हेराइ र बुझाइ

शङ्कालु आँखा

एक जना बूढो मानिसको घरबाट बन्चरो हरायो । अघिल्लो दिन दाउरा चिरेर राखेको ठाउँबाट एकाएक बन्चरो हराउँदा उनलाई छिमेकको केटाप्रति शङ्का लाग्यो । किनभने; त्यसबेला छरछिमेकमा त्यो केटो बाहेक अर्को कोही देखि एको थिएन ।
त्यो केटोलाई उनीहरू विश्वासिलै मान्थे । तर पनि अचानक शङ्का गर्नु पर्ने परिस्थिति परेपछि उनी त्यो केटो कसरी चोर्न बाध्य भयो होला भत्रे सोच्न थाले । उनलाई त्यो केटाको घरको दयनीय अवस्थाबारे थाहा थियो । बिचरा केटालाई ‘स्कूलमा खाजा खान मन लाग्यो होला । बन्चरो बेचेको पैसाले खाजा खायो होला, यसो गरयो होला, उसो गरयो होला’ भन्दै उनले धेरै सोचे ।
तैपनि वृद्ध त्यस ठिटाका अरू चालचलन विचार गर्न थाले । उनले केटालाई जहिले पनि डराए जस्तो र अरूका छेउमा पर्न नखोजे जस्तो देखे । चुस्स दाह्री पालेको त्यो केटाका चालचलन र व्यवहार पेशेवर चोरकै जस्तो भएको मा उनी विश्वस्त हुँदै गए ।

एकदिन वृद्ध घरमा एक्लै थिए । उनको भैंसी फुकेर बारीमा दौडिन थाल्यो । पल्लो घरको त्यही केटो आएर भैँसी बाँधिदियो । केटाले उनलाई सोध्यो, “काका, भरे बाल्नलाई दाउरा पनि देख्दिनँ, चिरिदिऊँ ?”

वृद्धले नमीठो स्वरमा जवाफ फर्काए, “भएको एउटा बन्चरो त कुन पापीले चो¥यो, केले चिर्नु र दाउरा ?”

केटोले आफ्नो घरबाट बन्चरो लिएर आयो । उसले वृद्धसँग कुन मूढो चिर्ने ? भनेर सोध्यो । बूढाले देखाएको मूढो केटाले बल गरेर तान्यो । त्यो मूढामुनिको कापमा एउटा बन्चरो देखा परयो ।

“काका, यही त होइन तपाईंको हराएको बन्चरो ?” केटाले सोध्यो ।
बूढालाई आफ्नो शङ्कालु बानीप्रति हुनसम्म पछुतो भयो ।
(चिनियाँ लोककथा)

commercial commercial commercial commercial