनमा आएका अरू जिज्ञासा पनि राखिरहेका थिए । जस्तो विद्यार्थीगोमा थापाले सोधिन्, सहकारी र ब्याङ्कमा के फरक हुन्छ ? पहिले नै थाहा दिइएका कारण रराम्रो तयारी गरेर बसेका सहकारीका अध्यक्ष महेश्वरराज बज्राचार्यले यी प्रश्नहरूको उत्तर रराम्रोसित दिए । त्यस क्रममा उनले संस्थाको आम्दानी खर्चको विवरण, ऋण लगानीको स्थिति मात्र जानकारी दिएनन्, सहकारीको सञ्चालक समितिको बैठकको निर्णय कसरी हुन्छ भन्ने कुरा पनि सुसूचित गराए । शिक्षक अधिकारी का अनुसार, केही दिनभित्र विद्यार्थीले यसको प्रतिवेदन तयार पारी कक्षामा प्रस्तुत गर्ने छन् ।
दशैंको ठ्याक्कै अगाडि चाहिँ सोही कक्षाको अर्को सेक्सनका विद्यार्थी कार्यालय सञ्चालन र लेखा विषयभित्र पर्ने हुलाक विषयको व्यावहारिक ज्ञान लिन पाटनढोकास्थित ललितपुर जिल्ला हुलाक कार्यालय गएका थिए । त्यहाँ उनीहरूले चिठीका किसिम र चिठी पठाउने तरिकाबारे प्रत्यक्ष अवलोकन गरे । “हुलाक टिकट कस्तो हुँदोरहेछ भनेर जीवनमै पहिलो पल्ट देख्न पाइयो”, विद्यार्थी पुष्पा महर्जनले खुशी व्यक्त गर्दै भनिन्, “अब त कसैलाई चिठी पठाउनु परयो भने त्यो समेत गर्न सकिने भइयो ।” विज्ञान, सामाजिक शिक्षा, अर्थशास्त्र र लेखा विषयमा केही परियोजना कार्यको अनुभव लिएका यहाँका विद्यार्थीको समान निष्कर्ष थियो, “कक्षामा कोर्सका किताब एकोहोरो रूपमा मात्र पढ्नु र पढेको कुरा को बारे व्यावहारिक अवलोकन गर्नु , प्रयोग र परीक्षण गर्नु मा आकाश जमिनको अन्तर हुँदोरहेछ । वास्तविक सिकाइ त अवलोकन, परीक्षण अनि त्यसलाई विश्लेषण गरेर प्रस्तुत गर्दा मात्रै हुँदोरहेछ । यसरी सिकेको कुरा दिमागबाट कहिल्यै नहट्ने हुनाले कण्ठ गर्ने भन्ने कुरै हराउने रहेछ ।”
कला सङ्ग्रहालयहरूको अवलोकन गरिसकेपछि सविना परियार, सृजना तामाङ, निशा राई लगायतका जुद्धोदय हाइस्कूलका विद्यार्थीले परियोजना कार्यको फाइदा बारे एकै स्वरमा भने, “जे कुरा अवलोकन गरेर, प्रत्यक्ष देखेर, अनुभव गरेर थाहा पाइन्छ, किताबमा पढेर मात्र त्यो कदापि थाहा हुँदैन । किताबमा पढेको भरमा मात्र दरबार क्षेत्र र यहाँको हस्तकला, काष्ठकला बारे रराम्रोसित बुझन सकिँदोरहेनछ । अब त देखेका कुरा मज्जासित लेख्न सक्छौं नि !”
यस प्रकारका परियोजना कार्यबाट विद्यार्थीले व्यावहारिक रूपमा सिक्ने तरिका, प्रश्न गर्ने बानीको विकास , सहकार्य, धक नमानी बोल्ने बानी र सिक्ने शैली मात्र होइन, नयाँ व्यक्तिसितको साक्षात्कारबाट प्रेरणा पनि लिने रहेछन् । जुद्धोदयकी विद्यार्थी निशा राईलाई भक्तपुरको हस्तकला सङ्ग्रहालयमा नेपाली पोशाकमा ठाँटिएका कर्मचारीको लवाइ र भनाइ दुवैले प्रभावित पारयो । “हराम्रो संस्कृति र परम्परा छाडेर विदेशी संस्कृतिको पछि लाग्नु हुँदोरहेनछ, आफ्नै संस्कृतिको जगेर्ना गर्नु पर्दोरहेछ भन्ने कुरा आज सिकेँ”, उनले शिक्षक सित भनिन् ।
परियोजना कार्यले विद्यार्थीलाई दिने एउटा महत्वपूर्ण लाभ के हो भने; यसले सिक्ने रुचि र जाँगर पैदागराउँछ । यसले विद्यार्थीलाई ऊर्जाशील पनि बनाउँ— कक्षामा शिक्षकको लेक्चरप्रति कुनै रुचि नभएका विद्यार्थीलाई पढाइ र नयाँ–नयाँ कुरा सिक्न रुचि जगाउन होस् वा चकचके विद्यार्थीलाई उत्साहपूर्वक सिकाइ कार्यमा व्यस्त राख्न ।
परियोजना कार्य आफ्ना निम्ति समेत अचुक अस्त्र सावित हुने शिक्षकहरूको अनुभव छ । त्यति मात्र होइन, यसले विद्यार्थीको बहु क्षमता र रुचिलाई पनि उजागर गर्न पनि मद्दत गर्छ । कुन विद्यार्थी समूहलाई नेतृत्व प्रदान गर्न सक्छ, कसले चाहिँ रराम्रोसित प्रश्न गर्न सक्छ, कसले रराम्रोसित विश्लेषण गर्न सक्छ, कसले समस्या समाधान गर्न सक्छ, कुन विद्यार्थीले चाहिँ नयाँ तरिकाले सोच्न सक्छ आदि कुरा हरू शिक्षकले विद्यार्थीहरूसित काम गर्दा झन् रराम्रोसितथाहा पाउँछन् । आदर्श कन्याका अर्थशास्त्र तथा लेखा विषयका शिक्षक अधिकारी भन्छन्, “विद्यार्थीलाई सही ज्ञान दिन, ज्ञानको दायरा फराकिलो पार्न, वास्तविक जीवनका कुरा हरू बारे बढी भन्दा बढी अनुभव गर्न र विद्यार्थीलाई जिज्ञासु बनाई सिक्ने कार्यमा निरन्तर सक्रिय बनाउन परियोजना कार्य धेरै उपयोगी छ ।”
विद्यार्थीको कोणबाट मात्र होइन, परियोजना कार्य गराउनु का पछाडि शिक्षकका आफ्नै स्वार्थ पनि हुँदा रहेछन् । त्यसको एउटा दृष्टान्त हुन् जुद्धोदयका सामाजिक शिक्षक लक्ष्मण पौडेल । उनी र उनी जस्ता माध्यमिक तहका शिक्षकलाई विद्यार्थीले एसएलसीमा आफ्नो विषयमा कसरी रराम्रो अङ्क ल्याउन सक्छन् भनेर चिन्ताले सताउनु अस्वाभाविक होइन । एसएलसीमा सामाजिक शिक्षामा ९ नम्बरको प्रश्न ऐतिहासिक स्थलको बारेमा आउने भएकाले त्यसमा विद्यार्थीले रराम्रोसित लेख्न सकुन् भन्ने अभिप्रायले यो ऐतिहासिक स्थलमा परियोजना कार्य राखिएको पौडेल स्वीकार गर्छन् । “एकातिर परियोजना कार्य पनि हुने, अर्कातिर एसएलसीमा पनि रराम्रो नम्बर ल्याउन सक्ने दुवै फाइदा हुने भएकाले विद्यार्थीलाई यहाँ (भक्तपुरमा) ल्याइएको हो ।” उनको कथन छ, “त्यसैले हामी १० कक्षाका विद्यार्थीलाई हरेक वर्ष विद्यार्थीलाई यस्तै ऐतिहासिक स्थलमा लैजान्छौं ।” एक काम दुई पन्थ हुने यस्ता कार्यहरू परियोजना कार्य गराउने धेरै विद्यालयहरूले गर्छन् भनेर सहजै अनुमान गर्न सकिन्छ ।

कठिनाइ पनि छन्
त्यसो त यति धेरै लाभै लाभ दिने परियोजना कार्य सम्पन्न गर्दाका आफ्नै अप्ठ्याराहरू पनि नहुने होइनन् । पहिलो कठिनाइ त जाँगर भएको र गर्न चाहने शिक्षकले चाहे जसरी गर्न नपाउने अवस्था हुँदोरहेछ । किनभने परियोजना कार्य सम्पन्न गर्नका लागि कम्तीमा केही पिरियड लाग्ने हुँदा रुटिनका अरू कक्षाहरूमा व्यवधान पुग्न जान्छ । अझ् केही दिन लाग्ने र स्कूलबाट टाढै जानुपर्ने खालका परियोजना कार्य जति नै रराम्रो भए पनि , समय मिलाउन कठिनाइ पर्छ । त्यसैले गर्न चाहने शिक्षकहरू पनि कक्षामै खुम्चन
तल्लो कक्षालाई उपेक्षा न गरौँ
परियोजना कार्य धेरैजसो माथिल्लो कक्षामा हुने गरेको भेटिन्छ । आदर्श कन्या, त्रिपद्म र जुद्धोदय जस्ता माथिल्लो कक्षामा परियोजना कार्य गर्ने गरेका स्कूलमा पनि तल्लो कक्षामा यस्ता अभ्यास खासै हुने गरेको पाईंदैन । केटाकेटीहरूको लागि सिकाउने विधिको रूपमा त परियोजना कार्यको उपयोगिता र उपादेयता झन् ज्यादा देखिन्छ । तर दुर्भाग्यबस माध्यमिक तह चलेका स्कूलमा मात्र होइन, प्राथमिक तह मात्र भएका स्कूलमा पनि प्राथमिक कक्षामा परियोजना कार्य प्रायः हुने गरेका छैनन् । “मेरो विचार मा प्रावि तहमा ८० प्रतिशत कुरा सिकाउन स्कूल बाहिरै लैजानुपर्छ भने अवधारणा दिने र छलफल या सिकेका कुरा बताउने कामका लागि मात्र स्कूलका कक्षाकोठा उपयोगी हुन्छन् ।” त्रिपद्म उच्च मावि ललितपुरका प्रअ माधव पाण्डे भन्छन्, “तर शिक्षक साथीहरूलाई कुरा बुझाउन र परिचालन गर्न नसकेका कारण हराम्रो स्कूलको प्राथमिक तह रराम्रो बनाउन सकिएको छैन ।”
बाध्य हुने गर्छन् । जुद्धोदयका शिक्षक पौडल भन्छन्, “स्कूलमै गराउने बाहेकका लागि समय मिलाउन त्यति अप्ठेरो हुँदैन तर बाहिर जाने भन्ने बित्तिकै समय, अरू शिक्षकको कक्षा व्यवस्थापन गर्न कठिन हुन्छ ।”
स्कूल बाहिर गएर र बढी समय लगाएर गरिने यस्ता कार्यका लागि शिक्षकहरू बीच समन्वय र सहकार्यको खाँचो पर्दछ । तर धेरैजसो सार्वजनिक स्कूलमा विविध कारणले गर्दा शिक्षकहरूबीच वाञ्छित समन्वय, सहकार्य र एकताको अभाव टड्कारो देखिन्छ । परियोजना कार्यको अर्को महत्वपूर्ण कठिनाइ यो पनि हो । आदर्श कन्याका शिक्षक अधिकारी भन्छन्, “धेरैजसो स्कूलमा शिक्षकहरूबीचको समन्वय र आपसी सहकार्यको अभावले यस्ता उपयोगी काम गर्न बाधा दिएका छन् ।” त्रिपद्मका उमावि, ललितपुरका शिक्षक धनबहादुर कन्दङ्वा थप्छन्, “शिक्षकहरूबीचको आपसी मनमुटाव, तँ ठूलो कि म भन्ने अहङ्कारी भावना, मिलेर रराम्रो गरौँ भन्ने भावनको कमी र रराम्रो गर्ने शिक्षकलाई प्रोत्साहनको कमीका कारण स्कूलमा परियोजना कार्यलगायत सार्थक र सृजनशील कार्यहरू स्कूलमा हुन सकिरहेको छैन ।”
त्यसबाहेक परियोजना कार्यमा लाग्ने खर्च र यसको लागि लाग्ने समय पनि स्कूलका लागि टाउकोदुखाइका विषय बनेका छन् । खर्चका लागि बजेट उपलब्ध भइहाले पनि त्यसको लागि पर्याप्त समय दिन नसकिने शिक्षकहरूको अनुभव छ । विज्ञानमा एकथरी, सामाजिक शिक्षामा अर्कोथरी र भाषाको विषयमा बेग्लै खालको परियोजना कार्यहरू गराउनु पर्ने भएकाले त्यसको लागि लाग्ने समय र खर्च दुवै हिसाबले धान्न नसकिने अवस्था कैयन् स्कूलहरूले व्यहोरिरहेका भेटिन्छन् ।
खाँचो सङ्ख्या र स्तर वृद्धिको
राम्रामा दरिएका वा रराम्रो गर्न प्रतिबद्ध शिक्षकहरूले आ–आफ्नो सोच, अनुभव, क्षमता र परिस्थिति अनुसार केही न केही यस्ता कार्यहरू गराउँदै आएका छन् । ठूला र व्यवस्थित तबरले चलेका थोरै स्कूलमा मात्र पूर्व निर्धारित क्यालेण्डरले निश्चित गरिए अनुसारका परियोजना कार्य हुने गरेको पाइन्छ भने बाँकी धेरै स्कुूहरूमा शिक्षकको मर्जीमा हुने गरेको देखिन्छ । त्यसैले, कुनै स्कूलमा कुनै विषयमा रराम्रो त कुनैमा अर्को कुनै विषय । विज्ञान विषयको परियोजना कार्य रराम्रो हुने गरेकोमा अरूमा कमजोर भेटिन्छ भने सामाजिक शिक्षामा रराम्रो गरिरहेको स्कूलमा भाषामा उति ध्यान नदिएको पनि हुनसक्छ । त्यसैले जुन स्कूलमा जे विषयमा यस्ता कार्यहरू कम हुन्छन् वा हुँदै हुँदैनन्, त्यहाँ यस्ता गतिविधिहरू बढी भन्दा बढी हुनु आवश्यक देखिन्छ । कुनै एउटा विषयमा धेरै रराम्रो कार्य हुने तर अरूमा ठ्याक्कै नहुने वा ज्यादै कम हुँदा त्यसको मारमा सबभन्दा बढी विद्यार्थीहरू पर्न जान्छन् । अतः स्कूल प्रशासनले आफ्ना सबै शिक्षकहरूलाई सबै विषयमा परियोजना कार्यमा बढी भन्दा बढी परिचालित गर्नु आवश्यक देखिन्छ । नयाँ शैक्षिक सत्रको योजना र कार्यक्रम बनाउँदाका बखत नै यस विषयलाई पनि ठोस रूपमा सम्बोधन गर्न नसकिने होइन ।
सङ्ख्यासँगै परियोजना कार्यका स्तर वृद्धिको खाँचो उत्तिकै देखिन्छ । कति कार्यहरू केही स्कूलमा उत्कृष्ट तरिकाले हुने गरेको भए पनि आम स्कूलहरूको कार्यको स्तर मा सुधारकोगुञ्जायस प्रशस्तै देखिन्छ । उदाहरणका लागि, भक्तपुरको कला सङ्ग्रहालयको अवलोकन गर्न गएका जुद्धोदयका विद्यार्थीलाई त्यसका लागि समय नै पुगेको थिएन । उनीहरूले त्यहाँ सरसर्ती मात्र घुमेको शिक्षक प्रतिनिधिले देखि रहेको थियो । एउटै समूहका बीचमा पनि समन्वयको अभाव, पूर्व तयारी रराम्रो हुन नसकेको भन्दै कतिपय विद्यार्थीहरू साथीसितै असन्तुष्टि पोख्दै थिए । पुरातात्विक एवं ऐतिहासिक वस्तुहरू के के हुन् किन हुन् ? भक्तपुर र यी दरबार, कला र संस्कृतिको इतिहास बारेको चाहिने जति जानकारी नभएका कारण विद्यार्थीहरूले सरसर्ती घुम्ने, केही जानकारी लिने बाहेक अरू थप ज्ञान लिन पाएनन् । कहिल्यै भक्तपुर नआएका यिनीहरूले यो ठाउँ घुम्न पाउनु आफैँमा ठूलो उपलब्धि हो तर यो पर्याप्त भने होइन । स्कूलमा उनीहरूलाई भक्तपुरका पुरातात्विक र ऐतिहासिक वस्तुहरू, कलाकृति बारे लेखिएका पुस्तकहरू पढ्न दिएर पर्याप्त छलफल गरेर ल्याइएको भए अवश्य पनि उनीहरूले धेरै जिज्ञासा बोकेर भक्तपुर पुग्ने थिए, जसले उनीहरूको ज्ञानको भण्डार फराकिलो पारिदिने थियो । त्यसै गरी, विज्ञान, सामाजिक शिक्षा, भाषा, वातावरण तथा स्वास्थ्य लगायतका विषयमा पनि स्तरीय परियोजना कार्यहरू गराउनु आवश्यक देखिन्छ ।
धेरै वर्ष शिक्षक तालिम प्रशिक्षक बनेका शिक्षा मन्त्रालयका उपसचिव डा. तुलसी थपलियाका अनुसार, विकसित देशले झै परियोजना कार्यलाई हराम्रो पाठ्यक्रमको अभिन्न अङ्गका रूपमा स्वीकार गरिसकिएको छ । र, त्यस अनुरुप परियोजना कार्यहरू के–कस्ता हुन्छन् भनी शिक्षक निर्देशिका बनाइएको छ । लामो अवधिको तालिम लिएका सबै शिक्षकहरूलाई परियोजना कार्य गर्ने तरिका सिकाइएको छ । त्यतिले मात्र नपुगेर यता आएर त विज्ञान, सामाजिक शिक्षा लगायतका पाठ्यपुस्तकमा हरेक पाठको पुछारमा विद्यार्थीले एक्लै वा समूहमा मिलेर गर्ने कार्यहरूको पहिचान नै गरिदिएको छ । त्यसैले गर्न चाहने शिक्षकले पाठ्यक्रम, शिक्षक निर्देशिका र पाठ्यपुस्तक हेरेर नै धेरै गर्न सक्ने अवस्था विद्यमान छ । केहीगरौं भन्ने भावना भएका शिक्षकहरूले रराम्रो गरिरहेका स्कूलको भ्रमण गरेर पनि कैयन् कुरा सिक्न सक्छन् । खाने मुखलाई जुँगाले छेक्दैन भन्ने नेपाली उखान शिक्षकहरूको लागि लागू नहुने केही कारण होला र ?
अतिरिक्त समयमा मेरो काम
२०६२ सालमा बिएड तेस्रो वर्षको विद्यार्थी हुँदा अभ्यास शिक्षणको क्रममा यस त्रिपद्म स्कूलमा आएको थिएँ । त्यस बेलामा मेरो शिक्षण सीप र शैलीबाट प्रभावित भएर प्रअले मलाई यहाँ निजी स्रोत शिक्षकको रूपमा राख्नुभयो । एनजीओमा काम गर्न भनेर प्रस्ताव तथा प्रतिवेदन लेखनमा ६ महिने तालिम समेत लिइसकेको म द्वन्द्वकालको असुरक्षाका कारण कार्यक्षेत्रमा जान सकिनँ । त्यसपछि तत्कालको रोजगारीको रूपमा मैले शिक्षण पेशालाई स्वीकार गरें ।
प्रावि तहको तलब दिइए पनि मलाई मावि तहमा पढाउन लगाइएको थियो । आफ्नै मनोज्ञानले विद्यार्थीलाई मैले पढाउने विषयमा परियोजना कार्य तयार गराउन शुरु गरें । भनेको सुनेको भन्दा आफैँले देखेको र अध्ययन गरेको कुरा रराम्रो हुने एचआईभी एड्सको केस अध्ययन गर्दा अनुभव बटुल्न पाएको थिएँ । परियोजना कार्यका कखरा बिएडमै पढेकाले मैले सोचेँ, विद्यार्थीलाई स्वास्थ्य, जनसङ्ख्या र वातावरणको विषयमा अध्ययन गर्ने तरिका सिकाउनु रराम्रो हो । तदनुरुप उनीहरूसित मैले छलफल गरें । मेरो प्रस्तावमा विद्यार्थीले उत्साहपूर्वक समर्थन जनाए । अनि मैले उनीहरूलाई ६ जनाको एउटाको दरले समूह बनाउन लगाएँ । हरेक समूहको लागि एक एक वटा अध्ययनका टपिकहरू छनोट, त्यसको उद्देश्य, सर्वेक्षण प्रश्नावली बनाउँदा पनि हरेक समूहमा निकै छलफल गरियो । त्यसपछि कसरी प्रश्नहरू सोध्ने भनेर पाँच वटा कक्षामा उनीहरूलाई तालिम दिइयो । अनि प्रश्नावलीहरू बोकेर विद्यार्थीहरू फिल्डमा गए । फिल्डबाट फर्केर आएपछि डाटा टेबुलेसन देखि विश्लेषण गर्ने तरिका सिकाइयो र अन्तिममा एक महिना जति लगाएर प्रतिवेदन लेख्न सिकाइयो ।
यी सबै कार्यहरू मैले कक्षा भन्दा अतिरिक्त समयमा गराए को थिएँ । यस कार्यमा सहभागी हुँदा विद्यार्थीहरू औधी खुशी देखिन्थे । पहिलो वर्ष हस्तलिखित प्रतिवेदन नेपालीमा तयार पारियो भने दोस्रो वर्ष कम्प्युटरमा टाइप गरियो । तेस्रो वर्ष कक्षा १ देखि नै अङ्ग्रेजी माध्यममा पढेका विद्यार्थीहरू ९ मा आइपुगे । त्यही मौकामा मैले अध्ययन प्रतिवेदन लेखनको भाषा अङ्ग्रेजी बनाइदिएँ । विद्यार्थीले सामाजिक र वातावरण क्षेत्रमा मानिसहरूको भोगाइ मात्र थाहा पाएनन्, कुनै पनि सूचनाबाट ज्ञानको कसरी निर्माण हुँदोरहेछ भन्ने भेउ पनि पाए । नियमित कक्षा भन्दा बेगर यति धेरै काम गरे पनि स्कूल प्रशासन र शिक्षक साथीहरूबाट रराम्रो गरिस् भन्ने तारिफ पनि नपाएपछि अर्को वर्षबाट यो काम गर्द िनँ भन्ने मन बनाइसकेका थिएँ । तर त्यसको केही दिनपछि केही अभिभावकहरूले खोज्दै मलाई स्कूलमा नै आएर भने, “त्रिविमा एमएमा पनि रराम्रोसित नसिकाइने कुरा तपाईंले सही समयमा विद्यार्थीलाई सिकाइदिनुभएको रहेछ । यसले निरन्तरता पाओस् ।” केही अभिभावकको त्यस्तो कुरा ले मलाई ठूलो ऊर्जा दियो, जसको कारण मैले त्यो काम निरन्तर अगाडि बढाएँ । हरेक वर्ष विद्यार्थीलाई नयाँ नयाँ टपिकमा अध्ययन गराउने गरेको छु, जसले गर्दा विद्यार्थी र म दुवैलाई हरेक साल नयाँ–नयाँ ज्ञान मिलिरहेको छ ।



