तारिफ पाउन गाह्रो छैन

केही नेपालीहरू आफ्नो देशलाई ‘सतीले सरापेको’ भनेर आफूलाई दायित्व र जिम्मेवारीबाट मुक्त तुल्याउने गर्छन् । देश भनेको मानिस हुन्, देशका लागि असल गरे तिनै मान्छेले गर्ने हो, खराब गरे पनि तिनै मान्छेले गर्ने हो । देशलाई गाली गर्नु जति अनुत्तरदायी र निरर्थक काम केही होइन । तर पनि देश जस्तो अमूर्त कुरा लाई किनगाली गर्छन् मानिसहरू ?
आफ्नो देशलाई सत्तोसराप गर्नु को सबभन्दा ठूलो कारण ‘म तगतिलो हुँ तर देश नै खराब परेकाले उन्नति गर्न सकिनँ वा मेरो कामको मूल्याङ्कन भएन’ भत्रे अहङ्कार हो । दोषीको दोष औँल्याउने हुती र स्थितिमा सुधार ल्याउनका लागि भिड्ने आँट नभएका मानिसहरूले मात्र गर्ने काम हो यो ।

असल मानिसहरू चाहिँ के गर्छन् त ? असल मानिसहरू दायित्व वहन र काम गर्छन् । उनीहरू अर्काले बाँझे फोरिदेओस् र आफू बाली लगाउन पाइयोस् भन्दैनन्, आफैँ जोत्न थाल्छन् । असफल हुने जोखिम छ भत्रे जान्दाजान्दै पनि काम गर्छन् । त्यस्ता मानिसले नै समाज चलाएका हुन्छन्, संसारलाई अघि बढाएका हुन्छन् । असल नागरिकले देशलाई गाली गर्दैन, बरु परे सङ्घर्ष गर्छ । जितेर देशमा परिवर्तन ल्याउने हिम्मत हुने र त्यो विश्वासका लागि ज्यान दिने आँट भएकाहरू नै मरेपछि शहीदका रूपमा सम्मानित हुने चलन चलेको त्यसै होइन ।

यथार्थमा मुलुक सरापिँदैन । जो अमूर्त छ त्यसलाई सरापे पनि लाग्दैन । त्यस माथि, सत्चरित्रका निम्ति पूज्य बनेकी सतीले देशलाई नै सराप दिने कुरा कसै गरी पनि तर्कसङ्गत लाग्दैन । त्यसैले नेपाल सतीले सरापेको मुलुक हुँदै होइन । बरु अझै पनि यो कीर्ति राख्न र यश पाउन सजिलो ठाउँ हो । यहाँ धेरै ठूलो जोखिम मोलिरहनु पर्दैन; कर्तव्य पालनका सिलसिलामा आफूले गर्नै पर्ने काम गर्ने मानिसहरूले पनि धेरै तारिफ पाउँछन् । यसको ताजा र हाम्रा पाठकहरूलाई चासो भएको उदाहरण हो; दैलेखको जिल्ला शिक्षा कार्यालयले यसै अङ्कमा पाएको तारिफ ।

दैलेख जिशिअको नेतृत्वमा जिशिकाका कर्मचारीहरूले मन लाएर कर्तव्य पालन गरे । आवश्यक जनसम्पर्क र राजनीतिक मतैक्यका लागि धेरै प्रयास गर्नु परयो, गरे शिक्षकहरूको दरबन्दी मिलान गर्ने काम, तोकेको समयमा सके । (हे. पृष्ठ ३४–४०) यसमा जिशिअले नियमावलीमा राजनीतिक दलहरूका बारेमा केही नलेखिएको भए तापनि दलहरूको सहमति जुटाएर काम गर्ने जोखिम लिएका थिए । तर उनी सफल भए । आफ्नो कर्तव्य बुझेर र आँट गरेर काम गर्दा उनले न त कुनै बाधाको सामना गर्नु परयो न त कसैले नरराम्रो नै भन्यो । साँच्चै नै यो मुलुकमा तारिफ पाउन गाह्रो छैन ।  

तारिफ पाउन सजिलो छैन

हामीले भदौको अङ्कमा स्रष्टा शिक्षकहरूलाई साहित्यिक रचना पठाउन अनुरोध गरेका थियौँ । शिक्षक साथीहरूले पठाउनुभएका कविता, कथा,गजल, नाटक, निबन्ध आदि साहित्यिक रचनालाई प्राथमिकतासाथ स्थान दिने कबूल पनि हामीले गरेका थियौँ । तर अन्ततः हामी यस अङ्कमा साहित्यिक रचनाहरू नछाप्ने निर्णयमा पुग्यौँ ।

हामीलाई थाहा छ, यसबाट कतिपय शिक्षक साथीहरू निराश हुनुहुनेछ । उहाँहरूले झुक्याइएको अनुभव पनि गर्न सक्नुहोला । तर हामीले सविनय अनुरोध गर्नै पर्छ, तपाईंलाई झुक्याइएको अनुभव भए जस्तै हामीले पनि जिल्लिएको अनुभव गरेका छौँ । शिक्षक मित्रहरूबाट जति सङ्ख्यामा स्तरीय रचना आउलान् भत्रे हराम्रो अपेक्षा थियो, त्यसमा तुषारापात भएको छ ।
त्यसो त प्राप्त सबै रचना नराम्रा थिए भत्रे हराम्रो आशय होइन । केही रचना यसै राम्रा थिए । हामीले केही लेखकहरूलाई फोन गरेर नै पनि आफ्ना रचना स्वसम्पादन गर्न अनुरोध गर्यौ । केही रचना भने कामै नलाग्ने थिए । काम नलाग्ने रचना फ्याँक्न हामीलाई सङ्कोच थिएन, तर शिक्षक को दशैँ अङ्कमा हामीले जुन स्तर का रचना दिन खोजेका थियौँ, त्यस्ता रचना पुग्दो सङ्ख्यामा प्राप्त नभएकाले हामी यो निर्णय लिन बाध्य भयौँ ।

प्रश्न उठ्नसक्छ, स्तरीय रचना भनेको के ? सरल जवाफ हो, रचना मौलिक हुनुपर्छ । मौलिक भनेको अरूले नभनेका कुरा भत्रे, अरूले नऔँल्याएका समस्या औँल्याउने, अरूले नदेखाएको आलोक देखाउने हो । अरूले भनिसकेका कुरा लेख्ने व्यक्ति दोस्रो प्राथमिकतामा पर्छ । शिक्षकलाई मैनबत्ती वा डुङ्गा र माझीसित तुलना गरिएका कविता वा लेख हामी छाप्दैनौँ; किनभने यी प्रतीकहरूको प्रयोग सयौँ पटक भइसकेको छ ।

हामीगेडी नमिलेकागजल वा छन्द नमिलेका पद्य कविता पनि छाप्दैनौँ । हामी उत्कर्षमा नपुग्ने र पाठकको संवेदना नछुने कथा पनि छाप्दैनौँ । हामी शिक्षकलाई सिकयरु लेखका रूपमागन्दैनौँ उसलाई त हामी धेरै विद्यार्थीहरूलाई बाटो देखाउन सक्ने परिपक्व व्यक्ति मान्छौँ । त्यसै कारण पनि हामी शिक्षकका कलमबाट निस्केका रचनामा स्तरीयता खोज्छौँ । औसत स्तर का रचना छापेर हामी तपाईंको विश्वासगुमाउन चाहँदैनौँ ।

अन्त्यमा सानो स्पष्टीकरण– हामीलाई प्राप्त भइसकेका वा प्राप्त हुने साहित्यिक रचनाहरूले शिक्षक को आगामी अङ्कहरूमा क्रमशः स्थान पाउने छन् ।

commercial commercial commercial commercial