२१ वर्षे ठिटोको हेडमास्टरी !

भूपी शेरचनको यो ‘चिसो एस्ट्रे’ (काठमाडौं) मा बसेको ५० वर्ष नाघिसक्योे, तर “घर कहाँ ?” भनेर कसैले सोध्दा अनायासै “पर्वत, फलेवास” भन्छु । वर्षको एकपल्ट त्यहाँ पुगेकै हुन्छु । म हेडमास्टर भएयताका विगत ४४ वर्षमा फलेवास र भवानी विद्यापीठ दुवै बदलिइसकेका छन् ।

२०२४ माघ देखि २०२५ कात्तिकसम्म झण्डै एक शैक्षिक वर्ष म भवानी विद्यापीठ हाईस्कूल (पर्वत, फलेवास खानी गाउँ) मा हेडमास्टर रहेँ । मेरो ‘हेडमास्टरी’ जागिर कम र पारिवारिक दायित्वको निर्वाह बढी थियो । एमएको पढाइ सकेर ‘अब के गर्ने ’ भत्रे प्रश्नसँग जुझदै थिएँ । सरकारी जागिर खाने रहर थिएन । उच्च अध्ययन गर्न छात्रवृत्ति चाहिन्थ्यो । अवसरहरू अत्यन्त कम थिए । त्यहीबेला पिताजीले घर फर्कने र केही समय देखि अस्तव्यस्त स्कूलमा हेडमास्टर भएर ‘हजुरबाको ऋण तिर्नुे’ खबर पठाउनुभयो । त्यो मैले हार्न सक्ने कुरा थिएन । लगत्तै म फलेवास फर्कें । त्यसबेला म २१ वर्षको केटो थिएँ ।

भवानी विद्यापीठको इतिहास चाखलाग्दो छ । मेरा हजुरबा भवानीप्रसाद शर्मा (वि.सं. १९४३–२०२३) ले १९८४ सालमा निजी खर्चमा शिक्षक राखेर अमरकोश, चण्डी आदि पढाउने अनौपचारिक विद्यालय खोल्नुभएको थियो । १९९८ सालमा त्यो विद्यालयले भाषा पाठशालाको मान्यता पायो । २००८ सालतिर अङ्ग्रेजी, गणित पढाउन शुरु गरियो । २०१० साल जेठ १ गते बालचन्द्र शर्मा, निर्मल लामा, भीमदर्शन रोक्का आदिको उपस्थितिमा ‘भवानी विद्यापीठ’ नामकरण गरी स्कूलको विधिवत् उद्घाटन भयो । वामपन्थी नेता निर्मल लामाले पछि केही काल त्यसमा पढाउनु पनि भयो । २०२० सालमा हाईस्कूलको स्वीकृति प्राप्त भयो ।

त्यसताका स्कूल सञ्चालन गर्नु कठिन सामाजिक कार्य थियो । सरकारबाट पाइने अनुदान थोरै हुन्थ्यो । जनसाधारणलाई शिक्षाकै उपादेयता बुझाउनुपर्ने त्यो जमानामा बालबालिकालाई स्कूलसम्म ल्याउनु नै ठूलो कुरा हुन्थ्यो । स्कूल शुल्क न्यून हुन्थ्यो । हराम्रो स्कूलमा बालिका र दलित समुदायका विद्यार्थीलाई शुल्क लिईंदैनथ्यो । शिक्षकको तलब जुटाउन र योग्य शिक्षक पाउन उत्तिकै कठिन  । प्रायः भनसुन गरेर भारत वा काठमाडौंबाट शिक्षक खोजेर ल्याउनुपथ्र्यो । २०२८ सालमा नयाँ शिक्षा योजना लागू भएपछि स्कूलहरू राष्ट्रिय करण गरिए । अरू स्कूल जस्तै भवानी विद्यापीठको सञ्चालनको दायित्व पनि राज्यले लियो ।
मेरो प्रारम्भिक शिक्षा यही विद्यापीठमै भएको हो । २०१३ सालपछि चाहिँ मैले काठमाडौंमा पढेँ । हेडमास्टरका रूपमा भवानी विद्यापीठ प्रवेश गर्दा स्कूलमा पढाएको केही अनुभव मसँग थियो । हजुरबाले काठमाडौंमा पढ्ने परिवारका सदस्यहरूले ‘मीनपचास’को बिदामा घर जाँदा स्वयंसेवक भई स्कूलमा पढाउनै पर्ने नियम बसाउनुभएको थियो । त्यही नियम अन्तर्गत मैले ८, ९ र १० कक्षालाई अङ्ग्रेजी, भूगोल, इतिहास, विज्ञान आदि पढाइसकेको थिएँ । यसैले स्कूलको वातावरणसँग म पूरै अपरिचित थिइनँ ।

म हेडमास्टरका रूपमा प्रवेश गर्दा विद्यालयमा विद्यार्थी ६०० र शिक्षक ११ को हाराहारीमा थिए । त्यसबेलाको सन्दर्भमा यो निकै ठूलो स्कूल थियो । विद्यार्थीहरू तल्लो कक्षामा बढी हुन्थे । शिक्षकको तलब बढीमा मासिक रु.४०० जति पुग्थ्यो कि ! दुईजना बाहेक प्रायः सबै शिक्षक स्थानीय नै थिए । पञ्चायत उत्कर्षतिर लागिरहेको त्यो बेला स्कूलमा अहिलेको जस्तो दलगत राजनीति थिएन, तर सतहमुनिग्रामीण समाज का विभित्र स्वार्थ र समूहहरूको सलबल स्पष्टतः अनुभव गर्न सकिन्थ्यो ।


स्कूलको विद्यार्थी समुदाय विविध प्रतिभाहरुको जमघट हो । ती प्रतिभालाई चिन्न समय र सन्दर्भ दुवै चाहिन्छ, यो पाठ मैले हेडमास्टर हुँदा सिकें । कति विद्यार्थी पढाइमा चम्किन्थे । कति सांस्कृतिक कार्यक्रममा । कति नयाँ भाका टिप्न र त्यसमा केही नवीनता थप्प खप्पीस । कति अरुलाई सहयोग गर्ने, मद्दत गर्ने सिलसिलामा चम्किन्थे । कति प्रत्युत्पन्नमति थिए— प्रत्येक स्थितिको सटिक बुझाइ, जवाफ र प्रस्तुति ।

हेडमास्टरको जिम्मेवारी सम्हालेको पहिलो दिन शिक्षकहरूसँग भेटघाट गरें तर कुनै वाचा गरिनँ । स्कूललाई सुचारु गर्न सहयोगको अनुरोध र अपेक्षा मात्र गरें । मुलाहिजा न गरी स्कूल सञ्चालन गर्ने मनसाय बताएँ । त्यहाँ सबैभन्दा कान्छो म नै थिएँ । सबैले टाउको हल्लाए, त्यसमा समर्थनभन्दा “हेर्दै जाऊँ, के हुन्छ” भत्रे भाव भएको बुझेँ । भोलिपल्ट देखि पढाइको रुटिन लागू गर्नतिर लागेँ । मेरो कक्षाको भार अरूको भन्दा कम थिएन । आफ्नो कक्षा लिनु त छँदैथियो, अनुपस्थित शिक्षकको कक्षामा गएर ‘मनिटर’को जिम्मामा ‘क्लास वर्क’ दिन शुरु गरें । यसले हो–हल्लामा कमी ल्यायो । कक्षामा अबेर जाने र चाँडै निस्कने शिक्षक पहिचान गरें, उनीहरूसँग कुरा कानी गरें । आदेशभन्दा उदाहरणले बाटो देखाउने जुक्ति लिएँ । यसरी एक महिना जतिमै कक्षाहरू प्रायः नियमित जस्तै भए । यो जुक्तिले मलाई चाहिँ निकै कजायो । एउटा कक्षाबाट अर्कोमा जाने क्रममै दिन सकिन्थ्यो । साँझ्–बिहान कक्षाका निम्ति तयारी पनि गर्नु पथ्र्यो । फलस्वरूप झण्डै १० महिनाको कार्यकालमा एकदिन पनि बिदा लिने फुर्सद भएन । कक्षा सुचारु गर्न विद्यार्थी मनिटरबाट ठूलो सहयोग मिल्यो । लगनशील र उत्तरदायी ‘क्लास मनिटर’ भए कक्षा व्यवस्थापनको काम ५० प्रतिशतभन्दा बढी सहज हुन्छ भत्रे मेरो अनुभव छ ।

सबै शिक्षकसँग घुलमिल हुन र उनीहरूका गुनासा एवं समस्या बुझन दिउँसोको छुट्टीमा सँगै चिया खान जाने र स्कूल सकिएपछि पनि केही समय बिताउने गर्न लागेँ । कक्षा सकिएपछि सिनियर विद्यार्थीहरू भलिबल खेल्थे । अम्पायर गर्ने वा खेलाडीका रूपमा मैले पनि खेलमा भाग लिन लागेँ । यसो गर्दा धेरै विद्यार्थीलाई मैले नजिकबाट चित्रे मौका पाएँ । प्रायः टाढाका विद्यार्थी उमेर छिप्पिएपछि स्कूल भर्ना हुन्थे । केही विद्यार्थी मेरै उमेरका वा कोही त जेठा समेत थिए । घरबाट भागेर स्कूल भर्ना हुन आउने विद्यार्थी पनि हुन्थे । सुतेकोग्रामीण समाज मा ज्ञानको त्यो कस्तो भोक !

करिब सात करोड वर्ष अगाडि हिमालय पर्वत शृङ्खलाको उद्गम हुँदा हिमालयको उठानका साथसाथै उत्तर–दक्षिण बहने नदीहरूले ती उठ्दै गरेका पर्वतलाई काट्ने क्रम जारी राखे । अर्थात् जति पर्वत अग्लिँदै गयो, त्यत्तिकै उपत्यकाहरूगहिरिँदै गए । कालीगण्डकी हिमालको मुख्य पर्वत शृङ्खला काटेर निस्केको नदी हो । यस्ता नदीलाई भूगोल विधामा एन्टिसिडेन्ट ९बलतभअभमभलत० नदी भनिन्छ । धौलागिरि र अत्रपूर्ण हिमालका बीच यो नदी संसारको सबैभन्दा गहिरो मध्येकोगल्छी छिचोलेर दक्षिणतिर लाग्छ । यही क्रममा नदीले दुवै किनाराका विभित्र उचाइमा साना–ठूला टार ९तभचचबअभ० हरूको निर्माण गर्दै गयो । फलेवास कालीगण्डकीद्वारा निर्मित त्यस्तै उत्तर–दक्षिण फैलिएको टार हो । उत्तरतिर धौलागिरि, अत्रपूर्ण र माछापुच्छ«ेका मनमोहक चुचुराहरू देखिन्छन् । भवानी विद्यापीठ माथिल्लो फलेवासमा अवस्थित छ । नेपालका धेरैगहिरा हिमाली नदीका छेउमा यस्ता टारहरू छन्– अरुण नदीको तुम्लिङटार, त्रिशूलीको बट्टार, बूढीगण्डकीको सल्यानटार, भेरीको चौरजहारी आदि ।

अवस्थितिले गर्दा वरिपरिका बस्तीहरूका लागि फलेवास केन्द्रमा पर्छ । त्यसबेला धेरै कम गाउँमा स्कूल थिए । हाईस्कूल त जिल्लामा एक वा दुई मात्र हुन्थे । यसैले वरिपरिका गाउँबाट विद्यार्थी फलेवास आउनेगर्थे । बाच्छा, विहादी, पैयु खोला, कालीपार बाग्लुङ जस्ता टाढाका विद्यार्थी स्कूलको छेउछाउमा डेरा गरेर बस्थे । प्रायः घरबाटै राशन ल्याउँथे । १–२ घण्टाको बाटोसम्मका विद्यार्थी भने दिनदिनै आवत–जावतगर्थे । तल्लो फलेवास, मुडिकुवा जस्ता नजिकका ठाउँ देखि ठाना, खाल्टे, कुडापानी, शङ्करपोखरी, चितीपानी, कुर्घा जस्ता केही टाढाका गाउँका विद्यार्थीहरू दिनहुँ आउने–जाने गर्दथे ।गर्मीको बेला टाढाबाट हिँडेर आएको धपेडीले गर्दा प्रार्थनामै विद्यार्थी मूच्र्छा परेका घटना पनि यदाकदा हुन्थे । अहिले यी सबै ठाउँमा हाईस्कूल छन् ।

स्कूलको सुरुआत कवि माधव घिमिरेको ‘ गाउँछगीत नेपाली, ज्योतिको पङ्ख उचाली’को सामूहिकगायनबाट हुन्थ्यो । सुन्दा–सुन्दा त्यो मीठोगीत अहिले पनि मलाई कण्ठ छ ।गीतको ‘कुन शक्तिको सामुमा, कहिले हामी झुकेथ्यौं’ भत्रे बोल सुन्दा अहिले पनि छातीगर्व ले फुल्छ । त्यसैताका स्कूल शुरु हुनुअघि ‘श्रीमान् गम्भीर नेपाली’ अनिवार्यगाउनुपर्ने पत्र शिक्षा विभागबाट आयो । मैले स्कूल छाड्ने बेलातिर फेरि अर्को नसिहत जस्तो पत्र आएको थियो । शायद कसैले चुक्ली लगाएर होला ।

फलेवासमा भवानी विद्यापीठ बाहेक अर्को सार्वजनिक संस्था थियो– मोती पुस्तकालय । मेरा काका भोला शर्माले आफ्ना पिताजीका नाममा स्थापित गर्नु भएको यो पुस्तकालय त्यसताका उहाँकै घरको एउटा कोठामा थियो । प्रत्येक साँझ् म एक–डेढ घण्टा लाइब्रेरियनका रूपमा पुस्तकालयमा बस्थेँ । त्यहाँ हजार, पन्ध्र सय जति पुस्तक थिए । पुस्तकालयको प्रयोग खास गरी स्कूलकै शिक्षक–विद्यार्थी र केही पढेलेखेका बुहारीहरूलेगर्थे । अहिले मोती पुस्तकालय पर्वत जिल्लाकै अग्रणी पुस्तकालय भएको छ । ‘रुम टु रीड’ जस्ता संस्थाको सहयोगमा अन्य स्कूलमा पुस्तकालयको विकास गर्न लागिपरेको छ । व्यक्तिगत रूपमा मेरो वर्ष दिन जतिको फलेवास बसाइको उपलब्धि के रह्यो भने पुस्तकालयका प्रायः सबै उपयोगी पुस्तक मैले पढेँ ।गर्मीको दिनमा डाँडाको पीपल चौतारीमा चिसो हावा चलिरहेको होस् ! तल खोँचबाट बहने कालीगण्डकीको गहिरो सुसाइका बीच एउटागतिलो पुस्तक पढिँदै होस् ! त्यो आनन्दको महत्ता नै अर्कै !

शिक्षक र विद्यार्थीबीचको सम्बन्ध सुदृढ गर्ने अरू माध्यम पनि थिए । प्रत्येक शुक्रबार स्कूल आधा दिन बिदा हुन्थ्यो । सबै केटाकेटीले आ–आफ्नो कक्षाकोठामा कुचो ल गाउँथे, कहिलेकाहीँ लिप्थे पनि । स्कूलसँग को अपनत्वको एउटा नमुना । यही अपनत्वलाई विस्तारित गरे स्वामित्व अनुभव हुने न हो । कहिलेकाहीँ साहित्यगोष्ठी हुन्थ्यो । शिक्षक र विद्यार्थीले आ–आफ्ना रचना सुनाउँथे, वातावरण नै फरक हुन्थ्यो । वादविवाद पनि हुन्थ्यो । कक्षा–कक्षा र शिक्षक–विद्यार्थीको भलिबल खेल हुन्थ्यो । तिहारमा भैलो । वनभोज । वार्षिक सांस्कृतिक कार्यक्रममा गुरुप्रसाद मैनालीको ‘नासो’को मञ्चन । हँस्यौली, लोकगीत र चुट्किलाहरू । वरिपरिका गाउँहरूबाट माइक, बाजा र सङ्गीतमा प्रवीण शिक्षक समेत ल्याउने काम भयो, तालिम दिनका लागि ।ग्रामीण स्कूलहरूमा यस्ता सांस्कृतिक कार्यक्रमहरूको ठूलो महत्व हुने गर्छ; किनकि समाज सँग सम्बन्धगाँस्ने (इङ्गेज हुने) र सान्दर्भिक हुने यी महत्वपूर्ण माध्यम हुन् ।


गाउँलेहरुसँग चन्दा मागेको खर विद्यार्थी र शिक्षकहरु समेत भएर बोकियो खरबारीबाट, छानो फेर्न । खर बोक्नुको पीर त पछि कुरो बिझेर घोच्दा पो थाहा भयो । यी सबै जानी–नजानी गरिएका यस्ता अनुभवहरु थिए जसल शिक्षक र विद्यार्थीबीचको दूरी कम ग¥यो । समझदारी बढायो । विद्यार्थीको खुबी र चाखहरुलाई चिन्ने, चिनाउने मौका दियो । औपचारिकतामा सीमित सम्बन्धलाई एउटा अनौपचारिक सौहार्दता र सहजता दियो ।

स्कूलको विद्यार्थी समुदाय आ–आफ्नै किसिमका प्रतिभाहरूको जमघट हो । ती प्रतिभालाई चित्र समय र सन्दर्भ दुवै चाहिन्छ, यो पाठ मैले हेडमास्टर हुँदा सिकेँ । कति विद्यार्थी पढाइमा चम्किन्थे । कति सांस्कृतिक कार्यक्रममा चम्किन्थे, नयाँ भाका टिप्न र त्यसमा केही नवीनता (इत्रोभेसन) थप्न खप्पीस । कति अरूलाई सहयोग गर्ने , मद्दत गर्ने सिलसिलामा चम्किन्थे । कति कुनै बलको काम गर्दा चम्किन्थे । कति प्रत्युत्पत्रमति थिए— प्रत्येक स्थितिको सटिक बुझइ, जवाफ र प्रस्तुति । स्कूलको लामो ईंटले बनेको नयाँ घर थियो तर छानो थियो खरको । यसमा ५ कक्षा माथिको पढाइ हुन्थ्यो । गाउँलेहरूसँग चन्दा मागेको खर ८, ९, र १० कक्षाका विद्यार्थी र शिक्षकहरू समेत भएर बोकियो खरबारीबाट , छानो फेर्न । खर बोक्नुको पीर त पछि कुरो बिझेर घोच्दा पो थाहा भयो । यी सबै जानी–नजानी गरिएका यस्ता अनुभवहरू थिए जसले शिक्षक र विद्यार्थीबीचको दूरी कम गरयो । समझ्दारी बढायो । विद्यार्थीको खुबी र चाखलाई चित्रे, चिनाउने मौका दियो । औपचारिकतामा सीमित सम्बन्धलाई एउटा अनौपचारिक सौहार्दता र सहजता दियो ।

त्यतिबेला विद्यार्थीलाई ‘होमवर्क’ त दिइन्थ्यो तर त्यसको व्यवस्थापन कमजोर थियो । अर्थात् होमवर्क जाँचेर मूल्याङ्कन गर्ने काममा अपेक्षित सतर्कता वा गम्भीरता हुँदैनथ्यो । बी.एड. शिक्षक कोही पनि थिएन, त्यसैले आधुनिक शिक्षण प्रणालीका विधिहरूको प्रयोग थिएन । पाठयोजना मनमनै गरिन्थ्यो, अझ् कति शिक्षकले त कक्षामा पसेपछि पोगर्थे कि ! यी सब कुरा हरूले गर्दा वार्षिक परीक्षाको समय सबैभन्दा संवेदनशील हुन्थ्यो । १० कक्षाका विद्यार्थीका लागि त यो नै महत्वको प्रश्न हुन्थ्यो । वार्षिक परीक्षाको नतिजा निस्कने समयतिर स्कूलमा अभिभावकहरूको निकै आवत–जावत हुन्थ्यो । कमजोर विद्यार्थीका अभिभावकले भनसुन पनि गर्थे, सोर्स ल गाउँथे । हेडमास्टरका रूपमा मेरो चाहना एसएलसी पास हुनसक्ने विद्यार्थी मात्रै पठाऊँ भत्रे थियो । स्कूलको रिजल्ट रराम्रो भए सरकारी अनुदान थपिने, पुरस्कार पाउने सम्भावना हुन्थ्यो । विद्यार्थी बढ्थे । शिक्षक थप्न सकिन्थ्यो । आर्थिक हैसियतका साथै वरपर र जिल्ला–अञ्चलमा स्कूलको प्रतिष्ठा बढ्थ्यो । (त्यो साल एसएलसीको रराम्रो नतिजाबापत पाएको पुरस्कार को रकमले पछि स्कूलमा टिनको छानो लगाइएको थियो ।) त्यसताका हाईस्कूलले वार्षिक रु.७२०० सरकारी अनुदान पाउँथे ।

सेन्टअपको चटारो सकियो । निरन्तरको भनसुनले म चाहिँ दिक्क भइसकेको थिएँ । सेन्टअप भएकाहरू मिहिनेत गरे पास हुने खालकै थिए । तर टाढाबाट आएका विद्यार्थीलाई उनीहरूकै तजबिजमा छाड्न सक्ने अवस्था थिएन । शिक्षकहरूलाई अनुरोध गरेर अतिरिक्त कक्षा लिने चाँजो मिलाइयो । अङ्ग्रेजी, भूगोल, इतिहास, सामान्य ज्ञान, विज्ञानको केही पाठ पढाउन आफैं खटिएँ । गणित आदिका शिक्षकलाई भने केही रकमको नै व्यवस्था न गरी नहुने भयो, विद्यार्थीहरूका तर्फबाट । कतिले तिर्नु सकेनन्, तर तिनलाई कर पनि गरिएन । अतिरिक्त कक्षाको जोड विद्यार्थीलाई प्रश्नोत्तरमा निपुण बनाउनेतिर नै थियो । विद्यार्थीहरूको मिहिनेत र शिक्षकहरूको समर्पण खेर गएन । परिणाम राम्रै आयो । त्यसताका एसएलसी दिन पोखरा जानुपथ्र्यो ।

स्कूलको कुरा गर्दा छुवाछूतको कुरा पनि गर्नै पर्छ । करिब अढाइ–तीनसय वर्ष अगाडि बाहुन–क्षत्रीले बसाइँ सरेर आवाद गरेको टार हो फलेवास । फलेवासका दलित समुदाय यिनै बाहुन–क्षत्रीका साथ लागेर, उनीहरूकै अगुवाईमा यहाँ आएको हुनुपर्छ । त्यहाँ कामी, दमाइ र सार्कीहरूको बेग्लै बस्ती छ । तल्लो फलेवासका नेवारहरू व्यापारको सिलसिलामा पछि त्यता पुगे । २०२४ सालतिर प्राथमिक कक्षामा बाहेक माथिका कक्षामा दलित विद्यार्थीको उपस्थिति थिएन भने हुन्छ । प्राथमिक कक्षामा उनीहरू प्रायः बेग्लै बस्थे । शिक्षकहरू (जो प्रायः स्थानीय बाहुन थिए) दलितको सम्पर्कमा आउँदैनथे । कतिसम्म भने; सजाय दिँदा सोझै लट्ठीले नपिटेर पिटाइका लागि थापिएको हातमा लट्ठी फाल्थे, छोइएला भनेर । एकदिन एउटा झेक्किएका प्राथमिक शिक्षकले त्यसरी पिट्दै गर्दा दलित विद्यार्थी मरी–मरी हाँसेको देखेपछि मैले यस्तो व्यवहारबारे थाहा पाएँ । तैपनि बाहिर छुवाछूत जति व्याप्त थियो, स्कूलमा त्यति थिएन । धेरैपछि मात्र दलितहरूले पढाइमा निरन्तरता दिन लागे । सामन्ती कृषि उत्पादन प्रथाको अन्त्यका साथै गाउँमा पूँजीमा आधारित सम्बन्धहरूको विस्तारले गर्दा दलित समुदायमा क्रमशः शिक्षाको चाख बढ्दै गयो । अहिले दलित बस्तीमा एसएलसी नभएको घर छैन, कतिपय घरमा स्नातक छन् । विद्यापीठको स्वर्ण जयन्तीमा गाउँबाट बसाइँ सरिसकेको एउटा सुसम्पत्र सुनार परिवारले विद्यार्थीका निम्ति खाननेपानीको ठूलो ट्याङ्की निर्माण गरिदिएका छन् । समाज ले फड्को मारिसकेको छैन, तर उपक्रम भने जारी छ । माओवादी विद्रोहयता दलितहरूको आवाजलाई दमन गर्ने शक्तिहरू नेपालका अरू गाउँहरूमा जस्तै फलेवासमा पनि निस्तेज भएका छन् । सामाजिक चेतना र परिवर्तनको जुन प्रकारको थलो स्कूल हुनुपथ्र्यो, त्यस्तो हुन नसके पनि शिक्षामार्फत हुने सशक्तिकरण र सुस्त रुपान्तरणको प्रक्रिया भने जारी छ ।

स्कूलका अन्य कतिपय सम्झनाहरू छन् । विद्यार्थीहरू आफूखुसी लुगा लगाएर स्कूल आउँथे । अभिभावकको बैठक बोलाएर स्कूल युनिफर्मको पक्षमा मैले धेरै तर्क गरें, तर प्रस्ताव पास भएन । युनिफर्मको खर्च धात्र नसक्ने कुरा धेरै अभिभावकले गरे । मेरो तर्क युनिफर्मले झन् घरको लुगा बढी खप्छ भत्रे थियो । आजकल दुर्गम र अनकन्टारका स्कूलमा पनि विद्यार्थीहरूले स्कूल युनिफर्म सहजै अपनाएको देख्दा मलाई आफ्नो अनुभव याद आउँछ ।

एउटा अर्को सम्झना छ, अलि हास्यास्पद । फागुन ७ गते गाउँमा प्रजातन्त्र दिवसका प्लेकार्ड बोकेर नारा ल गाउँदै शिक्षक–विद्यार्थीले गाउँ घुम्ने चलन थियो । त्यसैबेला एकजना पशुपालन विभागका युवा अधिकृत सरकारी काम लिएर फलेवासतिर आएका रहेछन् । ६ गते मलाई भेट्न आए र उनका तर्फबाट केही प्लेकार्ड र नाराहरू प्रभातफेरीमा सामेल गरे कसो होला भत्रे कुरा राखे । मैले पनि सहजै हुन्छ भनिदिएँ । भोलिपल्ट बिहान प्रभातफेरीको अगुवाई गर्दै गर्दा म केहीछिन जुलुसको निरीक्षणमा लागेँ । जुलुसको एउटा भागबाट “नश्ल सुधार– गर्छौं, गर्छौं” भत्रे नारा सुनेर म झ्स्किएँ । हेरेको त त्यस्तै प्लेकार्ड पनि रहेछ । कहाँ प्रजातन्त्र दिवस, कहाँ नश्ल सुधार, म अचम्ममा परेँ । कृत्रिमगर्भाधानका विशेषज्ञ ती अधिकृतले आफ्नो विभागको काम देखाउन प्रजातन्त्र दिवसकै ‘नश्ल सुधार’ गरेका रहेछन् ! पञ्चायतले जस्तै !!

स्कूलकै हातामा रहेको अतिरिक्त हुलाकसँग विद्यालयको नजिकको सम्बन्ध थियो । टाढा गाउँका चिठ्ठीहरू हुलाकीले विद्यार्थीमार्फत पठाउनेगर्थे । एकदिन काठमाडौंका एकजना मित्रले ब्रिटिस काउन्सिलको छात्रवृत्तिबारे गोरखापत्र मा प्रकाशित सूचना हुलाकबाट पठाएका रहेछन् मलाई । त्यसैलाई निहुँ बनाएर मैले स्कूल छाड्ने निर्णय गरें । पिताजीको आदेश पनि मानेँ, हजुरबाले स्थापना गरेको संस्थालाई गर्न सक्ने सानो योगदान पनि जानी–नजानी गरें । अब काठमाडौं फर्केर आफ्नो बाटो खोज्ने रहर जाग्यो । पढाइ सकेर फर्केका मेरा एकजना काका हेडमास्टरको अभिभारा लिन तयार हुनुभो । यसरी २०२५ साल मङ्सिरमा म काठमाडौं आएँ । ब्रिटिस काउन्सिल छात्रवृत्तिमा दरखास्त हालेँ । अन्तरवार्ता भयो, छानिएँ । उच्च अध्ययनका लागि संयुक्त अधिराज्यको एडिनवरा विश्वविद्यालयतिर लागेँ । हेडमास्टरीका साथसाथै जीवनको एउटा शिक्षाप्रद अध्याय सकियो ।

स्कूलबाट बिदा हुँदा मलाई दुः खभन्दा बढी सन्तोष लागेको थियो । जीवनमा पहिलो पल्ट एउटा समाज उपयोगी काम गरें भन्ने लाग्थ्यो । हेडमास्टर हुनुभन्दा अघि फलेवास मेरा निम्ति आफू जन्मेको सुन्दर गाउँ मात्र थियो । एक वर्षको हेडमास्टरीले मलाई फलेवासको आर्थिक–सामाजिक बनोट र त्यसमा सत्रिहित समस्या र सम्भावना बुझन सिकायो । ‘सरल’ग्रामीण जीवनको कथित ‘सन्तोष र सुख’ त पुगिसरी आउने थोरैलाई मात्रै हो । अधिकांश त डाँडापारिको संसार निम्त्याउन चाहन्छन्, आशाको खेती गर्न चाहन्छन् ताकिग्रामीण जीवनको कथित ‘सन्तोष’ र ‘सुख’ उनीहरूको जीवनमा पनि आओस् । यो कुरा मैले फलेवासको एकवर्षे बसाइँमा बुझेँ । फलेवासलाई पहिले म मुटुले चिन्थेँ, स्कूलको अनुभवपछि मस्तिष्कले पनि नियाल्न सिकेँ ।

भूपी शेरचनको यो ‘चिसो एस्ट्रे’ (काठमाडौं)मा बसेको ५० वर्षभन्दा बढी भयो, तर “घर कहाँ ?” भनेर कसैले सोध्दा म अनायासै “पर्वत, फलेवास” भन्छु । वर्ष दिनमा एकपल्ट जस्तो म अहिले पनि घर पुग्छु । संस्थापक परिवारको सदस्यका नाताले भवानी विद्यापीठसँग पनि जोडिएकै छु । म हेडमास्टर भएयताका विगत ४४ वर्षमा फलेवास र भवानी विद्यापीठ दुवै धेरै बदलिइसकेका छन् । फलेवासमा आजकल २०–२५ वर्ष माथिका जवानहरू भेटित्रन् । ती सबगल्फ, मलेशिया र कोरिया गएका छन् । महिला, बूढा, केटाकेटी र स्कूले विद्यार्थीको गाउँ भएको छ फलेवास । हरेक गाउँमा प्राथमिक विद्यालय छन् । वरपरका प्रत्येक गाविसमा माध्यमिक विद्यालय छन् । भवानी विद्यापीठ अहिले जिल्लाकै प्रतिष्ठित उच्च माध्यमिक विद्यालय भएको छ । गाउँकै त्रिवि सम्बद्ध कलेजमा स्नातकसम्म पढ्न सकिन्छ । सडक, बाटो–घाटो, सिंचाइ, खाननेपानी, बिजुली, टेलिफोन, पुस्तकालय, सामुदायिक एफएम रेडियो, सामुदायिक स्वास्थ्य केन्द्र, केवल टीभी— सबै छ फलेवासमा ।


२०२४ सालतिर प्राथमिक कक्षामा बाहेक माथिका कक्षामा दलित विद्यार्थीको उपस्थिति र्थिन भने हुन्छ । प्राथमिक कक्षामा उनीहरु प्रायः बेग्लै बस्थे । तैपनि बाहिर छुवाछूत जति व्याप्त थियो, स्कूलमा त्यति थिएन । धेरैपछि मात्र दलितहरुले पढाइमा निरन्तरता दिन लागे । अहिले यहाँको दलित बस्तीमा एसएलसी नभएको घर छैन, कतिपय घरमा स्नातक छन् । समाजले अझै फड्को मारिसकेको छैन, तर उपक्रम भने जारी छ ।

प्रत्येक पल्ट जाँदागुमेका र पाएका कुरा हरूको म लेखाजोखा गर्छु । नेपालका सबै गाउँमा जस्तै फलेवासमा पनि राजनीति र राजनीतिक दलका दलगत र व्यक्तिगत स्वार्थले नगाँजेको कुनै क्षेत्र छैन । त्यसको पहिलो सिकार स्कूल भएका छन् । दलहरू काम गर्न भन्दा संस्थाहरू कब्जा गर्न र आफ्नो प्रभाव विस्तार गर्न व्यस्त छन् । कम खर्च हुने, शुल्क तिर्नु नपर्ने, तालिम प्राप्त शिक्षक, अनि पेशाको सुरक्षा भएका सामुदायिक विद्यालयहरू क्रमशः धरासायी हुँदैछन् । पठन–पाठनप्रति शिक्षक उदासीन छन् र निष्ठा खिइँदो छ । सामुदायिक विद्यालयसँग सम्बद्ध पक्ष नै बोर्डिङ स्कूल खोल्न र शिक्षाको व्यापारीकरण गर्न लागिपरेका छन् । शिक्षामा राज्यको लगानी बढ्दो छ तर त्यसको प्रतिफल घट्दो छ । सबै सार्वजनिक संस्थाका व्यवस्थापकीय नेतृत्व राजनीतिक पूर्वाग्रहबाट पीडित छन् । भूमण्डलीकरणको प्रभाव सबैतिर देखिन्छ । आकाङ्क्षा उठेका छन् । विप्रेषण (रेमिट्यान्स) ठाउँ–ठाउँबाट ओइरिएको छ । उपभोग बढेको छ । गैर सरकारी संस्था पनि मनग्ये छन् । र; नेपालका अरू ठाउँमा जस्तै पारदर्शिता भने काममा कम र भाषणमा बढी छ ।

गाउँको उत्पादनको जग पटक्कै बढेको छैन । स्थानीय रोजगारी बढेको छैन, न रोजगारीका अवसर नै विस्तारित भएका छन् । ठाउँको आर्थिक हैसियत दिगो समृद्धितिर लागेको छैन । अनि कताकता लाग्छ— हाम्रा आवश्यकतालाई सम्बोधन गर्न, हाम्रा समस्यासँग जुझन हराम्रो शिक्षा, त्यसको अन्तरवस्तु र व्यवस्थापन असान्दर्भिक त भएको होइन ?

तर यी सबै कुरा को सकारात्मक पक्ष पनि छ । गाउँमा चेतनाको स्तर निकै बढेको छ । अवसर पाउने बित्तिकै त्यसको फाइदा लिनसक्ने वातावरण बनेको छ । सङ्गठित शक्तिको महत्व सबैले राम्ररी बुझेका छन् । यी शक्तिहरू सामुदायिक शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रको संस्थागत विकास र सुदृढीकरण अनि तुलनात्मक र प्रतिस्पर्धात्मक लाभ भएका आर्थिक क्रियाकलाप को सम्वद्र्धनद्वारा उत्पादनशील रोजगारीको विस्तारमा लागे भने फलेवास र फलेवास जस्ता नेपालका हजारौं गाउँ,ग्रामीण समाज र अर्थतन्त्रको कायापलट हुन समय लाग्दैन ।

(धेरै वर्ष त्रिवि, कीर्तिपुरमा प्राध्यापन गरेका शर्मा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष रहिसकेका छन् ।)

commercial commercial commercial commercial