मूकदर्शक नबनौं, लागिरहौं

राम्रा काम र राम्रा कुरा को सङ्ख्या बढ्यो भने समाज रराम्रोपनतिर र नराम्रा काम बढ्दै गएमा सिङ्गै समाज नराम्रातिर हुने हो । रराम्रो समाज का पक्षधर तपाईंहराम्रो सानै प्रयासले पनि समाज लाई रराम्रोपनतिर अघि बढाउन सक्छौं । त्यसतर्फ लागिरहौं, लागिरहौं !

प्रत्येक महिना शिक्षक मासिकको तयारीका क्रममा जम्मा हुने सूचना, समाचार र लेख–रचनाले सम्पादक मण्डलका सदस्यहरूको मनमा मिश्रित भावहरू पैदा गर्छन् । हामीकहाँ जसरी एकदमै उत्साहजनक समाचार र विवरणहरू प्राप्त हुन्छन्, त्यसै गरी सुत्रै मन नलाग्ने, स्वीकार्नै नसकिने कुरा पनि आउँछन् । हामी दुवैथरी प्रकाशित गर्छौं । सधैँ झैँ शिक्षक को भदौ अङ्क पनि दुवै किसिमका सामग्री लिएर आएको छ, यस्तो सधैँ नै भइरहनेछ ।

राम्रा समाचारबाट समाज मा रराम्रो सन्देश फैलिन्छ, अरूमा पनि रराम्रो काम गर्न प्रेरणा जाग्छ भत्रे विश्वास गरिन्छ । राम्रा कामलाई सञ्चारमाध्यमहरुले उच्च महत्व दिनु भनेको त्यस्ता कामलाई सार्वजनिक मान्यता दिनु र त्यसका नायक नायिका वा सहभागीहरूको सुनाम र सुकृति फैलाउन मद्दत गर्नु पनि हो । राम्रा कामका बारेमा छापिएका समाचारबाट व्यक्तिमा ‘फलानाले रराम्रो काम गरेर त्यत्रो इज्जत पायो भने त्यही कुरा हासिल गर्न म किन सक्दिनँ’ भत्रे भावना पैदा हुनसक्छ । समाज ले रराम्रोपनतिर अघिबढ्ने प्रेरणा पाउँछ ।

तर राम्रा समाचारबाट मात्रै रराम्रो प्रभाव पर्ने होइन, नकारात्मक कामका बारेमा छापिने समाचारबाट पनि समाज ले धेरै कुरा पाउँछ । यस्ता समाचारले गैर जिम्मेवार, भ्रष्टाचारी, खराब नियत र खराब आचरण भएका तथा समाज र कानुनलाई छलेर वा शक्ति हातमा लिएर नरराम्रो काम गर्ने व्यक्तिहरूबाट सावधान हुन वा उनीहरूलाई कानुनको सीमाभित्र राख्न पनि मदत गर्छन् । यस्ता समाचारहरूको सङ्ख्या बढ्दै जाँदा सञ्चारमाध्यमले आफ्नो मखुन्डो उघारिदिने भयले कतिपय व्यक्तिहरू ठेगानमा बस्न थाल्छन् । नहुनुपर्ने कामका बारेमा छापिएका समाचारले नागरिकहरूलाई आफ्नो अधिकारका बारेमा सचेत र जागरूक बनाउँछन् । सही सूचना र ज्ञानले मानिसलाई जिम्मेवार बन्न सघाउँछन् । यो परिवर्तन लेखेजति सजिलो छैन तर मानिसहरूले नपत्याए जति अप्ठ्यारो पनि छैन । अर्थात् सहज नभए पनि असम्भव पनि छैन ।

यो अङ्कमा पर्याप्त स्थान दिइएको शैक्षिक लगानी र त्यसको प्रतिफल सम्बन्धी सामग्रीले पाठकहरूलाई यस सम्बन्धमागहिरिएर सोच्न बाध्य पार्ला भत्रे यो पङ्क्तिकारको विश्वास छ । उक्त लेखमा उल्लेख गरिएका घटना र प्रवृत्तिहरू पेशागत निष्ठा र क्षमताको अभावका मात्र हैन, अनाचार र भ्रष्टाचारका पनि ज्वलन्त नमुना हुन् । ‘सियो चोर्नेले फाली चोर्छ, फाली चोर्नेले घर फोर्छ’ भत्रे उखान छ । विद्यार्थीको छात्रवृत्ति उडाउने वा स्कूलमा कामै न गरी अरू किसिममा बजेट सिद्ध्याउने व्यक्तिहरू नीतिनिर्माण गर्ने वा ठूलाठूला बजेटका काम गर्ने ठाउँमा भए केसम्म गर्दा हुन्, अनुमान गर्न गाह्रो छैन ।

यता आएर मुलुकमा अनाचार र भ्रष्टाचारका कुरा बाहिर निस्किनुपर्छ भत्रे आवाज घनीभूत हुँदै गएको छ । नेपाल प्रहरीका वरिष्ठ अधिकृतहरूलाई समेत धमाधम खोरमा छिराइन थालेपछि भ्रष्टाचार विरोधीहरूको आत्मबल बढेको छ । यो अवस्था अरू केही समयसम्म रह्यो भने सियो चोर्ने देखि घर फोर्नेसम्मका व्यक्तिहरू नाङ्गिन थाल्नेछन् । धेरैले कारागारको निःशुल्क भोजनको स्वाद पाउनेछन् । त्यसबेला उनीहरूलाई संरक्षण दिने र उनीहरूको पापको कमाइमा सहभागी हुनेहरूले समेत उनीहरूलाई संरक्षण दिनसक्ने छैनन् । हराम्रो विश्वास छ, सरस्वतीका मन्दिरमा बसेर नानीहरूको अक्षरको हक खोस्नेहरू पनि कारबाहीबाट सधैँभरि बच्न सक्दैनन् ।

तर त्यो दिन तब मात्र आउनेछ जब राम्रा, असल र सदाचारी व्यक्तिहरूलाई आफ्नो र आफ्नो पेशाको मर्यादाको चेतनाले मुख खोल्ने आँट दिनेछ । स्पष्टै भनौँ, शिक्षाका नाममा हुने वा शिक्षकहरूबाट हुने भ्रष्टाचारका बारेमा सबभन्दा धेरै जानकारी अर्को शिक्षकलाई नै हुन्छ । हो, एउटा व्यक्ति वा केही व्यक्तिहरूले मात्र समाज बाट अनाचार र भ्रष्टाचार समाप्त गर्न सम्भव छैन । तर सचेत व्यक्तिलाई चित्त नबुझदा कर्तुतहरू देख्दा, मूकदर्शक भएर बस्न अझ् गाह्रो हुन्छ । त्यसैले आफूले सक्ने किसिमले अनाचारहरूको प्रतिकार गर्नु सबै सचेत नागरिकको कर्तव्य हो । प्रश्न आउँछ, त्यो काम कसरी गर्ने त ? सके त्यस्ता व्यवहारको खुलेर विरोध गर्ने , आफैँ विरोध गर्न नसके समाज का जिम्मेवार व्यक्ति र अभिभावकहरूलाई “हेर्नुस्, तपाईंका अबोध बालबालिकाको भविष्यका लागि छुट्याइएको स्रोतको दुरुपयोग भइरहेको छ” भनेर जानकारी दिने र त्यो पनि गर्न नसके सञ्चारकर्मीहरूलाई लिखित/मौखिक रूपमा जानकारी दिने केही उपायहरू हुन् ।

यति गर्दा पनि समाज बाट नराम्रा कुरा टुङ्गिदैनन् । तर नराम्रा कुरा जति बढे पनि समाज मा राम्रा काम हुन पनि छाड्दैनन् । राम्रा काम र राम्रा कुरा को सङ्ख्या बढ्यो भने समाज रराम्रोपनतिर अग्रसर हुने हो र नराम्रा काम बढ्दै गएमा सिङ्गै समाज नरराम्रो हुने हो । तपाईंहामी रराम्रो समाज का पक्षधरहरूले सानै प्रयास गरेर पनि समाज लाई रराम्रोपनतिर अघि बढाउन सक्छौं । त्यसतर्फ लागिरहौं, लागिरहौं !

commercial commercial commercial commercial