उदार कक्षोन्नतिको दुष्प्रभाव
शिक्षा कार्यालयका अधिकारी हरूले सरकारी विद्यालयहरूका शिक्षक/प्रअहरूलाई विद्यार्थीहरू फेल न गर्न निर्देशन दिने गर्छन् । जसको फलस्वरुप आधारभूत कुरा नै नसिकेका विद्यार्थीहरूले एसएलसी वा टेष्टमा पुगेर असफलता व्यहोर्नु परेको छ ।
विद्यालय तहको परीक्षा प्रणालीमा उदार कक्षोन्नति ९ीष्दभचब िएचयmयतष्यल० को अवधारणा कार्यान्वयनमा ल्याइएको छ । नीतिनिर्माण तहमा पुगेका नीतिनिर्माताहरूले पक्कै पनि यस अवधारणाको सकारात्मक पक्षलाई मात्रै हेरेर कार्यान्वयनमा ल्याएको जस्तो भान हुन्छ । वास्तवमा हेर्ने हो भने जति यसका सकारात्मक पक्ष छन् त्यसकै हाराहारीमा नकारात्मक पक्ष पनि छन् । उदार कक्षोन्नतिले विद्यालयको पढाइ स्तर मा, शैक्षिक गुणस्तर मा, विद्यार्थीको सिकाइ क्षमतामा र अभिभावकहरूको धारणामा असर पारेको छ । शहरी विद्यालयहरू, विद्यार्थीहरू र अभिभावकको यहाँ कुरा उल्लेख गर्नु आवश्यक छैन । किनकिग्रामीण परिवेशमा र शहरी परिवेशमा प्रत्येक क्षेत्रमा भिन्नता रहेको छ । यहाँ उदार कक्षोन्नतिलाई गाउँस्तर का विद्यालय, विद्यार्थी, अभिभावक र बुद्धिजीवीहरूले शहरको भन्दा भिन्नै अर्थमा बुझेका छन् र यसको कार्यान्वयन पनि त्यसै गरी भइरहेको छ ।
शहरभन्दा गाउँका विद्यार्थीहरू पढाइमा कमजोर हुनाका निम्न कारण छन्–
- गाउँमा शहरको जस्तो शैक्षिक वातावरण छैन
- गाउँका विद्यालयहरूमा शैक्षिक सामग्रीको अभाव छ
- अभिभावकहरू अशिक्षित छन्
- सरकारले शिक्षकहरूको पेशागत विकास मा ध्यान दिएको छैन
- कतिपय शिक्षकहरूमा शिक्षण कलाको अभाव छ
- न्यून पारिश्रमिकमा काम गर्नु परेको छ ।
यी समस्यासँग शिक्षकले प्रत्येक दिन लड्दै मिहिनेत साथ शिक्षण गर्द छन् तर मूल्याङ्कन गर्ने समयमा विद्यार्थीको वास्तविक मूल्याङ्कन गर्न नपाइने भयो । उदार कक्षोन्नतिका आधारमा आधारभूत कुरा विद्यार्थीले सिके पनि नसिके पनि माथिल्लो कक्षामा चढाउनै पर्दछ । यस अवधारणाले विद्यार्थीहरूमा नपढे पनि पास भइन्छ किन पढ्नुपरयो भन्ने धारणाको विकास भएको छ भने अभिभावकहरूले पनि ध्यान दिन छोडेका छन् । माथिल्ला कक्षामा अनुत्तीर्ण हुने विद्यार्थीहरू तल्ला कक्षाहरूमा फेल हुँदै आएका छन् भने माथिल्लो कक्षामा रराम्रो गर्ने विद्यार्थीहरूको विषयगत जग सानै कक्षा देखि बलियो हुँदै आएको छ ।
यस्तो अवस्था किन आयो त ?
विद्यार्थीहरूले सिकाइका चरणबद्ध सिँढीहरू पार न गरी माथिल्ला कक्षाहरूमा पुग्नुमा कसलाई दोषी मान्ने ? अर्थात् यसको जिम्मेवार पक्ष कुन हो त ? यदि यो प्रश्नको जवाफ खोज्ने हो भने विद्यार्थीसित सम्बन्धित मानिसहरूको फरक–फरक जवाफ पाइन्छ—
- उच्च ओहोदाका शिक्षा अधिकारी हरू विद्यार्थी अनुत्तीर्ण हुनुमा स्कूल र अभिभावकलाई जिम्मेवार ठान्छन् ।
- प्रअ/शिक्षकहरू विद्यार्थीहरूले मिहिनेत न गरेको र अभिभावकले आफ्ना केटाकेटीहरूको पढाइप्रति चासो नदेखाएको जवाफ दिन्छन् ।
- विद्यार्थीहरू आफ्नो दिमागलाई दोष दिन्छन् ।
सरकारले उदार कक्षोन्नति कक्षा ३ सम्म लागू गर्नु पर्ने बताएको छ । तर कतिपय सरकारी विद्यालयहरूमा कक्षा १० सम्ममा नै लागू गरेको पाइन्छ । शिक्षा कार्यालयका अधिकारी हरूले सरकारी विद्यालयहरूका शिक्षक/प्रअहरूलाई विद्यार्थीहरू फेल न गर्न निर्देशन दिने गर्छन् । जसको फलस्वरुप आधारभूत कुरा नै नसिकेका विद्यार्थीहरूले एसएलसी वा टेष्टमा पुगेर असफलता व्यहोर्नु परेको छ ।
गहिरिएर विश्लेषण गर्ने हो भने उदार कक्षोन्नति नीतिको दुरुपयोग भएको छ । उदार कक्षोन्नतिको अर्थ जान्ने/नजान्ने सबै विद्यार्थीहरूलाई कक्षा चढाउनु होइन, बरु कमजोर विद्यार्थीहरूलाई सिकाएर जान्ने बनाएर पास गर्नु हो । यस अर्थमा यसको प्रयोग भएको खण्डमा उदार कक्षोन्नति सबैका लागि फाइदाजनक सावित हुन्छ । उदार कक्षोन्नतिको आशय त तल्ला कक्षाका विद्यार्थीहरूलाई ‘फेल’ को बिल्ला लगाएर उनीहरूको आन्तरिक इच्छाशक्तिलाई घेराबन्दीमा पार्नुहुँदैन भन्ने मात्र हो । तर पढाउँदै नपढाऊ, विद्यार्थीहरूप्रति ध्यान नै नदेऊ, उनीहरूको वास्तविक मूल्याङ्कन नै नगर भन्ने चाहिँ पक्कै पनि होइन । सरकारी विद्यालयहरूमा विद्यमान यस्तो परिपाटी, सुधार गर्नु अति आवश्यक देखिन्छ । शिक्षक समाज को एक पथप्रदर्शक हो, समाज लाई अगाडि बढाउने कार्यमा बढी जिम्मेवार शिक्षक नै हुन्छ । तसर्थ शिक्षकले विद्यार्थीहरूलाई बानी लगाउन सक्छौं । यदि त्यस्तो न गर्ने हो भने त्यो हराम्रो पेशाको धर्मभन्दा फरक हुन्छ । यसबारेमा सबैले सोच्नुपर्ला कि ?
पदमराज कलौनी
विशालपुर मावि, विशालपुर, बैतडी



